00:00
नारायण प्रसाद दाहाल
सदस्यहरू, माननीय युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई माननीय सदस्यहरूले सोध्ने प्रश्नको जवाफ दिनको लागि रोष्ट्रममा आउन आग्रह गर्दछु । माननीय सदस्यहरू, अब प्रश्नकर्ता माननीय सदस् विष्णुकुमारी साफको लाई आफ्नो प्रश्न सोध्न समय उपलब्ध गराउँछु ।
00:29
नारायण प्रसाद दाहाल
ब
00:34
विष्णु कुमारी सापकोटा
अध्यक्षज्यूमार्फत माननीय युवा श्रम तथा रोजगार मन्त्रीज्यूलाई मेरो प्रश्न छ । देशभित्र पर्याप्त रोजगारीको अवसर सिर्जना हुन नसक्दा दैनिक सयौं युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् ।
00:50
विष्णु कुमारी सापकोटा
विदेशमा नेपाली नागरिकको मृत्यु ठगी, अलपत्र पर्ने र शोषणमा पर्ने घटनाहरू निरन्तर बढिरहेका छन् । युवा पलायन रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्न र वैदेशिक रोजगारीलाई सुरक्षित तथा मर्यादित बनाउन गृह मन्त्रालय र अन्य मन्त्रालयसँग समन्वय गरेर के कस्तो ठोस कदम चालेको छ ।
01:13
विष्णु कुमारी सापकोटा
धन्यवाद ।
01:15
नारायण प्रसाद दाहाल
माननीय मन्त्रीज्यू ।
01:17
रामजी यादव
धन्यवाद । सम्माननीय अध्यक्ष महोदय, सबैभन्दा पहिला माननीय विष्णु कुमारी सापकोटा ज्यूलाई युवा पलायन र रोजगारीका विषयमा उठाउनुभएका गम्भीर प्रश्नको लागि धन्यवाफ दिन चाहन्छु ।
01:31
रामजी यादव
यो विषय साँच्चिकै गम्भीर छ । त्यसैले माननीयज्यूले उठाउनुभएको चिन्तासँग सरकार पूर्ण रूपमा सहमत छ ।
01:39
रामजी यादव
तर म यस विषयलाई कसरी सोचिरहेको हुन्छु भने किन यस्ता चिन्ता ३५ वर्षसम्म आएन । यदि चिन्ता गरिएकै हो भने किन ठोस कदमहरू चालिएनन कोहला नै ठोस कदम चालिएको भए आज यो अवस्था हुँदैनथ्यो होला ।
01:55
रामजी यादव
फाउन्डेसन बनिसकेको हुन्थ्यो । आएर खुरुखुरु काम गर्न पाइन्थ्यो होला ।
01:59
रामजी यादव
अब सोच आज हामी रोजगारीका लागि निगेटिभबाट काम गरिरहेका छौं । तर यसको मतलब यो होइन कि हामीलाई ढिलो गर्ने छुट छ ।
02:07
रामजी यादव
छुट बिल्कुलै छैन । हाम्रो प्राथमिकता अस्पष्ट छ ।
02:11
रामजी यादव
नेपालमै पर्याप्त रोजगारी, स्वरोजगारी र आम्दानीका अवसर सिर्जना गरी युवाहरूलाई आफ्नै देशमा भविष्य निर्माण गर्ने कामकाज गर्ने सम्भावना छन् भन्ने अनुभूति गराउनु हो । यदि उद्देश्यका साथ सरकारले अहिले रोजगारी सिर्जना गर्न अलि फरक ढङ्गले काम गरिरहेको छ ।
02:30
रामजी यादव
म यस मन्त्रालयमा आउँदा आन्तरिक रोजगारी भन्दा वैदेशिक रोजगारीसम्बन्धी विषयमा मन्त्रालयको ध्यान र काम केन्द्रित थियो । तर अब हामीले पाराडाइम सिफ्ट गरेका छौं ।
02:40
रामजी यादव
रोजगारी सिर्जनाको यस जिम्मेवारीलाई आत्मसाथ गर्दै मन्त्रालयको उच्च प्रायोरिटीमा राखेका छौं । जस्तै युवा पलायन रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न नीतिगत र कानुनी कदमहरू चालेका छौं ।
02:56
रामजी यादव
सर्वप्रथम कानुनी एवम् नीतिगत अवस्था व्यवस्थाको बारेमा बोल्न पर्दा हामीले नयाँ रोजगारी नीति निर्माणको कार्य गरिरहेका छौं भने राष्ट्रिय रोजगार प्रवर्धन ऐन निर्माणका लागि सैद्धान्तिक सहमतिको आवश्यक प्रक्रिया अगाडि बढाएका छौं । स्थानीय स्तरमै रोजगारी प्रवर्धनका कार्यक्रमहरूको छनोट र व्यवस्थापन गर्ने नीतिगत आधार तय गरिरहेका छौं ।
