00:00
डोलप्रसाद अर्याल
सदस्य प्रकाश सिंह कार्की । समय ५ मिनेट ।
00:02
डोलप्रसाद अर्याल
त्यसपछि माननीय सदस्य राजेन्द्र कुमार राई ।
00:10
प्रकाश सिंह कार्की
सम्माननीय सभामुख महोदय, हामीले सडक बनाइ पुल बनाइ सुरुङ्ग बनायौं विमानस्थल बन्यो । यो सबै आवश्यक छन् तर प्रश्न के हो भने यी पूर्वाधार हुँदै जाने बाटोमा नेपाली उत्पादन कहाँ छ ।
00:22
प्रकाश सिंह कार्की
रोजगारी कहाँ छ । उद्योग कहाँ छ ।
00:24
प्रकाश सिंह कार्की
हामीले विकासलाई कहिलेकाहीँ यति धेरै सिमेन्ट र डन्डी मा नाप्न थाल्यौँ कि लाग्छ । देशको विकास भयो कि विकासको फिल मात्र बढ्यो ।
00:32
प्रकाश सिंह कार्की
सभामुख महोदय अब हाम्रो विकासको प्राथमिकता बदल्नुपर्छ । सडकले उत्पादन बजार पुर्याओस् सुरुङ्गल व्यापारको समय र लागत घटाओस् विमानस्थलले त्यसबाट पर्यटक लगानी र व्यापार भित्रियोस् र सबैभन्दा महत्त्वपूर्ण सरकार आफै उद्योग चलाउने होइन ।
00:47
प्रकाश सिंह कार्की
उद्योग चलाउने निजी क्षेत्रलाई सुरक्षित वातावरणका साथ नीति बनाएर अगाडि बढ्नुपर्छ । सरकारको काम व्यापारी बन्ने होइन ।
00:54
प्रकाश सिंह कार्की
व्यापार गर्ने वातावरण बनाउने हो । सरकारले कारखाना मेसिन चलाउने होइन ।
00:58
प्रकाश सिंह कार्की
नीति र कानुनको मेसिनरी चलाएर निजी क्षेत्रलाई उद्योग चलाउने वातावरण दिने हो । सभामुख महोदय , नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ ।
01:08
प्रकाश सिंह कार्की
उपलब्ध अध्ययनअनुसार कुल ग्यास उत्पादनमा निजी क्षेत्रको योगदान ८०% भन्दा बढी र रोजगारीमा पनि निजी क्षेत्रको ठुलो हिस्सा रहेको देखिन्छ । त्यसैले अब निजी क्षेत्रलाई शङ्काको दृष्टिले होइन राष्ट्रिय आर्थिक साझेदारीको रूपमा हेर्नुपर्छ ।
01:29
प्रकाश सिंह कार्की
किन कि निजी क्षेत्रलाई लगानी गर्न दिनुपर्छ । उद्योग खोल्ने प्रतिस्पर्धा गर्ने र नाफा कमाउन दिनुपर्छ ।
01:34
प्रकाश सिंह कार्की
तर सरकारले स्पष्ट नीति नियम बनाएर कर तिर्ने रोजगारी सृजना गर्ने र गुणस्तरीय उत्पादन गर्ने उपभोक्ताको अधिकार संरक्षण गर्ने बाध्यकारी कानुन भने बनाउनुपर्छ । सरकारको भूमिका जहिले अभिभावक के हुन आवश्यक छ ।
01:48
प्रकाश सिंह कार्की
सभामुख महोदय, बन्द उद्योगबारे सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्छ । वर्षौंसम्म घाटामा उद्योग चलाएर जनताको कर खर्च गर्नु समाधान होइन ।
01:57
प्रकाश सिंह कार्की
सम्भावना भएका उद्योगहरूको व्यावसायिक मूल्याङ्कन गरौं । निजी क्षेत्रलाई पारदर्शी प्रतिस्पर्धाबाट सहभागी गराउँ र सक्षम व्यवस्थापनलाई जिम्मेवारी दियौं ।
02:06
प्रकाश सिंह कार्की
सरकारले उद्योग चलाउने होइन । उद्योग चल्ने वातावरण बनाउने हो ।
02:09
प्रकाश सिंह कार्की
घाटा सरकारले बेहोर्ने बजेट थप्ने र कर जनताले तिरिरहन चक्र अब अन्त्य गर्नुपर्छ । सभामुख महोदय अब मेरो गृह जिल्ला सोलुखुम्बुको कुरा गर्न चाहन्छु ।
02:19
प्रकाश सिंह कार्की
सोलुखुम्बु सगरमाथाको जिल्ला मात्र होइन । यो कृषि जलविद्युत र पर्यटनको अथाहा सम्भावना भएको जिल्ला हो ।
02:25
प्रकाश सिंह कार्की
हाम्रा किसानले आलु, किबी स्याउ चौरीको दुध र जडिबुटी उत्पादन गर्छन् तर समस्या के छ भने किसानले उत्पादन गर्छन् । किसानले कच्चा पदार्थ बेच्छन् तर अरूले बजार खोज्छन् र नाफाहरूले कमाउँछन् ।
