00:00
डोलप्रसाद अर्याल
सदस्यहरू, प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन कार्यक्रमअनुसार उपसभामुख पदमा माननीय सदस्य शरस्वती लामा र मान माननीय सदस्य रुवी कुमारीलाई निर्वाचित गरियोस् भन्ने २ ओटा प्रस्तावको सूचना प्राप्त हुन आएको बेहोरा जानकारी गराउँछु । माननीय सदस्यहरू अब पहिलो प्रस्तावक प्रस्तावका प्रस्तावक माननीय ज्ञान बहादुर शाहीलाई यस सभाका माननीय सदस्य सरस्वती लामालाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु ।
00:42
डोलप्रसाद अर्याल
समय १० मिनेट ।
01:21
ज्ञानबहादुर शाही
सम्माननीय सभामुख महोदय, आज हामी विषम परस्थितिमा यो रोष्ट्रममा उभिएका छौं । सम्माननीय सभामुख महोदय सत्ताको खेल त चलिरहन्छ ।
01:33
ज्ञानबहादुर शाही
सरकारहरू आउँछन् जान्छन् । यो कुनै नौलो कुरो होइन ।
01:37
ज्ञानबहादुर शाही
पार्टीहरू बन्छन् र भत्किन छन् । यो पनि नौलो कुरो होइन ।
01:40
ज्ञानबहादुर शाही
तर देश रहनुपर्छ । अनुशासन रहनुपर्छ ।
01:44
ज्ञानबहादुर शाही
यो मुलुकको चन्द्र सूर्य चङ्की रहनुपर्छ । यो देशको राष्ट्रियता र राष्ट्रवाद अम्मर रहिरहनुपर्छ ।
01:49
ज्ञानबहादुर शाही
सम्माननीय सभामुख महोदय । आज म यस सम्मानित संसदमा उभिएर एउटा स्पष्ट कुरा भन्न चाहन्छु ।
01:56
ज्ञानबहादुर शाही
संसदमा सङ्ख्या होइन । भूमिका महत्त्वपूर्ण हुन्छ ।
02:00
ज्ञानबहादुर शाही
सङ्ख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भइरहन काम लाग्दछ । सम्माननीय सभामुख महोदय, राष्ट्रिय प्रजातन्त्र पार्टी वर्तमान संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै वर्तमान व्यवस्थाको विकल्प प्रस्तुत गरिरहेको र श्री पाँच बडामहाराज धिराज पृथ्वी नारायण शाहको दिब्य उपदेशमा विश्वास गर्ने संवर्धनवादी दल हो ।
02:25
ज्ञानबहादुर शाही
हामीले नेपालमा सम्बोधन वादको महत्त्वपूर्ण पाटोको रूपमा रहेको राष्ट्र सता सहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको पुनर्स्थापना र आर्थिक हिसाबले बुझिलो र मुलुकमा आवश्यकता बिना भित्र हेको संघीयताको खारेजी जस्ता शासकीय सुरूमा आमूल प्रयोतका मुद्दाहरू बोकेको हुँदा केवल एक थान उपसभामुखको पद हाम्रो प्राथमिकता नै थिएन र छैन पनि । तथापि संसदको सबभन्दा ठुलो दलबाट नै प्रस्ताव आएपछि अन्य पुराना राजनीतिक दल र हामी प्रियोतन खोज्ने राजनीतिक दल बिचको धुर्वीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुङ्गोमा पुगेका थियौं ।
03:03
ज्ञानबहादुर शाही
