00:00
गंगालक्ष्मी आवाल
सदस्य ज्ञानेन्द्र सिंह महता त्यसपछि माननीय सदस्य बोड नारायण श्रेष्ठ ।
00:23
ज्ञानेन्द्र सिंह महता
सम्माननीय सभामुख महोदय , युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवज्यूले प्रस्तुत गर्नुभएको बाल श्रम निश्चित तथा नियमित गर्ने विधेयक, २०७३ माथिको सिनता छलफलमा म आफ्नो धारणा राख्न चाहन्छु । सभामुख महोदय , नेपालको संविधानको धारा ३९ ले प्रत्येक बालबालिकाको हक सुनिश्चित गर्दै उपधारा (१) मा नाम जन्मदर्ता, पहिचानको हक, उपधारा (२) मा परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित र खेलकुद मोजन र व्यक्तित्व विकासको हक र उपधारा (४) मा बालबालिकालाई कुनै पनि प्रकारको दुर्व्यवहार शोषण र हिंसाबाट हिंसाबाट संरक्षणको हक दिएको छ ।
00:57
ज्ञानेन्द्र सिंह महता
अझ महत्त्वपूर्ण कुरा त धारा ३९ को ५ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन तथा बालबालिकालाई कारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन निश्चित गरेको छ । त्यसैले बालश्रम नियन्त्रण गर्नु केवल नीतिगत विषय होइन ।
01:10
ज्ञानेन्द्र सिंह महता
यो संवैधानिक दायित्व पनि हो । बालश्रम निषेध र नियमित गर्ने ऐन, २०५६ ले १४ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई श्रमिकका रूपमा काममा लगाउन निश्चित गरेको छ र जोखिमपूर्ण काममा बालबालिका लगाउनु रोक लगाएको छ ।
01:24
ज्ञानेन्द्र सिंह महता
यसको नियमावली २०५२ ले कार्यान्वयन तथा बालश्रम निवारणका संस्थागत व्यवस्थालाई अगि बढाएको छ भने श्रम ऐन २०७४ र बालबालिकासम्बन्धी २०७५ ले पनि बालबालिकाको श्रम तथा संरक्षणसम्बन्धी महत्त्वपूर्ण व्यवस्था गरेको छ । तर प्रश्न उठ्छ कि धेरै कानुनी व्यवस्था हुँदै पनि हुँदा हुँदै पनि बालबालिकाहरूलाई बालश्रम किन पूर्ण रूपमा अन्त्य हुन सकेन ।
01:44
ज्ञानेन्द्र सिंह महता
मेरो विचारमा समस्या कानुनको अभाव भन्दा पनि कार्यान्वयन अनुगमन र गरिबी र पारिवारिक बाध्यता हो । त्यसैले यस्ता नयाँ विधेयकले स्पष्ट जिम्मेवारी प्रभावकारी निरीक्षण र दण्डको कार्यान्वयन र बालश्रमबाट मुक्त गरिएका बालबालिकाको पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ जस्तो मलाई लाग्छ ।
02:00
ज्ञानेन्द्र सिंह महता
सम्माननीय सभामुख महोदय, होटल रेस्टुरेन्ट यतायात निर्माण, कृषि, रिल तथा अन्य औपचारिक क्षेत्रमा बाल श्रम देखिनु गम्भीर विषय हो । बालबालिकालाई कामबाट हटाएर मात्र समस्या समाधान हुँदैन ।
02:11
ज्ञानेन्द्र सिंह महता
उनीहरूलाई विद्यमान विद्यालयमा पुनभर्ना परिवारलाई सामाजिक सुरक्षा आवश्यक परे उद्धार तथा पुनर्स्थापना र निरन्तर अनुगमन गर्नुपर्दछ । स्थानीय तहलाई बालश्रम पहिचान र नियन्त्रणको स्पष्ट जिम्मेवारी दिनुपर्दछ ।
02:25
ज्ञानेन्द्र सिंह महता
विशेष गरी सीमा क्षेत्र सीमावती जिल्लामा बालबालिकाको श्रम शोषण तथा ओसार पसारको जोखिमलाई ध्यानमा राखी स्थानीय तह र प्रहरी प्रशासन र श्रम सम्बन्धी निकायबीच प्रभावकारी समन्वय पनि आवश्यक छ । अन्त्यमा बालबालिकाको हातमा श्रमको औजार होइन ।
02:38
ज्ञानेन्द्र सिंह महता
किताब हुनुपर्दछ । उनीहरूको समय रोजगारीमा होइन ।
02:41
ज्ञानेन्द्र सिंह महता
शिक्षा, खेलकुद र व्यक्तित्व विकासमा खर्चिनुपर्दछ । संविधानले दिएको अधिकारलाई व्यवहारमा उतार्ने गरी यो विधेयक कार्यान्वयनमुखी र बालमैत्री बन्नुपर्दछ ।
02:50
ज्ञानेन्द्र सिंह महता
यस विधेयकको सैद्धान्तिक अवधारणा प्रति समर्थन जनाउँदै प्रभावकारी कार्यान्वयनका लागि सरकार गम्भीर रहने कुरामा म विश्वस्त छौं । धन्यवाद ।