00:00
रुबी कुमारी
माननीय भूमिका लिम्बु समय ४ मिनेट । त्यसपछि माननीय आरएन राई
00:07
भूमिका लिम्बु सुब्बा
सम्माननीय सभामुखज्यू, सबैभन्दा पहिला म यो मर्यादित सदनमा यो प्रतिवादमाथि प्रतिवाद गराएर यो संसद मर्यादित सदनमा दोहोरी खेल्ने कार्य बन्द गराउनुहुन पनि म सभामुखज्यूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । सम्माननीय सभामुख महोदय, म प्रज्ञा प्रतिष्ठानहरू गठन भएको प्रक्रियाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
00:43
भूमिका लिम्बु सुब्बा
सरकारले हालै प्रज्ञा प्रतिष्ठान नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल संघीय तथा नाट्य नाट्य प्रज्ञा प्रतिष्ठान नियुक्ति टुङ्ग्याएको को छ छ । ।
00:57
भूमिका लिम्बु सुब्बा
यो नियुक्तिको प्रक्रियाले सरकारको सुशासन, पारदर्शिता निष्पक्षता र खुल्ला प्रतिस्पर्धाको नारामाथि गम्भीर प्रश्न उठाएको छ । सभामुख महोदय , यो प्रश्न नियुक्त भएका व्यक्तिहरूको योग्यता अर्थात् उनीहरू योग्य छन् कि छैनन् भन्ने होइन ।
01:27
भूमिका लिम्बु सुब्बा
यो योग्य ठहराउने प्रक्रिया के हो भन्ने प्रति प्रश्न हो । तीन महिना अगि दरखास्त आवहान गरियो ।
01:38
भूमिका लिम्बु सुब्बा
सिफारिस समिति मन्त्रालयले मन्त्रालयले सिफारिस समिति र मन्त्रालयले भित्रभित्रै नामहरू सङ्कलन गर्यो । तर कसले आवेदन दिए भन्ने कुराको पारदर्शिता छैन ।
01:52
भूमिका लिम्बु सुब्बा
एकैचोटि सरकारले मनोनित र नियुक्ति भएको पदाधिकारी र सदस्यहरूको सूची पर्यटन मन्त्रालयको वेबसाइट र सञ्चार माध्यमहरू मार्फत सार्वजानिक गराइयो । म सरकारसँग सोध्न चाहन्छु ।
02:06
भूमिका लिम्बु सुब्बा
हिजोको नियुक्ति राजनीतिक नियुक्ति थियो भन्दै अघिल्लो सरकारलाई दोष दिएर कार्यकाल बाँकी रहेकाहरूलाई अध्यादेश ल्याएर हटाउने अनि आफूले गरेको नियुक्तिलाई मेरिटको नाम दिने आवेदकहरूको नामावली सूची कहाँ छ । स्वटलिफ्ट कहाँ छ ।
02:23
भूमिका लिम्बु सुब्बा
अन्तरवार्ता भयो कि भएन । यदि यो बेसिक प्रक्रिया नै पूरा नगर्ने हो भने फेरि दरखास्तको आव्हानको नाटक किन ?
02:33
भूमिका लिम्बु सुब्बा
यसले त दरखास्त माग्नुभन्दा अगाडि नै नियुक्ति तय गरेको स्पष्ट हुँदैन र सभामुख महोदय , त्यसमा पनि नेपाल प्रज्ञा प्रतिष्ठान एउटा सामान्य जागिर खाने सरकारी निकाय होइन । सभामुख महोदय , यो नेपालको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण संवर्धन र विकासको नेतृत्व गर्ने एउटा देशकै महत्त्वपूर्ण प्रावधिक संस्था हो ।
02:56
भूमिका लिम्बु सुब्बा
नेपाली साहित्य क्षेत्रमा यही संस्थाको नेतृत्व गर्नुभएका केरमान व्यातित लैनसिङ वादल माधव प्रसाद घिमिरेर वैरागी काइला जस्ता विशिष्ट श्रष्टाहरूको नाम उच्चारण हुँदा पनि सम्मानले शिर झुक्छ । तर अहिले सरकारले महिला प्रतिको सोच, दृष्टिकोण र सार्वजनिक भाषा सिलीमा नैतिक प्रश्न उठेको व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाउनु आफैमा गम्भीर र नैतिक प्रश्न हो ।
03:26
भूमिका लिम्बु सुब्बा
र यो यस सम्मानित सदनमा प्रतिनिधित्व गर्ने करिब ३५% महिला माननीयज्यूहरू र सम्पूर्ण नेपालका आम नेपाली महिलाप्रतिको पनि अपमान हो । यो कसैको निजी जीवनमाथिको प्रश्न अथवा टिप्पणी होइन सभामुख महोदय , तर सार्वजनिक पदमा पुग्ने व्यक्तिको महिलाप्रतिको दृष्टिकोण र सार्वजनिक भाषाशैली नैतिक आचरणको मूल्याङ्कनको विषय हुनुपर्छ कि पर्दैन ।
03:56
भूमिका लिम्बु सुब्बा
त्यसैले मेरो प्रश्न सरकारलाई हो । कुलपति बन्न र मात्रै भएर पुग्ने हो कि नैतिक आचरण सुत्दा पनि हुनुपर्छ ।
04:06
भूमिका लिम्बु सुब्बा
महिला प्रतिको