00:13
डोलप्रसाद अर्याल
माननीय सदस्य क्यान बहादुर शाही । समय ६ मिनेट ।
00:15
डोलप्रसाद अर्याल
त्यसपछि माननीय सदस्य टिका संघ रौरा । सम्माननीय
00:29
ज्ञानबहादुर शाही
सम्माननीय सभामुखज्यू, आज विशेष गरेर हामी नेपालभन्दा अलिकति बाहिरको विषयवस्तु उठाउन चाहन्छु । आज ति लाखौं नेपालीहरू जो आफ्नो घरको चुलो निम्न नदिन छोराछोरीको भविष्य बनाउन र बाबु आमाको औषधि किन्न र परिवारको सपना पूरा गर्न आफ्नो देश छोडेर विदेशिएका छन् ।
00:46
ज्ञानबहादुर शाही
सभामुखज्यू । र आज हामी सबै नेपालीले सुन्नै पर्ने कुरा छ हो ।
00:51
ज्ञानबहादुर शाही
किनभने यो कुनै सत्तापक्ष र प्रतिपक्षको विषयवस्तु होइन । प्रदेशमा जाने नेपालीको हातमा पासपोर्ट मात्रै हुँदैन ।
00:58
ज्ञानबहादुर शाही
घरको ऋण हुन्छ र आमा बुवाको आशा हुन्छ । श्रीमतीको भरोसा हुन्छ र छोराछोरीको भविष्य हुन्छ ।
01:03
ज्ञानबहादुर शाही
तर आज त्यही नेपाली विदेश पुगेपछि ठगीमा पर्छ । अलपत्र पर्छ ।
01:07
ज्ञानबहादुर शाही
तलब पाउँदैन । सम्झौताअनुसार फरक काम गर्न बाध्य छ ।
01:11
ज्ञानबहादुर शाही
र यति धेरै मानसिक अवस्था आउँछ कि आत्महत्या गर्न बाध्य छ र नेपालमा रातो बाकस भएर फर्किनुपर्छ सम्माननीय सभामुख महोदय । त्यो भएको हुनाले कति मान्छे भन्दा हाम्रो नेपाल करिब करिब जति अहिले हामी नेपालमा बस्छौं ।
01:26
ज्ञानबहादुर शाही
यसको बराबरी छ । तर ७०,००,००० ले मात्रै तपाईको अहिले तपाईंको श्रम स्वीकृति लगेको रेकर्ड छ ।
01:31
ज्ञानबहादुर शाही
तर रेकर्ड नभएको जोड्ने भने झन्डै १० करोड मान्छे आज विदेशमा छ । तर तिनीहरूलाई नेपाल सरकार छ कि छैन जस्तो व्यवहार राज्यबाट भइरहेको छ ।
01:39
ज्ञानबहादुर शाही
यो केवल सङ्ख्या होइन आधा देशबाहिर छ । विदेशमा पसिना बगाएर नेपाली युवाले पठाएको पैसाले नेपालको अर्थतन्त्र धानेको छ ।
01:47
ज्ञानबहादुर शाही
पछिल्लो तथ्याङ्कअनुसार झन्डै २१ खर्ब रुपैयाँ चाहिँ रेमिट्यान्सबाट नेपाल आएको छ र नेपाल धानिरहेको छ । आज तपाईं हामीले खानै यो तलब पनि त्यो रेमिट्यान्सबाट देश चलिरहेको छ ।
01:58
ज्ञानबहादुर शाही
जसले नेपालको अर्थतन्त्र धानेका छन् । उनीहरूको जीवन अधिकार कसले भन्ने सम्माननीय सभामुखज्यू, हामीले विदेशबाट रेमिट्यान्स मात्र भित्रेका छैनौं ।
02:06
ज्ञानबहादुर शाही
हरेक वर्ष हामीले रातो बाकस पनि भित्र हेका छौं । करिब १६० जना मान्छे अहिले विदेशमा विदेशमा मरेर रातो बाकसमा नेपाल फर्किएका छन् ।
02:14
ज्ञानबहादुर शाही
हरेक सङ्ख्याको पछाडि एउटा परिवार छ । एउटा बाकस नेपाल फर्किँदा एउटा घरको सपना फर्किन्छ ।
02:19
ज्ञानबहादुर शाही
फर्किँदा फर्किँदैन । एउटा सब विमानस्थलमा झर्दा एउटा परिवारको भविष्य पनि भत्किएको हुन्छ ।
02:24
ज्ञानबहादुर शाही