03:20
रामजी यादव
यसका साथै रोजगार, सीप तथा उद्यमशीलता सम्बन्धी एकीकृत सेवा प्रभाव कार्यविधि २०७३ बनाएर यी मार्फत तिनै विषयलाई एकीकृत रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । यसरी गुणस्तरीय सीप विकासका लागि ३० घण्टाको तालिमलाई अनिवार्य गर्नेतर्फ बाध्यात्मक र प्रोत्साहनमूलक नीति अख्तियार गरिएको छ ।
03:45
रामजी यादव
त्यसै गरी हालसम्मको प्रगति विवरण पनि राख्न चाहन्छौं । देशभरका ७५३ ओटा स्थानीय तहमा रहेको रोजगार सीप तथा उद्यमशीलता केन्द्रलाई रोजगारी प्रवर्धनको मुख्य संरचनाका रूपमा स्थापित गरी परिचालन गरिएको छ ।
04:00
रामजी यादव
उद्योगी, व्यवसायीको मागका आधारमा कार्यस्थलमा आधारित सञ्चालित गर्न निज निजी क्षेत्र उद्योगि व्यवसायी र सङ्घ संस्थाहरूसँग सघन छलफल समन्वय र सहकार्य भइरहेको छ । श्रम बजारको बदलिदो मागलाई सम्बोधन गर्न केयर इकोनोमी र डिजिटल रोजगारीको अवधारणासहित
04:18
रामजी यादव
विभिन्न संघीय मन्त्रालय
04:19
रामजी यादव
र निकायहरूसँगको समन्वय र सहकार्यमा करिब एक दर्जन कार्यक्रम चालु आर्थिक वर्षदेखि नै सञ्चालन गर्नका साथ कार्य भइरहेको छ । चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत साथै प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन हुन गइरहेको छ ।
04:35
रामजी यादव
राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम र कृषि आयात्थापन गर्ने राष्ट्रिय अभियानका रूपमा कृषि क्षेत्रको उत्पादकत्व अभिवृद्धिमा केन्द्रित गराउन लागिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सीप, प्रोफाइलिङ गर्न सूचना प्रविधि प्रणालीको विकास र पूर्व सिकाइ मान्यता रिकोग्नेसन प्रिय लर्निग मार्फत सीप परीक्षणलाई उच्च प्राथमिकता दिई
05:00
रामजी यादव
उनीहरूको सीप र पुँजीलाई आन्तरिक उत्पादन तथा उद्यमशीलतामा जोड्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । साथै रोजगार व्यवस्थापन सूचना प्रणाली यस मार्फत बेरोजगारहरूको तथ्याङ्क व्यवस्थापन भइरहेको छ भने रोजगारदाता र श्रमिकलाई जोड्न श्रम तथा श्रम सार प्रणालीको प्राविधिक विकास र स्तरोन्नति गरिँदै छ ।
05:19
रामजी यादव
नेपाल सरकारले आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरी स्वदेशमै रोजगारीका अवसर विस्तार बेरोजगारी न्यूनीकरण तथा वैदेशिक रोजगारीमा निर्भरता घटाउने दीर्घकालिन अभियान अगि बढाएको छ । स्थानीय तह, प्रदेश सरकार र विकास साझेदारले सहयोग र सहकार्य गर्न सक्ने गरी नेपालमा रोजगारीको अवसर भएका विभिन्न १२ ओटा क्षेत्रमा काम गर्ने सक्ने गरी कार्यक्रम सञ्चालनको अवधारणा विकास गरिएको छ ।
05:45
रामजी यादव
सीप विकासमा कार्यक्रम जस्तै कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अपरेटि प्रोग्राम मागमा आधारित सीप विकास कार्यक्रम श्रम बजारको मागमा आधारित कार्यस्थलमा आधारित तालिम उद्यमशीलता प्रवर्धन कार्यक्रम नयाँ डिजिटल क्षेत्र एआई लक्षित सीप विकास कार्यक्रम सुकुम्बासी लक्षित सीप विकास कार्यक्रम सञ्चालनको व्यवस्था यसै वर्षबाट थालिने गरिएको छ । सम्माननीय अध्यक्ष महोदय, वैदेशिक रोजगारीको विषयमा पनि सरकार स्पष्ट छ ।
