00:00
नारायण प्रसाद दाहाल
का लागि दलीय आधारमा नाम प्राप्त भएको छ । अब माननीय सदस्यहरूलाई बोल्न समय उपलब्ध गराउँछु ।
00:06
नारायण प्रसाद दाहाल
सर्वप्रथम माननीय सदस्य पदम बहादुर परियार । समय १४ मिनेट ।
00:10
नारायण प्रसाद दाहाल
यसपछि माननीय से सुरेश कुमार आले मगर ।
00:34
पदम बहादुर परियार
समूह नहुने अध्यक्ष महोदय, केही दिनअगाडि नेपाली समाज हामी नेपालीहरू एउटा असाध्यै अप्रत्याशित साम्प्रदायिक झडपको स्थितिमा पुग्यौं । सदियौंदेखि धर्म नभनिकन जाक नभनिकन सम्प्रदाय नभनिकन लिङ्ग नभनिकन लिगेर आएर बसेको नेपाली समाज एकोसान तिन कमजोरीहरूका कारण आज साम्प्रदायिक झडपमा उत्रियो ।
01:22
पदम बहादुर परियार
हामी सबै एउटा ठुलो संचयबाट
01:25
पदम बहादुर परियार
गुज्रिन बाध्य भयौं ।
01:28
पदम बहादुर परियार
र खास गरीकन नेपाल सरकारले नेपाल सरकारले यस सन्दर्भमा म धन्यवाद पनि एक तर्फबाट दिन चाहन्छु । किनभने यो घटनालाई नेपाल सरकारले ढिलो गरिकन भए पनि त्यसको एक खालको निकास निकाल्न सक्यो ।
01:46
पदम बहादुर परियार
नेपाल सरकारका कैयौं मन्त्रीहरू फिलमा नै उत्रिएर त्यसको समस्याको समाधानार्थ काम गरेको पनि देखियो । त्योभन्दा पनि बढी नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले काठमाडौंमा बसेर जुन खालको समन्वयकारी भूमिकाहरू खेल्नुभयो ।
02:06
पदम बहादुर परियार
त्यो असाध्यै प्रशंसनीय रहेको मैले पाएको छु । सम्माननीय अध्यक्ष महोदय, खास गरीकन नेपाल सरकारले यो सातदायिक झडपलाई समाधानार्थ लैजाने सन्दर्भमा २ तीन वटा कामहरू भने नेपाल सरकारले कमजोरीहरू गरेको देखिन्छ ।
02:29
पदम बहादुर परियार
पहिलो कुरा नेपाल सरकार आजको नीतिमा पनि के सोचिरहेको छ भने यो देशको सरकार भनेको संघीय सरकार मात्रै हो । यो देशमा शक्तिशाली राजनीतिक के भनेको हान्या काठमाडौंमा बस्ने मात्रै हो ।
02:46
पदम बहादुर परियार
भन्ने खालको मनोदशा सरकारले यो घटनाको सन्दर्भमा जसरी देखायो । र तराईमा बसोबास गर्ने तर त राजनीतिक दल त स्थानीय तहका प्रमुख प्रमुखदेखि लिएर त्यहाँको स्थानीय नेताहरू त्यहाँका प्रदेश सरकारहरूसँग सरकारले जसरी समन्वय नगरिकन सामान्य आफ्ना सोकीरू पठाएर सूचना लिने र त्यो मार्फत चाहिँ समस्याको समाधान गर्ने जस्तो खालको काँचोकचिलो रैयो सरकारले अपनायो ।
03:20
पदम बहादुर परियार
मलाई त व्यक्तिगत रूपमा असाध्यै ठुलो डर लागिरहेको थियो । यो घटना अझै ठुलो बढ्यो र जान्छ कि सरकारको त्यो खालको चाहिँ परक्क कार्य गर्ने तरिकाले यो घटना अझै बढ्छ कि भन्ने मलाई हामी सबै नेपालीहरू डराइरहेका थियौं ।
