00:00
डोलप्रसाद अर्याल
ऐन मन्त्री खडकराज पौडयाललाई रोस्ट्रममा आउन अनुरोध गर्दछु । आग्रह गर्दछु ।
00:24
डोलप्रसाद अर्याल
माननीय सदस्यहरू, अब प्रश्नकर्ता माननीय सदस्य निश्कल राई लाई आफ्नो प्रश्न सोध्न अनुमति दिन्छु । प्रश्न नम्बर ७ ।
00:39
निश्कल राई
धन्यवाद । सम्माननीय ज्यू, सम्माननीय सम्माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यू, नेपालको पर्यटन विकासमा इलामको योगदान अत्यन्तै महत्त्वपूर्ण रहँदै आएको छ ।
00:53
निश्कल राई
पूर्वी नेपालको हरियाली चिया बगान, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र कृषि पर्यटनका कारण इलाम नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । यो पर्यटक के हिसाबले मात्रै होइन ।
01:08
निश्कल राई
आर्थिक हिसाबले पनि महत्त्वपूर्ण छ । तर सरकारको आर्थिक वर्ष २०८३“८४ को पर्यटन मन्त्रालयअन्तर्गतको यो पुस्तक रातो किताबमा तीन अक्षरको इलाम शब्द कतै देख्न पाइएन ।
01:23
निश्कल राई
झन्डै दुई तिहाइको सरकारले इलाम
01:25
निश्कल राई
जिल्ला किन देखेन । किन चिनेन
01:28
निश्कल राई
भनेर प्रश्न गर्न चाहन्छु ।
01:31
डोलप्रसाद अर्याल
अब म माननीय संस्कृति तथा पर्यटन संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्री खडक राज पौडेललाई उक्त प्रश्नको उत्तर दिन अनुमति दिन्छु ।
01:43
खड्कराज पौडेल
सम्माननीय जवाफ महोदय माननीय प्रश्नकर्ता निकल राईज्यूको प्रशसँग सम्बन्धित भएर पहिलो प्रश्नसँग सम्बन्धित भएर म जवाफ पेस गर्छु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोशी प्रदेश र कोशी प्रदेशका विभिन्न २९ ओटा स्थानीय तहहरूसँगको सहकार्यमा पर्यटन पूर्वाधार विकास आयोजना ट्रेल वेस्ट टुरिजम डेभलपमेन्ट प्रोजेक्ट सञ्चालन गरिरहेको छ ।
02:13
खड्कराज पौडेल
उक्त परियोजनाअन्तर्गत आर्थिक वर्ष २०८३ ८४ का लागि समेत इलाम जिल्लाको सूर्यदय नगरपालिकाका लागि रु १० करोड ४५ लाख र इलाम नगरपालिकाका लागि रु ४१ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै गरेर कन्याम फिकल अन्तुडाडा क्षेत्रमा हिलस्टेसन निर्माण, विकास र विस्तार प्रयोजनका लागि रु.