06:13
रामजी यादव
विदेश जानु आफैमा नै समस्या होइन तर कुनै पनि नेपाली सर्वको लागि बाध्य भएर विदेशमा नपरोस् । विदेश जानेहरूले पनि उच्च प्रतिफल प्राप्त हुने र आफ्नो जीवनमा सकारात्मक रूपान्तरण ल्याउने ट्रान्सफर्मेसनल अवसरका लागि जान सकुन् भन्ने हाम्रो धारणा अस्पष्ट छ ।
06:33
रामजी यादव
जस्तै तर पनि हामी विदेशमा नेपाली नागरिकको मृत्यु ठगि अलपत्र पर्ने शोसना पर्ने घटनाहरू निरन्तर बढिरहेको सन्दर्भमा यस्ता गतिविधि नियन्त्रण गर्न र समस्यामा परेकालाई उद्धार गर्न मन्त्रालयले गरेका कार्यहरू पनि राख्न चाहन्छु । विदेश स्थित नेपाली र दूतावासहरूबाट उद्धार गर्नुपर्ने नागरिकहरूको विवरण माग गरी श्रम स्वीकृति लिएका हकमा वैदेशिक रोजगार बोर्डमार्फत र श्रम स्वीकृति नलिएका हकमा सम्बन्धित दूतावाससँग समन्वय गरी उद्धारको कार्य भइरहेको छ ।
07:04
रामजी यादव
साथै वैदेशिक रोजगार र २०६४ लाई समयानुकूल संशोधन गर्दै पूर्ण रूपमा स्वचालित प्रणालीको विकास गरी ठगि र शोषण रोक्ने वातावरण सिर्जना गर्ने कार्य अगाडि बढाइएको छ । यसै गरी ठगिने कार्यलाई निरुत्साहित गर्ने गरी प्रवर्धनका कार्यक्रमहरूको रूपमा साथै ५३ स्थानीय तह र १२ वटा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट सेवा दिने गरी सुरक्षित अप्रवासन कार्यक्रम सञ्चालन गरी पासपोर्ट बनाउने प्रत्येक व्यक्तिलाई परामर्श सेवा प्रदान गरिँदै आएको छ ।
07:36
रामजी यादव
सबै कागजात पुगेका लागि श्रम स्वीकृति प्रक्रियालाई सहज बनाई २ घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइएको र पुनः सुनवीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाइएको छ । साथै इजाजत पत्र संस्थाहरूको कार्यसम्पादनको अनुगमनलाई थप प्रभावकारी बनाइएको छ ।
07:54
रामजी यादव
उजुरी व्यवस्थापनलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले ठगीमा परेका व्यक्तिहरूको जाहेरी लगायतका उजुरीहरू दर्ता गर्न उजुरी डट डेड जीओभी डट एनपी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ र प्राप्त उजुरीहरूको तत्काल सम्बोधन हुने व्यवस्था मिलाइएको छ । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली कामदारहरूले ठोक्ने शोसन गर्ने वा जबरजस्ती श्रम गराउने गैरकानुनी एजेन्ट तथा मध्य कर्ताहरूलाई विरुद्ध उजुरी दर्ता तथा कारबाही अगाडि बढाउन अप्रेसन इल्लिगल एजेन्ट क्लिनअप टुवार्ड सेफर माइग्रेसन नामक एपमार्फत उजुरी सङ्कलन गरी सोको आधारमा कारबाहीको प्रक्रिया पनि अगाडि बढाइएको छ ।
08:29
रामजी यादव
