00:00
रुबी कुमारी
गुरुङ । त्यसपछि माननीय राधिका अम्तेल सम्माननीय
00:29
गीता गुरुङ
सभामुख महोदय, मानव बेचविखन तथा ओसार पसार नियन्त्रण विधेयकलाई सकारात्मक रूपमा लिएको छु । नेपाली समाजका लागि मानव बेचबिखन तथा ओसार पसार केवल एउटा अपराधिक विषय मात्र होइन ।
00:40
गीता गुरुङ
यो मानव मर्यादा नागरिक अधिकार र राज्यको दायित्वसँग जोडिएको गम्भीर सवाल हो भन्ने तान्दछु । प्रस्तावित संशोधनले बदलिदो समयमा मानव बेचबिखन र ओसारपसारका नयाँ स्वरूपलाई कानुनी दायरामा ल्याउने प्रयास गर्नु सकारात्मक छ ।
00:52
गीता गुरुङ
तर कानुनको समयसँगै बदलिन मात्र पर्याप्त हुँदैन । बदलिदो अपराध गर्ने सहरलाई सही कानुनी अवधारणामार्फत सम्बोधन गर्नुपर्ने उत्तिकै आवश्यक रहेकाले यस विधेयकमा अझै केही विषय समेट्नुपर्ने आवश्यकता देख्द देख्दछु ।
01:04
गीता गुरुङ
मानव तस्करी र मानव ओसार पसारका कानुनी तत्व र प्रकृति फरक हुँदाहुँदै पनि मानव तस्करीलाई छुट्टै कसुरका रूपमा स्पष्ट रूपमा परिभाषित र अपराधीकरण नगरी मानव ओसार पसारको कसुर अन्तर्गत समेट्ने प्रयास किन गरिएको हो । सर्वोच्च अदालतले २०८० सालमा समेत मानव तस्करीलाई नेपालको कानुनले स्पष्ट रूपमा परिभाषित वा अपराधीकरण नगरेको आउँदाको अवस्थामा प्रस्तावित संशोधनले यस कानुनी रिक्ततालाई स्पष्ट रूपमा सम्बोधन नगर्नुको कारण के हो ।
01:28
गीता गुरुङ
विशेष गरी आज नेपाली नागरिकहरू वैदेशिक रोजगारीका नाममा विभिन्न गैरकानुनी माध्यमबाट विदेश पुर्याइने भिजिट भिसा डङ्की रुट वा अन्य माध्यमको दुरुपयोग हुने र त्यसपछि शोषण नपर्ने घटनाहरू देखिरहेका छौं । यस्तो अवस्थामा पीडितलाई केन्द्रमा राखेर हामीले कसुर निर्धारण गर्नुपर्दछ ।
01:42
गीता गुरुङ
त्यसै गरी दफा २ अन्तर्गत विभिन्न प्रकारका शोषणलाई मानव बेचबिखन तथा ओसार पसारको कसुरका रूपमा समान रूपमा समेटिएको अवस्थामा दफा १५ मा यौन क्रियाकलापमा लगाउने तथा अन्य प्रकारको शोषनबिच,सजाएको स्तरमा भिन्नता राख्नुको वस्तुगत तथा कानुनी आधार के हो । जब शोसन नै कसुरको मूल तत्व हो भने त्यस्ता काममा लगाउने शोषणलाई मात्र बढी गम्भीर मानी अन्य प्रकारका शोषणमा कम सजाय गर्नु किन सबै प्रकारको शोषणलाई समान रूपमा गम्भीर कसुरमा नी एउटै स्तरको सजायको व्यवस्था किन नगर्ने ?
02:09
गीता गुरुङ
त्यसतर्फ पनि ध्यान पुगियोस् । सभामुख महोदय, यो विधेयकको महत्वपूर्ण पक्ष पीडितलाई क्षतिपूर्ति उद्धार र पुनःस्थापनाको अधिकार सुनिश्चित गर्नु हो ।
02:16
गीता गुरुङ
मानव बेचबिखनबाट पीडित व्यक्तिले शारीरिक मात्र होइन, मानसिक सामाजिक र आर्थिक क्षति पनि बेहोर्नुपर्छ । त्यसैले वास्तविक क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति दिलाउने व्यवस्था प्रभावकारी बनाउनुपर्छ ।
02:25
गीता गुरुङ
विदेशमा बेचबिखन परेका नेपाली नागरिकको उद्धार, स्वदेश फिर्ती र कानुनी सहायताको व्यवस्था पनि उत्तिकै महत्त्वपूर्ण छ । पीडित पीडितलाई उद्धार गरेर घर फर्काउन मात्र पर्याप्त हुँदैन ।
02:34
गीता गुरुङ
उसलाई समाजमा सम्मानपूर्वक पुनर्स्थापित गर्ने जिम्मेवारी पनि राज्यले लिनुपर्छ । त्यस्तै अपराधमा संलग्न व्यक्ति फरार भएमा उसको सम्पत्ति वा राहदानी रोका गर्न सकिने व्यवस्था अनुसन्धानका लागि उपयोगी हुन सक्छ ।
02:45
गीता गुरुङ
तर यसको प्रयोग गर्दा नागरिकका मौलिक अधिकार र न्यायिक प्रक्रियाको पनि पूर्ण सम्मान हुनुपर्दछ । सभामुख महोदय, कानुनमा अधिकार लेखेर मात्र पुग्दैन ।
02:52
गीता गुरुङ
कार्यान्वयनका लागि स्रोत जनशक्ति र जवाफदेहिता पनि आवश्यकता हुन्छ । पुनर्स्थापना केन्द्र र कोषलाई प्रभावकारी बनाउनुपर्छ ।
02:58
गीता गुरुङ
सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय बलियो बनाउनुपर्छ । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लैङ्गिक अल्पसङ्ख्यक तथा बेचबिखन नपरेका व्यक्तिको लागि विशेष उद्धार र पुनर्स्थापनाको व्यवस्था व्यवहारमै लागु हुनुपर्छ ।
03:09
गीता गुरुङ
त्यस्तै विधेयकमा रहेका वस्ता वृद्धि जस्ता केही अपमानजनक शब्दहरू हटाउन उपयुक्त हुन्छ । अन्त्यमा म सरकारलाई आग्रह गर्न चाहन्छु ।
03:15
गीता गुरुङ
यो कानुन अपराधीलाई दण्ड दिने कानुन मात्र नबनोस् । पीडितलाई न्याय र राज्यप्रति भरोसा दिलाउने कानुन बनोस् आवश्यक सुधारसहित यस विधेयकलाई अघि बढाउन म समर्थन गर्दछु ।
03:24
गीता गुरुङ
धन्यवाद । जय नेपाल ।