00:00
रुबी कुमारी
माननीय आकृति अवस्थित त्यसपछि माननीय सन्दिप राणा
00:15
आकृति अवस्थी
सभामुख महोदय, मानव बेचबिखनको तथ्याङ्कमा हामी एउटा शब्द पर्छौं । पीडित तर त्यो शब्दभित्र एउटा जीवन हुन्छ ।
00:23
आकृति अवस्थी
एउटा छोरी हुन्छिन् । एउटी आमा हुन्छन् एउटा बालक कुवा बालिका हुन्छन् ।
00:27
आकृति अवस्थी
कसैको पढाइ छुटेको हुन्छ । कसैको शरीरमा हिंसाको चोट हुन्छ कसैको मनमा बर्षौंदेखि वर्षौंसम्मको ट्रमा हुन्छ ।
00:34
आकृति अवस्थी
त्यसैले मानव बेचबिखन तथा ओसार पोसार विरुद्धको कानुनको सफलता । कति अपराधी जेल गयो भनेर मात्र होइन ।
00:40
आकृति अवस्थी
कति पीडितले आफ्नो जीवन पुनर्निर्माण गर्न सके भनेर पनि मापन हुनुपर्छ । यस विधेयकमा केही महत्त्वपूर्ण पीडित केन्द्रित सुधारहरू छन् ।
00:48
आकृति अवस्थी
उजुरीकर्ताको पहिचान गोप्य राख्ने पीडितको नाम तस्विर सार्वजनिक गर्नेलाई सजाय दिने र बालबालिकाको गोपनीयतालाई अंश बलियो संरक्षण दिने व्यवस्था स्वागतयोग्य रहेको छ । किनभने मानव मानव बेच बि खण्डमा परेका व्यक्तिको कथा पब्लिक क्युरेसिटी वस्तु होइन गोपनीयताको अधिकार उसको पनि हुन्छ ।
01:05
आकृति अवस्थी
सभामुख महोदय, बालबालिकाका सम्बन्धमा विधेयकले अझ महत्त्वपूर्ण सिद्धान्त स्थापित गरेको छ । शोषणको उद्देश्यले बालबालिकालाई लैजाने राख्ने नियन्त्रणमा लिने कार्यमा बालबालिकाको कथित सहमति दिएको भए पनि त्यसले अपराधलाई वैधानिक बनाउँदैन ।
01:20
आकृति अवस्थी
गरि गरिबी, आर्थिक प्रलोभन वा भावनात्मक प्रलोभनमा पारी बालबालिकाको कन्सेन्ट अपराधको डिफेन्स बन्न सक्दैन । बालकको सर्वोत्तम हित हाम्रो केन्द्रमा आउनुपर्छ ।
01:31
आकृति अवस्थी
सभामुख महोदय, मेरो मुख्य चिन्ता पुनर्स्थापनामा छ । कसैलाई अपराधीको नियन्त्रणबाट निकालेर पुनर्स्थापनामा पुनर्स्थापना केन्द्रमा पुर्याउनु रिस्की हो तर त्यो पुनर्स्थापना होइन ।
01:40
आकृति अवस्थी
पुनर्स्थापना भनेको स्वास्थ्य उपचार, साहीको सोसियल काउन्सिलिङ, शिक्षा, सिप, रोजगारी जस्ता सुरक्षित परिवारको पुनर्मिलन र समाजमा सम्मानपूर्वक फर्किने अवसर हो । त्यसैले हाम्रो पुनर्स्थापना केन्द्र बस्ने भवन मात्र नभएर जीवन पुनः निर्माण गर्ने संस्था बन्नुपर्छ ।
01:57
आकृति अवस्थी
विधेयकले उद्धार उद्धार, स्वदेश सुर्ता र पुनर्स्थापनालाई स्पष्ट गर्दै पुनर्स्थापना कोषको भूमिका विस्तार गरेको छ । अब यसको कार्यान्वयन पनि त्यही स्तरको हुनुपर्छ ।
02:07
आकृति अवस्थी
अर्को महत्त्वपूर्ण सुधार क्षतिपूर्तिमा छ । हालको जरिवानाको ५० बराबरको व्यवस्थालाई जरिवाना बराबरको बनाइएको छ ।
02:16
आकृति अवस्थी
तर यस छलफलमा मेरो प्रश्न हुने छ । जरिवाना नै क्षतिपूर्तिको सिलिङ्ग नबनोस् ।
02:21
आकृति अवस्थी
यदि पीडितले भोगेको वास्तविक क्षति त्योभन्दा धेरै छ भने उसको उपचार, शिक्षा, जीवीको पार्जन र दीर्घकालीन पुनर्स्थापनालाई व्यक्तिगत आवश्यकताको मूल्याङ्कनको आधारमा सम्बोधन गर्ने व्यवस्था अझ स्पष्ट हुनुपर्छ । सभामुख महोदय अन्त्यमा राज्यको जिम्मेवारी पीडितको शरीर बचाउनु मात्र होइन ।
02:37
आकृति अवस्थी
उसको आत्मसम्मान बचाउनु हो । उसलाई घर फर्काउनु मात्र होइन उसको भविष्य फर्काउनुहो।
02:42
आकृति अवस्थी
यही दृष्टिकोणसहित यो विधेयकलाई अझ पीडित केन्द्रित बाल संवेदनशील र लैङ्गिक संवेदनशील बनाउन आवश्यक देखिन्छ । धन्यवाद ।