00:02
हर्कराज राई
सम्माननीय सभामुख महोदय, सर्वप्रथम त म सबैजनालाई हार्दिक शुभकामना र बधाई ज्ञापन गर्न चाहन्छु । आफ्नो मनको विचार राख्नुभन्दा पनि म जनताले हामीलाई के का लागि यहाँ पठाएका छन् भन्ने बारेमा बुँदागत रूपमा जनताका मागहरू बाचन गरेर सुनाउन चाहन्छु ।
00:22
हर्कराज राई
तर त्योभन्दा पहिला चैं हामीले पक्कै पनि यो देश बनाउनका लागि देश परिवर्तन गर्नका लागि भनेर आएका छौं । सबैभन्दा पहिला आफूले आफैलाई परिवर्तन गर्नुपर्छ भन्छु म ।
00:37
हर्कराज राई
अघिल्लो शपथ ग्रहणको दिन पनि हामी १२ मिनेट ४६ सेकेन्ड ढिलो थियौं भने आज १६ मिनेट ५५ सेकेन्ड हामी ढिलो भएका छौं । जनताले हामीलाई यसरी ढिलो गर भनेर यहाँ पठाएको हो जस्तो मलाई लाग्दैन ।
00:56
हर्कराज राई
त्यसो भएको कारणले प्रत्येक मिनेटको महत्त्व यो सदनले बुझोस् । सरकारले बुझोस् ।
01:02
हर्कराज राई
हामी सबैले बुझौं । नेपाली हो ।
01:06
हर्कराज राई
नेपाली समय हो । २ बजेको बैठक ३ बजे जाँदा पनि हुन्छ ।
01:13
हर्कराज राई
४ बजे जाँदा हुन्छ । जे गर्दा पनि नेपाल हो ।
01:18
हर्कराज राई
नेपाली हो भन्ने खालको जुन भाषा हामीले मनमा लिएर बसेका छौं । यही सबैभन्दा मुख्य कारण हामीले उन्नतिगर्न नसक्नुभयो ।
01:29
हर्कराज राई
त्यसो भएको कारणले गर्दाखेरि सभामुख महोदयमार्फत म सम्पूर्ण सदन सरकार सबैलाई ध्यानाकर्षण गराउन चाहन्छु । आउँदा दिनमा हामी बैठक सुरु हुनुभन्दा थोरैमा पनि ५ मिनेट अगाडि उपस्थित हुनुपर्छ ।
01:44
हर्कराज राई
म यो माग राख्न चाहन्छु । हामी विभेदको अन्त्य गर्छौं भनेर यहाँ भनिरहेका छौं ।
01:52
हर्कराज राई
भर्खरै पनि पूर्ववक्ता माननीयज्यूहरूले थुप्रै कुराहरू राख्नुभो आफ्नो मनको कुराहरू । तर यहाँ यही सदनभित्र पनि विभेद भइराखेको छ ।
02:02
हर्कराज राई
सत्ता पक्षले ३० मिनेट बोल्दा पनि हुने ४ मिनेट बोल्दा पनि हुने । प्रतिपक्षहरूले अलि सानोले ऐन तीन मिनेटमा छ कि हाल्नुपर्ने २ मिनेटमा सक्नुपर्ने हामी पनि जनताले चुनेर पठाएका जनमत प्राप्त जनप्रतिनिधि हौं ।
02:20
हर्कराज राई
त्यसो भएको कारणले गर्दाखेरि हामीले आफ्ना क्षेत्रका आवश्यकताहरू आफ्ना तपाईंका चिनेर मागहरू राख्नका लागि प्रशस्त समय दिनुपर्दछ । त्यो खालको सदन हामीले बनाएर हामीले त्यो खालको सदन अभ्यास गर्नुपर्दछ भन्ने म माग राख्न चाहन्छु ।
02:39
हर्कराज राई
म आफ्नो मनको कथा म यहाँ गाउन चाहन्न । अब मेरो आफ्नो मन्तव्य राख्नु भन्दा पनि सरकारले कस्तो गर्नुपर्ने हो त ।
02:50
हर्कराज राई
हिजो इतिहासमा हामीले के गर्यौं । कसले के गर्यौ कुनेताले के गर्यौं कत्तिको तपाईको हामीले सङ्घर्ष गर्यौं के के गर्यौं भनेर भनिरहन आवश्यक छ जस्तो मलाई लाग्दैन ।
