00:00
डोलप्रसाद अर्याल
तोसिमा कार्की समय ५ मिनेट । त्यसपछि माननीय सदस्य पारस मनि गेलाल
00:09
डा. तोसीमा कार्की
सभामुख महोदय, म आज यो सम्मानित सदनमा एउटा गम्भीर र देशको स्वास्थ्य प्रणालीलाई गिज्याइ रहेको दुष्चक्रबारे बोल्न उभिएको छु । विगत २ दशकदेखि नेपालमा एउटै स्क्रिप्ट बारम्बार रिपिट हुन्छ ।
00:23
डा. तोसीमा कार्की
दोहोरिन्छ । उपचारको क्रममा बिरामीको मृत्यु हुन्छ ।
00:26
डा. तोसीमा कार्की
घटनाको स्वस्थ्य तथा छानबिन हुँदैन । त्यतिकै अस्पतालभित्रै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमाथि कुटपिट हुन्छ ।
00:33
डा. तोसीमा कार्की
भिडतन्त्रले लापरवाहीको सङ्घ्या दिन्छ । अस्पताल बन्द हुन्छ ।
00:37
डा. तोसीमा कार्की
घटना उग्र बन्छ । देशव्यापी आन्दोलन फैलिन्छ ।
00:40
डा. तोसीमा कार्की
माइतीघर सेता कोठले भरिन्छन् । नारा गुन्जिन्छ ।
00:43
डा. तोसीमा कार्की
बिरामीहरू अस्पतालमा छटपटाउँदै उपचारबाट वञ्चित हुने अवस्था पक्छ । त्यसपछि सरकार र नेपाल चिकित्सक बिच राता रात वार्ता हुन्छ ।
00:52
डा. तोसीमा कार्की
कागजी सम्झौतामा सही हुन्छ र आन्दोलन स्थगित हुन्छ । तर विडम्बना त्यो सम्झौतासहित सम्झौतामा त्यो सम्झौतामा सही गरेको मसी सुक्न नपाउँदै अर्को कुरामा अर्को चिकित्सक कुटिन पुग्छ ।
01:05
डा. तोसीमा कार्की
केही दिन अगाडि मात्र वीरगञ्जस्थित नारायणी अस्पतालमा संघाधिक हमला चिकित्सकमाथि भएको घटना र त्यसपछिका घटनाहरूले हाम्रो पूर्ण स्वास्थ्य क्षेत्रलाई नै स्तब्ध बनाएको छ । नेपाल सरकार र नेपाल चिकित्सक संघबीच उक्त उक्त घटनालाई लिएर ५ बुँदे सहमति त भयो ।
01:22
डा. तोसीमा कार्की
आन्दोलन स्थगित भयो सेवा सुचारु भयो । आन्दोलन रोकिँदा तात्कालिक रूपमा विरामीले राहत पाए ।
01:28
डा. तोसीमा कार्की
यो सकारात्मक पक्ष हो । तर विडम्बना ।
01:31
डा. तोसीमा कार्की
सभामुख महोदय , हिजो दिउसो मात्र सम्झौता भयो । अनि हिजो राती नै भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि अनि फेरि दुर्व्यवहार भयो ।
01:39
डा. तोसीमा कार्की
सभामुख महोदय, चिकित्सक सङ्घ र सरकारबीच यस्ता कागजी सम्झौताहरू पटक पटक भए धेरै पटक भए तर कार्यान्वयनको पाटो फितलो रहँदा यो दुष्चक्र सँधै घुमिरह्यो । सभामुख महोदय, प्रख्यात सायर मिर्जा गालीले भने छैन ।
01:55
डा. तोसीमा कार्की
उम्रभर,गालिब, यही भूल कर्ता र उम्र भर गाली यही भूल कर्ता र धेरै आना साफ कर्ता हो समस्याको जरो स्वास्थ्यकर्मीको सुरक्षा ऐनको कमजोरी र प्रशासनिक लाचारीमा छ सभामुख महोदय तर वर्षौंदेखि सरकारले बारम्बार यस्तै कागजसम्झौताहरू गर्छ र मात्र पुछिन्छ । अब अब हाम्रो सरकारले हाम्रो सरकारले यो दुई तिहाइ मत पाएको सरकारले यो दुष्चक्र सधैका लागि अन्त्य गर्नुपर्छ ।
02:30
डा. तोसीमा कार्की
अध्ययनले भन्छन् करिब ४५ देखि ५० % चिकित्सकहरूले आफ्नो कार्य स्थलमा कुनै न कुनै रूपमा हिंसा भोगिरहेका छन् । त्यसमा पनि ४२% भौतिक आक्रमण र ६४% मौखिक दुर्व्यवहारमा दोषीलाई कारबाही नै हुँदैन ।
02:45
डा. तोसीमा कार्की
दोषीहरूलाई उन्मुक्ति दिने र राजनीतिक खोल ओडाउने यही दण्डहीनताको आचरणले गर्दा अस्पतालहरू आज रण मैदान भएका छन् । सभामुख महोदय , तथ्याङ्क साँच्छी छ ।
02:56
डा. तोसीमा कार्की
२०७३ सालको पाटन अस्पतालको घटना होस् । ८० सालको काठमाडौं मेडिकल कलेज र पाटन अस्पतालका घटनाहरू हुन् या ८१ सालको उर्लाबारीको ट्रमासेन्टर भएको सेवा बन्द गर्नुपर्ने अवस्था होस् ।
03:10
डा. तोसीमा कार्की
८२ सालमा सेती प्रादेशिक अस्पतालमा मलङ्गवा, किस मेडिकल कलेज र चितवनको बगौडा अस्पतालमा भएका श्रृङ्खलाहरू हुन् या भर्खरै भएको वीरगञ्जमा भएको नारायणी अस्पतालमा डाक्टर प्रमोद माथिको आकस्मिक कक्षमै गरिएको साङ्गतिक हमला होस् । यी कुनै पनि छिटपुट घटना होइनन् ।
03:27
डा. तोसीमा कार्की
सभामुख महोदय, तत्कालीन सरकारले स्वास्थ्यकर्मीहरूलाई सुरक्षा दिन नसक्नु राज्यको सुरक्षा राज्य सुरक्षा संयन्त्रको असफलता हो । पटक पटक मन्त्रीहरू फेरि सरकार फेरियो ।
03:39
डा. तोसीमा कार्की
हरेक पटक चिकित्सकहरू स्वास्थ्यकर्मीहरू हार गुहार गर्दै सुरक्षाको प्रत्याभूति गुहार्न सरकारको ढोका समक्ष पुगे । ढोका ढकढक्याए ।
03:47
डा. तोसीमा कार्की
तर हरेक पटक यस्तै यस्तै किसिमका सम्झौताहरू मात्रै उहाँहरूलाई दियो । डाक्टरको हात काँपिरहेको छ ।
03:54
डा. तोसीमा कार्की
सभामुख महोदय, मन्त्र सिध छ डाक्टर भित्रको डाक्टर को क्षमता क्षमता आज डर राखेको राखेको छ । अनि आफ्नै जीवन बचाउन डराउनुपर्ने भाग्नुपर्ने अवस्थामा चिकित्सकले बिरामीको उपचार कसरी गरोस् ।
04:06
डा. तोसीमा कार्की
कापेको हातले उपचार गर्न सक्दैन । सभामुख महोदय, डाक्टर भित्रको डाक्टरलाई दुखसँग निर्धक्क भएर काम गर्ने वातावरण दिन सक्नुपर्छ ।
04:15
डा. तोसीमा कार्की
अब यो सरकारले यो वातावरण सिर्जना गर्नुपर्छ । स्वास्थ्यकर्मीहरूले वर्क प्लेस सेफ्टी एन्ड वर्क प्लेस कन्फिडेन्स खोजिरहेका छन् ।
04:24
डा. तोसीमा कार्की
सभामुख महोदय, कागजमा हस्ताक्षर हुनु मात्र समाधान होइन । म अनुरोध गर्न चाहन्छु ।
04:29
डा. तोसीमा कार्की
अब हाम्रो सरकारले यो ५ ओटा निम्न लिखित एक्सन ओरियन्टेड समाधानको कदम चाल्नुपर्छ । पहिलो भर्खरै सहमति भएको अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र त्यसको संशोधन साथै धरौटी बिनाको जेलको प्रावधानलाई तत्काल लागु गरियोस् ।
04:46
डा. तोसीमा कार्की
स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गरियोस् । स्वास्थ्यकर्मीमाथि हुने हिंसा हिंसालाई व्यवहारमा नै उतार्दै जिलो टेन जिरो टलरेन्स, शून्य सहनशीलताको नीति अपनाइयोस्
05:00
डा. तोसीमा कार्की
र उपचारमा त्रुटी वा लापरवाहीको आशङ्का लागेमा फास्ट ट्रयाक प्रणाली तुरुन्त लागु गरियोस् भनेर म अनुरोध गर्न चाहन्छु । यसले बिरामी पक्ष र स्वास्थ्यकर्मी दुबै