यसै सन्दर्भमा हिजो बिहान एकातिर उपसभामुखको निर्वाचन सम्बन्धी छलफलमा अर्ने प्रतिपक्षी दलहरूले राप्रपालाई बाइपास गरी छलफल चलाइरहेका थिए भने अर्कातिर राष्ट्रवा सभापतिबाटै सहयोगको आश्वासन प्राप्त गरेपछि राप्रपा संसदीय दलको सर्वसहमत निर्णयले हामीले उपसभामुख उम्मेदवारी दिएका हौं । सम्माननीय सभामुख महोदय , आजको हाम्रो उम्मेदवारीले राजनीतिक राजनीतिकमा स्पष्ट कित्ता क्लियर बनाएको छु ।
03:30
ज्ञानबहादुर शाही
हिजोका पुराना र भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइन बोर्डहरू फरक फरक भए तापनि उनीहरूको बिचको नीतिगत सिद्धान्त र विचारको नावी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ । सम्माननीय सभामुख महोदय यो व्यवस्थाको विकल्पको रूपमा मौलिक व्यवस्था खोजिरहेको र यही आयातित व्यवस्थालाई टालटुल गर्नुपर्ने भन्नेहरू बिचको स्पष्ट कित्ता छुट्टिएकोमा हामीले महसुस गरेका छौं ।
03:55
ज्ञानबहादुर शाही
। हाम्रो हाम्रो उम्मेदवारी केवल एक थान उपसभामुखको उपसभामुखको पदका लागि मात्र थिएन ।
03:59
ज्ञानबहादुर शाही
यो त आयातित व्यवस्था माननीयहरू र विदेशीहरूको गोट्टी भइरहने हरू का प्रवृतिका विरुद्ध र श्री बडामा र धिराज पृथ्वीनारायण शाहको दिव्य प्रदेशलाई शीरमा धारणा पूर्ण गर्दै राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने महा अभियान बिचको स्पष्ट भिन्नता छुट्याउने एउटा एतिहासिक परीक्षा थियो । जुन परीक्षा मा हामी सहभागी भइराछौं र हामी सफल पनि भएका छौं ।
04:21
ज्ञानबहादुर शाही
सम्माननीय सभामुख महोदय , सुशासन कायम होस् । राजनैतिक रोजगारी सिर्जना होस् ।
04:28
ज्ञानबहादुर शाही
भ्रष्टाचार नियन्त्रण होस् । यी सबै प्रयासहरूमा हामी स्वागत गर्छौं ।
04:31
ज्ञानबहादुर शाही
र साथसाथै साथ पनि दिन्छौं । तर प्रश्न उठ्छ ।
04:35
ज्ञानबहादुर शाही
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे परै हाम्रो रहला कहाँ पहिचान नै नभए आज राष्ट्रको पहिचान खोसिएको छ । आज नपत्ताटदबिएको यो आवाजलाई मुलधारमा ल्याउन संसारभर सुनाउन हामी यहाँ उभिएका छौं ।
04:50
ज्ञानबहादुर शाही
हामी पाण्डपको भूमिकामा छौं । हामी ५ जना सांसद मात्र होइनौं, सम्माननीय सभामुख महोदय ।
04:55
ज्ञानबहादुर शाही
यो त राष्ट्र र राष्ट्रियता जोग्याउन मुलुकलाई सदमार्गमा डोर्याउने
05:00
ज्ञानबहादुर शाही
एउटै हातका पाँचौं ला हो । आजको यथार्थ के छ ।
05:03
ज्ञानबहादुर शाही
यो देशको राष्ट्रपति आर्य वर्गबाट हुनुहुन्छ । यो देशको उपराष्ट्रपति पनि त्यही वर्गबाट हुनुहुन्छ ।
05:08
ज्ञानबहादुर शाही
देशको प्रधानमन्त्री पनि त्यही वर्गबाट हुनुहुन्छ । सभामुख पनि त्यही वर्गबाट हुनुहुन्छ ।
05:12
ज्ञानबहादुर शाही
राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष सबै यही वर्गबाट छन् । हुँदा हुँदा सुरक्षाका प्रमुखहरू पनि त्यही वर्गबाट छन् ।
05:19
ज्ञानबहादुर शाही
अनि कसरी बनिन्छ । ३६ तिशत झन्डै १० करोड जनजाति आदिवासीको प्रतिनिध्व छ भनेर कहाँ छ त्यो प्रतिनिधित्व केही यो देशमा जनजाति र आदिवासीको होइन यो देश ।
05:31
ज्ञानबहादुर शाही
संविधानले व्यवस्था गरेको समानता र समावेशिता कहाँ छ । यो त केवल कागजको खोष्टोमा मात्र सीमित भयो ।
05:37
ज्ञानबहादुर शाही
हामीले एउटा जनजातिको छोरीलाई अगाडि बढायौं । त्यो केवल व्यक्तिको प्रश्न थिएन ।
05:42
ज्ञानबहादुर शाही
त्यो त सम्पूर्ण समुदायको आवाज थियो । पहिचानको सङ्घर्ष थियो ।
05:46
ज्ञानबहादुर शाही
तर फेरि पनि त्यो आवाज दबाइयो । केही छैन ।
05:49
ज्ञानबहादुर शाही
पानी बग्दै गर्छ । हावा चल्दै गर्छ ।
05:52
ज्ञानबहादुर शाही
तर तर तर प्रश्न यो हो । त्यो हावाको बेखकतातिर बगिरहेको छ ।
05:57
ज्ञानबहादुर शाही
कसका पक्षमा बगिरहेको छ । यदि त्यो हावा सँधै एउटै वर्ग तिर मात्रै बगिरहने हो भने यो देशमा समानता कहिले आउँछ ।
06:04
ज्ञानबहादुर शाही
अनि न्याय कहिले स्थापित हुन्छ । एउटा युवा खरको युवा नेपालको छोरी यो देशको उपसभामुख हुँदै हुनुहुन्छ ।
06:12
ज्ञानबहादुर शाही
यसमा हामीलाई कुनै आपत्ति छैन । हाम्रो साथ र समर्थन ले बरु यसमा सुनमा सुगन्ध थप्ने छ भन्ने अपेक्षा गरेका थियौं ।
06:19
ज्ञानबहादुर शाही
तर त्यस्ता पदहरूमा सबैको साथ समर्थन लिएर अगाडि बढ्दा अझ राम्रो सन्देश जाने थियो । तर तपाईंहरूकै धोकाका कारणले त्यो हुन सक्ने सकेन ।
06:28
ज्ञानबहादुर शाही
तर खै केही छैन । याद राख्नुहोला ।
06:30
ज्ञानबहादुर शाही
समावेशी सहमति प्रजातन्त्रको मूल आधार हो । बहुमत र अल्पमत बिचको सहमति र सम्झौता प्रजातन्त्रको आत्मा हो ।
06:39
ज्ञानबहादुर शाही
यो बचाइराख्नु हामी सबैको कर्तव्य हो । यो कर्तव्य हामी निर्वाह गर्छौं ।
06:42
ज्ञानबहादुर शाही
यसमा हामी डगमगाउँदैन। खेरि यो केवल उपसभामुख पदको मात्र थिएन ।
06:47
ज्ञानबहादुर शाही
फेरि यो केवल उपसभामुख पदको उम्मेदवारी मात्रै थिएन । यो त २ धारबीचको स्पष्ट रेखा थियो ।
06:53
ज्ञानबहादुर शाही
एकातिर राष्ट्रवादी कित्ता अर्कोतिर विदेशबाट आयोजित व्यवस्था मान्न कित्ता आज त्यो परीक्षा सम्पन्न भएको छ । कुन कित्ता कहाँ उभिएको छ ।
07:00
ज्ञानबहादुर शाही
त्यो स्पष्ट भएको छ । नेपाली जनताले देखेका छन् ।
07:03
ज्ञानबहादुर शाही
आज सिंगो संसारले देखेको छ । राष्ट्रवादी कित्ता कहाँ छ र विदेशबाट आयोजित व्यवस्था मान्न कित्ता कहाँ छ ।
07:10
ज्ञानबहादुर शाही
