00:00
Speaker
युवराज दुलाल समय ९ मिनेट । त्यसपछि माननीय सदस्य नारायण राई ।
00:10
युवराज दुलाल
सभामुख महोदय म आज यो सम्मानित सदनमा विशुद्ध किसानका सवालमा किसानका समस्याका सवालमा केही कुराहरू राख्न चाहन्छु । गुठी समस्याबाट पीडित किसानहरूको मर्मको सवालमा केही कुराहरू राख्न चाहन्छु ।
00:29
युवराज दुलाल
संरक्षण गर्नुपर्ने उच्च जोखिममा रहेका ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूँग जोडिएका र देशका विभिन्न सहरहरूमा भूमाफियाहरूको आँखामा रहेका नजरमा परेका हामीले संरक्षण गर्नैपर्ने गुठी जग्गाहरूको संरक्षण गर्नु राज्यको दायित्व हो र त्यो गर्नुपर्दछ र सँगै जोताहा किसान जसले गुठी स्थापना हुनुभन्दा सयौं वर्ष अघिदेखि नै जमिन जोतेर आवादी गर्दै आउनुभएको छ र ती आवाज गरेका ठाउँमा अहिले बस्ती विकास भएर नागरिकहरूको घर पनि बनेको छ र वहाँहरूले मोहीको रूपमा वर्षौंदेखि भोगचलन गर्दै आउनुभएको छ र विभिन्न समयमा नापी गर्न नसकेका कारण र अनि थुप्रै कारणहरूले गर्दा आज लाखौं किसानहरू मोही किसानहरूको गुठी जग्गाबाट प्रताडित हुनुहुन्छ । त्यसकारणले म सरकारलाई गुठी विधेयक अविलम्ब ल्याएर संरक्षण गर्नुपर्ने गुठीहरूको संरक्षण र जोताहा किसानलाई मोहीयानी किसानलाई राज्यलाई कर तिराएर नियमअनुसार दिनुपर्ने जग्गा दिनको लागि गुठी विधेयक संसदमा ल्याउनको लागि जोडदार माग गर्दछु ।
01:44
युवराज दुलाल
सभामुख महोदय , गुठी के गुठी समस्या के हो म एउटा कथा हामी सुन्यको लागि कथा तर भोग्ने किसानहरूको बेथा म सिन्धुपाल्चोको फटकसिलाको एउटा कथा सुनाउन चाहन्छु । १८५६ सालमा रणबहादुर शाहले सिन्धुपालचोक जिल्लाको फटकशिला क्षेत्रलाई गुठी घोषणा गरिदिनुभयो ।
02:04
युवराज दुलाल
झन्डै बारसरोपनी जग्गा लाई पशुपति महास्थानो गुठीको रूपमा चाहिँ कायम गरियो र जहाँबाट किसानहरूलाई जिन्सी करका रूपमा २७ पाथी गाईको दई बिसमुरीधानको चामल तीनमुरीमकै दुईओटा बाँसको लिङ्गा दुइटा चापको बाहाना चरपेरुङ्गा माछा दुइटा बोका ९६ जना विना ज्यालाका किसान भरिया लाई कर लगाइयो र त्यहाँका किसानहरूले फटक शिलादेखि पशुपतिसम्म झन्डै ३५ किलोमिटर लामो बाटो त्यो भारी बोकेर आउनुपर्ने र बुझाउनुपर्ने एउटा चलन थियो । आज पशुपतिमा महा स्थान पर्वत चलाइँदैन ।
02:49
युवराज दुलाल
तर त्यो गुठी कायमै छ र १९४२ सरि २०४२ विक्रम सम्म २०४२ पछि जनताहरूले आन्दोलन गरेर गुठीको जिन्सि तिरो तीनमा छोड्नुभएको छ र झनै २०५६ सालबाट सरकारले जिन्सी बराबरको नगदमा रूपान्तरण गरेर कर लिने व्यवस्था गरेको छ र त्यो करको भार धेरै ठुलो भएको कारणले जोताहा किसानहरूले वर्षौंदेखि कर तिरेर आएको अवस्था छ र २०६६ सालतिर नेपाल सरकारले निर्णय गरेर गुठी जग्गा रैकर गर्ने निर्णय गर्यो तर अदालतमा मुद्दा परेपछि अदालतले सरकारलाई कानुन बनाएर गुठी जग्गा रैकर गर्न निर्देशन पनि दिएको छ । र केही वर्ष अगाडि नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकार रहँदा गुठी विधेयक संसदमा आएको र गुठी विधेयककै कारणले राजधानी काठमाडौंमा ठुलो सङ्घर्ष भएको र त्यो गुठी विधेयक स्थगित भएको अवस्था छ ।
