00:00
Speaker 1
श्री रमेश कुमार मल्ललाई समय दिन्छु । छोटकरी म आफ्नो कुरा राख्नुस् ।
00:08
Speaker 1
सम्माननीय सभामुख महोदय, हामी निरन्तर रूपमा करिब डेढ महिनाको नजिक हामी पुगिसकेका छौं । संसदको रोष्टमबाट सम्माननीय प्रधानमन्त्रीज्यूले जुन अभिव्यक्ति दिनुभयो ।
00:23
Speaker 1
त्यसका विरुद्ध प्रतिपक्षी दल सदनमा निरन्तर विरोधको कार्यक्रममार्फत अगाडि बढिरहेको छ । तर यसको बारेमा म प्रधानमन्त्री जवाफ दिन तयार हुनुहुन्छ ।
00:38
Speaker 1
रोस्ट्रम रेकर्ड संसदको रेखाबाट यसलाई यसलाई हटाउने विषयमा कुनै त्यस्तो कदम चालिएको छ । यो दुःखद् कुरा छ ।
00:50
Speaker 1
यो प्रति गम्भीर ध्यानाकर्षण गराउँदै मैले केही गम्भीर विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । सम्माननीय सभामुख महोदय , जसरी २५ वर्षीय युवा गर्ने नेपाली आत्मदाहा गरेर निधन हुने एउटा दुःखद स्थिति सिर्जना भयो ।
01:12
Speaker 1
त्यसले आज सिङ्गो देशलाई त तरङ्गित बनाएकै छ । तर उहाँको दुःखद निधनको घटनालाई तोडमोड गर्ने कुरा मात्र होइन ।
01:26
Speaker 1
उहाँको यो घटनालाई कतै उहाँको यो कदमलाई गलत साबित गर्नकै निम्ति भनेर हिजो र अस्ति २ दिन जुन घटना राजधानीमा घटे । जुन स्थिति देखा पर्यो ।
01:44
Speaker 1
यो धेरै गम्भीर कुरा छ । सम्माननीय सभामुख महोदय , राज्य संरक्षित मान्छेहरूबाट न्युरोडलगायतका मुख्य सहरका गल्लीहरू र सडकहरूमा दिनभर जस्तो सडक जाम गरियो अवरुद्ध गरियो अस्तव्यस्त बनायो ।
02:02
Speaker 1
हिजो मिडिया हाउसको अगाडि एका बिहानै गाडीहरू तेर्स्यायो । प्रमुख प्रतिपक्षी दलको नेताको घर खोज्दै गएर गाडी लिएर रोकेर जाने काम भयो ।
02:12
Speaker 1
र दिनभरि के हो कसो हो भनेर होहल्ला धेरै भयो । तर प्रकारान्तरले देखियो कि राज्य संरक्षित केही मान्छेहरूबाट नै यो कतिविधि गरियो ।
02:22
Speaker 1
राज्यलाई सोध्न चाहन्छु । ५० देखि लाखौंको जरिवाना गर्छौं भनेर भन्ने सरकारले त्यो प्रस्तावलाई अगाडि सार्ने छलफलको विषय बनाउने सरकारले आज ५०० रुपैयाँको चिट काटेर उनीहरूलाई छोड्दै छ भन्ने कुरा सुनियो ।
02:36
Speaker 1
यो राज्य आतङ्क राज्य आफैले सिर्जना गर्ने आफैले त्यस्ता मान्छेहरूलाई परिचालन गर्ने । उनीहरूलाई ५०को चिट काटेर घर पठाउने ।
02:45
Speaker 1
यो कुनै हालतमा हुन सक्दैन सभामुख महोदय यसलाई लाखौंको जरिवाना तिराउनुपर्दछ र ती गाडीहरू जफत गरिनुपर्दछ भन्ने मेरो जिकिर हो सम्माननीय सभामुख महोदय , र जसले यो गतिविधि गरेको छ र यसको योजना बनाएको छ । त्यसलाई छिटोभन्दा छिटो छानबिन गरेर कारबाही गरिनु पर्दछ ।
03:05
Speaker 1
