00:10
राजन गौतम
सम्माननीय सभामुख महोदय, माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले प्रस्तुत गर्नुभएको मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्न चाहन्छु । सभामुख महोदय मानव बेचबिखन कुनै एउटा देश, समाज वा वर्गको मात्र समस्या होइन ।
00:30
राजन गौतम
यो त एक अन्तर्राष्ट्रिय समस्या हो । गरिबी, बेरोजगारी, अशिक्षा र अवसरको अभावलाई अपराधीहरूले मानिस बेच्ने माध्यम बनाइरहेका छन् ।
00:37
राजन गौतम
रोजगारीको प्रलोभन विवाह मनोरजन्षेत्रदेखि सामाजिक सञ्जालसम्मको माध्यम प्रयोग गरेर मानिसलाई जालमा पार्ने प्रविधि बढिरहेको छ । त्यसैले हामीले कानुन मात्र बनाउने होइन ।
00:46
राजन गौतम
मानिस बेचिने परिस्थिति नै अन्त्य गर्ने रा्य व्यवस्था निर्माण गर्नुपर्छ । सभामुख महोदय , यस सन्दर्भमा नेपाल नेपालमा मानव बेचबिखन विरुद्धको अभियानलाई घर घर र अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिनुभएका सेना हिरो अफ द र २०१० र पद्मश्री अवार्ड २०१७ बाट सम्मानित अनुराधा कोइराला ज्यूलाई स्मरण गर्न चाहन्छु ।
01:06
राजन गौतम
उहाँको नेतृत्वमा माइती नेपालले जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापना र जनचेतनाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । नाकराले गर्नुभएको योगदान एउटा योगदानले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ कि मानव बेचबिखन विरुद्धको लडाइमा सरकारका जिम्मेवारी होइन ।
01:27
राजन गौतम
राज्य र समाज दुवै जिम्मेवार बन्नुपर्छ । सभामुख महोदय, मानव बेचबिखनको पीडा महिला र बालबालिकामा मात्र सीमित छैन ।
01:35
राजन गौतम
वैदेशिक रोजगारको नाममा विदेश पुगेर पासपोर्ट खोसिएका बन्धक बनाइएका पारिश्रमिक नपाइएका र घर फर्कन नपाएका पुरुषहरू पनि मानव बेचबिखनका पीडित छन् । यस विधेयकको सकारात्मक पक्ष यो छ कि यसले पीडितहरूलाई केवल उद्धार गर्ने व्यक्तिको रूपमा मात्र हेरेको छैन ।
01:52
राजन गौतम
आत्मसम्मान, स्वतन्त्रता र मौलिक हक भएको नागरिकको रूपमा हेर्न खोजेको छ । हामीले स्पष्ट बुझ्नुपर्छ ।
01:58
राजन गौतम
मानव बेचबिखनबाट पीडित मानव बेचबिखनबाट पीडित व्यक्ति अपराधी होइन अपराधको सिकार हो । त्यसैले पीडितलाई उद्धार गरेर घर पठाइदिँदा पठाइ दिँदै मा राज्यको दायित्व पूरा हुँदैन ।
02:09
राजन गौतम
न्यायमा सहज पहुँच कानुनी संरक्षण मनोसामाजिक सहयोग सीप, रोजगारी पुनर्स्थापना र पुनः एकीकरणको सुनिश्चितता हुनुपर्छ । सभामुख महोदय, यस विधेयकमा संघीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउने व्यवस्था पनि अत्यन्तै महत्त्वपूर्ण छ ।
02:25
राजन गौतम
किनकि मानव बेचबिखन रोकथामको पहिलो सुरक्षा घेरा स्थानीय समुदाय र स्थानीय सरकार नै हुन् । सिमानामा निगरानी जोखिममा रहेका समुदायको पहिचान र विद्यालय तहदेखि जनचेतना र स्थानीय तहमा प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्छ ।
02:41
राजन गौतम
विदेशमा समेत नेपाली नागरिक बेचबिखन परेको अवस्थामा उद्धार, संरक्षण र न्यायको लागि राज्य संयन्त्र अझ प्रभावकारी हुनुपर्छ र बनाउनुपर्छ । अपराधिक जतिसुकै शक्तिशाली होस् ।
02:53
राजन गौतम
जुनसुकै सञ्जालसँग जोडिएको होस् । कानुनभन्दा माथि कोही पनि हुँदैन ।
02:57
राजन गौतम
अन्त्यमा सभामुख महोदय यस विधेयकमा पूरक आलेको मर्म र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई नेपालको कानुनमा समेट्ने प्रयास गरिएको सकारात्मक छ । तसर्थ कानुन कागजमा मात्र होइन ।
03:08
राजन गौतम
पीडितको जीवनमा अनुभूति हुने खाल हुने गरी कार्यान्वयन हुनुपर्छ बहँदै राही अन्तगत