03:05
हर्कराज राई
हामी के गरिरहेका छौं आज र भोलि के गर्ने हो भन्नेतर्फ सरकारले आफ्नो नीति तथा कार्यक्रम बनाउँदाखेरि यस्ता कुराहरूलाई पनि समावेश गरोस् भनेर चाहिँ म यहाँ जनताको मागहरू राष्ट्रिय स्वाधीनताको हाम्रो सम्प्रभुताको जनताले चाहेका कुराहरू के कस्ता छन् त भन्ने कुरा म बुँदागत रूपमा वाचन गर्न चाहन्छु । पृथ्वी र हुन्जेल छ म यो देश रहिरहनुपर्छ ।
03:34
हर्कराज राई
हाम्रो देशको चन्द्र सूर्याङ्कित झण्डा र रहनुपर्छ । त्यो मान्यता हामी राख्दछौं ।
03:41
हर्कराज राई
श्रम संस्कृति पार्टीले त्यो मान्यता राख्दछ । त्यसो भएको कारणले गर्दाखेरि देशको स्वाधीनता भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु ।
04:02
हर्कराज राई
२ नम्बरमा सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानी राख्नुपर्दछ । र संयुक्त राष्ट्र सङ्घलगायतका निकायहरूमा गएर हाम्रो देशका चार किल्ला कतिओटा हाम्रो भूगोल भन्ने सिमाना यकिन गरेर सीमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्दछ भन्ने म राखेर माग राख्न चाहन्छु ।
04:25
हर्कराज राई
नेपाली जनताले यो माग राखेको कुरा म जानकारी गर्न चाहन्छु । जनताले सोझै चुन्न पाउने प्रत्यक्ष कार्यकारीको चुनाव गर्ने तर्फ सरकारको नीति तथा कार्यक्रम अगाडि बढोस् ।
04:39
हर्कराज राई
यदि सरकारले दुइत्याइ नजिकको सरकारले त्यो कुरा अगाडि सार्छ भने त्यसमा हामी सबैले सहयोग गर्नुपर्दछ । नम्बर ४ जेजी आन्दोलनमा डिस्पोट चलाएर जेन-जी बालबालिकाहरूलाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने शान्तिपूर्ण आन्दोलनलाई भड्काएर हिंसात्मक बनाउने आन्दोलनमाथि अन्य द्वन्द्व गोली चलाएर दमन गर्ने २३ गतेको घटना घटाउने साथै २४ गते सिंहदरबार संसद भवन, सर्वोच्च अदालत जस्ता सरकारी भवनहरू जलाउने कृत्य गर्ने मान्छेहरूलाई पनि तपाईको निगेरी कारबाहीमा ल्याउनका लागि उच्चस्तरीय छानबिन समिति आयोग गठन गर्नका लागि म माग हामी माग गर्दछौं ।
05:19
हर्कराज राई
पाच नम्बर सम्पत्ति छानबिन तथा शुद्धीकरण अभियान सुरु गर्नुपर्दछ । सबैभन्दा पहिला अहिले सरकारमा रहेका मन्त्रिपरिषद्का सम्पूर्ण मन्त्रीहरू, सांसदहरू, हामी सबैजना सबैको तपाईंको छैन खेरी हाम्रो सम्पत्ति छानबिन हुनुपर्दछ ।
05:35
हर्कराज राई
हामीबाट सुरु गर्नुपर्दछ । त्यो चिज ।
05:39
हर्कराज राई
किनभने हामी नियम कानुन बनाउने हो भने हामीबाटै त्यो कुरा लागु भएर जानुपर्दछ । हामीले बनाएको नियम कानुनले अरूलाई मात्रै ठ्याङ्ग्रो कष्ट खालको व्यवहार हामीले गर्नुहुँदैन भन्ने माग राख्दछु ।
05:54
हर्कराज राई
शिक्षालाई जीवन उपयोगी बनाउनु पर्दछ । उत्पादन निर्माण र आविष्कारसँगजोड्नु पर्दछ ।
