00:00
रुबी कुमारी
क्रान्ति शिखा देता । समय ५ मिनेट ।
00:02
रुबी कुमारी
त्यसपछि माननीय ललिता कुमारी
00:10
क्रान्ति शिखा ढिटाल
सम्माननीय सभामुख महोदय, रौपाको थवाङ सुनछहरी र लुङ्ग्रीबाट आएका दुःखत खबरहरू सबैको कानमा परिरहेकै हुनुपर्छ । हालसम्मको अभिलेख अनुसार १७ जनाको विदारक मृत्यु भइसकेको छ ।
00:22
क्रान्ति शिखा ढिटाल
बेपत्ता हुनेहरू अझै भेटिएका छैनन् । आफ्नो तहर अझै सास भेटिन्छ कि भनेर पर्खिरहेका छन् ।
00:28
क्रान्ति शिखा ढिटाल
राजनैतिक विद्रोह प्राकृतिक विपत वा गाडी दुर्घटना जे घटना भए पनि रोल्पालीले निरन्तर सङ्कट बेहोर्दै आएका छन् । इतिहासदेखि आजसम्म अहिले निजामती प्रशासन र सुरक्षा फौज दुवैले हरेक दिन बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या टिपेर केन्द्रमा पठाइरहेका छन् ।
00:46
क्रान्ति शिखा ढिटाल
मलाई मान्छेको अमूल्य ज्यान अङ्कमा सीमित भएको देख्दा असाध्यै डर र फिर लाख्छ । नियति हो कि भनेर हातमा पुर्पुरो हात पुर्पुरोमा राख्छु ।
00:55
क्रान्ति शिखा ढिटाल
केही महिनाअघि मात्रै रोपमा भएको जीप दुर्घटनामा एउटै गाउँका १९ जनाले अनाहकमा ज्यान गुमाउनु पर्यो । १९ जना मानिस मात्रै थिएनन् ।
01:03
क्रान्ति शिखा ढिटाल
१९ वटा परिवार थिए । १९ वटा सुसार थिए ।
01:05
क्रान्ति शिखा ढिटाल
१९ वटा सपना पनि थिए । ती छिनेर गए ।
01:09
क्रान्ति शिखा ढिटाल
हामी तथ्याङ्कमा यति जनाको मृत्यु भयो । यति जना घाइते भयो भनेर गर्न सक्छौं ।
01:14
क्रान्ति शिखा ढिटाल
तर कसैको काख रिति दाको पीडा कुनै तथ्याङ्कले भन्दैन बताउन पनि सक्दैन । एउटा बच्चाले आमा बाबु गुमाउँदाको पीडा कुनै राहतको प्याकेज वा प्याकेजले मेटाउन पनि सक्दैन ।
01:26
क्रान्ति शिखा ढिटाल
जीवनसाथी गुमाउँदाको रिक्तता एकलोपन वा शून्यता कुनै क्षतिपूर्तिले भर्न सक्दैन । पिर्न पनि सक्दैन ।
01:33
क्रान्ति शिखा ढिटाल
मध्य वर्षातको समय छ । बाढी र पहिरोको त्रासदी निरन्तर छ ।
01:37
क्रान्ति शिखा ढिटाल
अझ बढ्दो क्रममा छ । कुनै पहिराले कुन बस्ती छिमल्ने हो ।
01:40
क्रान्ति शिखा ढिटाल
कुन बाढीले कुन बस्तीलाई भेलमा मिसाउने हो । यसै भन्न सकिँदैन ।
01:44
क्रान्ति शिखा ढिटाल
विपतमा को राहत बाढ्न गयो । कुन नेता गयो कसको नेतृत्वमा सामग्री पुग्यो भन्ने कुरा त गौण हुन सम्माननीय सभामुख महोदय, कुरा श्रको होइन ।
01:55
क्रान्ति शिखा ढिटाल
राज्यको उपस्थितिको शान्ताको हो समानुभूतिको हो र समान सहानुभूतिको हो । हामीले भनेका छौं ।
02:01
क्रान्ति शिखा ढिटाल
यो सरकार नागरिकको सरकार हो । यदि साच्चै नागरिकको सरकार हो भने नागरिकको दुःखमा राज्य देखिनुपर्छ ।
02:08
क्रान्ति शिखा ढिटाल
राज्य छ भने नागरिकले महसुस गर्नुपर्छ । सम्माननीय सभामुख महोदय रोल्पाको परिवर्तनको इतिहास बोकेको जिल्ला हो ।
02:15
क्रान्ति शिखा ढिटाल
किल्ला हो । त्यसरी हेर्ने हो भने त यो जिल्ला नेपालकै शक्तिशाली र समृद्ध मध्येको जिल्ला बन्नुपर्ने थियो ।
02:21
क्रान्ति शिखा ढिटाल
