00:00
रुबी कुमारी
माननीय टिका सम्रौला । समय ४ मिनेट ।
00:02
रुबी कुमारी
त्यसपछि माननीय नरेन्द्रकुमार केरुङ ।
00:08
टिका सङ्ग्रौला
सम्माननीय सभामुख महोदय, बेलायतका प्रधानमन्त्री विस्टन चर्चिलले कुनै बेला भन्नुभएको थियो । जब मानिसहरू सत्यको सामना गर्न सक्दैनन् ।
00:17
टिका सङ्ग्रौला
तब उनीहरू परिवर्तनमाथि नै औला उठाउन सुरु गर्छन् । सभामुख महोदय, यो भनाई आज भोलि यो सदनमा भइरहेका केही प्रतिपक्षी दलका दिग्गज माननीयज्यूहरूका गतिविधिहरूसँग निकै मिल्दो जुल्दो छ ।
00:29
टिका सङ्ग्रौला
सभामुख महोदय, भदौ २३ र २४ गते यो देशमा कसैले नसोचेको विद्रोहको आँधी आयो र त्यो आँधीको आकाशबाट गुज्रिएर तत्कालीन सरकार हेलिकप्टर चढेर बेपत्ता भयो । त्यसपश्चात यो देशमा अन्तरिम सरकार आयो र त्यो सरकारको नेतृत्वमा यो देशमा भएका सबै राजनीतिक दलहरू चुनावमा होमिए ।
00:46
टिका सङ्ग्रौला
चुनावमा आम नेपाली जनताले विश्वास र भरोसा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई १८२ सिटसहित बहुमत प्रदान गरेर यो देशको नेतृत्व गर्न पठाए । फलस्वरूप यो देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेर हिँडिरहेको छ ।
00:58
टिका सङ्ग्रौला
तर सभामुख महोदय, सदन सुरु भएको दिनदेखि सरकार बनेको दिनदेखि आजको दिनसम्म आइपुग्दा यो सरकारको वैधानिकतामाथि नै बारम्बार प्रतिपक्षी दलका दिग्गज माननीयज्यूहरूबाट प्रश्न उठाउँदै आइरहेको छ । भनिएको छ कि संसद भवन जलाएर सिम दरबार छिरेका अनि टियो विज्ञान अनि उहाँहरूले एउटा एकदमै धेरै दोहोर्याउने शब्द जुन कहिले पनि सुन्न मनुपर्दैन ।
01:18
टिका सङ्ग्रौला
त्यो एल्गोरिदमबाट चुनाव जितेको सम्माननीय सभामुख महोदय, आज म यो सम्मानित सदनमा यहाँ उभिएर एउटा कुरा लालटिन क्लियर भन्न चाहन्छु कि यो पटक प्रष्ट रूपमा अन्धकार भ्रष्टाचार बेथिति र लोकतन्त्रको खोल ओडेर यो देशलाई बर्बाद बनाउन खोज्नेहरूको अनुहार एल्गोरिदमले हेर्नै चाहेन । लगोरिदमले गोलिले नयाँ
01:39
टिका सङ्ग्रौला
हेर्यो । युवा हेर्यौं, सम्भावना
01:40
टिका सङ्ग्रौला
हेर्यो अनि परिवर्तनको घन्टी बजायो । त्यसकारण आज हामी यहाँ उभिएका छौं ।
01:44
टिका सङ्ग्रौला
सभामुख महोदय , हामी जिम्मेवार छौं र जिम्मेवार बन्न चाहन्छौं । सभामुख महोदय, आज सरकार बनेको ठ्याक्कै ४५ दिनभित्र छ ।
01:50
टिका सङ्ग्रौला
यो बिचमा राष्ट्रले बर्बाद बनायो सो का भत्कायो सुकुमबासी उठायो यहाँ पनि चलायो त्यहाँ पनि चलायो कर लगायो भनेर प्रतिपक्षी दलका माननीयज्यूले भनिरहनुभएको छ । सभामुख महोदय म उहाँहरूलाई तपाईंहरूले ३५ वर्षसम्म यो देशमा के गर्नुभयो भनेर सोध्न चाहँदिन ।
02:05
टिका सङ्ग्रौला
