00:00
नारायण प्रसाद दाहाल
सदस्य पुजा चौधरी । समय ५ मिनेट ।
00:02
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य तुल प्रसाद विश्वकर्मा । सम्माननीय
00:24
पुजा चौधरी
अध्यक्षज्यू, स्वास्थ्य सेवा संविधानले मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । तर व्यवहारमा हेर्दा अझ पनि धेरै नेपालीको लागि विरामी हुनु भनेको घरको आर्थिक अवस्था कमजोर बनाउनु ।
00:37
पुजा चौधरी
अरुसँग ऋण लिएर उपचार गराउनु । जग्गा बेच्नुपर्ने बाध्यता कतिपय अवस्थामा उपचार नै छोड्नुपर्ने बाध्यता ।
00:46
पुजा चौधरी
विश्व स्वास्थ्य संगठन डब्लुएचओको नेपाल सम्बन्धित तथ्याङ्क अनुसार करिब २४. % ले आफ्नो खल्ती बाटो उपचार खर्च गर्ने कारण आर्थिक कठिनाइ नपर्ने अवस्था देखिन्छ र अहिलेको सरकारी स्वास्थ्य संस्थामा नै खोप र अति आवश्यक औषधीको अभाव जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय हो ।
01:13
पुजा चौधरी
विशेष गरी दुर्गम र आर्थिक रूपमा कमजोर परिवारका लागि सरकारी स्वास्थ्य संस्था नै उपचारको मुख्य आधार हो । सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढाउँदा सरकारी स्वास्थ्य संस्थामा गर्भवती सुत्केरी किशोरीका लागि रक्त अल्पत्ता कम गर्न दिने आइरहन्छ कि समेत छैन ।
01:35
पुजा चौधरी
त्यस्तै रेबिज विरुद्धको खोपको पनि अभाव कायमै देखिन्छ । अझ मधेश प्रदेशमा बढ्दो गर्ने र वर्षासँगै सर्पदंशको जोखिम पनि भाव छ ।
01:46
पुजा चौधरी
तर सरकारी स्वास्थ्य संस्थाहरूमा एन्टिस्नेक भेनमको उपलब्धता पनि एकदमै न्यून छ । विशालु सर्पको टोकाई बाट बस्न समयमै एन्टिस्नेक भेनम उपलब्ध हुनु जरुरी हुन्छ ।
01:58
पुजा चौधरी
तर केही उपचार केन्द्रमा एन्टिस्नेक भेनम किदा अर्को केन्द्रबाट औषधि ल्याउनुपर्ने अवस्था पनि देखिएको छ । र तत्काल विरामीले उपचार नपाउँदा मृत्यु हुने जोखिम पनि बढ्दो छ ।
02:13
पुजा चौधरी
त्यसैले म सम्माननीय अध्यक्षज्यूमार्फत सरकारलाई मधेश प्रदेशका कुन कुन अस्पताल कुन कुन सर्पदंश उपचार केन्द्रमा अहिले कति भायल एन्टिस्नेक भेनम मौजदात छ भने विवरण प्राप्त गराइदिनुहुन निवेदन गर्दछु । साथै गम्भीर बिरामीका लागि एन्टिस्नेक भेनम मात्र उसको जीवन बचाउन सकिँदैन ।
02:35
पुजा चौधरी
बिचले स्वास्थ र स्वास्थमा असर गरेको अवस्थामा भेन्टिलेटर र क्रिटिकल केयर पनि चाहिन्छ । यस्तो अवस्थामा केही सर्पदंश उपचार केन्द्रमा दक्ष जनशक्ति छ त विशालु सर्पलाई नियन्त्रण गर्न सकि नसकि होला ।
02:51
पुजा चौधरी
तर राज्यको स्वास्थ्य प्रणालीलाई व्यवस्थित गर्न । म म सम्माननीय अध्यक्षज्यूमार्फत पुनः सरकारलाई आग्रह गर्दछु ।
03:01
पुजा चौधरी
सातौ अस्ति सुनसरीको देवानगञ्ज र मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा भएको घटनाले कुनै एक समुदायलाई मात्र नभई सबै समुदाय धर्म, जातीको शान्ति र एकतालाई असर गर्दछ । हाम्रो समाज जहाँ हिन्दु, मुस्लिम, सिख, इसाई, विदेश मिलेर बसेको समाजमा साम्प्रदायिकको नाममा धर्मको नाममा एक अर्कालाई मार्ने, काट्ने एक अर्काको घर जलाउने एक अर्काको आस्थाको दरवारलाई जलाउने जस्तो विनित कार्य हरू केही पनि हुन सक्दैन ।
03:36
पुजा चौधरी
अल्पसङ्ख्यक र अर्को मतमा रहेका समुदायलाई पनि सरकारले उनीहरूको मानव अधिकार हनन नहुने गरी सुरक्षा गर्नुपर्छ । उनीहरूको जीवन रक्षा पनि गर्नुपर्दछ ।
03:49
पुजा चौधरी
घटनामा संलग्न जो कोही दोषी भए पनि उनीहरूलाई कानुनी दायरामा ल्याएर । कडाभन्दा कडाभन्दा कडा सजाय दिनुपर्छ ।
03:58
पुजा चौधरी
कुनै निर्दोष नागरिक वा कुनै कुनै पनि समुदायलाई सामूहिक रूपमा जिम्मेवार ठहर गर्नु न्यायोचित हुँदैन । हाम्रो देश नेपाल विविध धर्म, संस्कृति र परम्पराले परम्पराले समृद्ध देश हो ।
04:12
पुजा चौधरी
हाम्रो राष्ट्रिय एकता र हाम्रो साझा पहिचान पनि यही नै हो । धन्यवाद ।