02:36
प्रकाश सिंह कार्की
यो अवस्था अब बदलिनुपर्छ । सरकार आफै आलुको चिप्स कारखाना खोल्न जाने होइन ।
02:41
प्रकाश सिंह कार्की
सरकारले नीति बनाउने पूर्वाधार दिने सडक, विद्युत् पुर्याउने हो । निजी क्षेत्रको लगानी सुरक्षा गर्ने हो ।
02:49
प्रकाश सिंह कार्की
उद्योग निजी क्षेत्रले खोल्ने वातावरण बनाउनुपर्छ । सोलुखुम्बुको किबी सोलुखुम्बुमै प्रशोधन भएर जुसलगायतका उत्पादन बनोस् ।
02:58
प्रकाश सिंह कार्की
स्याउबाट जुस र अन्य वस्तु बनोस् चौरीको दुधबाट गुणस्तरीय चिज र दुध दुग्धजन्य पदार्थ उत्पादन होस् । जडिबुटी कच्चै बेचौं प्रशोधन गरेर मूल्य बढाउँ ।
03:09
प्रकाश सिंह कार्की
अब किसानले कच्चा पदार्थ बेच्ने होइन आफ्नै उत्पादनको ब्रान्ड बेच्ने सोलुखुम्बु बन्ने वातावरण बनाउन सरकारसँग म जोडदार माग गर्दछु । साथै किसानले पसिना बगाउने नाफाहरूले खाने अवस्थाको अब अन्त्य हुनुपर्दछ ।
03:22
प्रकाश सिंह कार्की
सभामुख महोदय जलविद्युतमा पनि यही स्पष्ट नीतिको आवश्यक छ । सरकारले वातावरण बनाओस् निजी क्षेत्र लगानी गरोस् ।
03:29
प्रकाश सिंह कार्की
स्थानीय जनता साझेदारी बनुन् । स्थानीयलाई शेर रोजगारीको सुनिश्चितता गरिनुपर्छ ।
03:34
प्रकाश सिंह कार्की
र यही मोडेलमा जलविद्युत् विकास पूर्वाधार निर्माण गरिनुपर्छ । त्यसैले पर्यटन सोलुखुम्बुको सम्भावना अझै विशाल छ ।
03:42
प्रकाश सिंह कार्की
सगरमाथा त छँदै छ । पिकेडाँडा महाकुलुङ, पाँचपोखरी जुगको सुको सुकेपोखरी लगायत धेरै पर्यटकीय गन्तव्य छन् ।
03:49
प्रकाश सिंह कार्की
अब सरकारले सबै ठाउँमा आफै होटल खोल्ने होइन । सरकारले पर्यटनको सम्भाव्यता अध्ययन गरी आवश्यक ठाउँमा केवलकार साहसिक पर्यटक र अन्य आधुनिक पूर्वाधार विकास गरियोस् ।
04:00
प्रकाश सिंह कार्की
निजी क्षेत्रलाई लगानी गर्ने वातावरण गरियोस् सभामुख महोदय अब विकासको मापन पनि बदल्नुपर्छ । सडक कति किलोमिटर बन्यो कति उद्योग दर्ता भए कति लगानीको प्रतिबद्धता आयो भन्ने होइन ।
04:12
प्रकाश सिंह कार्की
कति नेपाली युवाहरूले रोजगार पाए कति उत्पादन बजारसम्म पुग्यो कति पुँजी वास्तवमै लगानी भयो भन्नेतिर सरकारको ध्यान जान आवश्यक छ । सभामुख महोदय हामीलाई यस्तो नेपाल चाहिएको छ ।
04:26
प्रकाश सिंह कार्की
जहाँ युवा रोजगारी खोज्न विदेश जान बाढ्दै नहोस् बरू विदेशी लगानीकर्ता नेपालमा उद्योग खोल्न आउन चाहोस् । हामीलाई यस्तो अर्थतन्त्र चाहिएको छ ।
04:35
प्रकाश सिंह कार्की
जहाँ सरकार उद्योगको मालिक होइन । उद्योगको संरक्षक र सहजकर्ता बनोस् ।
04:39
प्रकाश सिंह कार्की
जहाँ निजी क्षेत्रलाई समस्या होइन समाधानको साझेदारी मानियोस् । त्यसैले सरकारसँग मेरो स्पष्ट आग्रह छ ।
04:45
प्रकाश सिंह कार्की
स्रीस्थिरनीति लगानीको सुर सुरक्षा गरी कर प्रशासनिक झन्झट हटाइयोस् र पूर्वाधार निर्माण गरी निजी क्षेत्रलाई विकासको वातावरण सृजना गरियोस् । किनभने सरकारले सबै काम गर्न खोज्यो भने सरकार थाक छ ।
04:59
प्रकाश सिंह कार्की
निजी क्षेत्रलाई
05:00
प्रकाश सिंह कार्की
काम गर्न दियो भने अर्थतन्त्र जाग्छ र अन्त्यमा सडकले बजार खोज्छ । उद्योगले रोजगारी दिन्छ ।
05:06
प्रकाश सिंह कार्की
निजी लगानीले पुँजी जोड्छ र सही नीतिले यी सबै समृद्धिसँग जोड्छ । त्यसैले