00:02
Speaker 2
सभामुख महोदय, यो ऐतिहासिक क्षणमा यस सम्मानित सदनमा उभिएर म दोस्रोचोटि यो गरिमामय सदनमा बोल्दै गर्दा ती २३ र २४ गते रगत बगाएका ज्यान आतिएका सहिदहरूलाई सम्झिन चाहन्छु । रगत बगाएका घाइतेहरूलाई सम्झिन चाहन्छु र विभिन्न कालखण्डमा रगत बगाएका जीवन आहुती दिएका वीर सहिदहरूलाई सम्झिन चाहन्छु र उच्च सम्मान प्रकट गर्न चाहन्छु ।
00:23
Speaker 2
नेपालको इतिहासमा विरलै हुने मत क्रान्ति मार्फत नेपाली जनताले मत क्रान्ति गरेर नेपालको इतिहास रच्नुभएको छ र महत्त्वपूर्ण इतिहास रच्ने यो महाअभियानका हिस्सेदारी हुनुभएका सम्पूर्ण नेपाली जनतालाई विशेष विशेष धन्यवाद दिँदै आभार प्रकट गर्दै म काठमाडौं चित्रमा जनतालाई पनि उतिकै आभार प्रकट गर्न चाहन्छु । यसरी म क्रान्तिमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै झन्डै दुई तिहाइ मत दिएर देशैभरिबाट निर्वाचित गराउनुहुने ती सबै जनतालाई आभार प्रकट गर्दै गर्दा त्यही मतको म्यान्डेटर राष्ट्रिय स्वतन्त्र पार्टीले बस्नेता बालेन्द्र साह ज्यूले सम्मानित प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।
01:01
Speaker 2
उहाँसँगसँगै क्याबिनेटमा जिम्मेवारी सम्हाल्नुभएका सबै मन्त्रीज्यूहरूलाई पनि सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु । सँगसँगै यस सम्मानित सदनमा हिजो मात्रै प्रतिपक्षी सत्तापक्ष कोही पनि नभनिकन सम्माननीय सभामुखज्यूलाई निर्विरोध निर्वाचित गराउनुभएकोमा सबै माननीयज्यूहरूलाई विशेष विशेष धन्यवाद ज्ञापन गर्दै सम्माननीय सभामुखज्यूलाई सफल कार्यकालको शुभकामना दिन्छु ।
01:27
Speaker 2
नेपालको राजनीतिक इतिहासमा हामीले धेरै लामो राजनीतिक इतिहास त हामीले बोक्न पाएनौं । तर २०७९ सालमा निर्वाचित भएर यस सम्मानित सम्मानित सदनमा हामीले सांसदको भूमिका निर्वाह गर्दै गर्दा धेरै पुरानो इतिहासहरू भएका छैनन् ।
01:40
Speaker 2
धेरै पुरानो त्यो हामीले संसर भएका छैनन् । यस सम्मानित सदनमा कार्यपालिका र व्यवस्थास्थिरई छुट्याउन नसक्दै गर्दा र व्यवस्थापिकाको गरिमालाई बचाउन नसक्दै गर्दाखेरि हामीले भोगेका तिता अनुभवहरू आज मैले यहाँ व्याख्या गरिरहनु पर्दैन ।
01:56
Speaker 2
यी सबै कुराहरूलाई छिरेर इतिहासमा स्वर्ण अक्षरले नाम लेख्ने गरी सम्माननीय सभामुखज्यूले त्यो इतिहास रच्नु हुन्छ भन्ने कुराको आशा गर्दै यहाँको सफल कार्यकालको शुभकामना दिँदै म केही कुराहरू सम्मानित सदनमार्फत राख चाहन्छु । हामीले विगतमा भोका तिता अनुभवलाई साँच्छी राख्दै यस सम्मानित सदनमा सार्वभौम सांसदज्यूहरूले जनताको तर्फबाट उठाएका आकस्मिक समयमा शून्य समयमा विशेष समय उठाएका सबै समस्याहरूको सबै समस्या सुझाव र जनताका आवाजहरूको सम्बोधन यो यति सम्बोधन हुनको लागि राज्यका सम्बन्धीत निकाय र मन्त्रालय समयमै त्यसको सम्बोधन गरेको सुन्न पाइयोस् ।
02:31
Speaker 2
