00:02
डोलप्रसाद अर्याल
माननीय सदस्यहरू, अब माननीय युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु ।
00:33
रामजी यादव
सभामुख महोदय, आज यस गरिमा सदनमा बालश्रम निषेध तथा नियमन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा माननीय सदस्यज्यूहरूले राखुभएको महत्त्वपूर्ण जिज्ञासा सुझाव र धारणाका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै विधेयकको उद्देश्य आवश्यकता तथा सरकारको धारणा स्पष्ट गर्न चाहन्छु । बालबालिकाको अधिकार संरक्षण र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको यस अत्यन्तै महत्त्वपूर्ण विषयमा माननीय सदस्यज्यूहरूले उठाउनुभएका विषयहरूलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।
01:11
रामजी यादव
सम्माननीय सभामुख महोदय, हाल कार्यान्वयनमा रहेको बालश्रम ऐन २०५६ लगभग २७ वर्ष पुरानो भइसकेको छ । संघीयताको कार्यान्वयनसँगै नेपालको परिवर्तित राज्य संरचना बदल बदलिँदै अर्थतन्त्र र श्रम बजार प्रविधिको विकास बालश्रम निवारणसम्बन्धी बढ्दो जनचेतना तथा बाध्यकारी श्रम सम्बन्धी मापदण्डहरूको विकासको सन्दर्भमा विद्यमान ऐनमा समय सान्दर्भिक संशोधन गर्न आवदेखिन्छ ।
01:43
रामजी यादव
बालश्रम पहिचान गर्न त्यसका कार्य बुझ्न र समय सम्बोधन गर्न स्थानीय तहको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । जब कुनै विद्यार्थी अचानक विद्यालय आउन छाड्छ वा नियमित रूपमा थाकेको अवस्थामा कक्षा आउँछ ।
01:59
रामजी यादव
यो कुरा सबैभन्दा पहिले शिक्षकलाई थाहा हुन्छ । कुनै बालबालिका होटलमा भाँडा माझिरहेको अथवा कुनै परिवार आर्थिक सङ्कटमा पर्छ ।
02:11
रामजी यादव
पर्दा त्यसले बालबालिकामा पारेको असरबारे पनि स्थानीय सरकार र स्थानीय समुदायलाई नै सबैभन्दा नजिकबाट जानकारी हुन्छ । मन्त्रालयले जारी गरेको बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ बमोजिम बालश्रम मुक्त घोषणा भएका स्थानीय तहको उदाहरणबाट पनि स्थानीय नेतृत्वको भूमिका अपरिहार्य रहने देखिन्छ ।
02:36
रामजी यादव
हालसम्म २ सय भन्दा बढी स्थानीय तहहरू मन्त्रालयबाट अनुदान प्राप्त गरी यस कार्यक्रममा आवद्ध भएका छन् । नयाँ विधेयकले स्थानीय तह सम्बन्धित कार्यालय प्रदेश र सङ्घ बिचको जिम्मेवारी स्पष्ट गर्छ ।
02:51
रामजी यादव
सूचना आदान प्रदान गर्ने व्यवस्था गर्छ । बालश्रम पहिचान भएपछि निरीक्षण पनि गर्छ ।
02:56
रामजी यादव
आवश्यक परे बालबालिकाको उद्धार र पुनर्स्थापना पनि गर्छ । साथै कसुरदारमाथि कारबाही गर्ने प्रभावकारी संरचना पनि बनाइएको बनाउन सक्छ भन्ने व्यवस्था गरिएको छ ।
03:07
रामजी यादव
सम्माननीय सभामुख महोदय, थप म के स्पष्ट गर्न चाहन्छु भने माननीय सदस्यज्यूहरूले बालश्रम निषेध तथा नियमनसम्बन्धी व्यवस्थाहरू आपसमा बाझिन्छन् कि भन्ने जिज्ञासा राख्नुभएको थियो । यी दुई व्यवस्था बिच कुनै विरोधावास नरहेको कुरामा म स्पष्ट पार्न चाहन्छु ।
03:26
रामजी यादव
विधेयकको आधारभूत सिद्धान्त यस्तो रहेको छ । जोखिमपुर्ण र शोषण शोषणमूलक कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ ।
03:35
रामजी यादव
जब कि बालबालिकालाई नकारात्मक असर नपुर्याउने सुरक्षित प्रवृतिका कार्यलाई मात्र नियमन गरिएको हो । यो अभ्यास विश्व व्यापी रूपमा पनि अवलम्बन गरिएको मान्यता हो ।
03:48
रामजी यादव
