00:10
डोलप्रसाद अर्याल
माननीय सदस्यहरू, प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८६ को नियम १ बमोजिम प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिहरूको सभापतिको निर्वाचनको लागि २०८३ साल वैशाख ४ गते शुक्रवार दिनको १ बजेको समय तोकेको बेहोरा जानकारी गराउँछु । माननीय सदस्यहरू, अब म प्रतिनिधि सभाको चालु पहिलो अधिवेशन अवधि भर भए गरेका काम कारबाहीको संक्षिप्त विवरणको सम्बन्धमा जानकारी गराउँछु ।
00:52
डोलप्रसाद अर्याल
माननीय सदस्यहरू, प्रतिनिधि सभाको पहिलो अधिवेशन २०८२ साल चैत १९ गते बिहिवार प्रारम्भ भई २०८२ साल चैत २७ गते शुक्रवारसम्म जम्मा ९ दिन चालु रह्यो । जसमध्ये दिनहरूमा पटक बैठक पछि जम्मा १० घण्टा ५० मिनेट संसदीय काम कारबाही बेतित भयो ।
01:15
डोलप्रसाद अर्याल
साथै मिति २०८२ साल चैत्र २७ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठक पछि जम्मा १५ मिनेट समय वेतित भएको थियो । मिति २०८२ चैत २७ गते सम्माननीय राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा ९५ बमोजिम प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो ।
01:44
डोलप्रसाद अर्याल
साथै सम्माननीय राष्ट्रपतिबाट भएको सम्बोधनको लागि सभाले सर्वसम्मतिबाट धन्यवाद प्रस्ताव पारित गर्यो । नेपालको संविधानको धारा १४ बमोजिम प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न र अन्य काम कारबाही नियमित एवम् प्रभावकारी बनाउन यस प्रतिनिधि सभाले सभाको नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली २०७९ बमोजिम नै सभाले आफ्नो काम कारबाही गर्ने प्रस्तावलाई मिति २०८२१ गतेको बैठकले सर्वसम्मतिबाट स्वीकृत भयो ।
02:23
डोलप्रसाद अर्याल
सभाको मिति २०८२१ गतेको बैठकमा पेस भएका मतदाता नियमावली पहिलो संशोधन अध्यादेश २०८२ प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश २०८२ र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश २०८२ मिति २०८२ चैत २३ गते पछिको बैठकबाट स्वीकृत भयो । मिति २०८२२२ गते भएको सभामुख पदको निर्वाचनमा माननीय रवी लामिछाने प्रस्तावक र माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम माननीय अर्थ मन्त्री सोनी वागले र माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् सहरी विकास मन्त्री सुनी लम्साल समर्थक भई यस सभाका माननीय सदस्य डोल प्रसाद अर्याललाई प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकोले सभाले माननीय डोलप्रसाद अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित गरेको थियो ।
03:28
डोलप्रसाद अर्याल
सभाको यस अधिवेशनमा प्रतिनिधि सभामा दर्ता भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ लाई प्रस्तुत गर्ने कार्य सम्पन्न भयो । त्यसै गरी चालु अधिवेशनमा राष्ट्रिय सभामा उत्पत्ति भएका राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१ पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक २०८१ सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देशहरू सभामा प्रस्तुत भएका छन् ।
04:02
डोलप्रसाद अर्याल
मिति २०८२ चैत २३ गते पछिको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १३ बमोजिम प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा २१ जना माननीय सदस्यहरूको नाम मनोनयन गर्यो । साथै सोही दिन माननीय कविन्द्र बुर्लाकोटी प्रस्तावक र माननीय सीता थपलिया माननीय गणेश सिंह ठगुन्ना माननीय युवराज दुलाल माननीय धुर्वराज राई माननीय भरत गिरी र माननीय पुष्पा कुमारी चौधरी समर्थक भई १५ सदस्य प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मतिबाट स्वीकृत गर्यो ।
04:47
डोलप्रसाद अर्याल
सभाको मिति २०८२ चैत २७ गतेको बैठकमा भएको प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा माननीय सदस्य सरस्वती लामा र माननीय सदस्य रुवी कुमारलाई
05:00
डोलप्रसाद अर्याल
प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने २ ओटा प्रस्तावमध्ये यस सभाका माननीय रुवी कुमारीलाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २२९ मत परी प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित भयो । यस अधिवेशनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन २०८२ पेस भयो ।
05:33
डोलप्रसाद अर्याल
मिति २०८२ ४ र २७ गते संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २५ र २८ बमोजिम संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन गर्ने कार्य सम्पन्न भयो । साथै प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७ बमोजिम प्रतिनिधि सभा अन्तर्गतका विभिन्न १० ओटा विषयगत समितिहरू गठन गर्ने कार्य सम्पन्न भयो ।
06:10
डोलप्रसाद अर्याल
सभाबाट यस अवधिमा संविधान सभा एवम् पूर्व सदस्यहरू कृषि केस गौतम महम्मद आफ्ता आलम कृष्ण कुमारी श्रेष्ठ आमोदप्रसाद उपाध्याय होम दहाल बल बोहरा र रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्तावहरू पारित भयो । यस अधिवेशनमा विभिन्न माननीय सदस्यहरूले सुन्ने समय विशेष र आकस्मिक समय माग गरी समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
07:15
डोलप्रसाद अर्याल
माननीय सदस्यहरू, सम्माननीय राष्ट्रि