00:00
नारायण प्रसाद दाहाल
मन्त्री गिता चौधरीलाई छलफलमा उठेका प्रश्नको जवाफ दिन समय उपलब्ध गराउँछु । ज
00:34
गीता चौधरी
सम्माननीय अध्यक्ष महोदय, उपस्थित हुनुभएका सम्म सम्पूर्ण माननीय सदस्यज्यूहरू । आज सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकमाथि सैद्धान्तिक छलफलमा माननीयज्यूहरूले उठाउनुभएका अधिकाङ्श विषयहरू सकारात्मक नै छन् ।
00:53
गीता चौधरी
संशोधनमा आएका विषयसहित समितिमा दफावार छलफल हुने क्रममा आवश्यक विषयहरू पनि हामीले समावेश गरी यो विधेयकलाई थप संयुक्त बनाउन सकिन्छ । अथवा सब थप यसलाई सुधार गर्न सकिन्छ भन्ने कुरा पनि म भन्न चाहन्छु ।
01:08
गीता चौधरी
विशेष गरेर मैले जवाफ दिनुभन्दा अगाडि थोरै कुरा यसको अलिकति ब्रिफिङ त्यसको अलिकति यसको पछाडिको थोरै चाहिँ ब्रिफिङ गर्न चाहन्छु । विशेष गरेर नेपालमा पशुपन्छी क्षेत्र अब तपाईंहरूले नै भन्नुभयो अगि पनि प्रश्नहरूमा लाखौं घर परिवारको जीविकोपार्जनको आधार हो ।
01:30
गीता चौधरी
यस क्षेत्रमा देखापर्ने सङ्क्रामक रोगले पशुधनको मृत्यु गराउने तथा उत्पादनमा कमी ल्याउनुका साथै किसानहरूको आय र समग्र अर्थतन्त्रमा नकारात्मक असर पनि परिराखेको छ । विगत केही वर्षदेखि नै देखा परेको अप्टिकल साइन्स, लम्पी स्किन रोग बर्डफ्लु लगायत जस्ता नेपालमा धेरै समय अगि देखि नै देखा परिरहेका कोरे, पिपिआर रेबिज जस्ता रोगहरूका कारण स्थानीय स्तरदेखि राष्ट्रिय स्तरमा ठुलो असर गरिराखेको पनि छ ।
02:01
गीता चौधरी
अब यस्ता रोगमध्ये जुनोटिक पलारका रोगजस्तो रेबिज रोग लगायतको जानिननफलाइटिस जस्ता रोगहरूको मा मात्र सीमित नभएर मानव स्वास्थ्यमा समेत असर गरिराखेको छ । यस्ता रोगका कारण जनताले उपभोग गर्ने पशुजन्य उत्पादनको स्वास्थ्यमा स्वास्थ्यमा समेत चुनौती थपेको वर्तमान सन्दर्भमा यस्ता रोगहरूलाई पशु चिकित्साको विषयमा मात्र सीमित नगरी समग्र एक स्वास्थ्यको अवधारणा अनुसार पशुपन्छी मानव र वातावरण स्वास्थ्यको साधक विषयको रूपमा सम्बोधन गर्न आवश्यक पनि थियो ।
02:40
गीता चौधरी
यो सन्दर्भमा चाहिँ अहिलेको जुन हामीसँग भाको कानुनी विषयहरू छ । त्यसको व्यवस्था चाहिँ अलिकति पर्याप्तता भएन भन्ने अवस्थामा चाहिँ हामीले हाल नेपालमा पशुपन्छी, माछा जुन टिकलगायतका सङ्क्रामक रोग नियन्त्रण गर्न पशु स्वास्थ्य तथा पशु सेवा ऐनदेखि व्यवस्था गरिएको छ ।
03:00
गीता चौधरी
तर मुलुक संघीय शासन प्रणालीमा गैसके प्रस्ताव तथा पछिल्लो अवस्थामा पशुपालनमा भएको व्यवसायिकता र नेपालले पशुजन्य उत्पादनको वैदेशिक व्यापारमा वृद्धि हुँदै गइरहेको वातावरण अवस्थामा सीमित व्यवस्थासहितको विद्धवान कानुनी अवस्थाले मात्र समग्रतामा यस विषयलाई सम्बोधन गर्न नसक्ने भएको ले गर्दाखेरि साथै मुलुक संघीयतामा भए पनि कसले के गरी गर्ने भने समेतको चाहिँ दुबिदा हुँदा समयमा रोग निधान र नियन्त्रण नहुँदा रोग थप फैलाउने र ठुलो क्षतिको सम्भावना बढिरहेको छ । तसर्थ तीनै तहलाई चाहीले सरकारको अधिकांश जिम्मेवारीको स्पष्टतासहितको रोग र शीघ्र पहिचानसहित प्रकोप न्यूनीकरणसहित पशुपन्छी तथा माछा सङ्क्रमक रोग नियन्त्रण गर्न स्पष्ट कानुनी ढाँचा आवश्यक भएकोले नेपाल सरकारले चाहिँ यो विधेयकलाई चाहिँ यस सम्मानित सदनमा चाहिँ पेस गरिएको हो ।
04:01
गीता चौधरी