आर्थिक बजेट ल्याउने समय नजिकिँदै छ । आर्थिक अधिवेशन सुरु हुँदै छ ।
02:34
Speaker 2
त्यसको लागि प्री बजेट हामीले समयमै छलफल गर्न पाउँ । ताकि सार्वभौम जनताले आफ्नो अभिमत मार्फत निर्वाचित गराएर अनुमोदन गराएर पठाएका सार्वभौम सांसदहरूले आफ्नो भूगोल आफ्ना जनताका आवाजहरू यहाँ उठाएर सबै मुद्दाहरूलाई सम्बोधन गर्नको लागि त्यो बजेटमा समावेश गर्न पाइयोस् ।
02:50
Speaker 2
ताकि यो सरकार यो सदन र समग्र नेपाली जनताले मत क्रान्तिमार्फत परिवर्तन गरेको यो अभियानमा सबै नेपाली जनताले आफ्नो दियो । अपनत्व महसुस गर्न पाउँथ्यो बजेटमार्फत र यस सम्मानित सदनमा म एउटा अर्को कुरा स्मरण गराउन चाहन्छु ।
03:04
Speaker 2
सार्वभौम सांसदहरूले जनताको मतमार्फत निर्वाजित भएका सार्वभौम सांसदहरूले जनताको तर्फबाट कानुन बनाउँदै गर्दाखेरि अघिल्लो संसदमा हामीले भोगेको तितो अनुभूति छँदै छ । संघीय संघीय निजामती ऐन बनाउँदै गर्दाखेरि त्यहाँ भएको छेडखानी र सार्वभौम सांसदहरूले बनाएको कानुनलाई छेडखानी गर्दै गर्दाखेरि सांसदमा संसदमा हामीले संसदीय छानबिन समिति नै बनाउनु परेको थियो र त्यसको तितो अनुभूति हामीले अनुभूति अनुभूत गर्दै गर्दा त्यति खेरको प्रतिवेदन हामीले तत्कालीन संसदमा बुझाइसकेका छौं ।
03:33
Speaker 2
त्यो प्रतिवेदन सार्वजनिक गरेर आगामी दिनमा सार्वभौम सांसदहरूले जनताको तर्फबाट कानुन बनाउँदै गर्दाखेरि कसैले पनि त्यो छेडखानी गर्न सक्ने हिम्मत गरोस् भनेर म सम्माननीय सभामुखलाई अनुरोध पनि गर्न चाहन्छु । सँगसँगै यहाँ निर्वाचित भएर आउनुहुने कुनै पनि माननीयज्यूहरूको क्षमता र वहाँहरूको उहाँहरूको क्षमता र भूमिकाप्रति त हामीलाई शङ्का छैन ।
03:58
Speaker 2
म आफ्नो भूमिकामाथि पनि शङ्का गरिदिन म विश्वास नै गर्छु । तर हामी विभिन्न राजनीतिक दर्शन राजनीतिक विचारबाट अभिप्रेत भएर निर्वाचित भएर आएका सांसदहरूले यहाँ जनताको तर्फबाट जनताको कानुन जनताको तर्फबाट कानुन बनाउँदै गर्दाखेरि हामीलाई थुप्रै विषयहरूमा प्रशिक्षण तथा अुमक अभिमुखीकरण कार्यक्रमहरुको आवश्यकता रहेको छ ।
04:19
Speaker 2
त्यसको लागि लोकतन्त्र, संविधान, कानुन निर्माण प्रक्रिया सहित राष्ट्रिय सुरक्षा भूराजनीतिक सहित परराष्ट्र सम्बन्धमा विशेष अभिमुखीकरण प्रशिक्षण कार्यक्रमहरू समयमै आयोजना गरियोस् भनेर पनि म अनुरोध गर्दै सार्वभौम सांसदहरूलाई सबै रिसुसहरूले सुसम्पन्न गर्न सके मात्र हामीले जनताको तर्फबाट कानुन बनाउने मात्र होइन जनताको तर्फबाट खबरदारी गर्ने मात्र होइन साँच्चै नेपाली जनताले देखेको सपना पूरा गर्नको लागि काम गर्न सक्छौं । त्यसकारण समयमै यी सबै कुराहरू पूरा भइदिउन् र नेर सार्वभौमिक सांसदले कुनै पनि मन्त्री र मन्त्रालयको ढोकामा आफूले उठाएका मुद्दाहरू सम्बोधन भए कि भएनन् भनेर चाहेर नपरोस् भन्ने कुरा यस सम्मानित सदनमार्फत जानकारी गराउँदै म मेरा भनाइ यहीँ अन्त्य गर्छु ।
04:57
Speaker 2
जयदेश जय घण्टी