सोही बमोजिम १३ वर्ष उमेर पुगेका पुगेपछि कडा सर्तसहित विद्यालय अघि र पछिको समयमा हलुका काम गर्न पाउने व्यवस्था गरिएको छ । पन्ध्र वर्ष पुगेका बालबालिकालाई जोखिमपूर्ण बाहेकका काममा संलग्न गराउन सकिने व्यवस्था गरिएको छ ।
04:08
रामजी यादव
त्यसैले पारिश्रमिक, कार्यस्थलको सुरक्षा तथा स्वास्थ्य काम गर्ने समय र रोजगारदाताले पूर्ण र पूरा गर्नुपर्ने अन्य सर्तसम्बन्धी व्यवस्थाहरू निषेधित कामका लागि राखिएका होइनन् । यी व्यवस्था कानुनको अनुमति दिएको नियमित काममा संलङ्गन बालबालिकाको अधिकार हित र सुरक्षा सुनिश्चित गर्न राखिएका हुन् ।
04:31
रामजी यादव
समाननीय सभामुख महोदय, माननीय सदस्यज्यूले हलुका कामका लागि १३ वर्षको उमेर तोकिनुको आधार राष्ट्रिय शिक्षा संरचना र अन्तर्राष्ट्रिय श्रम मापदण्ड दुवै हुन् । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले आधारभूत शिक्षाको उमेर १२ वर्षसम्म तोकिएको छ भने अन्तर्राष्ट्रिय श्रम सङ्गठन आयोको मिनिमम एज कन्भेन्सनअनुसार समाननीय न्यूनतम रोजगार उमेर १५ वर्ष तोकिएको भए तापनि शिक्षामा बाधा नपुगी तथा स्वास्थ्य सरक
05:00
रामजी यादव
रक्षा र नैतिक विकासमा असर नपर्ने खालका हलुका प्रवृतिको काम गर्न पाउने उमेर हद १३ वर्ष तोकिएको हो । यसै आधारमा हामीले काम गर्ने न्यूनतम उमेर विद्यमान १४ वर्षबाट बढाएर पन्ध्र वर्ष पुर्याएका छौं ।
05:17
रामजी यादव
साथै तोकिएको हलुका काम पनि कडा सर्तसहित मात्र गर्न पाउने गरी व्यवस्था गरिएको छ । ताकि यसले शिक्षा र स्वास्थ्यमा असर नपुर्याइ हरू बालबालिकासम्म टेवा पुन्यायोस् ।
05:30
रामजी यादव
सम्माननीय सभामुख महोदय, घरेलु श्रम इटाभट्टा यातायात, होटल खाजाघर र कृषिलगायतका क्षेत्रमा कानुन विपरित अदृष्य रूपमा हुन गरेको बालश्रमलाई पहिचान गर्न कठिन रहेको विषयमा मन्त्रालय पूर्ण रूपमा सचेत छ । माननीय सदस्यज्यूले उठाउनुभएका क्यासिनो डान्सबार, नाइटक्लब, दोहोरी साँझ, मसाज पार्लर, हुन सक्ने अन्य स्थान र सर्कसमा गरिने काम तथा बण्ड कोठाभित्र गरिने काम लगायतका कार्यलाई जोखिमपूर्ण काम र व्यवसायीको सूचीमा राखिएको छ ।
06:05
रामजी यादव
यसैले विधेयकको श्रम निरीक्षकको अधिकार विस्तार गर्ने स्थानीय स्तरमा नियमित अनुगमन श्रमयन्त्र स्थापना गर्ने र गोप्य गुनासो शून्य डिजिटल प्रणाली विकास गर्ने प्रावधान समेत समावेश गरिएको छ । जोखिमपूर्ण काम वा व्यवसायमा लगाउने रोजगारदाता उपर नेपाल सरकार वादी होई मुद्दा चल्ने प्रस्ताव पनि गरिएको छ ।
06:29
रामजी यादव
पीडितले छिटो छरितो सहज रूपमा न्याय पाओस् भन्ने उद्देश्यका साथ यसको यसको मुद्दा दायरी तथा मुद्दाको किनारा सम्बन्धित जिल्ला अदालतमा गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । जसले यस्तो अपराधलाई गम्भीरतापूर्वक निरुत्साहित गर्ने र पीडित बालबालिकालाई न्याय दिलाउने अपेक्षा गरिएको छ ।
06:50
रामजी यादव
सम्माननीय सभामुख महोदय, यस विधेयकमा बालश्रम सम्बन्धी उजुरी र अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीको सट्टा श्रम कार्यालयलाई दिएको विषयमा माननीय सदस्यज्यूहरूले उठाउनुभएको प्रश्नको जवाफमा देहयका तीनओटा आधार प्रस्तुत गर्न चाहन्छु । बालश्रमसम्बन्धी प्राविधिक विषय भएकोले यसको प्रारम्भिक अनुगमन तथा अनुसन्धानको जिम्मेवारी श्रम निरीक्षकलाई दिएको हो ।