03:35
पदम बहादुर परियार
तर हामी सबै राजनीतिक दल सरकार चाहिँ नै धर्मगुरुहरू सामाजिक अगुवाहरू सबैको प्रयासबाट यो घटनालाई चाहिँ एउटा समाधानमा निकाल्न सकियो । तर यो घटनालाई एउटा सन्देशको रूपमा लिएर हेर्ने हो भनेदेखि यसका २३ ओटा पाटाहरू भने हामीले चाहिँ राम्रो सङ्ख्या लानुपर्दछ ।
03:58
पदम बहादुर परियार
खास गरीकन सरकारले त्यो घटनासँग सम्बन्धित विभिन्न समुदायको समूहसँग सम्झौता गरेको छ भनेर बाहिर समाचारहरू आएका छन् । ती के सम्झौताहरू सरकारले गरेको हो ।
04:15
पदम बहादुर परियार
कोसँग सम्झौता गरेको हो । के काम गर्दिन्छु भनेर सम्झौता गरेको हो भन्ने बारेमा नेपाली नागरिकहरू त अनविज्ञ छँदै छन् ।
04:25
पदम बहादुर परियार
सिङ्गो संसद सम्मानित संसदलाई त्यो बारेमा जानकारी छैन । तसर्थ म सम्माननीय अध्यक्ष महोदयमार्फत म माननीय गृह मन्त्रीज्यूलाई सदनमा आएर ती विभिन्न समूहहरूसँग के सम्झौता भएको के गर्छु भनिएको हो ।
04:45
पदम बहादुर परियार
त्यो राष्ट्रको हितमा कति धेरै थियो थिएन भनेर सदनलाई जानकारी गराउनको लागि म जोडदार माग पनि गर्न चाहन्छु । त्यसै गरिकन अर्को विषय सम्माननीय अध्यक्ष महोदय, नेपाल सरकार
05:00
पदम बहादुर परियार
विभिन्न समयमा यो चिकित्सकहरूसँग नर्स त स्वास्थ्यकर्मीहरूसँग निजामती कर्मचारीसँग राज शिक्षकहरूसँग यातायात व्यवसायीहरूसँग दुग्ध एवम् उखु किसानहरूसँग मिटर बाज पीडितहरूसँग विभिन्न खालका ती अधिकारका सङ्घरूष गरेका चाहिँ समुदायहरूसँग पेशागत समुदायहरूसँग सहमति गरेको छ । तर त्यो सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकार असाध्यै अनिच्छुक देखिएको छ ।
05:30
पदम बहादुर परियार
र हामीलाई दर के कुरामा लागिरहेको छ भने यसै त नेपाली समाज यस्तो धेरै फ्रेजर कन्डिसनमा छ कि एउटा सानो कुराबाट पनि ठुलो खालको दङ्गा र साम्प्रदायिक झडप हुन सक्ने सम्भावना भएको ठाउँमा यस्ता खालका कुराहरूलाई यदि सरकारले संवेदनशील भएर समयमा नै सम्बोधन गर्न सकेन भनेदेखिन् फेरि अर्का खालका झडपहरु अर्को खालका सङ्घर्षहरू अल्का खालका आन्दोलनहरू चाहिनै सुरु हुन सक्छन् । तसर्थ म सम्माननीय अध्यक्ष महोदयमार्फत नेपाल सरकारको यसमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
06:06
पदम बहादुर परियार
पहिला भएका ती अधिकारका आन्दोलनहरूको तर नेपाल सरकारले गरेका सम्झौताहरूको कार्यान्वयनतर्फ नेपाल सरकार चाहिँ संवेदनशील बनोस् र त्यसलाई कार्यान्वयन गर्नेतर्फ नेपाल सरकार अगाडि बढोस् भनेर म अनुरोध पनि गर्न चाहन्छु । सम्माननीय अध्यक्ष महोदय, खास गरीकन अहिले यो नेपाल सरकार असाध्यै एक्स्प्रेस भएमा रेल कुदे जसरी कुद्ने भनेर ठुलो गफ चुटि यो ।
