00:01
रुबी कुमारी
माननीय साजिदा खातुन सिके त्यसपछि माननीय रिना उप्रेती
00:30
साजिदा खातुन सिद्दिकी
सम्माननीय सभामुख महोदय, समयको अभिवादन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक तर्फ हामी छलफल गरिराखेका छौं । र यही छलफल सन्दर्भमा हामी ८३ लाई हेर्दै छौं ।
00:46
साजिदा खातुन सिद्दिकी
मन्त्रीजी यहीँ हुनुहुन्छ । नेपालमा बेचबिखन पसार रोक्न कानुन मात्र बनाएर पुग्दैन, रोकथाम उद्धार, अनुसन्धान वियोजन पीडितको पुनर्स्थापना र रोजगारी जस्ता कार्य प्लान दाई राष्ट्रिय योजनामा जोड्नुपर्छ ।
01:00
साजिदा खातुन सिद्दिकी
मानव बेचविखन तथा सारपसा नियन्त्रण विधेयकमा हामी छलफल गर्दै छौं । परफेक्ट प्लान पनि बनाउँदै छौं ।
01:07
साजिदा खातुन सिद्दिकी
सरकारलाई म अपिल गर्दछु । सबैभन्दा पहिला जोखिममा रहेका नागरिकको पहिचान गर्नुहोस् ।
01:13
साजिदा खातुन सिद्दिकी
जोखिमबाट जोगाउनुहोस् । गरिबी, बेरोजगारी, घरेलु हिंसा, बाल विवाह र अशिक्षा बढी भएका क्षेत्रमा ध्यान दिनुपर्छ ।
01:21
साजिदा खातुन सिद्दिकी
तीनै तहको ध्यान जान जरुरी छ । स्थानीय तहले जोखिममा रहेका महिला बालबालिका र युवाको पहिचान गरी तथ्याङ्क राख्नु पर्छ ।
01:29
साजिदा खातुन सिद्दिकी
सीमा नाकाका सवालमा जाँदा नेपाल भारत सीमामा व्यापक निगरानी विमानस्थलमा राम्रो अफिस डेभलप गरेर त्या निगरानी गर्नुपर्छ । र सञ्चार चाहिँ एकदमै प्रभावकारी बनाउन जरुरी छ ।
01:42
साजिदा खातुन सिद्दिकी
जोखिम यात्रा गलत दस्तावेज अनि दलालको डिजिटल अभिलेखहरू जे जस्ता छन् । नेपाल सरकारले यो तुरुन्त दस्तावेजहरू फाइनल गर्नुपर्छ ।
01:53
साजिदा खातुन सिद्दिकी
अनि मात्रै हामी अगाडि बढ्न सक्छौं जस्तो मलाई लाग्छ । सरकारी तथा गैरसरकारी सञ्जाल निकै पावर फुल बनाउनुपर्छ ।
01:59
साजिदा खातुन सिद्दिकी
अहिले नेशनल लेबल र इन्टरनेशनल लेबलमा काम गर्ने थुप्रै नेपालमा अर्गनाइजेसनहरूछ जसले एकदमै राम्रो रिजल्ट दिएको छ । उहाँहरूलाई पनि लिएर अगाडि बढ्नुपर्छ ।
02:08
साजिदा खातुन सिद्दिकी
प्रभावकारी सञ्चारतर्फ अझै ध्यान दिने हो कि सञ्चारको नारा त खुपै लाग्यो तर गुड सञ्चार के हुन सक्छ भनेर हामी हेर्न जरुरी छ । अब मलाई लाग्छ ।
02:18
साजिदा खातुन सिद्दिकी
यदि तीनै तहलाई पर्फेक्ट प्लानमा हामी अगाडि गएन भने कुनै न कुनै लिएर जान्छ । त्यो लियर भनेको स्थानीय लिरो र प्रदेशबाट हुँदै जाने हो ।
02:25
साजिदा खातुन सिद्दिकी
त्यसले गर्दा पर्फेक्ट प्लान कहाँ जानुपर्यो भने पहिला स्थानीय तहमा जानुपर्छ । र यो आवासका कुरा कानुनी सेवाका कुरा मनोसामाजिक कुरा यो स्वास्थ्य, शिक्षा, सिप रोजगारी थुप्रै कुराहरू छन् ।
02:36
साजिदा खातुन सिद्दिकी
अब यहाँ ऐनमा आएर यो बेस्या बेस्या गमन जस्ता शब्दहरू छन् । यो शब्दहरूलाई अलिकत कन्ट्रोल गर्नुपर्थ्यो कि मन्त्रीज्यू तपाईंसँग त जम्बो टिम छ त एडभाइजरको अनि त्यो सल्लाहकार अथवा त्यो सोकी सजिवहरू के काम छ ।
02:52
साजिदा खातुन सिद्दिकी
अहिले पनि आएर महिलाको सम्मानमा लेख्न सक्नुहुन्न भने मैले तपाईंलाई क्वैसन के गर्न सक्छु । महिलाको सम्मानको सवाल छ ।
03:01
साजिदा खातुन सिद्दिकी
अनि त्यो जम्बो टिमले सरकारको पैसा त्यतिकै खाएर बसेको छ । हिजो काललाई हिजोका टिमले त गलत गरे गरे बाबा तर आज त बस्स्या महिलाको सम्मानमा यति यति यति हल्का रूपमा सिक्नेचर नगर्नुस् हजुर थ्याङ्क्यु सोच ।