00:01
गंगालक्ष्मी आवाल
माननीय सदस्य प्रदिप बिष्ट । त्यसपछि माननीय सदस्य क्रिपाराम राना ।
00:35
प्रदीप विष्ट
सम्माननीय सभामुख महोदय, आज हामी माननीय युवा तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको बालश्रमसम्बन्धी निषेध र नियमित छलफल विधेयक विधेयकमा छलफल र कानुन बनाउँदै जाँदै छौं । तर म एउटा प्रश्नबाट आफ्नो कुरा सुरु गर्न चाहन्छु ।
00:53
प्रदीप विष्ट
कानुनको किताबमा बालश्रम निषेध गरेर मात्र सडकमा होटलमा कारखानामा र निर्माणस्थलमा काम गरिरहेका बालबालिकाको जीवन बदलिन्छ कि बदलिदैन । आज यो विधेयकले १३ वर्ष नपुगेका बालबालिकालाई जोखिमपूर्ण काममा नलगाउन लगाउन निषेध गरेको छ ।
01:09
प्रदीप विष्ट
जोखिमपूर्ण कामको पूर्ण प्रतिबन्ध स्वास्थ्य परीक्षण कामको समयको निर्धारण निरीक्षण उद्धार पुनर्स्थापना र क्षतिपूर्तिसम्मको व्यवस्था गरेको छ । यो सकारात्मक पक्ष हो ।
01:19
प्रदीप विष्ट
फेरि प्रश्न त्यही आउँछ । हामीले कानुन बनाउने हो कि कानुन कार्यान्वयन पनि गर्ने हो ।
01:24
प्रदीप विष्ट
बालश्रम गरिबको परिणाम होइन । यो हाम्रो राज्य संयन्त्रको कमजोरीको परिणाम हो ।
01:29
प्रदीप विष्ट
एउटा बालकको हातमा किताब हुनुपर्ने मेरा काम गर्ने औजार हुन्छ भने त्यो बालकलाई कसरी न्याय मिल्छ । सम्माननीय सभामुख महोदय, यस प्रस्तावित विधेयकको केही महत्त्वपूर्ण माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।
01:42
प्रदीप विष्ट
दफा १४ ले कम्तीमा तीन महिनामा एक पटक कार्यस्थलको निरीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । के तीन महिनामा एउटा एक पटक निरीक्षण गर्ने हाम्रो संयन्त्र र जनशक्ति पर्याप्त छ ।
01:53
प्रदीप विष्ट
सहरहरूको होटेल कप ग्यारेज निर्माणस्थल र अन्य क्षेत्रको निरिक्षण कागजमा मात्र सीमित हुँदैन र सरकारले यसमा पनि विश्वास दिलाउनु पर्दछ । त्यसै गरी दफा १५ र १६ ले बालबालिकालाई कामबाट अलग गराउने गराउने र पुनर्स्थापनाको व्यवस्था पनि गरेको देखिन्छ ।
02:08
प्रदीप विष्ट
गरेको छ । बालबालिकालाई बालश्रमबाट उद्धार गरेर घर पठाइदिएर मात्र सरकारको दायित्व पूरा हुँदैन ।
02:14
प्रदीप विष्ट
बालबालिकालाई विद्यालयमा पठन पाठनको लागि भर्ना र सीप शिक्षा तथा परिवारको अवस्थामा सुधार पनि ल्याउनु र बाल बालबालिकालाई पुनः बालश्रममा नफर्किने वातावरण पनि बनाउन राज्यले सुनिश्चित गर्नुपर्दछ । दफा २० ले कसुर अनुसार कैद र जरिवानाको व्यवस्था गरेको छ ।
02:31
प्रदीप विष्ट
म भन्न चाहन्छु । कानुनमा सझाएर जरिवाना लेखेर मात्र पुग्दैन ।
02:35
प्रदीप विष्ट
बालबालिकालाई श्रम लगाउनेहरूलाई कारबाही भएको गरेको स्पष्ट रूपमा पारदर्शी रूपमा देखिनुपर्दछ । दफा ३२ ले बालश्रम निवारण निवारण कोषको व्यवस्था गरेको छ ।
02:46
प्रदीप विष्ट
यहाँ कोषको व्यवस्था गरेर मात्र पुग्दैन । साँच्चिकै बाले पीडित बालबालिकाको उद्धार, राहत र पुनर्स्थापनामा पनि खर्च भएको पनि देखिनुपर्दछ ।
02:53
प्रदीप विष्ट
सम्माननीय सभामुख महोदय एउटा बालकलाई काममा लगाउँदा उसको बाल्यकाल मात्र गुम्दैन देशको एउटा सम्भावना बोकेको भविष्य पनि गुम्न जान्छ । त्यसैले कानुन निर्माणसँगै यसको प्रभावकारी कार्यान्वयन नियमित गरिने छ र उद्धार गरिएको बालबालिकाको गरिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
03:13
प्रदीप विष्ट
अन्त्यमा संशोधित यी सबै विधेयकहरूले पारदर्शी र अझ प्रभावित प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वाससहित म यो विधेयकको पक्षमा आफ्नो समर्थन गर्न चाहन्छु । धन्यवाद ।