अब यो कुरा भइसकेपछि अब उद्देश्यको हकमा मैले विशेष गरेर हामीले कुन उद्देश्यका साथ लाइन त भन्दाखेरि यसको मूल उद्देश्य भनेको नेपालमा पशुपन्छी तथा मत्स्य क्षेत्रमा देखा पर्ने संक्रमण र महामारीजन्य रोगको शीघ्र पहिचान र सूचना सम्प्रेसन सर्भिलेन्स र रोकथाम, नियन्त्रण र निवारण तथा उन्मूलन गर्न आवश्यक कानुनी आधार तयार गर्नुपर्ने रहेको छ । र अर्को कुरा चाहिँ विधेयक कार्यान्वयन नहुँदाखेरि प्रारम्भिक अवस्थामा पहिचान गरी रोग फैलिनबाट रोक्न पशु धन्य उत्पादनको ओसार कसार नियन्त्रण गर्ने आवश्यकता गर्दा सङ्क्रमित पशु र वस्तुहरूको सुरक्षित व्यवस्थापन तथा नष्ट गर्ने किसानलाई राहत र क्षतिपुति उपलब्ध गराउने र एक स्वास्थ्यको अवधानअनुसार चाहिँ सङ्घ, प्रदेश तथा स्थानीय तहमा सम्बन्धित निकायबीच स्पष्ट समन्वय कायम गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ भनेर यो विषयवस्तु र ल्याइन ।
05:00
गीता चौधरी
माननीय सदस्यज्यूहरूले माननीय प्रेम दङ्गाल ज्यूले उठाउनुभएको यो पशु महामारी नियन्त्रणका लागि राहत कोष बनाउने भन्ने सन्दर्भमा पनि झुले प्रश्न गर्नुभएको छ । यस सन्दर्भमा छलफल गर्न सकिने सकिने छ र माननीय युवराज शर्माज्यूले पशु रोग औषधिको व्यवस्था औषधि ऐन २०३५ ले गरेको पशु औषधिको उपलब्धता र पहुँच तथा गुणस्तर नियमनको विषयमा उक्त ऐनमा व्यवस्था गरिने जानकारी मैले गराउन चाहन्छु ।
05:33
गीता चौधरी
मान्य बढीमा ज्यूले जुन वन्यजन्तुमा देखापर्ने रोगको महामारी नियन्त्रणको विषयमा पशुसेवा विभागले वन्यजन्तु हेर्ने सम्बन्धित विभागसँगको समन्वयमा गर्न सकिने व्यवस्था थप गर्न सकिन्छ । र पशु रोग फैलाउने पशुबाहिक, अन्य दुध,मासु धाना स्तर लगायतका विषयहरूको ढुवानी नियमन गर्ने सुझावको सकारात्मक रहेको छ ।
05:58
गीता चौधरी
त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु । र माननीय नारायण दत्त मिश्रज्यूले ज्यूले दिएका सुझाव एकदमै सकारात्मक रहेको र यो ऐनमा स्थानीय तह र प्रदेश तहलाई थप अधिकार प्रदान गर्न खोजिएको जानकारी म गराउन चाहन्छु र महामारी घोषणा गरेको अवस्थामा विवाहको विषय के हुने भन्ने विषयमा पनि यसमा चाहिँ थप छलफल गर्न सकिन्ने सकिने बेहोरा म जानकारी बनाउन चाहन्छु ।
06:20
गीता चौधरी
त्यसै गरी माननीय विष्णु कुमारी सापकोटाज्यूले एक पशुको पशुको धवनलाई नियन्त्रण गर्न सकिन्छ भन्ने यसले अर्को क्षेत्रको पशु तथा मानव शवलाई असर गर्ने भएकोले यस विषयलाई जोड दिएको जानकारी मैले गराउन चाहन्छु । त्यसै गरेर माने बासुदेव घिमिरेज्यूले चाहिँ प्रयोगशाला व्यथालाई सरल र किसानको पहुँचमा पुर्याउने विशेष सकारात्मक रहेको र मरेका पशुलाई पशु बिमाबाट समाधान गर्न सकिन्छ र सरकारले पशु बीमाको हकमा ७५ % पशुबीमा परिमान दिने गरेको बेहोरा पनि मैले यहाँबाट जानकारी गराउन चाहन्छु ।
06:58
गीता चौधरी
त्यसै गरेर धर्मेन्द्र पासवानज्यूले मानी धरमपानज्यूले सोध्नुभाको यो ऐन प्रदेश स्थानीय तहलाई अधिकांश अधिकार प्रष्ट सोप दिएको छ । महामारी वा सङ्क्रामक रोगको अवस्था तीनै तहको अधिकार क्षेत्रभित्र रहेको स्पष्ट जानकारी गराउन चाहन्छु ।
07:14
गीता चौधरी
र समितिहरू प्रदेशले पनि बनाउन सक्ने व्यवस्था पनि रहेको जानकारी गराउन चाहन्छु । र अब यो कुराहरूलाई चै थप छलफल गरेर त्यसले अगाडि बढाउन सकिने भन्ने कुराको लागि चैं मैले यहाँ जानकारी गराउन चाहन्छु र फेरि पनि मलाई चाहिँ माननीयज्यूहरूको जुन कुनै सरिसा छुटेको कुरा जानकारी गराउनुभयो ।
07:37
गीता चौधरी
यसको सन्दर्भमा सम्माननीयज्यूले चाहिँ स्पष्ट पारिसक्नुभएको कुरा को लागि म धन्यवाद दिन चाहन्छु । र अहिलेलाई मैले माननीय सदस्यज्यूहरूले सोध्नुभएको प्रश्नको उत्तर यही नै यति
07:52
गीता चौधरी
नै भन्दै आफ्नो कुरा राख्न चाहन्छु । हस्, धन्यवाद ।