परिवर्तनको सपना बोकेर हिँडेको जिल्लाले विकासको उदाहरण बन्नुपर्ने थियो । १० वर्ष लामो सशस्त्र युद्धको ट्रमा बाटो त्यो गुज्रिरहेका छन् ।
02:29
क्रान्ति शिखा ढिटाल
त्यहाँका नागरिकहरू अझ आधारभूत आवश्यकताको लागि नेता गुहार्न परिरहेको यो कस्तो विडम्बना हो । आज पनि थोरै हावा चल्दा सदरमुकामै बिजुली जान्छ र रोल्पा फेरि पनि अन्धकार बन्छ ।
02:41
क्रान्ति शिखा ढिटाल
सदरमुकाममा त हावा चल्दा बत्ति जान्छ । अन्य गाउँको अवस्था के भन्नु कतै बिजुली पुगेको छैन ।
02:47
क्रान्ति शिखा ढिटाल
कतै नेटवर्क पुगेको छैन । कतै सडक पुगेको छैन ।
02:51
क्रान्ति शिखा ढिटाल
कतै स्वास्थ्य सेवा छैन । अरू के के छैन भन्दै जाने हो भने रात पर्छ ।
02:55
क्रान्ति शिखा ढिटाल
फेहरिस्त असाध्यै लामो छ । सम्माननीय सभामुख महोदय , थवाङ जसको नाम सुन्दा इतिहास विद्रोह र परिवर्तनको एकाएक ताजा भएर आउँछ ।
03:03
क्रान्ति शिखा ढिटाल
आज वार म्युजियम वार म्युजियम बन्नुपर्ने ठाउँ थियो । तिहाको इतिहासलाई लाई विश्वले हेर्नुपर्ने हो ।
03:10
क्रान्ति शिखा ढिटाल
युवाहरूले बुझ्नुपर्ने हो । पर्यटकहरू पनि उत्तिकै पुग्नुपर्ने हो ।
03:14
क्रान्ति शिखा ढिटाल
तर आज थवाङ गुम्ला जाँदा इतिहासको गौरव भन्दा कतै मृत्युको खालमा खसिने हो कि भन्ने डलर लाग्छ । सम्माननीय सभामुख महोदय रोपालीरासका धेरै रातहरू देखिसकेको छ ।
03:26
क्रान्ति शिखा ढिटाल
दशक लामो श्रवन प्रत्यक्ष भुक्तभोगी म आफै पनि हो । त्यसैले मलाई थाहा छ ।
03:31
क्रान्ति शिखा ढिटाल
मृत्युको खबर सुन्नु र मृत्यु आउने दर समय कानु रितु कतिको डर लाग्दो कुरा हो भनेर आज रोप्स छ । भोलि अर्को जिल्ला पनि यही अवस्था पुग्न सक्छ ।
03:46
क्रान्ति शिखा ढिटाल
त्यसैले हरेक विपद्पछि राहत बाड्ने होइन आउनु अघि नै नागरिकलाई सुरक्षित बनाउन राज्य चाहिन्छ । त्यहानेर राज्यको उपस्थिति हुनुपर्छ ।
03:54
क्रान्ति शिखा ढिटाल
यसैका लागि राज्यको संयन्त्र चनाखो बन्नुपर्छ । राहत आवश्यक छ ।
03:58
क्रान्ति शिखा ढिटाल
उद्धार पनि आवश्यक छ । तर त्यो भन्दा ठुलो कुरा राज्यको संवेदनशीलता र दीर्घकालीन जिम्मेवार हो ।
04:05
क्रान्ति शिखा ढिटाल
किनकि घर भत्किएपछि त सम्माननीय सभामुख महोदय घर बनाउन सकिएला । सम्पत्ति गुमेपछि पनि फेरि सम्पत्ति कमाउन सकिएला तर गुमेको मान्छे कसरी फिर्ता ल्याउन सकेला सम्माननीय सभामुख महोदय , कल्पना गरौं त आज राती सुतिसकेपछि भोलि बिहान उठ्न पाइन्छ कि पाइँदैन भन्ने भयो बोकेर सुन्नुपर्यो भने त्यो निन्द्रा कति ठुलो यातना बनेर बस्छ ।
04:27
क्रान्ति शिखा ढिटाल
हामी त कल्पना गर्दा मात्रै पनि तर्सिन छौं । तर रोल्पाका नागरिक आज हित राम छन् तडपिराबाँचिरहेका छन् ।
04:33
क्रान्ति शिखा ढिटाल
यसतर्फ सम्मानित सदन र सरकारको तुरुन्त ध्यान जाओस् । तत्काल मानवीय उद्धार र सम्मानजनक व्यवस्थापन गर्न म सदन र सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
04:44
क्रान्ति शिखा ढिटाल
धन्यवाद । ।