00:00
डोलप्रसाद अर्याल
अब अर्का माननीय सदस्य रमेश मल्ललाई समय दिन्छु । समय ६ मिनेट ।
00:33
रमेशकुमार मल्ल
सम्माननीय सभामुख महोदय एउटा संवैधानिक पद र यो सदनको एउटा जिम्मेवार भूमिकामा रहने उपसभामुखको निर्वाचनको प्रक्रियामा हाम्रो दलको धारणा स्पष्ट गर्नका निम्ति यहाँ उभिएको छु । सर्वप्रथम त यहाँ उभिदै गर्दा पहिलो पटक मा संसदमा उभिएर बोल्दै छु ।
01:05
रमेशकुमार मल्ल
र मैले मलाई निर्वाचित गरेर पठाउने सल्यानी सम्पूर्ण बुवा आमा दाजु तथा दिदी बहिनीहरूलाई सम्झन चाहन्छु । नमन गर्न चाहन्छु ।
01:17
रमेशकुमार मल्ल
निर्वाचनताका तपाईंहरूले हामीप्रति गरेका अपेक्षाहरू र हामीहरूप्रति तपाईंहरूले जुन भावना व्यक्त गर्नुभएको छ । त्यसलाई सम्झन चाहन्छु ।
01:28
रमेशकुमार मल्ल
र सबभन्दा पहिले त आज हामी जुन प्रक्रियामा प्रवेश गर्दै छौं । जसरी हामी सम्माननीय सभामुख महोदयलाई यो सदनबाट सर्वसम्मत रूपमा निर्वाचित गर्न सक्यौं ।
01:47
रमेशकुमार मल्ल
त्यसै गरी उपसभामुखमा पनि हामीले सर्वसम्मत रूपमा निर्वाचित गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो । यो हाम्रो दलको भावना थियो ।
02:00
रमेशकुमार मल्ल
हाम्रो दलको तर्फबाट हामीले यो विचार अगाडि सारेका थियौं । तर यो सम्भव भएन ।
02:08
रमेशकुमार मल्ल
यसको सीमा कहाँनेर रहे यसको बारेमा अगाडि केही माननीयज्यूहरूले विषय राख्नुभएको छ । केही प्रश्नहरू खडा भएका छन् ।
02:20
रमेशकुमार मल्ल
राजनीतिमा मूल्यका प्रश्नहरू उठेका छन् । यी विषयवस्तुहरूमा सम्भवत सम्बन्धित माननीयज्यूहरूले नै आफ्नो ठाउँमा गम्भीरतापूर्वक लिनु हुने छ कि पक्कै पनि राजनीतिमा मूल्यको धेरै ठुलो महत्त्व हुन्छ ।
02:36
रमेशकुमार मल्ल
इमानको धेरै ठुलो महत्त्व हुन्छ । यदि त्यहाँ कोही हामी कमी गरेका छौं भने त्यसलाई यो सम्मानित सभामा मैले भन्न चाहन्छु ।
02:46
रमेशकुमार मल्ल
सम्माननीय सभामुख महोदय हामीले केही न केही नयाँ मानकहरू यो सदनबाट स्थापित गरेर जाने कोसिस गर्नै पर्दछ । त्यसको निम्ति हामीले समीक्षा गर्न जरुरी छ भन्ने म ठान्दछु र हाम्रो दलको तर्फबाट हामीले श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्ताव गरिनुभएका एउटा मधेशको छोरी मधेशको माटोमा जन्मिनु भएको र अञ्जुलीभरी माटो बोगर निर्वाचनमार्फत यो सदनसम्म आइपुग्नुभएको नेपालको छोरी मधेशको छोरी एउटा न युवा जेजी समूहभित्रको जसरी यो जनजी पछिल्लो जेजीआन्दोलन लोकतन्त्रको सर्भिसिङको निम्ति भएको छ ।
03:40
रमेशकुमार मल्ल
त्यो आन्दोलनको प्रतिनिधिको रूपमा समेत आज एउटा जिम्मेवार पदमा जसरी उमेरदारको रूपमा यहाँ खडा हुनुभएको छ । हाम्रो दलको तर्फबाट उहाँलाई समर्थन गर्ने हाम्रो निर्णय म तपाईंहरूको बिचमा सुनाउन चाहन्छु ।
03:57
रमेशकुमार मल्ल
म भन्न चाहन्छु । हामी संसदमा प्रतिपक्षको बेन्चमा छ ।
04:03
रमेशकुमार मल्ल
कै पनि हामीले भन्ने गरेका छौं । सरकारले यदि पछिल्लो आन्दोलनका भावनाहरूअनुसार नै आफूलाई अगाडि लिएर बढ्यौं र साँच्चै लोकतन्त्रको सर्भिसिङ गर्न संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने दिशामा आफूलाई खरो रूपमा भ्याउँदै अगाडि बढ्यो भने हाम्रो तर्फबाट समर्थन रचनात्मक ढङ्गले रहने छ ।
04:26
रमेशकुमार मल्ल
यदि लोकतन्त्रका मूल्यहरूमा लोकतन्त्रका भावनाहरूमा लोकतान्त्रिक संस्थाहरू राजनीतिक र नागरिक संस्थाहरूमा कतै अङ्कुस लगाउने कोसिस भयो भने त्यस बेला हामी दृढतापूर्वक त्यसका विरुद्धमा उभिने छौं । हामीले यो कुरा स्पष्ट गरिसकेका छौं ।