06:39
पदम बहादुर परियार
तर नागरिकका दैनानुदिन समस्याहरूको बारेमा सरकारले एक्स्प्रेस रेलको त कुरै गरौं एक्स्प्रेस भएको त कुरा गरौं । त्यो दसको स्पिडमा पनि नचल्ने गाडी जस्तो गरीगर,सरकारले काम गरिरहेको देखिन्छ ।
06:54
पदम बहादुर परियार
एलपीको आपूर्तिको सन्दर्भमा अगि पनि सभामा विभिन्न तरिकाले चर्चा भयो । सरकारले आज पनि आज हामी सांसदहरूलाई जिल्ला जिल्लाका साथीहरूले फोन गरेर लाउन एउटा दुटा ज्याँ मिलाइदिनुपर्यो तपाईंहरूले भनेको त मान्छन् कि भनेर नै नागरिकहरूले नै अनुरोध गर्न थालिसक्नुभएको छ ।
07:14
पदम बहादुर परियार
सरकार भन्छ । कुनै खालको समस्या छैन ।
07:17
पदम बहादुर परियार
आपूर्ति सहज तरिकाले भइरहेको छ भनेर भन्छ । कहिलेसम्म नागरिकहरूलाई ढाट्ने काम गर्छ ।
07:21
पदम बहादुर परियार
यो सरकार म सरकारलाई यो सन्दर्भमा अनि बढी संवेदनशील हुनको लागि पनि अनुरोध गर्न चाहन्छु । त्यसै गरिकन अर्को यो उर्जा नीति र कर संरचनाको सन्दर्भमा नेपाल सरकारले खास गरीकन यो इन्डक्सन चुनावको सन्दर्भमा पूर्ववर्ती सरकारले नेपाली नागरिकहरूलाई धेरै चाहिँ सहुलियतहरू दिएका थिए ।
07:43
पदम बहादुर परियार
तर यो सरकारले आउँदो नआउँदै विद्युतमा कर बढायो र नागरिकहरूको धारसेक्ने काम गरेको छ । यस्ता कुराहरूमा सरकारलाई म चाहिँ सचेत रहन अनुरोध गर्न चाहन्छु ।
07:55
पदम बहादुर परियार
खास गरीकन कृषि मल आज चाहिँ नै बाली लगाएर सकिसके, धान डुपर कि सकियो । अहिले पनि किसानहरूले चिन कृषि मल पाउन नसकेको अवस्था जिनकु ।
08:06
पदम बहादुर परियार
त्यसै गरीकन महङ्गी बढ्दो छ । कुशासन बढिरहेको छ ।
08:11
पदम बहादुर परियार
सीमावर्ती क्षेत्रका किसानहरूलाई अहिले पनि विभिन्न खालका समस्याहरू भोगिराखनुपरेको छ र तर सरकार भने असाध्यै प्रचारबाजी शैलीमा हामीले काम गरिरहेका छौं । तिनीहरूले ३५ वर्ष के गर्यो ।
08:24
पदम बहादुर परियार
हामी भर्खर त आएको हुने भनेर प्रचारबाजी शैलीमा जसरी सरकारले आफ्नो डिफेन्ड गरिरहेको छ । यो तरिकाले काम गरेर यो गति यो मतिले काम गरेर नेपाली जनतालाई सन्तुष्ट बनाउन सकिँदैन ।
08:37
पदम बहादुर परियार
सरकारले बेलैमा सजग होस् भनेर म अनुरोध गर्न चाहन्छु । सम्माननीय अध्यक्ष महोदय, म अब अर्को दोस्रो विषय पनि अनुरोध गर्न चाहन्छु ।
08:48
पदम बहादुर परियार
