00:00
डोलप्रसाद अर्याल
समय ३ मिनेट । त्यसपछि माननीय सदस्य वसुमाया तामाङ ।
00:09
गणेश पौडेल
सम्माननीय सभामुख महोदय, आज म विशेष समुदायमार्फत देशको कृषि, खाद्य सुरक्षा र लाखौं किसानको भविष्यसँग जोडिएको अत्यन्त गम्भीर विषयमा उठाउन चाहन्छु । नेपाल कृषि प्रदान देश हो ।
00:24
गणेश पौडेल
यहाँ झन्डै ५% जनसङ्ख्या कृषिमा निर्भर छन् । हाम्रो देशको कुल जीडीपीको ४% कृषि क्षेत्रको योगदान छ ।
00:35
गणेश पौडेल
र यसरी हेर्दा कृषि क्षेत्रमा १६ खर्बको जीडीपी देखिन्छ । यो क्षेत्रको सुधार भयो भने जीडीपी त बढ्ने नै छ र ५% नागरिक भनेको झन्डै १ करोड ९० लाख नागरिकले प्रत्यक्ष रूपमा लाभान्वित हुने मौका पनि पाउनुहुने छ ।
00:54
गणेश पौडेल
धान नेपालको प्रमुख खाद्यबाली हो । जसले देशको कुल खाद्यान्न उत्पादनको सबैभन्दा ठुलो योगदान पुर्याउँछ ।
01:01
गणेश पौडेल
वार्षिक करिब ५५ देखि ५७ मेट्रिक टन धान नेपालमा उत्पादन हुन्छ भने त्यसको झन्डै ३० % उत्पादन मधेश प्रदेशमा मात्रै हुन्छ । त्यसैले मधेशमा धान उत्पादनमा आएको गिरावट राष्ट्रिय खान सुरक्षामै प्रत्यक्ष असर गर्दछ ।
01:17
गणेश पौडेल
तर दुःखका साथ भन्नुपर्छ । हरेक वर्ष असार सममा किसान मलको खोजीमा सहकारी कृषि सामग्री कम्पनी साल ट्रेडिङका गोदाममा दिनसम्म लाइन बस्न बाध्य छन् ।
01:28
गणेश पौडेल
कतिपय किसानले मल नै पाउँदैनन् । कति पहिले कालो बजारीबाट दोबर तर मूल्यमा खरिद गर्नुपरेको छ ।
01:35
गणेश पौडेल
समयमा मल नपाउँदा धानको वृद्धि प्रभावित हुन्छ । गावा कम लाग्छ ।
01:39
गणेश पौडेल
बाला सानो हुन्छ र उत्पादन २० देखि ४० % सम्म घट्न सक्छ । त्यस्तै सिँचाइको समस्या पनि विकराल छ ।
01:48
गणेश पौडेल
सिँचाइ आयोजनाहरू एकदम कम छन् । भएका आयोजनाले सिँचाइको व्यवस्था पूर्ण रूपले गर्न सकेको छैन ।
01:54
गणेश पौडेल
त्यसले गर्दा किसानहरूले डिप बोरिङमार्फत सिँचाइ गर्नको लागि डिप बोरिङ गर्नुहुन्छ र त्यसमा सिँचाइ गर्नको लागि बिजुली चाहिने भएको हुनाले कृषि मिटरको लागि निवेदन दिनुहुन्छ र महिनौंसम्म कृषि मिटर नपाएर उहाँहरू सिँचाइ गर्न पाउनुहुन्न । सुनिन्छ देशमा विद्युत्को उत्पादन बढी नै छ ।
02:15
गणेश पौडेल
तर किसानहरूलाई दिने मिटरमा किन आनाकानी भइरहेको छ । त्यसको असर केवल किसानको खेतमा सीमित रहँदैन ।
02:22
गणेश पौडेल
उत्पादन घटेपछि देशको थप चामल लगायत खाद्य आयात गर्नुपर्छ । अर्बौं रुपैयाँ विदेशिन्छ।
02:28
गणेश पौडेल
व्यापार घाटा बढ्छ । खाद्य सुरक्षामा चुनौती थपिन्छ ।
02:32
गणेश पौडेल
किसानको खेती प्रतिको विश्वास कमजोर बन्छ । किसानलाई उत्पादन बढाउन आग्रह गर्ने तर उत्पादनको आधारभूत साधन समयमै उपलब्ध गराउन नसक्ने अवस्था स्वीकार्य हुन सक्दैन ।
02:46
गणेश पौडेल
त्यसैले सम्माननीय सभामुख महोदय, म धान रोपण तथा अन्य बाली लगाउनुअघि नै जिल्लामा आवश्यक परिणामको रासायनिक मलको सुनिशचित व्यवस्था होस् । मल, खरिद, ढुवानी, वितरण प्रणाली पूर्ण रूपमा पारदर्शी र प्रविधि मैत्री बनाइयोस् ।
03:00
गणेश पौडेल
कालो बजारी, कृतिम अभाव अनियमिता संलग्नमाथि कडा कानुनी कारबाही गरियोस् । दीर्घकालीन समाधानको रूपमा नेपालमै रासायनिक मलको उत्पादनको