जापानकै उदाहरण हेरौं सम्माननीय सभामुखज्यू, अहिले एक वर्षमा जापानमा झन्डै ७३ जना मान्छेको मृत्यु भयो । ७३ मध्ये २८ जना मान्छेहरूले आत्महत्या गरेका छन् ।
02:34
ज्ञानबहादुर शाही
२८ जना मान्छेहरू आत्महत्या गर्न बाध्य कसरी पारिएका छन् भने जापानमा आज हजारौं विद्यार्थीहरूलाई अलपत्र पारिएको छ । नेपालबाट जापान लिने कन्सल्टेन्सी खोलेका छन् र अलपत्र पारिएको छ र कुकिङभिसाबभन्दै अलपत्र पारिएको छ ।
02:47
ज्ञानबहादुर शाही
अब ती अपराधीलाई कारबाही गर्ने कि नगर्ने यो प्रश्न खडा भएको छ र त्यो अपराध गर्ने अपराधीहरू विभिन्न सत्ता र शक्तिको ८ मा भात्री सङ्गठनको कार्यक्रम गर्दै हुन्छन् । अहिले पनि कार्यक्रम गरिराख्छन् ठाउँ ठाउँमा फुल्टुलाई तपाईं हामी जाँदाखेरि एयरपोर्टमा फुलमा खातामा ला लाउने तिनीहरू नै हुन्छन् ।
03:02
ज्ञानबहादुर शाही
तर हिजो अर्कै पार्टीका थिएँ । तर आज सत्ताधारी पार्टीका सदस्य छन् ।
03:05
ज्ञानबहादुर शाही
तिनीहरू तिनीहरूलाई कारबाही गर्ने कि नगर्ने यो प्रश्न आज यहाँ उठेको छ । र अर्को एउटा ठुलो समस्या छ ।
03:11
ज्ञानबहादुर शाही
विदेशमा के छ भने ७५० नेपाली बराबर एउटा कर्मचारी विदेशी निकायमा आज एउटा गाउँपालिकामा झन्डै २५० देखि ३ जना सरकारी कर्मचारी हुँदा आज ७०० नेपाली बराबर एक जना कर्मचारी राख्यो भने उसले सुविधा दिन सक्छ कि सक्दैन सुविधा दिन नसकेका कारणले गर्दा आज तपाईको त्यहाँ राज्य छ कि छैन भन्ने स्थिति पैदा भएको छ । सम्माननीय सामज ।
03:33
ज्ञानबहादुर शाही
विदेशमा मात्र अप्ठ्यारो छैन । यही नेपालमा पनि आज नेपालमा बसेर केही एजेन्टहरूले कन्सल्टेन्सी र गृहहरूले युवालाई स्थपना बेचिरहेका छन् ।
03:41
ज्ञानबहादुर शाही
कुकको काम पक्का छ । को केही विशाल सजिलै पाइन्छ ।
03:43
ज्ञानबहादुर शाही
विद्यार्थी गएपछि काम सजिलै पाइन्छ । महिनामा यति लाग उति लाग भनेर तलबको व्यवस्था गर्ने यस्ता आश्वासन दिने घरको जमिन दिदो राखिन्छ ।
03:51
ज्ञानबहादुर शाही
ऋण लिइन्छ । सुन बेचिन्छ ।
03:53
ज्ञानबहादुर शाही
बा उहाँको कमाइ राखिन्छ । तर विदेशमा गएपछि न काम पाइन्छ न भनेजस्तो तलब पाइन्छ न सम्झौता पाइन्छ ।
03:59
ज्ञानबहादुर शाही
कतिपयको आज पासपोर्ट रोकिएको छ । कतिपय आज ठगीमा परेका छन् ।
04:03
ज्ञानबहादुर शाही
त्यही भएर सम्माननीय सभामुखज्यू, आज यो संसदमा म अपिल गर्न चाहन्छु । यो सत्ता पक्षको कुरा होइन ।
04:09
ज्ञानबहादुर शाही
यो प्रतिपक्षको कुरा होइन । र यो संसदमा बोलेर यहीँ सकिने कुरा पनि होइन ।
04:14
ज्ञानबहादुर शाही
यो संसदमा आज हामीले बोलिसकेपछि मन्त्रीको जवाफ चाहन्छु । जवाफ होइन काम चाहन्छु ।
04:19
ज्ञानबहादुर शाही
र स्पष्टका साथ आज नेपालीहरू १०,लाख भन्दा बढी नेपालीहरू हरेक वर्ष ठगीमा परेका छौं । आज १० लाख भन्दा बढी नेपालीहरू कसैले उजुरी दिएका छन् ।
