00:01
डोलप्रसाद अर्याल
माननीय सदस्य टुकाभद्र हमाल । त्यसपछि माननीय सदस्य रमेश कुमार मल्ल
00:32
टुका भद्रा हमाल
सम्माननीय सभामुख महोदय, आज हामी बालश्रम नियम निषेध तथा नियमन गर्ने विधेयक, २०८३
00:43
टुका भद्रा हमाल
माथि छलफल गरिराखेका छौं ।
00:47
टुका भद्रा हमाल
वास्तवमै बालबालिकाको भविष्य उनीहरूको अधिकार र राज्यको नैतिक जिम्मेवारीसँग जोडिएको विषय हो । बालबालिकाको हातमा किताब कलम र खेलाउन हुनुपर्ने भो औजार भारी बोझ र जोखिमपूर्ण काम होइन ।
01:07
टुका भद्रा हमाल
गरिबीका कारण कुनै बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य हुन्छन् भने त्यसलाई बालबालिकाको व्यक्तिगत समस्या भनेर छोड्न मिल्दैन । यो राज्यको सामाजिक न्याय र संरक्षण प्रणालीको कमजोरी हो ।
01:19
टुका भद्रा हमाल
त्यसैले मेरो पहिलो जोड के रहेको छ भने बाल श्रम निषेधसँग बालश्रमको मूल कारण अन्त्य गर्ने व्यवस्था विधेयकमा बलियो हुनुपर्छ । गरिब परिवारलाई सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, पोषण र रोजगारीसँग जोड्न नसक्ने हो भने कानुनमा निषेध लेखेर मात्र बालश्रम अन्त्य हुँदैन ।
01:42
टुका भद्रा हमाल
बालश्रममा श्रमका नाममा कुनै पनि प्रकारको शोषण, जोखिमपूर्ण काम हिंसा, दुर्व्यवहार र मानव बेचबिखनलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ । घरायसी काम होटल रेस्टुरेन्ट निर्माण यातायात, कृषि, उद्योग तथा अनौपचारिक क्षेत्रमा लुकेर हुने बाल श्रमलाई पनि राज्यको निगरानीभित्र ल्याउन आवश्यक छ ।
02:06
टुका भद्रा हमाल
श्रममा रहेका बालबालिकालाई केवल दण्डको विषय नबनाउँ । उनीहरूलाई उद्धार पुनर्स्थापना मनोसामाजिक सहयोग, स्वास्थ्य सेवा, सीप तथा विद्यालय भर्नाको सुनिश्चितता गरिनुपर्छ ।
02:19
टुका भद्रा हमाल
बालबालिकालाई कामबाट निकाले र सडकमा छोड्ने समाधान होइन । उनीहरूको भविष्य सुनिश्चित गर्नु नै वास्तविक समाधान हो ।
02:28
टुका भद्रा हमाल
त्यसै गरी बालश्रम गराउने रोजगारदाता वा जिम्मेवारी व्यक्तिमाथि प्रभावकारी कारबाही गर्नुपर्छ । तर कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय नहुने हो भने जतिसुकै राम्रो कानुन बनाए पनि परिणाम आउँदैन ।
02:44
टुका भद्रा हमाल
त्यसैले स्थानीय तह श्रम प्रशासन प्रहरी विद्यालय बाल संरक्षण निकाय र सामाजिक संस्थाबीच स्पष्ट जिम्मेवारी र जवाफदेही हुन आवश्यक छ । बाल श्रम गरिबीको समाधान होइन ।
02:57
टुका भद्रा हमाल
गरिबीलाई पुुस्तान्तरण गर्ने माध्यम हो । आज काममा लगाइएको बालबालिका भोलि शिक्षाबाट वञ्चित हुन्छ ।
03:06
टुका भद्रा हमाल
शिक्षा र अवसरबाट बञ्चित भएको नागरिकले फेरि गरिबीको सामना गर्नुपर्छ । त्यसैले बालश्रम अन्त्य हुन गर्नु भनेको केवल बाल अधिकारको संरक्षण गर्नु होइन ।
03:16
टुका भद्रा हमाल
राष्ट्रको मानव पुँजी निर्माण गर्नु पनि हो । अन्त्यमा म सरकारलाई आग्रह गर्न चाहन्छु ।
03:22
टुका भद्रा हमाल
यो विधेयकलाई केवल निषेध र दण्डमा सीमित नराखी बालबालिकाको शिक्षा, सुरक्षा, पुनर्स्थापना परिवारको आर्थिक सशक्तीकरण र प्रभावकारी अनुगमनसहित सम