00:03
Speaker 1
माननीय सदस्य पारस मनि गेलाल । समय ३ मिनेट ।
00:06
Speaker 1
त्यसपछि माननीय सदस्य यज्ञ मनी न्यौपाने ।
00:22
Speaker 2
सम्माननीय सभामुख महोदय सर्वप्रथम सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा भएको दुःखद घटनामा ज्यान गुमाउनुहुने ओमप्रकाश महता र जय प्रकाश मेहेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
00:38
Speaker 2
साथै घाइते हुनुहुने सबैको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु । यस घटनाको सत्यतथ्य , निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा विश्वसनीय रूपमा बाहिर ल्याउनु सरकारको दायित्व दोषी जोसुकै भए पनि कानुनको कठघारामा उभ्याइनुपर्छ र निर्दोषले कुनै पनि हालतमा अन्याय भोग्नुहुँदैन ।
00:57
Speaker 2
न्यायमा ढिलाइ हुनु भनेको पीडितमाथि थप अन्याय गर्नु हो । सम्माननीय सभामुख महोदय, कप्तानगञ्जको यो घटना एउटा जिल्लाको मात्र घटना होइन ।
01:08
Speaker 2
यसले हामीलाई राष्ट्रिय सुरक्षा, सीमा व्यवस्थापन र राज्यको उपस्थितिका विषयमा गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ । हामीलाई इतिहासले खुल्ला सीमाको अभ्यास दिएको छ ।
01:19
Speaker 2
त्यसले सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्धलाई मजबुत बनाएको छ । यो सत्य हो तर अर्को सत्य के पनि हो भने समय बदलिएको छ ।
01:30
Speaker 2
अहिलेका सुरक्षा चुनौती अन्तरदेशीअपराध मानव बेचबिखन लागो औषधोपचार अवैध हत्या तस्कर र अपराधिक सञ्जाल विगतका जस्ता छैनन् । सभामुख महोदय , त्यसैले समय बदलिँदा राज्यको सुरक्षा रणनीति पनि बदलिनुपर्छ ।
01:44
Speaker 2
सम्माननीय सभामुख महोदय, देश र जनताभन्दा ठूलो कुनै राजनीति हुन सक्दैन । सत्ता आउँछ र जान्छ ।
01:52
Speaker 2
सरकार फेरिन्छन् र दल फेरि न सक्छन् तर राष्ट्र सँधै रहन्छ । हामीले अब सीमा व्यवस्थापनलाई समयसापेक्ष बनाउनै पर्छ ।
02:02
Speaker 2
जहाँ आवश्यक हुन्छ त्यहाँ पर्खाल बार वा अन्य उपयुक्त भौतिक संरचना निर्माण गर्ने विषयमा गम्भीर अध्ययन हुनुपर्छ । आधुनिक प्रविधिको प्रयोग नियन्त्रित प्रवेश प्रस्थान प्रभावकारी निगरानी सीमा क्षेत्रमा सुरक्षा निकायको क्षमता अभिवृद्धि र राज्यको बलियो उपस्थिति बाट मात्र सीमालाई सुरक्षित बनाउन सकिन्छ ।
02:22
Speaker 2
यो नेपालको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र नेपाली नागरिकको सुरक्षालाई बलियो बनाउने प्रस्ताव हो । सम्माननीय सभामुख महोदय, जब राष्ट्रिय सुरक्षित हुन्छ ।
02:32
Speaker 2
तब मात्र लोकतन्त्र सुरक्षित हुन्छ । जब सीमा सुरक्षित हुन्छ ।
02:37
Speaker 2
तब मात्र नागरिक सुरक्षित हुन्छ । जब नागरिक सुरक्षित हुन्छन् ।
02:43
Speaker 2
तब मात्र विकास सम्भव छ । त्यसैले म सरकारसँग आग्रह गर्दछु कि राष्ट्रिय सुरक्षा नीति र सीमा व्यवस्थापन नीतिको समय सापेक्ष पुनरावलोकन गरी दीर्घकालीन रणनीति अगाडि बढाउनुपर्दछ ।
02:56
Speaker 2
सीमा क्षेत्रमा हुने अपराधिक नियन्त्रण आधुनिक सुरक्षा प्रविधिको प्रयोग र अब आवश्यक भइसकेको छ । त्यसैले सरकारले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याओस् पीडितलाई न्याय दिलाओस् र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सबै कदम चालोस् ।
03:14
Speaker 2
हस् त धन्यवाद । धन्य।