00:02
डोलप्रसाद अर्याल
माननीय सदस्य खगेन्द्र सुनार । समय ४ मिनेट ।
00:04
डोलप्रसाद अर्याल
त्यसपछि माननीय सदस्य समीक्षा बासकोटा ।
00:12
खगेन्द्र सुनार
सम्माननीय सभामुख महोदय, केही दिनअगाडि काठमाडौंमा भएको एक दुःख घटनामा मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भयो । उक्त घटनामा स्वर्गवास भएका गणेश नेपालीको आत्माको चीर शान्तिको कामना गर्दछु ।
00:31
खगेन्द्र सुनार
शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु । गणेश नेपालीको घटना भयो भन्ने खबर यो सदनमा हुँदै थाहा पाउँदै गर्दै गर्दा त्यस लगतै हामी उक्त घटना स्थलमा पुगेका थियौं ।
00:44
खगेन्द्र सुनार
माननीय गृह मन्त्रीसँगै हामी पनि पछिपछि सास रहुनजेल आज बोकेर हस्पिटल अफ पुर्याएर नेपालमा हुन्छ कि भारतमा हुन्छ कि कहाँ रोपार गर्न सकिन्छ भन्ने सन्दर्भमा राहत दिन अपराध र घटेर हामी त्यो घटनालाई त्यो घाइतेलाई उद्धारमा लागेका थियौं । हामीले सास जोगाउन सकेनौं र त्यसपछि आस मारेर निस्कियो ।
01:09
खगेन्द्र सुनार
यो घटनालाई सुरुदेखि प्रयास गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री आदरणीय गृह मन्त्री, परराष्ट्र मन्त्री, पार्टी सभापतिज्यू, लगायत सबैले यो घटनामा उपचारलगायत यो घटनाको सत्य निरुपण गर्ने कुरा न्यायिक छानबिन गर्ने कुरा र घटनामा सुनलाई कारबाही गर्ने सन्दर्भमा सरकारले गरेको पहल र दिएको यो विश्वासको लागि म नेपाल सरकारलाई धन्यवाद टक्राउन चाहन्छु । यो घटना सेलाउन नपाउँदै यसलाई यति धेरै राजनैतिक यति धेरै जातीय रङ्ग दियो कि म त्यो घटनाबाट ती पीडितहरूबाट बाहिर निस्केर आउँदै गर्दाखेरि सदनमा पनि सडकमा पनि कहाँ गयो खगेन्द्र सुनार कहाँ गएको छ ।
01:48
खगेन्द्र सुनार
हिजो नेलर आएको गनर सुनार कहाँ गयो भनेर जता तपाई खोजेको मैले त्यहाँ पायो । सम्माननीय सभामुख हुँदै एउटा जातीय रूपमा भएको घटना मात्र होइन मेरो घरको मान्छे मेरो थरको मान्छे मर्यो ।
01:59
खगेन्द्र सुनार
मलाई त्यसमा पीडा छ । तर यो थरमा मरेको यति मात्र होइन ।
02:03
खगेन्द्र सुनार
आजभन्दा ८ वर्ष पहिला रुकुमको सोतीमा ६ जना लुवारको हत्या भएको छ । कालिकोटमा मनवीर सार्कीको हत्या भएको छ ।
02:10
खगेन्द्र सुनार
मनवीर सुनारको हत्या भएको छ । मना सार्कीको हत्या भएको छ ।
02:14
खगेन्द्र सुनार
बझाङमा हत्या भएको छ । कैलालीमा हत्या भएको छ ।
02:19
खगेन्द्र सुनार
धेरै ठाउँमा देशभरि धेरै मान्छेको हत्या भएको छ । यो बिचमा सेते दमाईको हत्या भएको छ ।
02:24
खगेन्द्र सुनार
सम्झना कामीको हत्या भएको छ । माया कामीको हत्या भएको छ ।
02:27
खगेन्द्र सुनार
अङ्गिरा पासी, सङ्गिता परियार, अस्मिता सार्की अजित बिजा रेश्मीका परियार मिना परियार सम्भु सदा श्रीकृष्ण विक शिवशङ्कर दास, झुमा विक, लक्ष्मी परियार श्रेया श्रीया सुनार, रेसमा रसायली, रुपमती दास, राजेश नेपालीलगायत धेरै दलितहरूको हत्या भएको छ । क्रान्तिकारी साथीहरूलाई मेरो भन्नु यति मात्रै छ ।
02:45
खगेन्द्र सुनार
अहिले बालेनको मुर्दावाद भन्ने क्रान्तिकारी साथी तपाईंकै छेउमा बसेको मित्र गृह मन्त्री हुँदै गर्दा छ जना मान्छेको हत्या भएको थियो । बालेनको मुर्दावाद भन्नेले अहिले बालेनको मुर्दावाद भन्ने कमरेडले त्यति बेला बाको मुर्दावाद भन्न सक्ने दम छ ।
03:01
खगेन्द्र सुनार
दम छ हामीसँग । त्यो त हामी जिम्मा लिन्छौं ।
03:04
खगेन्द्र सुनार
यो परिवारको जिम्मा लिन्छौं । यो समुदायको जिम्मा लिन्छौं ।
03:08
खगेन्द्र सुनार
कहाँ छ खगेन्द्र सुनार हिजो नेल लगाएर आएको भनेर खोजिएको यो सदनमा सडकमा यहाँ छ खगन्द्र सुनार यो नेल लगाएर आएको खगन्द्र सुनार हो । बाको दाइभाउजुको कोटामा तेल लगाएर आएको फगन र सुनार होइन ।
03:22
खगेन्द्र सुनार
हामी नेल लगाएर आएको एउटा भित्रीलाई कति बेला विद्रोह गर्नुपर्छ । कति बेला विरोध गर्नुपर्छ भन्ने कुरा हामीले बुझिरहेका छौं ।
03:29
खगेन्द्र सुनार
अहिले विपक्षका साथी लाई दलितको बडो मायाले आएको छ । कमरेड उठ्नुस् ।
03:33
खगेन्द्र सुनार
एकचोटि यो अभियानमा जुट्नुस् दलित मार्ने क्रम रोकिएको छैन । उठ्नुस् साथ दिनुस् ।
03:38
खगेन्द्र सुनार
काँग्रेसका साथी उठ्नुस् । एमालेका साथ उठ्नुस् ।
03:40
खगेन्द्र सुनार
माओवादीका साथी रट्नु राप्रपाका साथर्नुस् एकचोटि यो जातीय विभेद र हिंसाका वृद्धमा त्यो दम छ भने त्यो आँट छ भने यी सबै घटनालाई एकचोटी पल्टाएर हेर्नलाई म सबैलाई ध्यानाकर्षण गर्न चाहन्छु र यो घटनामा जसरी सरकारले सदासयता देखाएर यो परिवारको जिम्मा लिएको छ । यो जिम्मा यो देशभरिका ६० लाख दलितको यो देशको जिम्मा लिन आएका हौं हामी हामी जिम्मा लिन्छौं ।
04:04
खगेन्द्र सुनार
घटनाबाट भाग्दैनौं । दलितको मुद्दाबाट भाग दिनौं ।
04:07
खगेन्द्र सुनार
त्यती कुरा तपाईंको बिचमा राख्न चाहन्छु । समयको लागि सभामुखज्यूलाई ।
04:10
खगेन्द्र सुनार
धन्यवाद । नमस्कार ।