00:00
डोलप्रसाद अर्याल
समय ४ मिनेट । त्यसपछि माननीय सदस्य मधु कुमार चौलागाई ।
00:06
धर्मराज केसी
सम्माननीय सभामुख महोदय, म आज यस सम्मानित सदनमा अलि फरक तर हाम्रै सीमा दरबार र सदनसम्बन्धी विषय उठाउन गइरहेको छु । म चाहन्छु ।
00:14
धर्मराज केसी
हामीलाई संसद छिर्दै गर्दा यस भवन देखेरै थप उर्जा प्राप्त होस् र यसलाई नेपालले दिगो विकासको दिशामा फट्को मार्दै गरेको झल्को दिने र विश्वमा नै इनोभेटिभ पार्लियामेन्ट बिल्डिङका रूपमा चिनिन सक्ने स्वच्छ हरित र जलवायु मैत्री दरवार र नयाँ संसद भवन क्लिन, ग्रिन एन्ड क्लाइमेट फ्रेन्डली सीमा दरबार डन्ट बिल्डिङ बनाउँ । जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि यसबाट उत्पन्न प्रकोपको सबैभन्दा ठूलो सिकार हामी भएका छौं ।
00:42
धर्मराज केसी
त्यसैले अब नेपालले जलवायु परिवर्तनका विषयमा केवल अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउने र सहयोगको याचना गर्ने मात्र होइन हाम्रो साकारात्मक कामबाट उत्कृष्ट धारण प्रस्तुत गर्न सक्नुपर्छ । सम्माननीय सभामुख महोदय सर्वप्रथम नयाँ संसद भवन हेर्दा हाम्रो कला, संस्कृति, परम्परा र मौलिकता झल्कने देखिन्छ र यसलाई नेट जेरो एनर्जी वा एनर्जी इन्डिपेन्डेन्ट भवनका रूपमा विकास गरियो भने सुन मासु गन्दा हुने छ ।
01:08
धर्मराज केसी
भवनको छानामा रुफटफ सोलार र सोलार वाटर हेडिङ प्रणाली जडान गरी भवनमा आवश्यक विद्युत् आफै उत्पादन गर्ने पानी थाउने र अतिरिक्त विद्युत् विद्युतीय प्रसारण लाइनमा जोडी जोडी गरी गरी बिक्री गर्ने व्यवस्था गर्नुपर्छ । यसले सरकारी खर्च घटाउनुका साथै स्वच्छ उर्जाको प्रयोगलाई नयाँ उचाइमा पुर्याउन छ ।
01:28
धर्मराज केसी
साथै पर्याप्त प्राकृतिक प्रकाश आउने एनर्जी स्मार्ट म्यानेजमेन्ट सिस्टम लागु गर्ने र उच्च उर्जा क्षमताका उपकरणहरू प्रयोग गर्नुपर्छ । दोस्रो वाटर स्मार्ट संसद भवन निर्माण गरौं ।
01:43
धर्मराज केसी
भवनको पार्किङ लटमा हलो ब्रिक्स प्रयोग गरिनु सराहनीय छ । जसले गर्दा पानी जमिनभित्र रिचार्ज हुन सहज भएको छ ।
01:49
धर्मराज केसी
यसले काठमाडौं उपत्यकाको घट्दो बुल जल सतह संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको छ छ । ।
01:55
धर्मराज केसी
तथापि तथापि ब्लक सपाइको सफाइको गुणस्तर गुणस्तर भने केही कम कमी कमी कमजोरी कमजोरी देखिएको देखिएको छ । छानाबाट वर्षाको पानी सङ्कलन रेनवाटर हार्भेस्टिङ र भवनमा पानी पुनः प्रयोग गर्ने प्रणाली जडान गरौं ।
02:05
धर्मराज केसी
जसको फलस्वरूप यहाँ हाल प्रयोग हुँदै आएको मेलम्चीको पानी नागरिकको धारामा पठाउन सकियोस् । तेस्रो संसद परिषदलाई फोहोर मुक्त वा स्रोतयुक्त पार्लियामेन्ट घोषणा गरी फोहोर स्रोतमै वर्गीकरण जैविक फ्रोफोहोरबाट बायो ग्याँस वा कम्पोस्ट उत्पादन र अन्य किसिमका फोहोरलाई रिसाइक्लिङ्ग र पुनः प्रयोग गर्ने बनाउँ ।
02:26
धर्मराज केसी
संसदको क्यान्टिनमा यही उत्पादित वायो ज्ञास वा विद्युतीय चुलो प्रयोग गरी वातावरण मैत्री बनाइयोस् । सीमा दरबार र संघीय संसद परिषद्भित्र एक पटक मात्र प्रयोग हुने प्लास्टिकका बोटल, कप प्याकेजिङ आदि पूर्ण रूपमा निषेधित गरिनुपर्छ ।
02:41
धर्मराज केसी
यसको सट्टा ग्रिन प्रोक्युमेन्ट पोलिसी लागु गरी पुनः प्रयोग गर्न सकिने सिसाका बोटल वाटर डिस्पेन्सर तथा अन्य वातावरण मैत्री सामग्रीहरू प्रयोग गरिनुपर्दछ । चौथो यस परिषद्लाई ग्रिन लेजिस्ट्रेटिभ सेन्टरका रूपमा विकास गरौं ।
02:56
धर्मराज केसी
यहाँ जेन्सी आन्दोलनलगायत आजसम्म परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरुमा सहित हुनुभएकाहरुको स्मरणमा हावापानी सुहाउँदो फलफूलका बिरुवाहरू औषधिजन्य वनस्पति छायाँ दिने र कार्वन अवशोषण गर्ने प्रजातिका बिरुवाहरू रोपी हरियाली बढाउने जैविक विविधता संरक्षण गर्ने तापक्रम न्यूनीकरण गरी स्वच्छ वातावरण निर्माण गरौं । साथै संसद परिसरमा चार्जिङ स्टेसन स्थापना गरी वातावरण मैत्री विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरौं ।
03:21
धर्मराज केसी
सम्माननीय सभामुख महोदय, हामीले निर्माण गर्ने नयाँ संसद भवनले अन्तर्राष्ट्रिय स्तरको ग्रिन बिल्डिङ सर्टिफिकेसन प्राप्त गर्ने लक्ष्य राख्नुपर्छ । यसलाई दक्षिण एसियाकै उत्कृष्ट नमुना साबित हुन सक्ने हरित संसद ग्रिन पार्लियामेन्ट बनाउने स्रोतका साथ निर्माण गरिनुपर्छ ।
03:36
धर्मराज केसी
यसबाट नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष । कार्बन नेगेटिभ क्लिन, ग्रिन फ्रेन्डली गभर्नेन्सको सशक्त सन्देश दिन सक्छ र हरित प्रविधि जलवायु वित्त र अन्तर्राष्ट्रिय सहकार्य आकर्षित गर्न सक्छ ।
03:49
धर्मराज केसी
अन्त्यमा म सरकारसँग आग्रह गर्छु कि प्रविधि मैत्री हरित क्षमा दरवार र हरित नयाँ संसद भवन नेपालका लागि उदाहरणीय हरित एवम् स्मार्ट शासनको आधार बन्न सक्छन् । लोकतन्त्रको सर्वोच्च संस्था नै परिवर्तनको नमुना बन्यो भने देशले परिवर्तन गर्न अनुकरणीय अभ्यासको
04:08
धर्मराज केसी
विकास दिन । धन्यवाद ।