00:00
गंगालक्ष्मी आवाल
सदस्य राजन गौतम । त्यसपछि माननीय सदस्य एकै मनी न्यौपाने ।
00:27
राजन गौतम
सम्माननीय सभामुख महोदय, माननीय युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०७३ माथि आफ्नो ८३ माथि विचार गरियोस् भन्ने प्रस्तावको समर्थनसहित आफ्नो केही धारणा राख्न चाहन्छु । नेपालको संविधानले बालबालिकाको सुरक्षा, हेरचाह, संरक्षण र सर्वोत्तम हितलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ ।
00:51
राजन गौतम
संविधानको धारा ३९ ले शोषण विरुद्धको हक सुनिश्चित गरेको छ भने धारा ३९ ले बालबालिकाको हकलाई स्पष्ट रूपमा प्रत्याभूत गरेको छ । त्यसैले बालबालिका लागि श्रमको शोषणबाट जोगाउनु राज्यको संवैधानिक दायित्व पनि हो ।
01:05
राजन गौतम
तर सम्माननीय सभामुख महोदय, संविधानमा अधिकार लेखिएर मात्र बालश्रम अन्त्य हुँदैन । अधिकारको अनुभूति बालबालिकाले आफ्नो जीवनमा गर्न पाउनुपर्छ ।
01:14
राजन गौतम
बालश्रम सम्बन्धित प्रचलित कानुनहरू पुराना हुँदै गएका छन् । नेपालको संवैधानिक व्यवस्था, बालश्रम सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा प्रतिबद्धता बदलिदो सामाजिक तथा आर्थिक अवस्था संघीय शासन प्रणाली अनुकूल कानुनी व्यवस्था परिमार्जित गर्नुपर्ने आवश्यकता देखिएको थियो ।
01:31
राजन गौतम
यही आवश्यकतालाई सम्बोधन गर्न विद्यमान कानुनहरूलाई संशोधन र एकीकरण गरी एउटै व्यवस्थित कानुनी ढाँचामा ल्याउने उद्देश्यले यो विधेयक आएको देखिन्छ । म यसलाई सकारात्मक रूपमा लिन्छु ।
01:42
राजन गौतम
विधेयकले न्यूनतम उमेर नपुगेका बालबालिकालाई काममा लगाउन निषेध गर्ने व्यवस्था गरेको छ । साथै कानुनबमोजिम काममा लगाउनुपर्ने अवस्थामा रोजगारदाताले सूचना तथा विवरण दिने ।
01:53
राजन गौतम
स्वास्थ्य परीक्षण गराउने आवश्यक तालिम दिने कार्य घण्टा पारिश्रमिक तथा अन्य सुविधाको व्यवस्था गर्नुपर्ने दायित्व समेत समेटेको छ । यो विषय महत्त्वपूर्ण छ ।
02:01
राजन गौतम
किनकि बालबालिकालाई काममा लगाउने नाममा उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षा, मानसिक विकास र भविष्यसँग सम्झौता गर्ने अधिकार कसैलाई छैन । विशेष गरी बालबालिकालाई कलकारखाना, खानी तथा अन्य जोखिमपूर्ण काममा वा व्यवसायमा लगाउन पूर्ण रूपमा निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ ।
02:19
राजन गौतम
अन्य काममा लगाउँदा पनि यसले बालबालिकाको स्वास्थ्य सुरक्षा नैतिकता, शैक्षिक गतिविधि र समग्र विकासमा कुनै पनि प्रतिकूल असर नपर्ने गरी सुनिश्चित गरिनुपर्छ । यसका लागि रोजगारदाताको दायित्व तोकेर मात्र हुँदैन ।
02:32
राजन गौतम
नियमित निरिक्षण र प्रभावकारी अनुगमन कसुरमा कारबाही पीडित बालबालिकालाई क्षतिपूर्ति र पुनर्स्थापना पनि उत्तिकै महत्त्वपूर्ण छन् । बालश्रमबाट उद्धार गरेका बालबालिका फेरि त्यही अवस्थामा फर्किन नपरोस् भन्ने सुनिश्चित गर्नु राज्यको दायित्व सम्माननीय सभामुख महोदय, बालश्रमको मूल कारण केवल रोजगारदाताको गलत नियत मात्र होइन ।
02:51
राजन गौतम
गरिबी, बेरोजगारी, पारिवारिक आर्थिक सङ्कट अशिक्षा अवसरको अभाव पनि यसका मुख्य कार्यनयन हुन यसैले बालश्रम अन्त्य गर्ने संघ कानुनी शिक्षा , सामाजिक सुरक्षा , सीप र रोजगारीको आवश्यक विस्तार गर्ने नीतिलाई पनि जोड्न आवश्यक छ । अन्त्यमा म यो विधेयकलाई बालबालिकाको सर्वोत्तम हित संरक्षण र मयादित भविष्य सुनिश्चित गर्ने महत्त्वपूर्ण कानुनी प्रयासका रूपमा लिँदै यसमाथि थप गम्भीर छलफल आवश्यक सुधार प्रभावकारी कार्यान्वयनसहित अगाडि बढ्न समर्थन गर्दछु ।
03:17
राजन गौतम
बालबालिकाको हातमा श्रमको धारी होइन किताब हुनुपर्छ । बालबालिकाको आँखामा बाध्यताको आसो होइन ।
03:22
राजन गौतम
भविष्यको सपना हुनुपर्छ । यही भावनाका साथ बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावको समर्थन