त्यो के भने नेपालको संविधानको धारा ४० ले दलितहरूलाई दलितहरूको अधिकारको बारेमा स्पष्ट व्याख्या गरेको छ । त्यति मात्रै होइन धारा ४७ ले ती मौलिक अधिकारहरूको कार्यान्वयन कम्तीमा तीन वर्षभित्रमा संविधान जारी भएको तीन वर्षभित्रमा ती मौलिक अधिकारहरूको कार्यान्वयन कानुन बनाएर गर्नु भनेर संविधानमा नै स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
09:24
पदम बहादुर परियार
तर असाध्यै अप्ठ्यारो परिस्थिति के छ भने छौं माननीय अध्यक्ष महोदय, नेपाल सरकारले केही कानुनहरूलाई जस्तै १६ ओटा जति मौलिक कानुनहरूलाई त बनायो । तर दलित समुदायको अधिकारको कानुन आज संविधान बनेको ११ १२ वर्ष बिति रहँदाखेरि पनि पहिला त सरकारहरूले बनायो ।
09:49
पदम बहादुर परियार
अहिलेको सरकारले बनाउने गरीकन प्राथमिकता दिएको छ । सबैभन्दा विडम्बना त यो छ कि आज हामी सबैलाई प्रशंसा गरौं ।
09:59
पदम बहादुर परियार
नेपालको
10:00
पदम बहादुर परियार
सरकार बनिरहँदाखेरि दलित समुदायलाई पनि राम्रो स्पेस दियो । दलित समुदायलाई पनि मन्त्री बनाइयो ।
10:06
पदम बहादुर परियार
बादी समुदायको व्यक्तिलाई लिएर आएर सरकारमा राखियो भनेर हामी सबैले प्रशंसा गर्यौं । तर आज दलित समुदायकै मन्त्रीले मन्त्रिपरिषद्को सदस्य भइरहँदाखेरि पनि दलित समुदायको अधिकार प्रवर्धन गर्ने गरीकन दलित समुदायको अधिकार सम्बन्धी विधेयकलाई सबैभन्दा पछिल्लो प्राथमिकतामा राखेर सरकारले प्रस्तुत गरेको छ ।
10:30
पदम बहादुर परियार
महिला बालबालिका मन्त्रालयले प्रस्ताव गरेको ७ ओटा कानुनमध्ये सातौं नम्बरमा दलित समुदायको चाहिँ अधिकारसम्बन्धी विधेयकलाई प्रस्ताव गरिएको छ । यदि नपार्न सरकारले दलित समुदायको अधिकारलाई सम्बन्धी कानुनलाई अगाडि बढाउने हो भनेदेखिन् अझै २ वर्ष यो कानुन बन्न सक्ने सम्भावना छैन ।
10:50
पदम बहादुर परियार
गत फागुन २१ गतेको चुनावमा सम्पूर्ण देशभरका दलितहरू उल्टिएर दलितसँग क्षमा याचना मागेको भरमा यी मोसिन ब्ल्याकमेल भएर दलित समुदायले यो दलहरूलाई चाहिँ नै मतादान गरे । तर क्षमा चान गर्छु भनेको दलले न सरकारले संसदमा र क्षमा अचानक गर्यो ।
11:11
पदम बहादुर परियार
न सुधारका कार्यक्रमहरू लेरायो । न त दलित समुदायको अधिकारसम्बन्धी ऐनलाई फास्ट ट्रयाकबाट अगाडि बढाउने गर्यो न त विशेष खालका बजेटहरू सरकारले चाहिनैवार्षिक कार्यक्रममा ल्यार आयो ।
11:24
पदम बहादुर परियार
तसर्थ म यहाँबाट यो सदनबाट प्रष्ट रूपमा नेपाली जनतालाई भन्न चाहन्छु । यो सरकार नेपालका ६० लाख भन्दा दलितहरूलाई ढाँट्ने झुक्याउने र इमोसनल ब्ल्याकमेल गर्ने तयारीमा छ ।
11:37
पदम बहादुर परियार
