00:00
रुबी कुमारी
सदस्य निश्कल राई । त्यसपछि माननीय सदस्य रमेश कुमार मल्ल
00:20
निश्कल राई
सम्माननीय सभामुख महोदय , विधेयकमाथिको सदनको चौथोको क्रममा मानव बेचबिखन एउटा गम्भीर अपराध हो । यो मानव अधिकारमाथिको गम्भीर आक्रमण हो ।
00:31
निश्कल राई
संविधानको मौलिक हक विपरित हो । र
00:37
निश्कल राई
यो कुरा गर्दै गर्दाखेरि एउटा
00:39
निश्कल राई
चाहिँ पीडितको आत्मसम्मान स्वतन्त्रता र मौलिक हकको संरक्षण न्यायमा पहुँच । अपराधीलाई कानुनको दायरामा ल्याउने सजायको दायरा विस्तार गर्ने तथा सङ्घ, प्रदेश र स्थानीय तहलाई नै जिम्मेवार बनाउने रहेको देखिन्छ ।
00:55
निश्कल राई
अहिले अन्तर आन्तरिक तथा अन्तर्राष्ट्रिय स्वरूप अथवा शोषणका नयाँ माध्यम र प्रविधिको प्रयोगलाई पुरानो कानुनी संरचनाले पर्याप्त सम्बोधन गर्न नसक्ने अवस्था छ । त्यसैले विधेयकले समयानुकूल कानुन परिमार्जन हुनुपर्छ ।
01:14
निश्कल राई
जुन सकारात्मक विषय हो म मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु । मलाई लाग्छ ।
01:18
निश्कल राई
पीडितलाई उद्धार गरेर मात्र राज्यको दायित्व पुर्याउँदैन । उद्धार पश्चात पीडितको उपचार तथा सुरक्षा कानुन निशुल्क सहायता क्षतिपूर्ति दिलाउने कुरा अपराधलाई कानुनी कठघारा घरामा उभ्याउने र सजाय दिने पीडितको पुनर्स्थापना मात्रै होइन ।
01:35
निश्कल राई
सामाजिक सम्मान पनि स्थापित गर्ने गरी कानुन बनाइनुपर्छ । कानुन पीडित मैत्री मैत्री हुनुपर्छ ।
01:41
निश्कल राई
पीडितलाई उद्धार पश्चात जीवन यापनको ग्यारेन्टी जस्ता विषयलाई पनि कानुनले ग्यारेन्टी गर्नुपर्छ जस्तो मलाई लाग्छु । फेरि मानव बेचबिखन नियन्त्रणको जिम्मेवारी सङ्घीय सरकारमा मात्र सीमित राखेर समस्याको समाधान हुँदैन ।
01:53
निश्कल राई
तीन तहको सरकारको भूमिका गैर सरकारी संस्थाहरू, सञ्चार माध्यम नागरिक समाज लगायत समाजका सबै संरचनाको उत्तिकै भूमिका प्रदान गरिनुपर्छ । जस्तो म लाग्छु ।
02:03
निश्कल राई
बालबालिका बेचबिखनको विषयमा झन कानुनी कडाइ आवश्यकता छ । संविधानको धारा २१ धारा २८, धारा ३१, ३३, ३५, ३८ र ३९ जस्ता मौलिक हकको मर्म अनुसार यो विधेयकलाई अगाडि बढाउनुपर्छ भन्ने लागेको छु ।
02:17
निश्कल राई
सम्माननीय सभामुख महोदय, अगि नै पनि कुरा आइसकेकै आएकै छ । पहिलेकै र सदनबाट पारित गरिएको अगि पनि उठेको छ ।
02:25
निश्कल राई
पालन र प्रोटोकललाई पालना गर्ने विषयलाई पनि विधेयकले समावेश गर्नुपर्छ त्यो लाग्छु । फरार अभियुक्तको सम्पत्ति वा वा राहदानी रोका गर्ने क्षतिपूर्ति भरपाइमा पनि कडाइ जस्ता विषयलाई गम्भीर रूपमा विधेयकमा राखिनुपर्छ ।
02:38
निश्कल राई
अन्तर्राष्ट्रिय सीमा विमानस्थल तथा सम्भावित मानव बेचबिखन स्थलमा निगरानीको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्छ तो लाग्छु । अन्त्यमा सभामुख महोदय मानव बेचबिखन विरुद्धको कानुनको सफलता अपराधीलाई कति वर्ष जेल पठायौं भन्नेमा मात्र सीमित राखिनु हुँदैन ।
02:55
निश्कल राई
हामीले कति नागरिकलाई बेच्नबाट जोगायौं । कति पीडितलाई सम्मानपूर्वक घर फर्कायौं कति परिवारलाई त्यस्ता परिवारलाई हामीले न्याय दिलायौं ।
03:06
निश्कल राई
र कतिलाई पुनः सम्मानपूर्वक समाजमा स्थापित गर्न सक्यौं । भन्नेमा मापन हुनुपर्छ ।
03:13
निश्कल राई
गरिनुपर्छ भन्ने मलाई लाग्छ । धन्यवाद ।
03:15
निश्कल राई
नमस्कार । जय नेपाल ।