00:01
सोविता गौतम
सम्माननीय सभामुख महोदय, आज म यस गरिमामय प्रतिनिधि सभामा माननीय डोलप्रसाद अर्याल ज्यूलाई सभामुख पदका लागि माननीय रवि लामिछानेले प्रस्तुत गर्नुभएको प्रस्तावको समर्थकको रूपमा उभिदै गर्दा गौरव र जिम्मेवारी दुबैको गैरहनु गरिरहेको छु । सम्माननीय सभामुख महोदय, सर्वप्रथम त म आज यस गरिमामय संसदमा उभिँदै गर्दा केवल एउटा प्रतिनिधि मात्रै होइन ।
00:24
सोविता गौतम
चितवन क्षेत्र नम्बर ३ को त्यो माटोको सोर लिएर उभिएको छु । जहाँ बाढीको हनुमान झुला देखि भरतपुरको पारस बसपार्कसम्म गोलाघाटदेखि सिवाघाटसम्म प्रकृतिले आफ्ना अनोपटाहरूले भरिदिएको छ ।
00:36
सोविता गौतम
तर सभामुख महोदय यही सुन्दर प्रकृतिको काखमा एउटा गहिरो पीडा पनि लुकेको छ । त्यो सौन्दर्यभित्र सङ्घर्ष छ ।
00:44
सोविता गौतम
त्यो हरियाली भित्र अभाव पनि छ । आज म ती मानिसहरूको प्रतिनिधित्व गर्दै यस सभामा उभिएको छु ।
00:52
सोविता गौतम
जो इमान्दार छन् । जो कर्मट छन् ।
00:56
सोविता गौतम
जो आफ्नै पसिनाले धर्तिलाई उर्वर बनाउँछन् । अन्न पचाउँछन् ।
01:00
सोविता गौतम
तर मल, बिउ बिजन, सिँचाइ जस्ता सामान्य आवश्यकताबाट पनि वञ्चित भएर निराशा र पीडासँग जुटिरहेका छन् । म ती आवाजहरूको प्रतिनिधित्व गर्छु ।
01:11
सोविता गौतम
जसले वर्षौंसम्म लाल पुर्जाको नाममा गरिएको राजनीतिका कारण आफ्नै भूमिमा पनि भूमिहीन बनेर बस्नु परिरहेको छन् । सभामुख महोदय जसले एक मुठी माटोको अधिकारका लागि जीवनभरि याचना गरिरहनु परिरहेको छ ।
01:24
सोविता गौतम
त्यस्तो मानिसहरूको प्रतिनिधित्व गरिरहेको छु । जहाँ मानिस र जनावरहरूको द्वन्द्वमा मानिसको जीवन जोखिममा छ र मानिसहरूले हामीलाई केही चाहिएको होइन ।
01:34
सोविता गौतम
केवल मानिस भएर मलाई बाँच्न दिउन भनेर याचना गरिरहनु परिरहेको छ । त्यस्तो ठाउँको प्रतिनिधित्व गरिरहेको छु ।
01:42
सोविता गौतम
सभामुख महोदय , यी चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिमूलक समस्याहरू चितवन क्षेत्र नम्बर ३ का मात्रै होइनन् । देशभरिका समस्याहरू हुन् ।
01:52
सोविता गौतम
माननीय सदस्यहरूले जनताले दैनिक रूपमा भोगिरहेका यी र यस्तै समस्याहरू उठाउँदा म विश्वास गर्दछु । सम्माननीयको आशनबाट भोलिबाट माननीय डोलप्रसाद अर्यालज्यूले समाधानको तर्फबाट समाधानको लागि संसदको तर्फबाट कानुन निर्माण गरेर र सरकारको तर्फबाट कानुन कार्यान्वयन गर्न प्रेरित गरेर सहजीकरण गर्नुहुने छ भन्ने मैले अपेक्षा लिएको छु ।
02:13
सोविता गौतम