राष्ट्रिय स्वतन्त्र पार्टी सत्तारुढ पार्टीले एउटा वक्तव्य त निकालेको छ । तर वक्तव्य निकालेर मात्रै आफ्नो जिम्मेवारी पूरा हुँदैन ।
03:14
Speaker 1
म सम्माननीय सभामुख महोदयमार्फत भन्न चाहन्छु । सत्तारुढ दलले यो विषयलाई सिरियस रूपमा ले होस् ।
03:21
Speaker 1
तरराष्ट्र सन्ताको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सर्कार सञ्चालकको टाउकोमा यदि त्यो कुरा त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ । हिजो जुन जनताले तपाईंहरूलाई मतादेश दिएर यहाँ पठाउनुभएको छ ।
03:37
Speaker 1
भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठुलो मोमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन । यस्तै गतिविधि गर्दा यो कुरा पनि म सम्माननीय सभामुख महोदय मा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
03:52
Speaker 1
जसरी सुकुम्बासीलाई होल्डिङ्ग सेन्टरमा होल्डिङ्ग सेन्टर डुब्यो । उहाँहरूलाई सुरक्षित आवास दिन्छौं ।
03:58
Speaker 1
व्यवस्थापन गर्छौं भनेर बागमती किनारबाट लिएर होल्डिङ्ग सेन्टरभित्र डुब्ने उनीहरू बिज्ने उनीहरूको दयनीय अवस्था हुने स्थिति जवाफ निर्माण भयो । त्यो अवस्थाको बारेमा केही जिम्मेवार नागरिकहरू त्यहाँ गएर प्रश्न गर्न खोज्दा उहाँहरूको स्थितिको बारेमा जानकारी लिन खोज्दा उहाँहरूलाई गिरफतार गरियो ।
04:16
Speaker 1
जसरी माजु माझी अन्सारी नरेन्द्र खटका लगायतका केही युवाहरूलाई जसरी गिरफ्तार गरिएको छ र उनीहरूमाथि जुन खालको सरकारले अथवा पुलिसले प्रयोग गरेको छ । अहिले पनि अन्सारी भाई टिचिङ हस्पिटलको बेडमा हुनुहुन्छ ।
04:30
Speaker 1
मैले हिजो मात्रै भेटेर आएको छु । त्यसैले म सम्माननीय सभामुख महोदय के भन्न चाहन्छु भने आज नागरिकलाई सास्ती दिने नागरिकलाई दुःख दिने नागरिकको पक्षमा बोल्नेहरूलाई यदि बोलिस् भने तलाई ठिक पार्छु भनेर धम्की दिने फोन गर्ने त्यति मात्र हैन राती राती गिरफ्तारी गर्ने लिएर यातना दिने र अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम पनि त्यो काम पनि सुरु भएको छ भनेर साथीहरूले भन्दाखेरि धेरै
05:00
Speaker 2
थिति गम्भीर अवस्थामा पुगेको छ । कसैले पनि सरकारका विरुद्ध बोल्ने ८ नगरोस् भनेर सरकारको तर्फबाट जुन कदम चाल्ने कोसिस भइरहेको छ ।
05:08
Speaker 2
यो निरङ्कुसता तर्फको यात्रा हो । यो निरङ्कुशतातर्फको यात्रालाई तुरुन्तै रोकियोस् ।
05:13
Speaker 2
यदि त्यसो भएन भने नागरिकको तर्फबाट र हामी प्रतिपक्षी दलको तर्फबाट हामीले त्यसको प्रतिवाद सशक्त रूपमा गर्न हामी बाध्य हुने छौं । यो कुरा पनि फेरि पनि सम्माननीय सभामुख महोदय, म सभामुख महोदयमार्फत यो कुरा ध्यानाकर्षण गराउँदै भनाइ टुङ्ग्याउँछु ।
05:28
Speaker 2
हस् धन्यवाद ।