04:28
ज्ञानबहादुर शाही
कसरी उजुरी दिएका छैन । त्यसका लागि हामी सबै एकजुट हुनुपर्छ ।
04:31
ज्ञानबहादुर शाही
सत्तापक्ष प्रतिपक्ष सब एकजुट बनेर एउटा संसदीय छानबिन समिति गठन गरियोस् र अपराधीलाई कारबाही गरौं । कारबाही गर्न यदि राज्य सक्दैन भने राज्यले स्पष्ट भन्नुप्क्नुपर्छ कि मैले कारबाही गर्न सक्दैन ।
04:44
ज्ञानबहादुर शाही
त्यो भएको हुनाले यो संसदमा बोल्ने मात्र विषयवस्तु होइन । यो हामीले बोलेर आज यहीँ टुङ्गिने विषयवस्तु होइन ।
04:50
ज्ञानबहादुर शाही
एक एक छानबिन गरौं । अहिले जानुस् ।
04:52
ज्ञानबहादुर शाही
हरेक गल्लीमा जानुभयो भने हरेक सांसदहरूलाई तपाईं तपाईंको सबै सांसद माननीयज्यूलाई थाहा होला । ।
04:56
ज्ञानबहादुर शाही
तपाईंको मोबाइलमा फोन आउँछ । मलाई यति लाग्या ठग्यो ।
05:00
ज्ञानबहादुर शाही
मलाई यो दिन जान्छु भनेर ठग्यो । आज विदेशमा अलपत्र पारिएको छ र तिनीहरूलाई कसरी न्याय दिने ?
05:06
ज्ञानबहादुर शाही
अहिलेको वर्तमान कानुनले यदि तपाईको अवरोध पुर्याएको छ भने हामी यही संशोधन काहीँ भगवान विष्णुले गएर पारित गर्ने होइन । कुनै देउता भगवान आएर गर्ने होइन ।
05:17
ज्ञानबहादुर शाही
यही संसदले कानुन पारित गर्ने हो । सरकारले कानुन बनाएर ल्याएर आउनुस् ।
05:20
ज्ञानबहादुर शाही
हामी सत्तापक्ष प्रतिपक्ष नबनिकन यहीँबाट हामी कडा कानुन पारित गरौं । अहिले जो कानुन छ त्यो कानुन एउटा बाधा र र्छन भएको अवस्था सिर्जना बनेको छ भने होइन भने एउटा संसदीय छानबिन समिति तत्काल गठन गरियोस् ।
05:34
ज्ञानबहादुर शाही
यसमा अपराधीलाई कसरी कारबाही गर्ने नेपालका कन्सल्टेन्सीहरूले के गर्ने यति धेरै ठगी भएको छ । आज मान्छे विदेशमा मर्न अलपत्र परेको छ ।
05:42
ज्ञानबहादुर शाही
आज अलपत्र परेका मान्छेको उद्धार भएको छैन । त्यो भएको हुनाले सम्माननीय सभामुखमार्फत र सभामुखमार्फत यो सरकारले संसदीय छानबिन समिति गठन गरी हामी सबै एकजुट बनेर विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरौं भन्न चाहन्छु र यो अपिल गर्न चाहन्छु र यो यदि फेरि भएन भने र भएन भने फेरि हामी यो आवाज उठाउँछौं ।
06:02
ज्ञानबहादुर शाही
र आज जसरी पनि देश विदेशमा अलपत्र परेका नेपालीहरूलाई उद्धार नगरीकन ती नेपालीहरू सुरक्षित नभइकन नेपाल सुरक्षित हुँदैन सम्माननीयज्यू जहाँ नेपाल कतिकै र सुरक्षित हुन्छ भने उनीहरू सुरक्षित भए भने उनीहरूको परिवार सुरक्षित हुन्छ । परिवार सुरक्षित भयो भने नेपाल सुरक्षित हुन्छ ।
06:17
ज्ञानबहादुर शाही
म यही अपिल गर्न चाहन्छौं । यही अनोद गर्दा संसदीय छानबिन समिति अब आवश्यक ठहरिएको छ ।
06:22
ज्ञानबहादुर शाही
त्यो संसदबाट संशोधित छानबिन समिति घोषणा गरियोस् । हस् धन्यवाद ।