04:43
रमेशकुमार मल्ल
सरकारले अगि सारेका केही कार्यसूचीहरू छन् । हामीले हेरेका छौं ।
04:47
रमेशकुमार मल्ल
केही नागरिक संस्थाहरूमाथि प्रश्न चिन्न खडा गर्ने मात्र होइन । अङ्कुस लगाउने प्रकृतिका केही विषयहरू अगाडि आएका छन् ।
04:54
रमेशकुमार मल्ल
त्यो विषयहरूलाई हामीले गम्भीरतापूर्वक लिएका छौं र हामीले सरकारलाई सचेत गराएका छौं । यो कुरा पनि म त
05:00
रमेशकुमार मल्ल
हरूको बिचमा सम्माननीय सभामुख महोदय तपाईमार्फत यो सभामा राख्न चाहन्छु । र मैले यो कुरा पनि हामी स्पष्ट गर्न चाहन्छौं कि आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रभित्र छौं ।
05:15
रमेशकुमार मल्ल
संघीय लोकतान्त्रिक गणतन्त्रभित्र हामी व्यवस्थाको प्रतिपक्षमा छैनौं । हामी व्यवस्थाको निम्ति सत्ता पक्षमा छौं ।
05:24
रमेशकुमार मल्ल
र आज केही प्रश्नहरू यहाँ उठाइएका छन् । केही विचारहरू यहाँ व्यक्त भएका छन् ।
05:32
रमेशकुमार मल्ल
मानव जातिको सर्वत्र हितको निम्ति अगाडि सारिएका विचारहरू कोही आयातित हुँदैन । यो कुरा म स्पष्ट गर्न चाहन्छु ।
05:40
रमेशकुमार मल्ल
सभामुख महोदय र आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति जे बलिदान आज यो मुलुकमा लोकतन्त्रका निम्ति गणतन्त्रका निम्ति भएको छ । ती आदरणी महान सहिदहरूलाई सम्मान गर्न चाहन्छौं र सम्झिन चाहन्छु ।
05:57
रमेशकुमार मल्ल
उहाँका परिवारहरूलाई सम्मान गर्न चाहन्छु । बेपत्ता योद्धाहरूलाई सम्झिन चाहन्छु ।
06:01
रमेशकुमार मल्ल
घाइते साथीहरूलाई सम्झिन चाहन्छु । र पछिल्लो जेजे आन्दोलन जो लोकतन्त्रको सर्भिसिङ सर्भिसिङ्ग र ाजनीतिक स्थायित्व वेथिति भ्रष्टाचारका विरुद्ध उठाइएको थियो ।
06:11
रमेशकुमार मल्ल
त्यो आन्दोलनको मर्म अनुसार हामी अगाडि बढ्नु पर्दछ । त्यो आन्दोलनका सहिदहरूलाई सम्झिन चाहन्छु ।
06:16
रमेशकुमार मल्ल
तर व्यवस्थामाथि प्रश्न चिन्न खडा गर्ने र व्यवस्थाका विरुद्धमा व्यक्त हुने विचारहरूलाई चाहिँ हामीले समर्थन गर्न सकिँदैन । यो कुरा हामी स्पष्ट गर्न चाहन्छौं ।
06:28
रमेशकुमार मल्ल
र आज दुइटा उमेरदारी एक प्रकारले दुईजना माननीयज्यूको उमेरदारी छन् । प्राविधिक हिसाबले दुई जना माननीयज्यू हुनुहुन्छ ।
06:37
रमेशकुमार मल्ल
माननीय सदस्य आफ्नो भनाइ छोट्याउनुस् । तर
06:40
रमेशकुमार मल्ल
वस्तु त फेरि यो के देखिन्छ भने कुन व्यवस्थाको पक्षमा तिमी उभिन्छौं । विचारका हिसाबले भन्ने प्रश्न खडा भएका छन् ।
06:47
रमेशकुमार मल्ल
त्यही लोकतन्त्र हो । जुन लोकतन्त्रले आज व्यवस्था मान्दिन भन्ने विचार राख्ने साथीहरूलाई पनि यो सदनमा उपस्थित गइराखेको छ ।
06:54
रमेशकुमार मल्ल
उहाँहरूका विचारलाई व्यक्त गर्ने वातावरण सिर्जना गरेको छ । यही लोकतन्त्र हो ।
06:59
रमेशकुमार मल्ल
तर फेरि हामी स्पष्ट के गर्न चाहन्छु भने यो व्यवस्थाका विरुद्धमा हुने कुनै पनि गतिविधिमा चाहिँ र विचारमा चाहिँ हामी सहमत हुन सक्दैनौं । भन्ने मत राख्दै फेरि पनि श्रम संस्कृति पार्टीको तर्फबाट अगाडि सारिनु भएको माननीय रुवी कुमारी ठाकुरलाई हाम्रो दलको तर्फबाट उपसभामुख पदमा समर्थन भएको जानकारी गराउँदै उहाँको निष्पक्ष भूमिकाको अपेक्षा गर्दै मेरो भनाइ टुङ्ग्याउँछु ।
07:26
रमेशकुमार मल्ल
धन्यवाद । अभिवादन ।