03:49
युवराज दुलाल
त्यसकारणले आज किसानहरूले जुन पीडा भोग्नु परिराखेको छ । वहाँहरू ७% गुठी जग्गामा बस्नुहुन्छ ।
03:57
युवराज दुलाल
घर गुठी जग्गामै छ । त्यो गुठी जग्गाबाट अब महास्थानगुठी सञ्चालन हुँदैन ।
04:02
युवराज दुलाल
त्यो गुठीको जग्गा किसानले बैङ्कमा राखेर कर्जा लिन पनि सक्नुहुन्न अन्य कारोबार गर्न पनि सक्नुहुन्न र कतिपय अवस्थामा गुठी समितिहरू नहुँदा सिफारिसहरू नहुँदा गुठी जग्गाको हक हस्तान्तरण पनि हुँदैन । मानौं त्यो किसान तपाईं हामी नै हो ।
04:20
युवराज दुलाल
मानौं त्यो किसान यो सरकारमा रहेका मन्त्रीहरू नै हौं । र यो संसदहलभित्र रहेका हामी सांसदहरू नै हो भने त्यो पीडाले हामीलाई कति पोल्थ्यो होला ।
04:31
युवराज दुलाल
यो एउटा कथा मात्रै मैले एउटा उदाहरण मात्रै दिएँ । सिन्धुपालचोक जिल्लामा मात्रै तथ्याङ्कअनुसार १४७ प्रकारका गुठीहरू छन् र भूमि प्रशासनको रेकर्डमा ४७ वटा गुठीहरू छन् ।
04:45
युवराज दुलाल
तीबाट २२ घर परिवारहरू प्रत्यक्ष प्रभावित छन् । र १ लाख ५३ २७ रोपनी जग्गा गुठीमा समावेश छ ।
04:56
युवराज दुलाल
त्यहाँको अवस्था कस्तो होला? म यो सम्मानित सदनमार्फत
05:00
युवराज दुलाल
त नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र गुठी संरक्षण कर्ताहरूको तपाईंहरूले लिनुभएको सकारात्मक पहलको सम्मान गर्दै देशभरिका गुठी पीडित मोही किसानहरूको अधिकारको लागि तपाईंहरूको भूमिका के हुन्छ भन्ने पनि चाहन्छु र सरकारलाई मैले अगि सुरुमा भनेजस्तै गुठी समस्या समाधान गर्नको लागि सर्वदलीय सर्वपक्षीय र पर्याप्त परामर्श गरेर गुठी विधेयक यो संसदमा ल्याएर अगाडि बढ्नको लागि म मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । दोस्रो विषय म बाँदरको विषयमा जान चाहन्छु ।
05:36
युवराज दुलाल
बाँधको विषय यो संसदमा सबभन्दा पहिला मैले नै उठाएको थिएँ । र थुप्रै माननीय सदस्यहरूले पटक पटक बाँध नियन्त्रणसम्बन्धी सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
05:47
युवराज दुलाल
र हामीले केही आश्वासनहरू सरकारले बाँधर नियन्त्रणसम्बन्धी केही कदम चाल्छ भन्ने पनि पाएका थियौं । तर आजसम्म यो सवालमा कुनै कदम नचालिएको पाइएकोले म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
06:00
युवराज दुलाल
यदि यो संसदमा श्रव्य दृष्य सामग्री प्रस्तुत गर्ने अनुमति हुन्थ्यो भने म हिजो बिहान मात्रै सिन्धुपालचौक जाँदा बाटोमा गुलेली बोकेर बसेका दुई जना किसानहरूलाई भेटे र उहाँहरूले भन्नुभयो । हामी बिहानदेखि बेलुकासम्म हाम्रो धन्दा यही गुलेलीले बाँधर धपाउनु मै छ ।