06:00
हर्कराज राई
शिक्षालाई शिक्षा भन्नेबित्तिकै कथा पर्ने विषयवस्तु होइन । त्यो भन्नेबित्तिकै उत्पादन निर्माण र आविष्कारसँगडिनुपर्दछ भन्ने हाम्रो माग हो ।
06:10
हर्कराज राई
त्यसतर्फ सरकारले ध्यान दियोस् । हप्तामा तीन दिन मात्रै थ्योरी पर्दाखेरि हुन्छ ।
06:17
हर्कराज राई
४ दिन विद्यार्थीले उत्पादन, निर्माण र आविष्कारसँग जोडेर क्रियाकलापहरू गर्न सक्नुपर्दछ । त्यो खालको जीवनपयोगी शिक्षा लागु गरिनुपर्दछ भन्ने हामी माग रागको छु ।
06:29
हर्कराज राई
७ नम्बरमा । खेतीबारीको समस्या हल नगरी देशको आर्थिक समस्या हामीले सुल्झाउन सक्दैनौं ।
06:37
हर्कराज राई
आर्थिक उन्नति हुन सक्दैन । त्यसो भएको कारणले कृषिमा देखिएका समस्याहरू पहिचान गर्ने र समस्या हल गर्ने सबै खालका तपाईंको प्राविधिक उपायहरू अपनाउने काम गरिनुपर्दछ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।
06:52
हर्कराज राई
नम्बर ८ मा कम्तीमा एक पालिकामा एउटा उद्योग हुनुपर्दछ । एक परिवारमा एक जना रोजगार हुनुपर्दछ ।
07:01
हर्कराज राई
त्यो खालको नीति हामीले अपनाउनुपर्दछ । बन्द गरी १ का उद्योगहरूलाई पुनः सञ्चालन गर्ने साथै नयाँ उद्योगहरूको स्थापना गर्ने नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्दछ भन्ने ध्यानाकर्षण गर्न चाहन्छु ।
07:16
हर्कराज राई
९ नम्बरमा जनताको सेवा सुविधा विकास र समृद्धिमा सार्वजनिक हितका लागि प्राकृतिक स्रोत साधन हरूलाई प्राकृतिक स्रोत साधन, ढुङ्गा, गिट्टी, माटो, खोला, नाला, खानी, खनिज , वनजङ्गल जस्ता स्रोत साधनका सदुपयोग गर्न पाउने गरी सहज किसिमको नि नियम कानुन बनाउनु पर्दछ । कहीँकतै हामी हुन्छ म सक्छु ।
07:41
हर्कराज राई
अब र यी सम्पूर्ण स्रोत साधनलाई परिचालन गरेर हाम्रो देशलाई समृद्ध बनाउनतर्फ हामी ले ध्यान दिनुपर्दछ भनेर भन्न चाहन्छु । म यहाँ शुभकामना मात्रै दिनुभन्दा सरकारको नीति तथा कार्यक्रमको कुन दिशामा जानुपर्दछ भन्ने एउटा सल्लाह सुझाव र प्रस्ताव प्रस्तुत गर्न चाहन्छु ।
08:03
हर्कराज राई
प्राकृतिक संरक्षण गर्नुपर्दछ । संस्कृतिको प्रवर्धन गर्ने र प्रविधिको विकास गर्ने नीति सरकारले लियोस् ।
08:11
हर्कराज राई
सुशासनका निम्ति भ्रष्टाचार तपाईको नै अन्त्य गर्ने निष्पक्ष मित्यव्यी पारदर्शी, जवाफदेही, दूरदर्शी, परिपक्क र दीर्घकालीन कामहरू गर्नेतर्फ सरकार अगाडि बढ्नुपर्दछ । देशभरि शान्ति सुव्यवस्था कायम गर्नका लागि आवश्यक उपायहरू अपनाउन जरुरी छ ।
08:28
हर्कराज राई
खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, बिजुली बत्ती जस्ता आधारभूत आवश्यक आवश्यकताहरू परिपूर्ति गर्न तर्फ हाम्रो ध्यान जानुपर्दछ । राम्रोसँग अध्ययन नगरी हतार हतार सरकारले ल्याएका कार्यक्रमहरू लागु गर्नुहुँदैन ।