मन्त्रालय स्तरमा नै गुनासो सुनुवाइका लागि गुनासो सुनुवाइ केन्द्र सञ्चालनमा ल्याई प्राप्त गुनासोहरूको तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ भने गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरू सँगको समन्वयमा मेलमिलाप गराउने र दोषीहरूलाई पक्राउ गरी मुद्दा अभियोजनमा तीव्रता ल्याउन ल्याउने कार्य भइरहेको छ । पूर्व निर्णय तथा पूर्व स्थान अभिमुखीकरण तालिम, कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गरी वैदेशिक रोजगारीसम्बन्धी ठगीबारे जनचेतना अभिवृद्धि गरिएको छ र तालिमका विषयवस्तुहरूलाई डिजिटल सामग्रीको रूपमा तयार गरी विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रसार पनि भइरहेको छ ।
09:08
रामजी यादव
साथै परराष्ट्र मन्त्रालय सम्बन्धित कूटनीतिक नियोगहरू र वैदेशिक रोजगार बोर्डको समन्वय तथा सक्रियतामा विदेशमा रहेका नेपाली नागरिकको शब व्यवस्थापन एवम् अन्य उद्धार तथा राहत सम्बन्धी कार्य निरन्तर भइरहेको छ । सूचना प्रविधिको अधिकतम उपयोगगर्दै सेवा प्रवाहलाई एकीकृत र स्वचालित भने ठगि हुनै नसक्ने वातावरण निर्माण गर्नु प्रभावकारी श्रम कूटनीतिमार्फत वैदेशिक रोजगारको सम्पूर्ण चक्रमा सुशासन स्थापना गर्नु पनि हाम्रो मन्त्रालयको प्राथमिकता रहेको छ ।
09:40
रामजी यादव
अन्त्यमा माननीयज्यूले उठाउनुभएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ । यसलाई मन्त्रालयको मात्र विषय नबनाई सम्पूर्ण सरकार र राज्यको प्राथमिकताको विषय बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
09:52
रामजी यादव
बिदा हुँदै गर्दा म एउटा कुरा राख्न चाहन्छु । वर्षौंसम्म हामीले युवाको हातमा विजा थुमा ।
10:00
रामजी यादव
तर आफ्नै देशमा रोजगारीको अवसर दिन सकेनौं । युवालाई विदेश पठाएर आएको रेमिटेन्समा गर्भ गर्यौं ।
10:06
रामजी यादव
तर किन युवा विदेशीन बाध्य भयो भन्ने प्रश्न गर्न सकेनौं । देशको जनशक्ति बाहिरिँदै
10:12
रामजी यादव
गयो गौ रितिदै गयो परिवार छुट्टिँदै गए तर हाम्रो
10:15
रामजी यादव
नीति तेही पुरानो बाटोमा हिडिरह्यो । अब त्यो बाटो बदलिन्छ ।
10:18
रामजी यादव
देश छोड्नु युवाको सपना होइन, अवसरको खुसी हो । अवसर नेपालमै भेटियो भने किन छोडोस् उसले आफ्नो माटो हामी युवालाई विदेश जान रोक्ने भाषण गर्दैनौं ।
10:28
रामजी यादव
बरु हामी यस्तो नेपाल बनाउँदै छौं । जहाँ विदेश जाने कि नेपालमै बस्ने भन्ने निर्णय बाध्यताले होइन
10:34
रामजी यादव
अवसरले गराओस् । युवाले फर्केर
10:36
रामजी यादव
हेर्दा मेरो भविष्य यही रहेछ भन्न सक्ने नेपाल बनाउने हो । धन्यवाद ।
10:44
नारायण प्रसाद दाहाल
माननीय सदस्यहरू अब प्रश्न गर्दा माननीय सदस्यले पूरक प्रश्न सोध्न चाहनुभएकोले विषयमै केन्द्रित भई पूरक प्रश्न सोध्न समय उपलब्ध गराउँछु ।
10:55
विष्णु कुमारी सापकोटा
सम्माननीय अध्यक्षज्यू अध्यक्षज्यूमार्फत म मन्त्रीज्यूलाई मेरो पूरक प्रश्न प्रकार छ । ३५ वर्ष सम्म त आएन ।
11:04
विष्णु कुमारी सापकोटा
तर चुनावको बेलामा नयाँ सरकार बनेपछि हामी चुट्कीको भरमा सबै युवालाई स्वदेशमा रोजगार दिन्छौं भनेको सरकारले १९ वर्ष ३ दिनसम्म किन आएन । आजसम्म वैदेशिक रोजगारका लागि विभिन्न देशमा गएका तर विभिन्न कारणले अलपत्र परेका श्रमिक सङ्ख्या कति छन् ।
11:24
विष्णु कुमारी सापकोटा
त्यसमा पनि महिला श्रमिकहरू कति छन् । यो सरकार बनेपछि त्यस्ता अलपत्र परेका कति जना श्रमिकहरूलाई नेपाल बोलाएर उद्धार गरियो ।
