00:00
रुबी कुमारी
माननीय रमेश कुमार मल्ल त्यसपछि माननीय दिपक बोहरा ।
00:34
रमेशकुमार मल्ल
सम्माननीय सभामुख महोदय, माननीय मन्त्री सीता बादी ज्यूले प्रस्तुत गर्नुभएको मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण पहिलो संशोधन विधेयक, २०६३ माथिको सैद्धान्तिक छलफलमा आफ्नो धारणा पेस गर्दछु । नेपालमा मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण र पीडितको संरक्षण तथा पुनर्स्थापनाका लागि २०६४ सालमा म मूल ऐन बनेको हो ।
00:58
रमेशकुमार मल्ल
तर करिब २ दशकको अवधिमा मानव बेचबिखन र ओसार पसारको प्रवृत्ति एवम् अन्तरदेशीय सङ्गठित अपराधको प्रकृति बदलिएको छ । मानव बेचबिखन नियन्त्रण र मानव अधिकार संरक्षणको क्षेत्रमा नेपाल सरकारले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र बदलिँदो परिस्थिति अनुकूलको कानुनी व्यवस्था गर्न यो संशोधन आवश्यक रहेको धारणा प्रति म सहमत छु ।
01:20
रमेशकुमार मल्ल
सभामुख महोदय , आज मानव बेचबिखनलाई मानिस कि निवेदा एक ठाउँबाट अर्को ठाउँमा सार्ने अपराधको रूपमा मात्रै बुझेर हेर्नुहुँदैन । मानव तस्करी, जबरजस्ती श्रम यवन सोसन वैदेशिक रोजगारीको प्रलोभन गैरकानुनी आप्रवासन र साइबर माध्यमबाट हुने शोषणसँग जोडिएका विश्व वाती चुनौतीसँग यसलाई हेर्नु पर्दछ ।
01:38
रमेशकुमार मल्ल
यसबाट अहिले विशेष गरी महिला र बालबालिकामा बढी जोखिममा छन् । वैदेशिक रोजगारीको नाममा दलालको प्रलोभन गैरकानुनी बाटोबाट विदेश लैजाने परिवृत्ति र विदेश पुगेपछि सोसन हुने अवस्था हामीले देखिरहेका छौं ।
01:50
रमेशकुमार मल्ल
त्यसैले अबको कानुनले अपराधीलाई कारबाही गर्ने मात्र होइन । जोखिममा रहेका नागरिकलाई अपराधको जालमा पर्नबाट जोगाउने राज्यको दायित्व समेत स्पष्ट गर्नुपर्दछ ।
02:00
रमेशकुमार मल्ल
त्यसैले विधेयकको साविक हित र औचित्यको मा आफ्नो समर्थन पेस गर्दै म केही विषय विशेष रूपले जोड्न चाहन्छु । पहिलो मानव बेचबिखन अनुसन्धान ब्युरो र तथा सम्बन्धित इकाइमा पर्याप्त जनशक्ति, बजेट प्रविधि र अनुसन्धानका आधुनिक साधन सुनिश्चित गर्नुपर्छ ।
02:15
रमेशकुमार मल्ल
कानुन बलियो बनाएर मात्र हुँदैन अनुसन्धान गर्ने राज्य संयन्त्र पनि बलियो हुनुपर्दछ । दोस्रो नेपाल भारतको खुला सीमालाई ध्यानमा राख्दै सूचना आदान प्रदान संयुक्त अनुसन्धान उद्धार र पीडितको सुरक्षित फिर्तीका लागि प्रभावकारी दुईपक्षीय संयन्त्र आवश्यक छ ।
02:29
रमेशकुमार मल्ल
मानव तस्करी सीमाभित्र मात्र सीमित छैन । त्यसैले अनुसन्धान पनि सीमापार सहकार्यमा आधारित हुनुपर्दछ ।
02:35
रमेशकुमार मल्ल
तेस्रो पीडित र साँच्चीको सुरक्षा गोपनीयता कानुनी सहायता क्षतिपूर्ति तथा पुनर्स्थापना कानुनको केन्द्रमा राख्नु पर्दछ । पीडितलाई उद्धार गरेर मात्र राज्यको जिम्मेवारी पूरा हुँदैन ।
02:45
रमेशकुमार मल्ल
यसलाई सम्मानपूर्वक समाजमा पुनर्स्थापित पनि गर्नुपर्दछ । चौथो यस्ता मुद्दा वर्षौंसम्म लम्बिने अवस्था अन्त्य गर्न ।
02:52
रमेशकुमार मल्ल
विशेष अदालत वा फास्ट ट्रयाक न्यायिक प्रक्रियाको व्यवस्था गर्न जरुरी छ । पाँचौं ।
02:57
रमेशकुमार मल्ल
सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट हुने नयाँ प्रकारको तस्करी नियन्त्रण गर्न साइबर अनुसन्धान र डिजिटल फरेन्सिक क्षमता बढाउनुपर्दछ । छैठौं ।
03:06
रमेशकुमार मल्ल
तिनै तहका सरकारहरू सङ्घ, प्रदेश र स्थानीय तहका साथै प्रहरी, सरकारी वकिल तथा सम्बन्धित संस्थाबिच जिम्मेवारी स्पष्ट हुने गरी एकीकृत उद्धार, संरक्षण, पुनर्स्थापना र पुनः एकीकरण प्रणाली निर्माण गर्नुपर्दछ । साफ महोदय यो विधेयकलाई हामीले एउटा पुरानो ऐन संशोधन गर्ने अवसरको रूपमा मात्र होइन ।
03:24
रमेशकुमार मल्ल
नेपाललाई मानव बेचबिखन तथा मानव तस्करीविरुद्ध आज सक्षम पीडित मैत्री र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल कानुनी करलाई निर्माण गर्ने अवसरका रूपमा लिनुपर्दछ । त्यसैले विधेयकको मूल उद्देश्य