02:36
खड्कराज पौडेल
३ करोड गरी यस आर्थिक वर्षको लागि कुल ४ करोड ९५ लाख विनियोजन भएको निवेदन गर्न चाहन्छु र इलाम भन्ने शब्द नपरे पनि इलाम त्यसको लागि क्षमायाचना गर्छ । तर इलामका सबै धेरै जस्तो क्षेत्रहरूको नाम यहाँ छ ।
02:52
खड्कराज पौडेल
माननीयज्यूलाई त्यससँग एकपटक बजेटलाई एक फेरा हेर्दिनु हुन र शङ्का भएमा मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गर्छु ।
03:04
डोलप्रसाद अर्याल
प्रश्नकर्ता माननीय सदस्यहरूले पूरक प्रश्न सोध्न चाहनुभएकोले विषयमा केन्द्रित भई पूरक प्रश्न सोध्न अनुमति
03:11
निश्कल राई
दिन्छु । धन्यवाद छ माननीयज्यू, ट्रेलबाट टुरिजम प्रोजेक्ट एउटा महत्त्वकाङ्क्षी प्रोजेक्टको रूपमा छ ।
03:16
निश्कल राई
सुर्यनगरपालिका लगायतका कन्याम क्षेत्रलाई यो महत्त्वकाङ्क्षी प्रोजेक्ट हो । तर मन्त्रीज्यूलाई म आग्रह गरौं ।
03:22
निश्कल राई
र माननीयज्यूमार्फत यो क्रमागत योजना होइन र यो भन्दा अगाडि देखिको हो । तर मलाई लागेको यो २८ बन्दाको यो बजेट पुस्तिकामा हतको मन्त्रालयअन्तर्गत इलामलाई कुनै नयाँ योजना आएको अहिलेसम्म लागेको छैन ।
03:34
निश्कल राई
मैले अध्ययन गरी सायद म आँखा कमजोर भएको होइन होला मन्त्रीज्यू ।
03:38
डोलप्रसाद अर्याल
माननीय मन्त्री
03:42
खड्कराज पौडेल
माननीय निश्कल राई प्रश्नका ज्यू । पूर्वाधार विकास आयोजना कार्यक्रमअन्तर्गत रेडबुकको ३५५३ नम्बर बुँदामा कन्याम फिकल अन्तुलाढा क्षेत्रमा हिलस्टेसन निर्माणको लागि राखेको छ र त्यो २१ करोड रुपैयाँ टोटलमा छ र जसमध्ये ३ करोड त्यहाँको क्षेत्रको लागि विनियोजन गरेको हो र माननीयज्यू कतिपय योजनाहरू क्रमागत हुन्छन् र क्रमागत योजना परिरहेको क्षेत्रमा नयाँ योजनाहरू थपिएर नपर्नुस, स्वाभाविक पनि रहन्छ ।
04:10
खड्कराज पौडेल
माननीयज्यू ।
04:13
डोलप्रसाद अर्याल
माननीय सदस्यहरू, अब प्रश्नकर्ता माननीय सदस्य निश्कल राई लाई आफ्नो प्रश्न सोध्न अनुमति दिन्छु । प्रश्न नम्बर ८
04:28
निश्कल राई
धन्यवाद सम्माननीय सभामुख महोदय माननीय मन्त्रीज्यू । युरोपियन युनियन युनि नेपालको हवाई क्षेत्र सन् २०१३ देखि हालसम्म पनि निरन्तर रूपमा कालो सूचीमा यथावत राख्दै आएको छ ।
04:39
निश्कल राई
कैदसम्म नेपालको हवाई क्षेत्र खालको सूचीबाट हटे जिज्ञास । यसमा सरकारले के कसरी पहल गरिरहेको छ भनेर म मन्त्रीज्यूलाई प्रश्न राख्न चाहन्छु ।
04:49
डोलप्रसाद अर्याल
अब म माननीय संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री खडकराज पौडेललाई उक्त प्रश्नको उत्तर दिन अनुमति दिन्छु ।
04:56
खड्कराज पौडेल
सम्माननीय सभामुख महोदय , प्रश्नकर्ता माननीय सदस्य
05:00
खड्कराज पौडेल
निश्कल राई ज्यूको दोस्रो प्रश्न म म प्रवेश गर्न चाहन्छु । सर्वप्रथम त माननीयज्यूले प्रयोग गर्नुभएको शब्द त्यहाँ कालो सूची भन्ने शब्द छ ।
05:12
खड्कराज पौडेल
