00:00
रुबी कुमारी
। माननीय थाकुरसिंह थारो समय ३ मिनेट ।
00:04
रुबी कुमारी
त्यसपछि माननीय विष्णु बहादुर खडका ।
00:10
ठाकुर सिंह थारु
सम्माननीय सभामुख महोदय, २०७२ भदौ ७ र ८ गते भएको टीकापुर घटनाको छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सहकर्मी माननीयज्यूहरूले सदनमा उठाउँदै आउनुभएको मागप्रति एकबद्धता जनाउँदछु । साथै आउँदै गरेको कतै आगावै लालाको प्रतिवेदन सार्वजनिक गर्न सम्मानित सदनमार्फत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।
00:31
ठाकुर सिंह थारु
सबैभन्दा पहिला टिकापुर घटना के थियो । त्यसबारे सङ्क्षिप्त जानकारी गराउन चाहन्छु ।
00:36
ठाकुर सिंह थारु
७२ मा नयाँ संविधान जारी गर्ने तयारी भइरहँदा देश वर्ष सप्रेको नामाङ्कन र सीमाङ्कनलाई लिएर आन्दोलन चर्किएको थियो । थारु समुदायले पनि थारू बहुल क्षेत्र समेटेर थरुहट प्रदेशको नामाकरण माग गरे ।
00:47
ठाकुर सिंह थारु
थरुहट प्रदेशको माग छुट्टै राज्य हुँ थिएन । पहिचानसँग मात्रै जोडिएको थियो ।
00:52
ठाकुर सिंह थारु
हजारौं वर्ष अघिदेखि तराईको भूमिमा बसोवास गरी मानव बस्न सक्ने र खेतीका लागि गुल्जार बनाएको आफ्नो पुर्खाको इतिहास जोगाउन र पहिचान पाउनका लागि मात्रै प्रदेशको नाम थरुहट राख्न प्रस्ताव गरेका थिए । तर तत्कालीन राज्य सञ्चालन गरी राजनीतिक दलहरूले थारु समुदायको मागलाई सम्बोधन गर्नको साटो आन्दोलन दबाउन दमनमा उत्रियो र टिका पूर्वक भदौ गते भएको झडपमा साथ सुरक्षाकर्मी र एक बालकको ज्यान गयो ।
01:16
ठाकुर सिंह थारु
भदौ ८ गते कर्फ्युको बिचमा आन्दोलनमा सहभागीहरूको घर छानीछानी आगो लगाइयो र घटनामा सहादात प्राप्त गर्नु आगो लगाइयो । उक्त घटनामा सहादत प्राप्त गर्नुहुने सुरक्षाकर्मी र नबालकप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
01:30
ठाकुर सिंह थारु
सभामुख महोदय , टिकापुर घटना भएको ११ वर्ष बितिसकेको छ । तर घटना घटनुको पछाडीको कारण के थियो ।
01:37
ठाकुर सिंह थारु
त्यसको वास्तविकता के हो । त्यसको फेरिस्त खोल्ने लालाको प्रतिवेदन सार्वजनिक नहुँदा थारु समुदायले अझै पनि हिंसा भूत गरिरहेको छ ।
01:44
ठाकुर सिंह थारु
थारु समुदायका लागि यो घटना गहिरो घाउ बन्न पुगेको छ । घटना साम्ने भएको एक दशक पूरा भइसक्दा पनि टिकापुर घटनाले उत्तिकै थारु समुदायले बोलिरहेको छ ।
01:53
ठाकुर सिंह थारु
न्यायको प्रखाइमा थारु समुदायले देखाएको धेरैलाई यससँगै सरकारले उसको कमजोरी ठान्यौं । तर म विश्वास छु ।
02:00
ठाकुर सिंह थारु
यस पटकको नागरिक सरकारले लागल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने छ । चुनावका बेला हामीले थारु समुदायमा घर समुदायका घरदैलो पुगेर लागेको प्रतिवेदन सार्वजनिक गर्ने वाचा गरेका थियौं ।
02:12
ठाकुर सिंह थारु
राष्ट्रिय आयोगको राष्ट्रिय स्रोत र पार्टीले पनि थरुहट थारुवान मोर्चासँग निर्वाचन अगि समायोजनका क्रममा टिकापरघटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै लाागेको प्रतिवेदनहरू सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको सर्वविवितै छ । तसर्थ आगामी भदौ ७ गतेभित्रै जुनसुकै हालतमा पनि लालाको प्रतिवेदन सार्वजनिक गरियोस् ।
02:32
ठाकुर सिंह थारु
घटनामा संलग्न रहेका जो कोहीलाई कारबाहीको दायरामा ल्याउन सदन समक्ष माग गर्दछु । यदि प्राधिक कहानीकाे प्रतिवेदन तत्काल सार्वजनिक गर्न सकिने हो भने नसकिएको हो भने सरकारले अहिले समय विषयमा केही प्रति प्रगति गर्यो ।
02:46
ठाकुर सिंह थारु
प्रतिवेदन किन रोकियो । त्यसको स्पष्ट प्रगति विवरण र स्पष्टीकरण सदनसम्म समक्ष ल्याइयोस् ।
02:51
ठाकुर सिंह थारु
साथै यस विषयमा भदौ गते अगावै माननीय गृह मन्त्रीज्यू सम्मानित सदनमा उपस्थित भई स्पष्ट रूपमा लाल आयोको बारे जानकारी दिनु हुन जोडदार माग गर्दछु । धन्यवाद ।