जनताको दैनिक जीवनमा भोगिरहेका समस्याहरू उठाउने सांसदलाई सम्माननीयज्यूले प्रोत्साहन गरी सरकारलाई सदनमार्फत यी आवाजहरू सुनाउनको लागि पहल गरिरहनुहुने छ भन्ने मैले विश्वास व्यक्त गरेको छु । सभामुख महोदय यसपटक २०८२ को निर्वाचनले यो संसदको स्वरूप मात्रै परिवर्तन गरेको छैन ।
02:30
सोविता गौतम
यसले देशको मनोविज्ञान नै बदलिएको सन्देश पनि दिएको छ । धेरै नयाँ अनुभवहरू यस संसदमा प्रवेश गरेका छन् ।
02:39
सोविता गौतम
तर ती अनुवादहरू परिवर्तनको आकाङ्क्षा बोकेर जनमतका प्रतिबिम्ब बनेर यस संसदमा उभिएको छ । सभामुख महोदय, यस निर्वाचनले स्पष्ट भनेको छ ।
02:48
सोविता गौतम
नेपाल अब यथास्थितिमा बस्न तयार छैन । नेपाल अब तदर्थ बाधको चक्रमा अल्झिरहन पनि चाहँदैन ।
02:55
सोविता गौतम
नेपाल अब नयाँ सोच नयाँ नेतृत्व र नयाँ परिणामको खोजीमा छ । त्यसैले सभामुख महोदय, यो परिवर्तनको अपेक्षा भरोसा र प्रतिज्ञाको मन्च पनि बनेको छ ।
03:07
सोविता गौतम
म आज यस रोस्टमबाट चारैतिर आँखा डुलाउँदै गर्दाखेरि म केवल सांसदहरूको अनुहार मात्रै देखिरहेको छैन । म आजको यस उपस्थितिमा सम्पूर्ण नेपालका कठिन भूगोलहरूो कथा पनि देखिरहेको छु ।
03:20
सोविता गौतम
यहाँ पीडा पनि देखिरहेको छु । सङ्घर्ष पनि देखिरहेको छु ।
03:25
सोविता गौतम
र सँगै नेपालको उज्यालो भविष्यको आशा पनि देखिरहेको छु । नेपालको भूगोलमा हिमालको भोटदेखि तराईका फाँटसम्म फैलिएका आवाजहरूको प्रतिनिधित्व यो संसदमा छ ।
03:35
सोविता गौतम
नेपाल र नेपालीको दुःख जति छ । सँगसँगै आजको यस संसदमा सम्भावनाहरू पनि छन् ।
03:41
सोविता गौतम
त्यसकारणले दुःख र सम्भावना आज सँगसँगै यात्रा गरिरहेको पनि मैले अनुभूत गरिरहेको छु । सभामुख महोदय, आज यस संसदमा उभिरहनुभएका हाम्रा माननीय सांसदज्यूहरू पदभन्दा पनि बढी प्रतिज्ञा लिएर आउनुभएको छ ।
03:55
सोविता गौतम
त्यसै कारणले गर्दाखेरि सम्माननीय सभामुख महोदय, यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नै पर्छ । यो संसद जनताको मुद्दामा केन्द्रित हुनै पर्छ ।
04:06
सोविता गौतम
समाधान उन्मुख र स्पष्ट रूपमा परिणाममुखी बन्नै पर्छ । नयाँ उर्जासहित आएका सांसदहरू र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको पनि उपस्थिति छ ।
04:16
सोविता गौतम
जसले मिलेर यस संसदलाई अझ परिपक्क बनाउनतिर लाग्नै पर्ने छ । तर हामीले बुझ्नै पर्छ कि लोकतन्त्र केवल भासन र बहसले मात्रै होइन ।
04:27
सोविता गौतम
हाम्रो बहसहरूले ल्याउने परिणामले पनि अर्थपूर्ण छ कि छैन भन्ने कुराको सन्देश दिन्छ । त्यसकारणले स्वस्थ बहस आवश्यक छ ।