त्यो कालो सूची नगएर हामी यसलाई एयर सेफ्टी लिस्ट अथवा नेपाली भाषामा उडान सुरक्षा सूची भन्ने गर्ने गरेका छौं । र मुख्य रूपमा चाहिँ यो कालोसूची कालोधन कालोबजारी, र कालो कर्तुत कर्तुत जस्ता शब्दहरूले एउटा रंग रङ्ग विभेदको सङ्गीतको सङ्केत पनि गर्ने हुनाले त्यस्तो नगर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ ।
05:34
खड्कराज पौडेल
र म प्रश्नमा केन्द्रित हुन्छु । युरोपली सङ्घको एयर सिफ्ट लिस्टबाट नेपाललाई हटाउने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको छ ।
05:42
खड्कराज पौडेल
नेपाललाई उक्त सूचीबाट हटाउन उडान सुरक्षा प्रणालीको सुधारसँगै नियमकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार तथा कूटनीतिक पहललाई समानान्तर रूपमा अगाडि बढाइएको छ । युरोपले सङ्घले २०२३ को सेप्टेम्बर ११ देखि १५ सम्म नेपालका नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन सम्पन्न गरेको थियो ।
06:04
खड्कराज पौडेल
तर उक्त मूल्याङ्कनको खुल्ला निष्कर्ष होला अहिलेसम्म कार्यान्वयन नभइकन बसेको थियो । हामी आइसकेपछि जुन २०२६ मा युरोपियली सङ्घसम्म हामीले यसको विवरणलाई पेस गरेका छौं र सङ्घले पनि १२ जुन २०२६ मा पठाएको जानकारीअनुसार ती सुधारात्मक कार्य योजनाको समीक्षा वहाँहरूको हिसाब भनाइअनुसार गर्मी बिदापछि गरेर हामीलाई उपलब्ध गराउने भन्नुभएको छ ।
06:29
खड्कराज पौडेल
एक नम्बर २ मा हवाई सुरक्षा तथा नियमनसम्बन्धी प्राविधिक क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा विभिन्न कार्यक्रम समेत सञ्चालन भइरहेका छन् । एटीआर युरोपियन युनियन रिजनल एभिएसन सेफ्टी प्रोग्राम त्यस्तै गरेर क्र्युट्रेनिङग एन्ड अपरेसनल स्टान्डर सम्बन्धी तालिम २३ देखि २५ जुन २०२६ सम्म नेपालमा सम्पन्न भएको छ ।
06:53
खड्कराज पौडेल
त्यस्तै साउथ सिया रिजनल इनिसेटिभ अन्तर्गत कन्टिन्युङग एर्दिनेस, ट्रेनिङ कार्यक्रम २९ देखि २ जुलाइ २६ सम्म सम्पन्न भएको छ । यस कार्यक्रमअन्तर्गत कन्टिनियुङग एर्दनेससम्बन्धी नियामकीय व्यवस्थालाई युरोपियन सङ्घका मापदण्डसँग अनुकूल गराउने र नेपाल नागरिक उड्डयन प्राधिकरणका निरीक्षकहरू सेफ्टी इन्स्पेक्टर भन्छौं को क्षमता अभिवृद्धि पनि गरिएको छ ।
07:15
खड्कराज पौडेल
यसका अतिरिक्त फ्लाइट अपरेसन रेगुलेटरी मोडरनाइजेसन वक्सप, २३ ३१ अगस्ट देखि ४ सेप्टेम्बर २६ सम्म तथा पर्सनल लाइसेन्सिङ, रेगुलेटरी मोर्डनाइजेसन वक्स नम्बर डिसेम्बर २६ का लागि तय गरिएको छ । यो हाम्रो युरोपियन युनियनकै एसेप्ट लिस्टबाट लाई हामीलाई हटाउनका लागि आवश्यक तालिमका कार्यक्रमहरु हुन् ।
07:36
खड्कराज पौडेल
संस्थागत सुधार तर्फ पनि महत्त्वपूर्ण कामहरू अगि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय रेगुलेटरी अथोरिटी र सेवा प्रदायिक निकाय सर्भिस प्रोभाइडरका रूपमा विशिष्टीकृत गरी छुट्टाछुट्टै संस्थागत संरचना स्थापना गर्ने सम्बन्धमा आवश्यक विधेयक तर्जुमा गरिसकिएको छ र निकट भविष्यमै स्वीकृतिका लागि यस सम्मानित सदनमा पेस गर्ने तयारी भइरहेको जानकारी गराउन चाहन्छु ।