यो सरकारको नियमित रूपमा सम्पूर्ण दलित समुदायले सम्पूर्ण उत्पीडित समुदायले नियमित रूपमा खबरदारी गर्नु आवश्यक छ । यदि त्यो खबरदारी गरिदिन भने यो सरकार पनि कुनै नयाँ खालको सरकार हुनेवाला छैन ।
11:51
पदम बहादुर परियार
यो सरकारले पनि कानुन बनाउनलाई अझै ढिला ढाला गर्ने जस्तो मलाई लाग्दछ । त्यसर्थ खास गरीकन हामीले नै सभाबाट सङ्कल्प प्रस्ताव पारित गरेर पठाएको चाहिँ विकास आर्थिक मामिला तथा सुशासन समितिले प्रतिवेदनसहित कानुनको ढाँचासहित पठाएको कानुनलाई नेपाल सरकारले यथासम्भव सदनमा ले रहेर दर्ता गराउने प्रयास गरोस् भनेर म जोडदार माग गर्न चाहन्छु ।
12:17
पदम बहादुर परियार
मेरो अन्तिम विषय सम्माननीय अध्यक्ष महोदय, नेपालले ६ वर्षभन्दा अगाडिदेखि विभिन्न खालका ओलम्पिक खेलकुदहरूमा सहभागिता जनाउँदै आएको छ । विभिन्न खेलकुदहरूमा अपाङ्गता भएका व्यक्तिहरूको पनि सशक्तीकरण गर्ने, समुदायमा न इन्गेज सोसियल पार्टिसिपेसन बढाउने र उनीहरूको क्षमता प्रस्पुटन गर्ने एउटा प्रमुख आधार बनेको खेलकुद पनि हो ।
12:46
पदम बहादुर परियार
तर अस्ति २०२४ मा फ्रान्सको पेरिसमा भएको पेरिस पारो ओलम्पिकमा नेपालकी खेलाडी पलेसा गवर्धनले चाहिँ सन्तुलन केजीमुनीको तोलमा ऐतिहासिक कासिक पदक जिते र नेपालको नाम राखेकी छन् । त्यसै गरीकन दृष्टिीकरिकेट टोलीले पनि विभिन्न खालका विश्व प्रियताका खेलहरू जितेको छ ।
13:08
पदम बहादुर परियार
त्यसै गरीकन अन्य खेलहरूमा पनि तेकन्दोलगायतका विभिन्न खेलहरूमा पनि नेपालका पारा लिटरले सहभागिता जनाउँदै आएका छन् । तर नेपाल सरकारको खेलकुद अधिकारसम्बन्धी ऐनमा स्पष्ट रूपमा अपाङ्गता भएका खेलाडीहरूको अधिकारको बारेमा व्यवस्था गर्न नसक्दा पारा ओलम्पिकमा भएका दुई ओटा समितिहरूलाई एउटा बनाएर काम गर्न नसक्दा र पारेर स्पोर्टसम्न्धी विशेष कार्यक्रमहरू नेपाल सरकारले घोषण गर्न नसक्दा आज पनि पार लिटर पार खेलाडीहरू चाहिँ जति ठुलो मारमा परेका छन् ।
13:49
पदम बहादुर परियार
म सम्माननीय अध्यक्ष महोदयमार्फत नेपाल सरकार खेलकुद मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । ती खेलाडीहरूलाई पनि यदि सरकारले बेलामा नै बजेट छुट्याउने कार्यक्रमहरू गर्ने र विभिन्न खालका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने मौका दियो भनेदेखिन् उनी पनि राष्ट्रको नाम राख्ने कुरामा उनीहरूले पनि राष्ट्रको इज्जत उँचो गराउने कुरामा योगदान गर्न सक्छन् ।
14:14
पदम बहादुर परियार
म सरकारलाई यसको लागि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । मेरो आफ्नो भनाइ यहीं अन्त्य गर्न चाहन्छु ।
14:20
पदम बहादुर परियार
हस् नमस्कार।