04:36
सोविता गौतम
तर बहस केवल बहसमै मात्र सीमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जान्छ । त्यसैकारणले यसपटकको बहस अर्थपूर्ण उत्तरदायी र परिणाममुखी हुनुपर्छ भन्ने कुरामा म सम्पूर्णलाई निवेदन गर्न चाहन्छु ।
04:49
सोविता गौतम
ताकि संसद जनताको अपेक्षाको साँचो प्रतिबिम्ब भन्न सकोस् र हाम्रो सभामुख महोदयले भोलिका दिनदेखि यस कुराको लागि सहजीकरण गर्नुहोस् । र हाम्रा माननीय सांसद ज्यूहरूले पनि आफूलाई त्यही प्रकृतिले जिम्मेवार बोध गर्न सक्नुहोस् ।
05:04
सोविता गौतम
सम्माननीय सभामुख महोदय, माननीय डोलप्रसाद अर्याल ज्यू निर्विरोध रूपमा निर्वाचित हुनुभएको छ । जो आफैमा यस सदनको सामूहिक विश्वास बोखेर आउनुभएको छ भन्ने कुराको स्पष्ट अभिव्यक्ति पनि हो ।
05:15
सोविता गौतम
त्यसकारणले यो केवल निर्वाचनको परिणाम मात्रै होइन । यो सदनले तपाईंमाथि राखेको भरोसा पनि हो भन्ने कुरा म यहाँलाई स्मरण गराउन चाहन्छु ।
05:24
सोविता गौतम
सम्माननीय सभामुख महोदयमार्फत । अब यो विश्वासलाई संस्थागत गर्ने संसदलाई गरिमामय निष्पक्ष र प्रभावकारी बनाउने जिम्मेवारी सम्माननीय सभामुख महोदयमार्फत भोलिबाट नवनिर्वाचित सम्माननीय सभामुख महोदयको हुने छ भन्ने कुरा पनि म निवेदन गर्न चाहन्छु ।
05:38
सोविता गौतम
म विश्वास गर्दछु कि तपाईको नेतृत्वमा यो संसद बहसको सशक्त मनस भन्ने छ । जहाँ जनताको मुद्दा केन्द्रमा रहने छ ।
05:47
सोविता गौतम
बहस तथ्यमा आधारित हुने छ र त्यही बहसबाट स्पष्ट नीतिगत निष्कर्ष निस्किने छ । जसले सरकारलाई सही दिशामा मार्ग निर्देशन गर्ने छ ।
05:56
सोविता गौतम
सम्माननीय सभामुख महोदय संविधान जारी भएको वर्षौं बितिसक्दा पनि अझै धेरै कानुनहरू निर्माण हुन बाँकी छन् । कानुनी आधारको अभाव भएकै कारण जनताले पाउनुपर्ने सेवा पनि सहज रूपमा प्राप्त गर्न सकिरहनुभएको छैन ।
06:09
सोविता गौतम
यो केवल प्रशासनिक विषय मात्रै होइन । योभन्दा अगाडि विगतका दिनहरूमा संसदमा भएका गतिविधिहरूका बारेमा जनताले कति भरोसा गर्नुभयो ।
06:17
सोविता गौतम
कति भरोसा गर्नुभएन भन्ने जनताको विषय हो । तर त्यसमा आत्म समीक्षा गर्नुपर्ने विषय पनि टक्कारो रूपमा उपस्थित भएको छ ।
06:26
सोविता गौतम
त्यसकारणले जति समय गएको दिनहरूमा यस संसदबाट काम भए कानुन निर्माणमा काम भए । त्योभन्दा धेरै धेरै गुणा बढी अबको संसदले गएको १० वर्षमा नभएका कामहरू पूरा गर्नुपर्ने ठुलो अपेक्षा बोकेर आएको छ ।
06:39
सोविता गौतम