जरुर ५ वर्षमा केही राम्रा कामहरू पनि भएका छन् । तर सभामुख महोदय यो देशले सबैभन्दा यति दिएर भ्रष्टाचारको भाउ यही ५ वर्षभित्र पाएको छ र त्यो ३५ वर्षको व्यतिति र भ्रष्टाचारको चोटलाई अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले यो सरकारले उपचार गर्न सुरु गरिसकेको छ ।
02:21
टिका सङ्ग्रौला
उपचार गर्ने क्रममा कतै चिर्न पर्ने हुन्छ । कतै सिलाउनुपर्ने हुन्छ कतै मिलाउनुपर्ने हुन्छ ।
02:25
टिका सङ्ग्रौला
अनि यो चिर्ने सिलाउने र मिलाउने क्रममा र आत्था भन्यो भने त्यो गाउँको उपचार हुन पाउँदैन । सभामुख महोदय, गाउँको उपचार नभएपछि त्यो गाउमा क्यान्सर हुन्छ ।
02:34
टिका सङ्ग्रौला
यो सरकार यो देशलाई भ्रष्टाचार, बेथिति, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ । सम्माननीय सभामुख महोदय, अस्ति भर्खर एकजना विद्वान माननीयज्यूले भन्दै हुनुहुन्थ्यो कि तपाईंहरूले सोक्नुभएन अब हामी आउँछौं र सरकार चलाउँछौं ।
02:47
टिका सङ्ग्रौला
मलाई अचम्म लागेर दुःख पनि लाग्यो । सभामुख महोदय , उहाँहरूले नै नेतृत्व गरेको तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेन्जीको रगत अझै राम्रोसँग सुकेको छैन ।
02:58
टिका सङ्ग्रौला
पशुपतिमा पशुपतिमा जलाइएको १२ वर्षको स्कुल ग्रेसमा जलाइएको १३ वर्षको बच्चाको खरानी बागमतीको किनार राम्रोसँग गइसकेकै छैन । २३ र २४ गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवा आमाहरू बरखी पारेर बसिरहनुभएको छ ।
03:13
टिका सङ्ग्रौला
उहाँहरूको शरीरबाट सेतो कपडा उत्रेको छैन कुन हिम्मतले फेरि यहाँ आउँछ र तिनै जनतामाथि शासन गर्छौं भनेर उहाँले भनिरहनुभएको छ । मलाई लाग्छ सभामुख महोदय, यस्तो कुरा जगतले विश्वास गर्दैन जगतले पत्याउँदैन ।
03:27
टिका सङ्ग्रौला
त्यसकारण अब यदि कसैले विश्वास गर्ने यो ठाउँ छ भने यो सरकारलाई विश्वास गरेका छन् । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको नेतृत्व र सम्माननीय पार्टी सभापति रवि लामिछानेज्यूो मार्ग निर्देशनमा अब यो देश चल्छ ।
03:39
टिका सङ्ग्रौला
त्यसकारणले यसमा कसैले शङ्का गर्नुपर्दैन र जाँदा जाँदै यो सदनमा धेरैपटक एउटा प्रश्न उठाइन्छ कि कालो चस्मा लगाउनुभयो कालो चस्मा लगाउनुभयो । चिनिया एकजनाको म्युनिष्ट नेता देनपिङगले भन्नुभाको थियो ।
03:51
टिका सङ्ग्रौला
बिरालो कालो होस् कि सेतो होस् मुसा मार्न पर्यो । सभामुख महोदय, प्रधानमन्त्रीले कालो चस्मा लगानी सेतो जसमा लगाइने यो देश बनाइदिनुभएपुगेन र सभामुख महोदय त्यसकारण अब प्रश्न कालो चस्मा माथि होइन ।
04:03
टिका सङ्ग्रौला
प्रतिपक्षी दलका माननीयज्यूहरूको कालान्यतमाथि हामीले प्रश्न गर्छौं र जनताले प्रश्न गर्छन् । धन्यवाद ।