07:13
रामजी यादव
यसमा उमेर पुष्टि कार्यस्थलको अवस्था कामको प्रकृति, ज्याला तथा रोजगारदाता श्रमिक सम्बन्ध जस्ता विषयको विशिष्ट ज्ञान आवश्यक पर्छ । श्रम निरीक्षकबाट गरिने अनुसन्धान बाल मैत्री हुनुका साथै अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार पनि हुन्छ ।
07:29
रामजी यादव
नेपाल प्रहरीको भूमिका पनि अत्यन्त महत्वपूर्ण रहन्छ । अनुसन्धानबाट मुद्दा चलाउनुपर्ने देखिएमा वा श्रम कारसँग पहुँच नपुग्ने अनौपचारिक क्षेत्रमा उद्धार सुरक्षा र अनुसन्धानका लागि नेपाल प्रहरीको सहयोग लिइने लिने सक्ने व्यवस्था गरिएको छ ।
07:44
रामजी यादव
हिंसा दुर्व्यवहार बेचबिखन वा अन्य प्रत्यक्ष फौजदारी कसुर देखिएमा प्रचलित बालबालिकासम्बन्धी तथा कानुनअनुसार प्रहरीबाटै तत्काल कारबाही हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ । यसरी श्रम निरीक्षकको प्राविधिक विशेषज्ञता र प्रहरीको कानुनी तथा सुरक्षा भूमिका अवश्य आवश्यक समन्वय गर्ने व्यवस्था पनि विधेयकले गरेको छ ।
08:09
रामजी यादव
सम्माननीय सभामुख महोदय, बालबालिकाले कामबाट उद्धार गरेर मात्रै सरकारको दावित्व पूरा हुँदैन । त्यसैले विधेयकले उद्धार, संरक्षण, राहत, पारिवारिक पुनर्मिलन पुनर्स्थापना तथा समाजिक पुनःएकीकरण समेत समेटेको छ ।
08:23
रामजी यादव
आवश्यक अवस्थामा बालबालिकाले १८ वर्ष उमेर नपुग्दासम्म पुनर्स्थापना गर्न सकिने व्यवस्था गरेको छ । साथै बालश्रमका कारण भएको क्षति समेत विचार गरी क्षतिपूर्ति भराउने व्यवस्था पनि गरेको छ ।
08:36
रामजी यादव
सम्माननीय सभामुख महोदय, बालश्रम अन्त्य गर्न अझ प्रभावकारी कानुन स्थानीय कार्यान्वयन र पुनरस्थापनाको संरचना आवश्यक छ । तर बालश्रमलाई आइसोलेटेड समस्याका रूपमा हेर्न मिल्दैन ।
08:48
रामजी यादव
यो विषय पारिवारको आर्थिक अवस्था आयो सुरक्षा, सामाजिक सुरक्षा, लिब्लीहुडसँग पनि जोडिएको हुन्छ । रोजगारी गुम्नु परिवारको मुख्य कमाउने सदस्य बिरामी पर्नु वा मृत्यु हुनु, बाली नष्ट हुनु ऋणको भार बढ्नु जस्ता एउटै ठुलो इकोनोमिक सके पनि परिवारलाई गरिब वा गम्भीर आर्थिक सङ्कटतर्फ धकेल्न सक्छ ।
09:10
रामजी यादव
त्यसैले त्यस्तो सङ्कटसँग जुध्ने सामाजिक सुरक्षा, आयु सुरक्षा र अन्य कपिङ मेकानिजम बलिया नभए बालबालिका आफैले सानो उमेरमा आफ्नो क्षमताभन्दा बढी जिम्मेवारी लिन बाध्य हुन सक्छन् । कहिले काहीँ पढाइ छोडेर काममा समेत जानुपर्ने अवस्था आउन सक्छ ।
09:26
रामजी यादव
आखिर आफै सोचौं । कुन अभिभावकलाई आफ्नो बालबालिकाले सानो उमेरमै काम गर्न पठाउने रहर हुन्छ र अन्तत बालबालिकाको हातमा श्रमको बोझ होइन शिक्षा, सुरक्षा, समान र उज्वल भविष्यको अवसर सुनिश्चित गर्नु नै यस विधेयकको मूल उद्देश्य हो ।
09:43
रामजी यादव
यो हाम्रो साझा भिजन हो । साथै सामूहिक जिम्मेवारी पनि हो ।
09:48
रामजी यादव
सम्माननीय सभामुख महोदय, यस विधेयकलाई थप समृद्ध समृद्ध बनाउन सम्माननीय माननीय सदस्यज्यूहरूबाट प्राप्त हुने रचनात्मक सुझाव र संशोधनलाई सरकारले कर
10:00
रामजी यादव
सरात्मक रूपमा ग्रहण गर्ने छ । बालबालिकाको सर्वोत्तम हित र सुरक्षित भविष्य सुनिश्चित गर्ने यस महत्त्वपूर्ण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई समर्थन गरिदिनुहुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु ।