00:00
रुबी कुमारी
माननीय सरस्वती लामा । त्यसपछि माननीय पुरनप्रसाद लिम्बो ।
00:31
सरस्वती लामा
सम्माननीय सभामुख महोदय, राजधानी पहिलो संशोधन विधेयक, २०८३ सम्बन्धमा म मेरो धारणा राख्न चाहन्छु । राजधानी कुनै साधारण कागज दस्तावेज मात्र होइन ।
00:42
सरस्वती लामा
यो र्सार्वभौमसत्ता राष्ट्र नेपाली नागरिकको अन्तर्राष्ट्रिय परिचय नेपालको राष्ट्रिय पहिचान र राज्यको सार्वधिकारो प्रतिको राजधानीसम्बन्धी कानुन बनाउँदा केवल प्रशासनिक सुविधा मात्र होइन । राष्ट्रिय सुरक्षा नागरिक अधिकार र राज्यको विश्वसनीयतालाई पनि उत्तिकै महत्त्व दिनुपर्छ ।
01:01
सरस्वती लामा
सरकारले प्रस्तुत गरेको राहदानी पहिलो संशोधन पहिलो संशोधन विधेयक, २०८३ को उद्देश्य सेवा प्रवाहलाई आधुनिक प्रविधि मैत्री र प्रभावकारी बनाउने रहेको देखिन्छ । तापनि राहदानी वितरणमा अझै थप व्यवस्थित प्रविधि मैत्री अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीय बनाउनुपर्छ ।
01:19
सरस्वती लामा
नेपालका नागरिक अहिलेको विश्व विश्वव्यापीकरणको योगमा रोजगारी, अध्ययन, व्यापार व्यवसाय र विविध कारणले लाखौंको सङ्ख्यामा विदेशी मुलुकमा जाने सङ्ख्या दिनुन दिनानु दिन बढ्दै गइरहेको अवस्थामा उनीहरूले राहदानी
01:34
सरस्वती लामा
बनाउन वा नवीकरण
01:35
सरस्वती लामा
गर्न महिनौं कुर्नुपर्ने पटक पटक दूतावास धाउनुपर्ने र अनावश्यक झन्झट बेहोर्नुपर्ने गुनासो छ । यो संशोधनले यस्ता समस्याको वास्तविक समाधान दिनुपर्छ ।
01:44
सरस्वती लामा
नागरिकलाई सहयोग नगर्ने नियोगका प्रतिनिधि कर्मचारीहरूलाई सरकारले सचेत गराउनुपर्छ । आफ्ना नागरिकलाई सहज र सुलभ ढङ्गले सेवा दिने राष्ट्रिय सुरक्षालाई मजबुत बनाउने र राज्यको उत्तरदायित्व बढाउने प्रकारको हुनुपर्छ ।
01:58
सरस्वती लामा
सम्माननीय सभामुख महोदय, कुनै पनि नागरिक कानुनभन्दा माथि छैनन् । तर कुनै पनि नागरिकलाई कानुनको मनपरी व्याख्याको सिकार बनाउनुहुँदैन ।
02:07
सरस्वती लामा
राहदानी जारी गर्ने नगर्ने रोक्का राख्ने वा रद्द गर्ने अधिकार राज्यसँग हुन सक्छ । तर त्यस्तो अधिकार पारदर्शी प्रक्रिया र न्यायोजित पुनरवलोकनको व्यवस्थासहित मात्र प्रयोग हुनुपर्छ ।
02:18
सरस्वती लामा
अन्यथा कानुनको दुरुपयोग हुने जोखिम रहन्छ । आज विश्व डिजिटल प्रणाली ती र बढिरहेको अवस्थामा नेपालले पनि यी पासपोर्ट प्रणाली अपनाएको छ ।
02:26
सरस्वती लामा
तर डिजिटल प्रणालीसँगै साइबर सुरक्षा बायोमेट्रिक विवरणको संरक्षण र नागरिकको व्यक्तिगत गोपनीयताको सुनिश्चितता अत्यन्त आवश्यक छ । नागरिकको संवेदनशील सूचना सुरक्षित राख्ने कानुनी र प्राविधिक संयन्त्र बलियो हुनुपर्दछ ।
02:42
सरस्वती लामा
राहदानी कृति मानव तस्करी अन्तरदेशीय अपराध लागु पदार्थ, अवैध हातहतियारको कारोबार ज्यानसम्बन्धी लागु पदार्थ सार बार अवैध हात हतियारको कारोबार ज्यानसम्बन्धी कसुर, जबरजस्ती करणी अपहरण र सङ्गठित अपराध नियन्त्रणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुनुपर्छ । कडा कानुन बनाएर मात्र पुग्दैन ।
03:03
सरस्वती लामा
कार्यान्वयन पनि प्रभावकारी हुनुपर्छ । सभामुख महोदय हामीले बारम्बार उठाउँदै आएको विषय के हो भने सरकारले सेवा प्रवाहलाई काठमाडौं केन्द्रित मातर बनाउने होइन ।
03:12
सरस्वती लामा
जिल्ला प्रशासन कार्यालय विदेश स्थित नेपाली नियोग तथा सम्बन्धित निकायलाई पर्याप्त जनशक्ति प्रविधि र स्रोत साधन उपलब्ध गराएर नागरिकले सहज रूपमा सेवा पाउने वातावरण बनाउनुपर्दछ । हाम्रो र विशेष चासो राष्ट्रिय सुरक्षा पनि पनि हो हो र समय समयमा नेपाली राहदानी दुरुपयोग गरी अन्तर्राष्ट्रिय अपराधमा संलग्न हुने र नोर्गिमा भरिमा