00:01
रुबी कुमारी
माननीय विश्वराज पोखरेल । त्यसपछि समय ४ मिनेट ।
00:05
रुबी कुमारी
त्यसपछि माननीय बोध नारायण श्रेष्ठ ।
00:16
विश्वराज पोखरेल
सम्माननीय सभामुख महोदय, नेपाल प्रहरीको इतिहास हेर्यो भने विधिगत रूपमा २०१२ सालदेखि आज झन्डै ७ दशक नेपाल प्रहरीको कानुनी इतिहास पूरा भएको छ । यो ७ दशकको काल खण्डमा यो भित्र ।
00:36
विश्वराज पोखरेल
नेपाल प्रहरीले नेपालको शान्ति सुरक्षामा नेपाल र नेपालीको सुरक्षामा अवराध र खटेर अमूल्य योगदान दिएको छ । विभिन्न राजनीतिक परिवर्तनको घडीमा होस् ।
00:50
विश्वराज पोखरेल
चाहे द्वन्द्वको छेणमा होस् । चाहे विभिन्न प्रकोपको घडीमा होस् ।
00:53
विश्वराज पोखरेल
यसको योगदान सबैले स्मरण गर्न योग्य छ । धेरै होनहार युवाहरूले यस पार्टीमा यो सङ्गठनमा आधा धेरै होनहार प्रहरीका कर्मचारीहरूले आफूलाई बलिदान दिएका छन् ।
01:10
विश्वराज पोखरेल
देश र नागरिकको लागि प्रहरीको यति महत्त्वपूर्ण योगदान हुन सक्ने यथार्थलाई ध्यानमा राखेर २०४० सालमा नेपाल प्रहरी अस्पताल स्थापना भएको थियो । यो अस्पताल स्थापना कालदेखि आजसम्म आउँदाखेरि यसले आफ्नो सेवालाई ठुलो रूपमा विस्तार गरिसकेको छ ।
01:32
विश्वराज पोखरेल
धेरै विस्तार गरिसकेको छ । अहिले यहाँ सदनमा सँधै स्वास्थ्यसम्बन्धी समस्याहरूका बारेमा छलफल भइरहन्छ ।
01:39
विश्वराज पोखरेल
प्रश्नहरू उठिरहन्छ । त्योसँग जोड्दै हेरियो भनेदेखि नेपाल प्रहरीले ४० सालदेखि नेपाल प्रहरी अस्पतालले ४० सालदेखि आज ८४ ८३ सालसम्म धेरै नै ठुलो योगदानहरू गरेको छ ।
01:51
विश्वराज पोखरेल
चाहे त्यो ७२ सालको भूकम्पमा होस् । चाहे द्वन्द्वकालमा होस् ।
01:56
विश्वराज पोखरेल
चाहे कोभिड १९ को बेलामा होस् । कोभिड१९ को बेलामा नेपाल प्रहरीले गरेको योगदान सायदै काहीँ तुलना गर्न सकिँदैन ।
02:06
विश्वराज पोखरेल
किनभने धेरै कठिन र अप्ठ्यारो परिस्थितिमा एउटा अनुशासित सङ्गठनमा रहेका डाक्टरहरूले निर्देशन बमोजिम आफूलाई ठूलो चुनौतीमा रहँदा रहँदै पनि ठुलो कठिनै सामना गर्नुपर्ने परिस्थिति रहँदा दै पनि आफ्नो सेवालाई कहिले पनि तलमाथि पारेनन् त्यति ठुलो योगदान हाम्रा डाक्टरहरूको रहेको छन् । रहेको छ ।
02:33
विश्वराज पोखरेल
र यी यो हस्पिटलको अहिलेको अवस्थालाई हेर्ने हो भने दिन प्रतिदिन यो हस्पिटल एक हिसाबले हिजोको भन्दा राम्रो पनि बन्दैको छ । अर्को हिसाबले हेर्ने हो भने यो हस्पिटललाई कसरी टिकाउ गर्दै लैजाने कसरी अज्झ समयानुकुल बनाउँदै लाने भन्ने चुनौती पनि बढ्दै गएको छ ।
02:52
विश्वराज पोखरेल
सानो कुराहरू सानो समस्याहरू पनि समयमा सम्बोधन भइ नराखेको अवस्था छ । कतिपय अवस्थामा एमआरआई मेसिन वर्षसम्म बिगिराखेको अवस्था रहन्छ ।
03:02
विश्वराज पोखरेल
महिनोसम्म सेवा पाइराख्यो छैन । सिटी स्क्यान महिनसम्म सेवा पाइरहेको अवस्था छैन ।
03:07
विश्वराज पोखरेल
यस्तो परिस्थितिमा अहिले नेपाल हस्पिटल गुजिरहेको छ । र नेपाल हस्पिटलले आफ्नै क्षमता र आफ्नै सेवाबाट यसलाई अझ मजबुत बलियो र समायनुकूल बनाउन बनाउँदै लैजानको लागि २०६४ सालदेखि नै नेपाल प्रहरी मेडिकल कलेज स्थापनाको लागि प्रयास गरिरहेको छ ।
03:25
विश्वराज पोखरेल
२०६४ सालमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने एक किसिमले अनुमति नै प्राप्त भइसकेको थियो । तर बिचमा यो विभिन्न कारणले गर्दा पूरा हुन सकेन ।
03:36
विश्वराज पोखरेल
अहिले हस्पिटल चाहन्छ । अहिले नेपाल प्रहरी अर्गनाइजेसन चाहन्छ ।
03:42
विश्वराज पोखरेल
नेपालको नेपाल प्रहरीको एउटा आफ्नै नेपाल प्रहरी मेडिकल कलेज बनोस् । त्यसको लागि सबै कुरा हाम्रो हस्पिटलमा उपलब्ध छन् ।
03:51
विश्वराज पोखरेल
लगभग सामान्य थप केही कुराहरू बाहेक डाक्टरहरू उपलब्ध छन् । २५० १५० भन्दा बढी डाक्टरहरू छन् ।
03:59
विश्वराज पोखरेल
१५० भन्दा बढी नर्सहरू छन् । १५० भन्दा बढी प्यारामेडिक्सहरू छन् र अन्य आधारभूत कुराहरू पनि छन् ।
04:06
विश्वराज पोखरेल
तर त्यो सपना आजसम्म पुरा भएको छैन । त्यसैले म सरकारसँग जोडदार माग गर्छु ।
04:11
विश्वराज पोखरेल
नेपाल प्रहरी मेडिकल कलेज स्थापनाको लागि सरकारले अनुमति दिओस् । सहयोग गरोस् र बजेट निकासा