07:59
खड्कराज पौडेल
साथै नेपाल नागरिक उड्डयन प्राधिकरणका निरीक्षकहरूको व्यवसायिक क्षमता तथा प्राविधिक प्राविधिक क्षमता अभिवृद्धिका लागि इन्टरनेशनल सिभिल एविएशन अर्गनाइजेसन आइकाओ युरोपियन युनियन एविएशन सेफ्टी एजेन्सी इएएसए युरोपियन युनियन साउथ एसिया एविएशन पाटनरसिप प्रोजेक्ट युएसपी पी कोओपरेटिभ डेभलपमेन्ट अफ अपरेसनल सेफ्टी एन्ड कन्टिन्यु एयरवर्दीनेस प्रोग्राम साउथ एसिया सीएचसी पीएसए सिङ्गापुर एभिएसन एकेडेमी एचए फेडरल एभिएसन एडमिनिस्ट्रेसन एपलगायतका अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग सहकार्यमा विभिन्न तालिम तथा क्षमता विकासका कार्यक्रमहरूमा नियमित सहभागिता भइरहेको पनि निवेदन गर्न चाहन्छु । सम्माननीय सभामुख महोदय तथा प्रश्नकर्ता माननीय सदस्य निस्कला ज्यू ।
08:45
खड्कराज पौडेल
प्राविधिक तथा संस्थागत सुधारसँगै सरकारले यस विषयमा कूटकूटनीतिक तर्फबाट पनि निरन्तर सक्रिय पहल गरिरहेको छ । यस क्रममा नेपालका लागि युरोपियली सङ्घका राजदूतसँग व्यक्तिगत रूपमा भेटघाट गरी नेपालले उडान सुरक्षाका सुधारका क्षेत्रमा गरेका प्रगति, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन तथा आगामी आगामी योजनाबारे छलफल गरिएको छ ।
09:06
खड्कराज पौडेल
त्यसै गरी युरोपली सङ्घका सदस्य राष्ट्रहरूका नेपाल स्थिति र गैरआवासीय राजदूतहरूसँग समेत व्यक्तिगत रूपमा भेटगाट गरी नेपाललाई एयरसेफ्टी लिस्टबाट हटाउने विषयमा नेपालको प्रतिबद्धता सुधारका प्रयास र आगामी कार्यदिशाबारे जानकारी गराउँदै आवश्यक सहयोग र सकारात्मक भूमिकाका लागि आग्रह गरिएको छ । सरकारको स्पष्ट धारणा के हो भने नेपाललाई युरोपियली सङ्घको एयरसेफट लिस्टबाट हटाउने विषय केवल कूटनीतिक पहलबाट मात्र होइन ।
09:32
खड्कराज पौडेल
उडान क्षेत्रमा वास्तविक र मापनयोग्य सुधारमार्फत सुनिश्चित गर्नुपर्छ । त्यसैले एकातर्फ अन्तर्राष्ट्रिय हवाई सुरक्षाका मापदण्ड अनुरूप प्राविधिक र नियामकीय सुधारलाई तीव्रता दिएको छ भने अर्को तर्फ युरोपियन सङ्घ तथा सदस्य राष्ट्रहरूसँग उच्चस्तरीय कूटनीतिक संवादलाई निरन्तरता दिएको छ ।
09:49
खड्कराज पौडेल
अन्तत नेपालको उडान सुरक्षा प्रतिको प्रतिबद्धता सुधारात्मक कार्ययोजनाको कार्यान्वयन नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार र युरोपियली सङ्घसँगको निरन्तर संवादका आधारमा नेपाललाई एरेस,
10:00
खड्कराज पौडेल
सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको छ । युरोपियली सङ्घबाट सुधारात्मक कार्ययोजनाको समीक्षा नतिजा प्राप्त भएको छ ।
10:09
खड्कराज पौडेल
यसका आधारमा आवश्यक थप कदमसमेत अगि बढाइने छ । धन्यवाद ।
10:16
डोलप्रसाद अर्याल