तपाईंहरूलाई कतै राप्रापा जित्यो भने संवैधानिक परिषद्को सदस्य बन्यो भने राष्ट्र पुनर्स्थापनाको बहसलाई एक खुट्किलो अगाडि बढ्ने छ भन्ने डर रहेछ । प्रदेश संरचना खारेज गर्ने अभियानमा एक कदम चाल्ने छ भन्ने चिन्ता रहेछ ।
07:25
ज्ञानबहादुर शाही
हिन्दु बुद्ध किरामसहितको वैदेशिक सनातन परम्परामा आधारित धर्म सापेक्ष राष्ट्रको बहसलाई अगाडि बनाउँछ भन्ने त्रास रहेछ । सायद तपाईंहरूलाई लागे छ ।
07:33
ज्ञानबहादुर शाही
हामी तपाईंहरूकै डाइभर्सिटी मा बसेन । मुलुकलाई राष्ट्रवादी दिशातर्फ अगि बढाउँछन् कि भन्ने डर र तपाईंहरू केही मुट्टुभित्र बसेर आयातित विदेशीहरूले ल्याएको आयोजित व्यवस्थाको धड्कन गन्दा गरिदिन्छौं भन्ने त्रास रहेछ ।
07:48
ज्ञानबहादुर शाही
तर आज यस संसदको रोस्ट्रममा म स्पष्ट भन्न चाहन्छु । यो काम हामी तपाईंहरूसँग मिलेर पनि गर्न सक्थ्यौं ।
07:55
ज्ञानबहादुर शाही
र गर्थ्यौं पनि हामी पद पायो भन्दैमा पछि हट्ने थिएनौं । राष्ट्रको पहिचान स्थापित गर्ने अभियानको कदम अगाडि चाल्ने थियौं र तपाईंहरूको सहकार्यको बाटो खोज्थ्यौं र साथमै लिएर अगाडि बढ्ने थियौं तर खयर सायद तपाईंहरूको बाध्यता थियो ।
08:11
ज्ञानबहादुर शाही
सायद तपाईंहरूलाई त्यस्तो निर्णय गर्न बाध्य बनाइयो । हामीले त्यो अवस्थालाई बुझ्छौं ।
08:16
ज्ञानबहादुर शाही
त्यसैले असहमति हुँदाहुँदै पनि तपाईंहरूप्रति हाम्रो सदासयता रहिरहने छ र राष्ट्रका मुद्दाहरूमा हामी हामी एकै ठाउँ हामी सँधै सम्वाद र सहकार्यको ढोका खुला राख्ने छु । आज तपाईंहरूसँग बहुमत छ ।
08:30
ज्ञानबहादुर शाही
संसदको सङ्ख्या तपाईंहरूको पक्षमा छ । कुर्सीहरू भरिएका छन् ।
08:35
ज्ञानबहादुर शाही
हाम्रा कुरा अहिले तपाईंलाई सामान्य र हार्पर लाग्न सक्छ । तर समय बलवान हुन्छ ।
08:40
ज्ञानबहादुर शाही
त्यो दिन आउने छ । जब यही शब्दहरू सत्य साबित हुने छ ।
08:44
ज्ञानबहादुर शाही
सम्माननीय सभामुख महोदय एउटा कथन थियो । युद्ध र प्रेममा सबैकुरा जायज हुन्छन् भने जस्तै राजनीतिकमा आश्वसन र धोका पनि जायज हुँदो रहेछ ।
08:55
ज्ञानबहादुर शाही
भन्ने कठोर यथार्थ बुझ्दै छु । युद्ध र प्रेममा सबै कुरा जायज हुन्छन् भने जस्तै राजनीतिमा आश्वसन र धोका पनि जायज हुँदो रहेछ भन्ने कठोर यथार्थ बुझ्दै छु ।
09:05
ज्ञानबहादुर शाही
अब बोलीभन्दा बढी सङ्केत बुझ्नुपर्ने कुरा सिक्दै छु । किन कि बोलीको कुनै भर हुँदो रहेन छ ।
09:11
ज्ञानबहादुर शाही
पार्टी र विचार फरक भए पनि । मैले सँधै आदर्श मानेका व्यक्तित्वबाट सिकेको यो राजनीतिक संस्कारका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु ।
09:20
ज्ञानबहादुर शाही
