00:03
सृष्टि भट्टराई
सम्माननीय सभामुख महोदय, आज हामी बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गरिरहेका छौं । म यसलाई केवल श्रमसम्बन्धी कानुनको रूपमा होइन ।
00:14
सृष्टि भट्टराई
हाम्रा बालबालिकाको अधिकार शिक्षा, स्वास्थ्य, सुरक्षा, सम्मान र भविष्यसँग जोडिएको मानव अधिकारको विषयका रूपमा हेर्छु । नेपालको संविधानले बालबालिकालाई शोषण, हिंसा र जोखिमबाट संरक्षण गर्दै शिक्षा विकास र सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गरेको छ ।
00:31
सृष्टि भट्टराई
त्यसैले बालश्रम अन्त्य गर्न हाम्रो संवैधानिक र अन्तर्राष्ट्रिय दायित्व हो । नेपाल युनिभर्सल प्रिडी रिभ्यु युपीआर प्रक्रियामार्फत बालश्रम अन्त्य कानुनको प्रभावकारी कान्यान्वयन श्रम निरीक्षण तथा जोखिममा रहेका बालबालिकाको उद्धार पुनर्स्थापना र पुनः एकीकरणका लागि प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।
00:49
सृष्टि भट्टराई
तर अझै कानुन कार्यान्वयनको बिचको अन्तर हटाउन आवश्यक छ । त्यसैले प्रश्न केवल कति वर्षको उमेरमा काम गर्न पाइन्छ भन्ने होइन ।
00:57
सृष्टि भट्टराई
प्रश्न हो । बालबालिकालाई बालबालिका किन काम गर्न बाध्य छन् ।
01:01
सृष्टि भट्टराई
गरिबी विद्यालय छाड्ने अवस्था पारिबालिक, आर्थिक असुरक्षा, सामाजिक विभेद तथा घरेलु श्रम, कृषि, होटल रेस्टुरेन्ट निर्माण र अन्य अनौपचारिक क्षेत्रमा हुने बालश्रमलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ । विशेष गरी हामीले बाल कार्य र शोषणपूर्ण बालश्रम बिच स्पष्ट सीमा मापन पनि निर्धारण गर्नुपर्छ ।
01:20
सृष्टि भट्टराई
सिप सिकाइ वा हलका काम गर्नेको हलका कामको नाममा बालबालिकाको शोषण हुने बाटो खुला हुनुहुँदैन । अर्को महत्त्वपूर्ण प्रश्न हो ।
01:30
सृष्टि भट्टराई
उद्धारपछि के बालबालिकालाई कामबाट निकालेर मात्र जिम्मेवारी पूरा हुँदैन । उद्धारसँगै विद्यालयमा पूर्ण प्रवेश स्वास्थ्य तथा मनोसामाजिक सहयोग परिवार पूर्ण मिलन सामाजिक सुरक्षा र निरन्तर फलो अप सुनिश्चित गर्नुपर्छ ।
01:43
सृष्टि भट्टराई
संघीय व्यवस्थामा स्थानीय तह पहिलो जिम्मेवारी जिम्मेवार तह भएकोले स्थानीय तहलाई बजेट जनशक्ति तालिम तथ्याङ्क र स्पष्ट कार्य सम्पादन सूचक उपलब्ध गराउनुपर्छ । बालश्रम बालश्रमको तथ्याङ्क उमेरमा मात्र सीमित नराखी लिङ्ग अपाङ्गता क्षेत्र सामाजिक आर्थिक अवस्था र कामको प्रकृतिअनुसार व्यवस्थित गर्नुपर्छ ।
02:03
सृष्टि भट्टराई
मेरो सरकारसँग आग्रह छ । कानुनसँगै आवश्यक बजेट स्पष्ट जिम्मेवारी र अकाउन्टेबिलिटी मेकानिजम सुनिश्चित गरियोस् ।
02:09
सृष्टि भट्टराई
बालश्रममा लगाउने माथि बालश्रममा लगाउने माथि कारबाहीसँगै परिवारको आर्थिक असुरक्षालाई पनि सम्बोधन गर्ने सामाजिक सुरक्षा र फ्यामिली स्ट्रेन्देनिङ्ग कार्यक्रम पनि प्रभावकारी बनाइयोस् । सभामुख महोदय , यस विधेयकको सफलता कति जनालाई कारबाही भयो भन्नेमा मात्र होइन ।
02:25
सृष्टि भट्टराई
कति बालबालिकालाई श्रमबाट बाहिर ल्याइयो । विद्यालय फर्किए र सुरक्षित भविष्य पाए भन्नेमा मापन हुनुपर्छ ।
02:33
सृष्टि भट्टराई
त्यसैले म यस विधेयकको उद्देश्यप्रति समर्थन गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु र समर्थन गर्दछु । बालबालिकालाई काम होइन अवसर चाहिएको छ ।
02:45
सृष्टि भट्टराई
श्रम होइन शिक्षा, सुरक्षा र सम्मानसहितको भविष्य चाहिएको छ । धन्यवाद ।
02:51
सृष्टि भट्टराई
धन्य छ ।