00:01
रामबहादुर थापा मगर
सम्माननीय सभामुख महोदय, सर्वप्रथम म राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका लागि आफ्नो अमूल्य जीवनको आपूर्ति दिने भाद् र २३ र २४ लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । सम्माननीय सभामुख महोदय नेपालमा वाद र २३ र २४ गते अवैधानिक ढङ्गबाट राजपाको अघोषित नेतृत्वमा रङ्ग क्रान्ति सफलतापूर्वक सम्पन्न भयो ।
00:40
रामबहादुर थापा मगर
फागुन २१ गते आम निर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । चैत र १३ गते भव्य धार्मिक अनुस्थानसहित श्री बालेन्द्र ज्यूलाई प्रधानमन्त्रीको सपथ ग्रहण गराइयो ।
00:58
रामबहादुर थापा मगर
यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु । सम्माननीय सभामुख महोदय, यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा को कसको निर्णय निर्णायक भूमिका रह्यो ।
01:23
रामबहादुर थापा मगर
तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्य त नेपाली सेना ब्युरो केसी, सुशिला सरकार कार्की आयोग बारबरा फाउन्डेसन एनजीओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो । त्यसैले ती संस्था तथा पात्रहरूलाई पनि नकालको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
01:52
रामबहादुर थापा मगर
सम्माननीय सभामुख महोदय, यो ज्यादै विजयका लागि बाह्य दृष्टिले कसले निरा भूमिका निर्वाह गरी असङ्ख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने अध्यक्ष्य शक्तिहरू पीओवी एआई अल्गारिदमल जसले राष्ट्रियता, लोकतन्त्र गणतन्त्र संघीयता शान्ति र समृद्धिका नायकहरूलाई खोका खलनायकको र हत्याको रूपमा स्थापित गरे । जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरूलाई महानायक बनाय ती संस्था र पात्रहरूले नै बाहय रूपमा यो जादुमा निर्णायक भूमिका खेले ।
02:39
रामबहादुर थापा मगर
त्यसैले यस ऐतिहासिक ठाउँमा म ती सबै पात्रहरूलाई पनि नेकपाएमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु । सम्माननीय सभामुख महोदय, यो चमत्कारिक विजयले केही असाधारण प्रश्नहरू जन्माएको छ ।
02:59
रामबहादुर थापा मगर
कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार सितल निवास बालुवाटार सर्वोच्च अदालत राजनीतिक नेतृत्व र निजी निवासहरू प्रहरी चौकी व्यवसायिक प्रठानहरू । सुनियोजित सुनियोजित ढङ्गबाट जलाइयो ।
03:17
रामबहादुर थापा मगर
कुन उद्देश्य प्राप्तिका लागि कस्लिती अबोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साइयो । कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टीओवीहरू त्यही २४ गते तिलस्मी रूपमा प्रकट भए ।
03:35
रामबहादुर थापा मगर
कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनी ढङ्गबाट पूर्व प्रधानमन्त्री तथा गृह मन्त्रीहरूलाई गिरफतार गरियो । कुन उद्देश्यप्रति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफतार गर्ने प्रपञ्चहरु चिदै छ ।
03:53
रामबहादुर थापा मगर
कुन उद्देश्य पूर्तिका लागि देशव्यापी रूपमा दमन चक्र र राज्य आतङ्क बचाइँदै छ । कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेसाकर्मीहरूको सङ्गठित हुने मौलिक अधिकारलाई बलात खोसिँदै छ ।
04:14
रामबहादुर थापा मगर
कुन उद्देश्य का लागि मिडिया र साइबर आतङ्कको सृजना गरिँदै छ । सम्माननीय सभामुख महोदय, निश्चय पनि भविष्यले यी प्रश्नहरूको सही जवाफ दिँदै जाने छ ।
04:32
रामबहादुर थापा मगर
तर यी प्रश्नहरू र यस्तै यस्तै प्रश्नहरू हामी सम्पूर्ण ताकत सहित राज्यलाई सोध्ने छौं । निरन्तर यो गरिमामय सदनमा आवाज घन्काउने छौं ।
04:48
रामबहादुर थापा मगर
सम्माननीय सभामुख महोदय, यो हो तक्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश बोकेर आउनुभएका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा श्रम संस्कृति पार्टी र प्रप र स्वतन्त्र माननीयज्यूहरूलाई पनि धेरै धेरै बधाई र शुभकामना भन्न चाहन्छु । सम्माननीय सभामुख महोदय अन्त्यमा यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ ।
05:24
रामबहादुर थापा मगर
यसले आफ्ना कमी कमजोरीहरूलाई सच्याउने अवसर दिएको छ । यो पराजय फगत अस्थायी हो ।
05:34
रामबहादुर थापा मगर
पराजित सेनाले छिट्टै सिक्दछ । त्यसले राजलाई छिट्टै विजयमा बदल्न सक्दछ ।
05:43
रामबहादुर थापा मगर
धन्यवाद ।