सम्माननीय सभामुख महोदय बलियो प्रतिपक्ष विना कुनै पनि सरकार दिर्घकालिन सुरक्षित रहँदैन । प्रतिपक्ष बिनाको सरकार त्यति राम्रो हुँदैन ।
09:30
ज्ञानबहादुर शाही
प्रतिपक्ष बिनाको कुनै पनि सरकार दीर्घकालीन रूपमा सुरक्षित रहँदैन । बलियो प्रतिपक्ष नै प्रजातन्त्रको सुन्दरता हो ।
09:37
ज्ञानबहादुर शाही
त्यसैले हामी सङ्ख्यामा कम भए पनि । विचारमा बलिया छौं ।
09:41
ज्ञानबहादुर शाही
हामीले यो संसदको बलियो प्रतिपक्षको भूमिका खेल्ने छौं । र प्रतिपक्षमा रहन्छौं भने प्रजातन्त्रलाई फुल् फुलाउन अझै सुन्दर बनाउन अहम भूमिका खेल्ने छौं ।
09:50
ज्ञानबहादुर शाही
प्रतिपक्ष बिनाको सरकार नुन बिनाको तरकारी जस्तै हुन्छ । त्यसैले यो सरकारलाई बलियो यो प्रतिपक्ष प्रतिपक्ष भएर सहयोग गर्छौं ।
09:56
ज्ञानबहादुर शाही
र सम्माननीय सभामुख सभामुख महोदय, आज यो र्टर
10:00
ज्ञानबहादुर शाही
सम्म उभिँदै गर्दा राजनीति अलि अलि सिक हो । कस्तो हुँदो रह्यो छ राजनीतिक भन्ने कुरा सिकियो र बुझियो पनि ।
10:07
ज्ञानबहादुर शाही
तर याद रहोस् । त्यो राजनीतिक सँधै नदी पनि सँधै एउटै बेगमा बगिरहँदैन काहीँ थुनिनुपर्छ ।
10:14
ज्ञानबहादुर शाही
र कहीँ तालतलैयामा मिसिनु पर्छ । र सँधै हामी ५ मात्रै हुने छैन ।
10:20
ज्ञानबहादुर शाही
र याद रहोस् । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यो शक्ति हो ।
10:24
ज्ञानबहादुर शाही
२०६४ सालको स्थापनापछि सशस्त्र सङ्घर्षबाट आएको माओवादीले पनि पतन गर्न नसकेको शक्ति हो । यो शक्ति लुज हुँदैन ।
10:32
ज्ञानबहादुर शाही
हो खाएर हामीले एउटा विश्वासलाई आत्मसाथ राखेका थियौं । त्यो विश्वासका साथ हामी अगाडि बढ्छौं ।
10:38
ज्ञानबहादुर शाही
अरू कसैलाई केही भन्नु छैन । केही गुनासो छैन ।
10:41
ज्ञानबहादुर शाही
हामीले अगि नै भनिसक्यौं । तपाईंको बाध्यता बुझेका छौं ।
10:45
ज्ञानबहादुर शाही
त्यो बाध्यतालाई आत्मसात गरेका छौं र तपाईंहरूसँग सहकार्य गर्ने बाटो खुला छ । तर संसद सँधै सत्ता पक्षको होइन ।
10:53
ज्ञानबहादुर शाही
संसदप्रतिपक्षको प्रतिपक्षमा बसेर हाम्रो भूमिका निर्वाह गर्छौं । त्यहीबाट सम्माननीय सभामुख महोदय, हामीले जनजातिबाट त्यो पनि नेपालकै लोपमुख जातिबाट हेल्मो भन्ने समुदायबाट प्रतिनिधि सभाको उपसभामुखको पदको हामीले उम्मेदवारी दिएका छौं ।
11:10
ज्ञानबहादुर शाही
सम्माननीय सभामुख महोदयको अनुमतिमा यस सभाका माननीय सदस्य सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछौं । बाँकी तपाईंहरूको इच्छा सोझ गर्नुस्, विचार गर्नुस् ।
11:20
ज्ञानबहादुर शाही
जयराष्ट्र, जय नेपाल । हस् धन्यवाद ।