प्रश्नकर्ता माननीय सदस्यले पूरक प्रश्न सोध्न चाहनुभएकोले विषयमा केन्द्रित भई पूरक प्रश्न सोध्न अनुमति दिन्छु ।
10:23
निश्कल राई
सम्माननीय सभा महोदय माननीय मन्त्रीज्यू, हार्दिक आभार व्यक्त गर्न चाहे यो सेफ्टी लिस्ट हुनुपर्नेमा हामीले कालो सूची राखेको कुरामा यो ले अवगत अवगत गराइने हो त्यसको लागि हार्दिक आभार पनि व्यक्त गर्न चाहे र जानकारी पनि गराइदिनुभो थुप्रै मन्त्रालयअन्तर्गतको एक्टिभिटिज प्रोग्राम कूटनीतिक पहलहरू पर्ने भइरहेको छ । सुधारन्मुख रहेको प्रतिनिधि छ ।
10:41
निश्कल राई
विभिन्न कार्यक्रमहरू भएको रहेछ । तर मलाई एउटा कुरा जान्न चाहेको चैँ यो मन्त्रालयको स्ट्राटेजिक डेड लाइन चाहिँ बताइदिनुभएको हुन्थ्यो भन्ने लागेको हो ।
10:50
निश्कल राई
थ्याङ्क्यु ।
10:51
डोलप्रसाद अर्याल
माननीय मन्त्री,
10:52
खड्कराज पौडेल
सम्माननीय सभामुख महोदय, प्रश्नकर्ता माननीय सदस्य निश्कल राई ज्यू युरोपियन युनियनले लगाएको एयर सेफ्टी लिस्ट का धेरै परिणामहरू छन् जो अहिले चर्चामा नगरौं । त्यसैकारणले पनि माननीयज्यूको चासो बढी रहेको होला भन्ने म अनुमान गर्न सक्दछु ।
11:07
खड्कराज पौडेल
त्यसको लागि अजुलाई धन्यवाद र यसका लागि युरोपियन युनियनले बनाएका सुरक्षासम्बन्धी विभिन्न सूचीहरू मापदण्डहरूलाई हामीले पार गर्नुपर्ने छ । त्यसमा हामीले निरन्तर रूपमा काम गरिरहेका छौं ।
11:18
खड्कराज पौडेल
र सँगसँगै प्रमुख रूपमा भनेको अहिले हाम्रो नागरिक उड्डयन प्राधिकरणको एउटा कस्तो संस्था छ भने सोझो भाषामा भन्नुपर्दा एउटा शिक्षकले आफैले पढाउने आफैले प्रश्न निकाल्ने परीक्षाको प्रश्न निकाल्ने आफैले परीक्षा दिने आफैले जाँच नै र आफैलाई पास गराउने अर्थात् अब नियामक निकाय पनि होइ सर्भिस प्रोभाइडर पनि होइछ। परीक्षक पनि होइ छ ।
11:44
खड्कराज पौडेल
जाँच्ने पनि होइछ । यो कारणले गर्दाखेरि हाम्रा धेरै समस्याहरू त्यहाँ आएका छन् र सुरक्षासम्बन्धी हवाई सँग सम्बन्धित उडानसँग सम्बन्धित धेरै सुरक्षाहरू हामीले त्यसका चुनौतीहरूलाई हामीले पार गर्नुपर्ने पनि छ र त्यसको लागि मुख्य रूपमा हामीले भनेका पनि छौं ।
12:00
खड्कराज पौडेल
नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्टाछुट्टै गर्ने गरी विधेयक हामीले संसदमा पेस गर्दै छौं । त्यसको तयारी सकिसकेको छ ।
12:07
खड्कराज पौडेल
एउटा निवेदन गर्नु र तत्सम्बन्धी चाहिने आवश्यक प्राविधिक तालिम र सुरक्षा प्रणालीमा प्रणालीको विकासमा हामीले काम गरिरहेका छौं र सँगसँगै यसलाई कतिपय सन्दर्भमा कूटनीतिक पहल पनि चाहिन्छ भन्ने अर्थबाट माननीय परराष्ट्र मन्त्रीज्यूले पनि यसलाई सहकार्य गरिरहनुभएको छ । यस अन्तर्गत हामीले विभिन्न सेक्टरमा काम पनि गरिरहेका छौं ।
12:30
डोलप्रसाद अर्याल
माननीय मन्त्री आसन ग्रहण गर्न सक्नुहुन्छ । माननीय सदस्यहरू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको प्रश्न उत्तरको कार्यक्रम यही समाप्त हुन्छ ।