08:43
हर्कराज राई
कुनै निर्णय गर्दा गर्नुअघि तपाईंको प्रतिपक्षी दलहरूसँग सल्लाह गरेर सबै पक्षको उचित सल्लाह लिएर सरकार अघि बढे निर्णय गर्दै पछि हट्नुपर्ने नियतिबाट हैन सरकार बच्न सक्दछ । अहिले भर्खरै वृद्ध भत्ता विद्यार्थी सङ्गठन बृज कोर्स जस्ता सम्बन्धमा निर्णयहरू जुन गरिएको छ ।
09:04
हर्कराज राई
त्यसलाई पुनर्विचार गरियोस् भन्न म चाहन्छु । वृद्ध भत्ता जस्तो समय वृद्ध भत्ताको समयको मापदण्डलाई जुन फेरबदल गर्ने भन्ने कुराहरू आएको छ ।
09:16
हर्कराज राई
कार्यसूचीमा त्यस्ता कुराहरूमा सरकारले ध्यान दिएर मात्रै अगाडि बढ्दाखेरि राम्रो हुन्छ भन्ने माग राख्दछु । सुकुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोस्दै डोजर चलाउने राज्य आतङ्क फैलाउने चलनको अन्त्य गरियोस् ।
09:32
हर्कराज राई
म त्यो भन्न चाहन्छु । जनताको घर टहरा भत्काउनु हुँदैन ।
09:38
हर्कराज राई
विस्थापन होइन व्यवस्थापनको नीति सरकारले लागु गरेर अगाडि बढ्दाखेरि सबैलाई राम्रो हुने छ । दशकौंदेखि बस्दै आएका भूमिहीन सुकुमबासीहरूको स्वामित्व दिने गरी लालपुर्जाको व्यवस्था गरोस् भनेर पनि म भन्न चाहन्छु ।
09:54
हर्कराज राई
किसान जान मजदुर, सुकुम्बासीका समस्या पहिचान गरी समाधानको पहल गर्ने धनीको मात्रै होइन गरिबको पनि हो । यो देश भन्ने खालको आभास हामीलाई हुनुपर्दछ र जनतालाई पनि त्यो आभास भएको हुनुपर्दछ ।
10:11
हर्कराज राई
त्यसतर्फ सरकारले काम गरोस् भन्ने म अनुरोध गर्न चाहन्छु । उपत्यका बाहिर पनि नेपाल छ भन्ने कुरा हामीले व्यवहारबाट जनाउनुपर्छ ।
10:21
हर्कराज राई
यो काठमाडौं उपत्यका मात्रै नेपाल हो भन्ने किसिमले सबै विकास यहाँभित्र मात्र थोपार्ने किसिमको विकास हुनुहुँदैन भनेर म ध्यानाकर्षण गर्न चाहन्छु । सबै खाले विभेदको अन्त्य गरिनुपर्दछ ।
10:36
हर्कराज राई
भूपु गोर्खा सैनिकहरूको समान पेन्सनका लागि नेपाल सरकारले आवश्यक सबै खालका पहलहरू गरोस् नेपाल सरकारले गरेको सन्धिमार्फत चैन गएका भूपु गोर्खाहरूलाई नागरिकता कायम राखेर नै उहाँहरूलाई एउटा नागरिकको दर्जामा राखेर राख्ने नियम त्यो खालको न नीति हामीले अवलम्बन गर्नुपर्दछ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु । समयको पावन्दीले गर्दाखेरि मैले यी कुराहरू सबै कुरा बाप बासन गर्न चाहिन ।
11:06
हर्कराज राई
सम्माननीय सभामुख महोदयले २३ चोटी भनिसक्नुभएको छ र यो म पत्र सभामुख सम्माननीय सभामुख महोदयमार्फत टेबल गर्न चाहन्छु र यस सल्लाह सुझावअन्तर्गत सरकारले आफ्ना विचारहरू आफ्ना नीति तथा योजनाहरू अगाडि बढाओस् भन्ने म माग राख्न चाहन्छु । धन्यवाद ।