11:33
विष्णु कुमारी सापकोटा
उद्धार गर्न बाँकीलाई सरकारले कहिलेसम्म फिर्ता ल्याउँदै छ । अर्थात् कानुनी रूपमा काम गर्ने वातावरण बनाउँदै छ ।
11:41
विष्णु कुमारी सापकोटा
७५३ स्थानीय तहबाट कति युवाले नयाँ रोजगारी पाए । नीति र प्रणाली धेरै पनि अब आगामी एक वर्षमा नागरिकले देख्ने ठोस परिनपरिणाम के हो मन्त्रीज्यू ।
11:54
नारायण प्रसाद दाहाल
माननीय मन्त्रीज्यू ।
11:57
रामजी यादव
खासमा हामीले हाम्रै देशमा रोजगारी सृजना गर्नको लागि मन्त्रालय जाँदै गर्दा त्यहाँ कुनै नीति छ न कुनै ऐन छ । रााष्ट्रिय रोजगार नीति, २०७१ मा बनाइयो ।
12:11
रामजी यादव
तर त्यसको कार्यान्वयनका निम्ति कुनै पनि ऐन पनि अगाडि बढाइएको अवस्था थिएन । अब राष्ट्रिय रोजगार नीति हामीले रिभाइज गरेर राष्ट्रिय रोजगार ऐनमा परिवर्तन गरेर हामी रोजगारका नीति कार्यक्रमहरू अगाडि बढाउँदै छौं र भए कै यो जुन हाम्रो कार्यक्रमहरूमार्फत चाहिँ नेसनल एप्रेन्टेन्सिप प्रोग्रामदेखि सिप देखि रोजगारीसम्मको कार्यक्रमहरू हामी लाग्दै छौं ।
12:36
रामजी यादव
र यो यो कार्यक्रमहरू अहिले सञ्चालन भएको छैन । अब सञ्चालन हुने तरखरमा छ ।
12:42
रामजी यादव
अब त्यो भइसकेपछि पक्कै पनि रोजगारी सिर्जना कति भयो के भयो । त्यसको जवाफ म त्यो बेला दिउँला ।
12:48
रामजी यादव
र अब अर्को कुरा हाम्रो चुनावमा हामीले चाहिँ विदेशमा बसिरहेका युवाहरू जो पीडित छन् । जो उद्धार गर्न उद्धार हुन चाहिरहेका छन् जो चाहिँ फर्केर नेपाल आउन चाहिरहेछन् ।
13:02
रामजी यादव
त्यो प्रक्रिया हामी नियमित रूपमा चाहिँ गरिरहेका छौं । त्यो एकैचोटी यति जनालाई हामीले ल्याइसक्यौं र यति जना ल्याउँदैछौं भइन ।
13:08
रामजी यादव
त्यो नियमित प्रक्रिया हो । दैनिक रूपमा विचार जना दुईचार जना हामीले राहत उद्धार चाहिँ गरिराछौं ।
13:14
रामजी यादव
क्षतिपूर्ति कै कुरा गर्नु हो भने राहत तथा क्षतिपूर्ति कै कुरा गर्नुभयो भने पछिल्लो ९ महिनामा १२ करोडको क्षतिपूर्ति भराएको थियो भने हामी तीन महिनामै ३१ करोडको क्षतिपूर्ति भरायौं र यो मुद्दाको उजुरी फर्चौट रेट चाहिँ हामीले २४३ % ले वृद्धि गर्यौं । त्यो तीन महिनामा तीन महिनामा गरेको काम हो जुन हामीले सही दिनभित्र गरेको यो कामको चाहिँ सार्वजनिक पनि गरेका छौं ।
13:39
रामजी यादव
त्यो भएर चाहिँ अब पहिला चाहिँ जुन तरिकाले हामी चलेका थियौं । अब हामी फरक ढङ्गले चल्न खोजेको हो ।
13:48
रामजी यादव
हामीले अब आउने दिनमा चाहिँ पक्कै पनि एउटा यस्तो वातावरण बनाउछौं । जो विदेश जान चाहने युवाहरू बाध्यताले होइन ।
13:57
रामजी यादव
अवसर यो ट्रान्सफर्मेशन आफ्नो परिवारको आफ्नो जीवनको ट्रान्सफर्मेसन गर्न पाओस् भनेर उता जाओस् । यो स्यालरीको खोजीमा उता जान सकुन् ।
14:08
रामजी यादव
त्यस्तो खालको हामी वातावरण बनाउँदै छौं । त्यो बन्नको लागि पक्कै पनि हामी यही वर्षमा केही प्रगति पनि देखाउँछौं र यही आएर म फेरि पनि त्यो सार्वजनिक गर्ने छु ।
14:20
नारायण प्रसाद दाहाल
माननीय मन्त्रीज्यूलाई आसन ग्रहण
14:21
नारायण प्रसाद दाहाल
गर्न अनुरोध हेर्छु ।