00:00
रुबी कुमारी
त्यसपछि माननीय निरासा चौधरी डगौरा । माननीय प्रेम बहादुर बयक सन
00:56
प्रेमबहादुर बायक
सम्माननीय सभामुख महोदय, माननीय परराष्ट्र मन्त्री सुशील खनालज्यूले पेस गर्नुभएको राजधानी पहिलो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि आफ्नो धारणा राख्न चाहन्छु । राजधानी विदेश यात्रा गर्ने कागजात मात्रै होइन ।
01:14
प्रेमबहादुर बायक
यो नेपाली नागरिकको पहिचान, अधिकार र राष्ट्रको गरिमासँग जोडिएको महत्त्वपूर्ण दस्तावेज हो । त्यसैले राहदानीसम्बन्धी सेवा छोटो सरल, सुरक्षित, पारदर्शी र नागरिक मैत्री हुनु आवश्यक छ ।
01:27
प्रेमबहादुर बायक
तर सरकारले नो लाइन उहाँले अनलाइन भन्ने घोषणा गरे पनि नागरिकले राहदानी बनाउन लामो लाइनमा
01:33
प्रेमबहादुर बायक
बस्नुपर्ने अनलाइन आवेदनमा समय नपाउने र सामान्य सेवाका लागि समेत दुःख पाउने अवस्था अझै अन्त्य भएको छैन । प्रविधि प्रयोग गरेर सेवा सहज बनाउने भनिएकोमा प्रविधि नै नागरिकका लागि अर्को झन्जट बन्नुहुँदैन ।
01:48
प्रेमबहादुर बायक
त्यसैले यस विधेयकले कानुनी प्रक्रिया मात्र सुधार गर्ने होइन । राहदानी सेवा प्रवाहमा देखिएका व्यवहारिक समस्या समाधान गर्ने स्पष्ट आधार दिनुपर्छ ।
01:56
प्रेमबहादुर बायक
विशेष गरी विदेशमा रहेका नेपाली नागरिकले राहदानी नवीकरण गर्दा ठूलो सास्ती बेहोर्नुपरेको छ । कतिपय देशमा नेपाली नियोग टाढा हुँदा एक पटक राहदानी बनाउन कै लागि लामो दूरी र ठूलो खर्च गरेर यात्रा गर्नुपर्ने अवस्था छ ।
02:10
प्रेमबहादुर बायक
त्यसैले सम्भव भएका देशमा सम्बन्धित नेपाली दूतावास तथा कूटनीतिक नियोगबाटै सहज रूपमा राहदानी नवीकरणको व्यवस्था गरिनुपर्दछ । नेपाली नियोग उपलब्ध नभएका देशमा पहिले नै समय र स्थान सार्वजनिक गरेर नियमित घुम्ती राहदानी सेवा सञ्चालन गर्नुपर्छ ।
02:25
प्रेमबहादुर बायक
त्यसैले विदेशमा रहेका श्रमिक विद्यार्थी र तथा अन्य नेपाली नागरिकलाई ठुलो राहत दिने छ । अर्को विषय सुशासनसँग जोडिएको छ ।
02:34
प्रेमबहादुर बायक
राहदानीजस्तो संवेदनशील सेवामा उपकरण प्रणाली तथा अन्य सामग्रीको खरिद प्रक्रियामा देखिने ढिलासुस्ती कमजोरी वा पारदर्शिताले सेवा प्रवाह मात्र होइन । राज्यप्रतिको विश्वास पनि कमजोर बनाउँछ ।
02:45
प्रेमबहादुर बायक
त्यसैले खरिददेखि सेवा वितरणसम्म प्रत्येक चरणमा पारदर्शिता प्रतिस्पर्धा र जवाफदेहिता सुनिश्चिता गरिनुपर्दछ । बिचौलिया हटाउने घोषणा धेरैपटक गरिए पनि नागरिकले अझै पूर्ण रूपमा त्यसको अनुभूति गर्न सकेका छैनन् ।
02:59
प्रेमबहादुर बायक
राजधानी बनाउन नागरिकले अनावश्यक रूपमा विचौलियाको सहयोग लिनुपर्ने अवस्था अन्त्य गरिनुपर्दछ । सेवा प्रणाली यस्तो बनोस् कि नागरिकले आफ्नो काम आफै सरल र सुरक्षित ढङ्गले गर्न सकुन् ।
03:10
प्रेमबहादुर बायक
नेपाली राजधानीको अन्तर्राष्ट्रिय पहुँच र स्वीकार्यता कमजोर हुनुपनि गम्भीर विषय हो । यसको सुधार राजधानीको प्रविधि वा डिजाइनबाट मात्रै सम्भव हुँदैन ।
03:20
प्रेमबहादुर बायक
नेपालको कूटनीतिक क्षमता सुशासन र अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउँदै नेपाली राजधानीको विश्वसनीयता र पहुँच विस्तार गर्न सरकारले विशेष पहल गर्नुपर्दछ । नेपाली नागरिकले नेपाली राहदानी बोकेर संसारमा हेर्दा नेपालको गरिमा कमजोर होइन उचो भएको अनुभूति गर्ने अवस्था निर्माण गर्नु हाम्रो दायित्व हो ।
03:37
प्रेमबहादुर बायक
हामी सांसदहरू र यो संसदले बनाउने कानुन ऐनले देशलाई आर्थिक फाइदाको रूपमा मात्र होइन । देश र जनताको सुरक्षामा पनि ध्यान दिएर नागरिकको हितलाई अनि सरलता हुने गरी बनाइनुपर्दछ ।
03:48
प्रेमबहादुर बायक
त्यसैले यो विधेयकलाई नागरिक मैत्री बनाउँदै राजधानी सेवा र विदेश स्थित सेवा खरिद प्रक्रिया सुशासन र अन्तर्राष्ट्रिय पहुँचका विषयमा थोरै बढाउँछ नै
03:59
प्रेमबहादुर बायक
गराउन । धन्यवाद ।