त्यसकारणले अब यसपटकको संसदले स्पष्ट जिम्मेवारी कानुनी रिक्तता पूरा गर्नको लागि काम गर्नुपर्ने छ । शासनलाई प्रभावकारी बनाउनको लागि काम गर्नुपर्ने छ ।
06:49
सोविता गौतम
सरकारलाई जवाफदेहिताको कसीमा राख्नको लागि पनि काम गर्नुपर्ने छ । अब ढिलाइ गर्ने संस्कारलाई हामीले तोड्नैपर्छ ।
06:55
सोविता गौतम
निर्णय गर्ने साहस देखाउनै पर्छ । र काम गर्ने संसदको पहिचान स्थापित गर्नै पर्छ ।
07:01
सोविता गौतम
म कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतले सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउनको लागि प्रतिबद्ध छु भन्ने कुरा पनि म संसदमार्फत निवेदन गर्न चाहन्छु । सम्माननीय सभामुख महोदय, यस पटकको संसद दलहरूको प्रतिस्पर्धाभन्दा माथि यो पुस्ताको आशा बोकेर आएको एउटा ऐतिहासिक जिम्मेवारी प्राप्त संसद बनेको छ ।
07:23
सोविता गौतम
त्यसकारणले पनि यस पटकको संसद एउटा ऐतिहासिक परीक्षामा उभिएको छ । हामीले आउने पुस्ताको भविष्य सुनिश्चित गर्न सक्छौं कि सक्दैनौं ।
07:32
सोविता गौतम
नेपालको अबको मार्गदर्शन सही दिशामा लैजान सक्छौं कि सक्दैनौं भन्ने कुराको निर्णय यहीँबाट हुने छ । हामी यही क्षणमा चुक्यौं भने इतिहासले हामीलाई कहिले पनि माफ गर्ने छैन ।
07:43
सोविता गौतम
यदि हामी जनताको मुख मुद्दाबाट टाढा भयौं । यदि तथ्यभन्दा बढी भावनामा अल्झियौं ।
07:49
सोविता गौतम
यदि अनावश्यक विवादमा हामीले समय खेर फाल्यौं भने यो संसद आशाको प्रत्येक भन्दा बढी निराशाको उदाहरण बन्ने छ । त्यसकारणले सम्माननीय सभामुख महोदय, हाम्रो बोलि यो संसदमा हामीले राख्ने विषयवस्तु ।
08:01
सोविता गौतम
हामीले अभिव्यक्त गर्ने हाम्रा विषयवस्तुहरू मर्यादित हुनुपर्छ । त्यसमा तथ्यहरू हुनुपर्छ भन्ने कुरामा म स्पष्ट छु ।
08:08
सोविता गौतम
र त्यही कुरा यो संसदमा सम्माननिय सभामुख महोदयमार्फत निवेदन गर्न चाहन्छु । किन कि संसद भनेको केवल बोल्ने थलो मात्र होइन ।
08:17
सोविता गौतम
निर्णय गरेर देशलाई एउटा दिशा निर्धारण गर्ने जिम्मेवार संस्था पनि हो । त्यसैले हामीले जिम्मेवारीपूर्वक आफ्नो भूमिकालाई यहाँ प्रस्तुत गर्नुपर्छ ।
08:26
सोविता गौतम
अन्त्यमा माननीय डोलप्रसाद अर्याल ज्यूलाई सभामुख पदमा निर्विरोध रूपमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्छु र उहाँको जिम्मेवारीलाई पूर्ण समर्थन गर्दै उहाँको नेतृत्वमा यो संसद अझ प्रभावकारी मर्यादित र जनउत्तरदायी बन्ने छ भन्ने कुरामा म विश्वास व्यक्त गर्न चाहन्छु । हस्त धन्यवाद ।