06:18
युवराज दुलाल
यो त एउटा कथा मात्रै हो । एउटा उदाहरण मात्रै हो ।
06:21
युवराज दुलाल
आज सिङ्गो देश बाँदर आतङ्कले प्रताडित छ र म भन्न चाहन्छु । बाँदर नियन्त्रण नेपालको अपरिहार्य आवश्यकता हो ।
06:31
युवराज दुलाल
यदि किसानहरूलाई हामीले संरक्षण गर्ने बचाउने हो । किसानहरूको अन्नबालीको संरक्षण गर्ने हो भने बाँदर नियन्त्रण अपरिहार्य आवश्यकता हो ।
06:39
युवराज दुलाल
यसमा नजरअन्दाज गर्न मिल्दैन । सरकार कानमा तेल हालेर सुत्न मिल्दैन ।
06:45
युवराज दुलाल
किसानको पीडा किसानको मर्का सरकारले सुन्नै पर्दछ । म उदाहरण दिन चाहन्छु ।
06:50
युवराज दुलाल
मानव अधिकार आजको दुनियामा सबैभन्दा ठुलो अधिकार हो । मान्छेको नियन्त्रण गर्न मिल्छ ।
06:55
युवराज दुलाल
यो दुनियाँमा मान्छेको जनसङ्ख्या बढी होला भनेर यो संसारमा नियन्त्रण गरिन्छ । अन्य जनावरहरू मानिसहरूले काठेर पनि कानुनअनुसार खान पाइन्छ ।
07:05
युवराज दुलाल
यो दुनियाँमा अन्य जनावरहरू नियन्त्रणको पनि गर्न पाइन्छ । तर आज जनतालाई नै आतङ्कित गर्ने देशलाई नै आतङ्कित गर्ने किसानलाई नै आतङ्कित गर्ने बाँदर नियन्त्रण गर्न हामीलाई के ले छेक्यो छेक्दैन ।
07:18
युवराज दुलाल
त्यसकारणले मैले भने अन्तर्राष्ट्रिय सन्धिहरूको पक्षमै रहेर साइटिस ट्रिटीको पक्षमै रहेर नेपालमा हामीले कानुन निर्माण गरेर बाँधर हामीले नियन्त्रण गर्नै पर्छ । किनभने विगतमा यति विकराल समस्या थिएन ।
07:32
युवराज दुलाल
जङ्गल कम थियो । किसानहरू बढी थिए ।
07:34
युवराज दुलाल
खेतीबारी बढी चल्थ्यो र बाँधहरूको जनसङ्ख्या कम थियो । अहिले बाँदरहरूको जनसङ्ख्या अत्याधिक बढेको कारणले कुनै पनि ठाउँमा किसानले बाँदरबाट उन्मुक्ति पाउने अवस्था छैन ।
07:45
युवराज दुलाल
यदि कि त राज्यले अब नेपाललाई कृषि विहीन देश घोषणा गर्नुपर्यो । होइन भने यो देशलाई बाँध नियन्त्रण गरेर किसानहरूको संरक्षण गर्नुपर्यो भन्ने म जोडदार माग गर्न चाहन्छु ।
07:57
युवराज दुलाल
तेस्रो कुरा रासायनिक मलको कुरा विगतमा पटक पटक देशमा रासायनिक मल अभावले किसानहरू प्रताडित भइराखेको छ । नयाँ सरकार आयो ।
08:06
युवराज दुलाल
नयाँ घोषणा गर्यो । हामी समयमै रासायनिक मलको व्यवस्था गर्छौं भन्ने जनतालाई आश्वासन पनि दियो ।
08:12
युवराज दुलाल
तर आज रासायनिक मल कै अभावले गर्दा नेपाली नागरिकहरू विदेशमा गिरफ्तारी समेत दिनुपर्ने अवस्था कालो बजारीबाट मल किन्नुपर्ने अवस्था र समयमै खेतीबालीमा अन्य बालीमा मल प्रयोग गर्न नसक्ने अवस्थाबाट एकातिर किसानहरू प्रताडित हुनुहुन्छ भने अर्कोतिर राज्यको उत्पादन नै घट्ने र हाम्रो आत्मनिर्भर अर्थतन्त्रलाई समेत चुनौती आउने अवस्था छ । त्यसकारणले किसानहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउन पनि सरकारसँग जोडदार माग गर्दछु ।
08:44
युवराज दुलाल
धन्यवाद । अभिवादन ।