00:00
रुबी कुमारी
माननीय दिपक कुमार शाह महतरी । समय ४ मिनेट ।
00:05
रुबी कुमारी
त्यसपछि माननीय गोविन्द पन्थी ।
00:17
दिपक कुमार साह
सम्माननीय सभामुख महोदय, धर्मो रक्षति रक्षितः । न्यायको रक्षा गर्नेको न्यायले रक्षा गर्दछ ।
00:24
दिपक कुमार साह
तर विदेशी भूमिमा कानुनी सङ्कटमा परेको नेपाली नागरिकको न्याय र अधिकारको रक्षा गर्ने जिम्मेवारी कसको हो । नै सन्देश हाम्रो हो ।
00:33
दिपक कुमार साह
हाम्रो सरकारको हो । मेरो क्षेत्र महत्तरी जिल्लाको र नगरपालिका ८ टिम्किया श्री मनोज कुमार मण्डलको घटनाको बारेमा अलिकति जानकारी गराउन चाहेँ ।
00:44
दिपक कुमार साह
कारमा सामान्य श्रमिकको रूपमा कार्यरत रहँदा आफ्नो जानकारी र सहमति बिना पूर्व रोजगारदाताले कम्पनीसँग सम्बन्धित कानुनी प्रक्रियामा उहाँको नाम जोडिएको आरोप आरोपका कारणले उनको यात्रा प्रतिबन्धमा पर्नुपर्यो । परिमाण परिणाम स्वरूप उहाँ आफ्नो परिवारलाई भेट्न नेपाल फर्किन समेत वञ्चित हुनुभएको छ ।
01:07
दिपक कुमार साह
करिब २ वर्षदेखि उहाँको परिवार बाटो कुरि कुरेर बसिरहेको छ । उहाँले कानुनी उपचारका लागि विभिन्न निकायमा निवेदन दिनुभएको छ ।
01:16
दिपक कुमार साह
नेपाली राजदूत राजदूतावासले पनि आवश्यक पहल गरेको छ । तर न्यायको प्रतीक्षामा अझै अझै प्रतीक्षा जारी छ ।
01:25
दिपक कुमार साह
यस घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ । विदेशी भूमिमा १ लाई परिवारदेखि टाढा र कानुनी प्रणालीसँग अपरिचित नेपाली श्रमिकलाई समयमै प्रभावकारी कानुनी सहायता कसरी उपलब्ध गराइन्छ ।
01:39
दिपक कुमार साह
सरकारले वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरूको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका, २०७५ जारी गरेको छ । तर हामीले इमान्दारीपूर्वक समीक्षा गर्नुपर्ने बेला आएको छ ।
01:51
दिपक कुमार साह
कि यो निर्देशिका कति व्यवहारमा हामीले उतार्न सकेका सकेका छौं छौं । कति कति कार्यान्वयन गर्न सकेका छौं ।
01:57
दिपक कुमार साह
कति जना श्रमिकले यसको लाभ पाएका छन् । कति जना अझै कानुनी अन्याय झुटा मुद्दा यात्रा प्रतिबन्ध र वा श्रम शोषणका कारणले बर्सोदेखि अलोपत्र परेका छन् ।
02:10
दिपक कुमार साह
कति जना नेपाली दाजुभाइ कानुनी सहायता नपाएर विदेशको जेलमा बस्न बाध्य छन् । सम्माननीय सभामुख महोदय , जुलाई २०२५ सम्मको सरकारी प्रतिवेदनअनुसार करिब ११७१ नेपाली श्रमिकहरू सजाय निर्धारण प्रचात विभिन्न मुलुक मुलुक डिफरेन्ट प्रमुख गन्तव्य मुलुकहरूको कारागारमा सजाय भोगिरहेका छन् ।
02:32
दिपक कुमार साह
प्रत्येक सङ्ख्याको पारी पारी एउटा परिवार र नेपाल फर्किने फर्किने प्रतीक्षामा रहेका आफन्तहरू छन् । गन्तव्य मुलुकका सरकारहरू मानवीय आधारमा केही नेपाली कैदीबन्दीहरूलाई क्षमादान प्रदान गर्दै आएको विषय हामी सबैलाई अवगत नै छ ।
02:49
दिपक कुमार साह
यसका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालय तथा नेपाल नेपाली दूतावासहरूले गरेको कूटनीतिक पहललाई प्रशंसा गर्दछु । नेपाल सरकारले प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग कैदीबन्दीहरूको हस्तान्तरण र सजायको कार्यविधिसम्बन्धी सन्धी गर्नतर्फ पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु ।
03:12
दिपक कुमार साह
यो चाहिँ युनाइटेड नेसनको मोडल एग्रिमेन्ट अन ट्रान्सफर अफ फरेन प्रिजना आधारित छ । यस्तो सम्झौताअन्तर्गत विदेशमा कानुनी प्रक्रियाबाट सजाय पाएका नेपाली नागरिकले निश्चित कानुनी मापदण्ड र दुवै देशको सहमतिअनुसार बाँकी सजाय नेपालमै आफ्नो परिवारहरूको नजिक रहेर भोग्न सक्ने व्यवस्था गरिनुपर्छ ।
03:34
दिपक कुमार साह
विदेशमा जेल विदेशको जेलमा रहेका धेरै नेपाली श्रमिक आर्थिक रूपमा कमजोर स्थानीय भाषा र कानुनी प्रणालीसँग अपरिचित र लामो समयसम्म परिवारबाट टाढा बस्न बाध्य हुने भएकोले यस्तो व्यवस्था उनीहरूले सामाजिक पुनर्स्थापन र परिवारको सम्बन्ध कायम राख्न महत्त्वपूर्ण हुने छ । सम्माननीय सभामुख महोदय, अन्त्य त म नेपाल सरकारसँग आग्रह र अनुरोध गर्न चाहन्छु ।
04:02
दिपक कुमार साह
कि विदेश स्थित नेपाली नियोगहरूबाट नेपाली कैदीबन्दी सम्बन्धी अध्यावधिक र एकत्रित तथ्याङ्क सङ्कलन गर्न व्यवस्था गरी प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग सजाई भोगिरहेका नेपालीहरूलाई न