00:02
नारायण प्रसाद दाहाल
माननीय सदस्यहरू, राष्ट्रिय सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ । माननीय सदस्यहरू, शून्य समयमा बोल्नका लागि मल प्राप्त भएको छ ।
00:10
नारायण प्रसाद दाहाल
अब माननीय सदस्यहरूलाई बोल्नको लागि समय उपलब्ध गराउँछु । सर्वप्रथम माननीय सदस्य कमला पन्त ।
00:22
कमला देवी पन्त
सम्माननीय अध्यक्षज्यू, गत वर्ष भदौमा भदौ २३ र २४ गते आन्दोलन भयो । आन्दोलन, जेन जी आन्दोलन भनियो र २३ गते भएको घटनाको बारेमा गौरी आयो, गौरी बहादुर कार्की भन्ने एउटा आयोग गठन गरियो ।
00:44
कमला देवी पन्त
आयोगले छानबिन गर्यो छानबिन सरकारलाई बुझायो । तर त्यो सत्यो छानबिन आयोगले छानबिन गरेको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन र २४ गतेको घटनाको सम्बन्धमा नेपाली जनताले खोजेका छन् ।
01:01
कमला देवी पन्त
एउटा न्यायिक छानबिन आयोग बनोस् । छानबिन होस् ।
01:04
कमला देवी पन्त
सत्य तथ्य के हो । अहिलेसम्म यति धेरै घटनाहरू भए आन्दोलनहरू भए ।
01:10
कमला देवी पन्त
सबभन्दा धेरै क्षति भएको आन्दोलन यही जेनी आन्दोलन २४ गतेको घटना गत वर्ष भदौ २४ गतेको घटना हो । त्यो घटनाको सम्बन्धमा छानबिन आयोग अझ बनेको छैन ।
01:23
कमला देवी पन्त
बनोस् र छानबिन हो
01:27
नारायण प्रसाद दाहाल
माननीय सदस्य जवाफ दिनदिनै रहे ।
01:34
जयन्ती देवी राई
सम्माननीय अध्यक्ष महोदय, खेलकुद युवाहरूको आकर्षण हो । र यो अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने एउटा नेपालको सान पनि हो ।
01:47
जयन्ती देवी राई
तर यही असोज ३ देखि १८ सम्म हुने यी एक्सपोर्ट खेलमा नेपाली खेलाडीहरू जान सक्ने अवस्था भएन वञ्चित भएका छन् । र उनीहरूलाई यो खेलकुद खेलकुद परिषदले चैँ वास्तवमा ध्यान दिइरहेको छैन ।
02:09
जयन्ती देवी राई
त्यसकारणले यो एक्पोर्ट समानान्तर विवाद पनि देखिरहेको छ । त्यसकारणले म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
02:19
जयन्ती देवी राई
र यसलाई एउटै आधिकारिक संयन्त्र बनाइयोस् । र यो अन्तर्राष्ट्रिय खेलमा युवाहरूलाई वञ्चित नगरे खेलाडीहरूलाई र पटक पटक मेडल प्राप्त गरेको छन् ।
02:32
जयन्ती देवी राई
फेरि पनि पाउने अवस्था छ । त्यसकारणले म ध्यान धानमाननीय
02:41
नारायण प्रसाद दाहाल
सहि तुलप्रसाद विश्वकर्मा ।
02:54
तुल प्रसाद विश्वकर्मा
सम्माननीय अध्यक्ष महोदय, हालै सुकुम्बासीहरूलाई उठाएर विभिन्न शिविरमा लगेर राखिएको चाहिँ जुन अवस्था छ । ती ठाउँहरूमा धमाधम सुकुमबासीहरूले आत्महत्या गर्ने चाह घटनाहरू एकदम बढेर गएको छ र अहिलेसम्म पछिल्लो घटनासहित ११ जनाको मृत्यु भइसकेको छ ।
03:25
तुल प्रसाद विश्वकर्मा
र पछिल्लो घटनामा चक्र बहादुर नेपाली गैरी गाउँ बस्तीबाट उहाँहरूलाई विस्थापित गरिएको हो र उहाँले हिता भट्टामा काम गर्नुहुन्थ्यो । र उहाँको लासिथा भट्टाको नजिकै रूपमा झुन्डिएको अवस्थामा चाहाले भेट्टिएको छ ।
03:37
तुल प्रसाद विश्वकर्मा
यहाँ दुई दिनअगाडि । त्यस्तै हिरालाल हजारसात ४७ वर्षको बोडीको चाहिँ कृषि तालिम केन्द्रमा हुनुहुन्थ्यो र वहाँ बस्ने कोठामै उहाँ आफै झुन्डिएर मरेको अवस्थामा उहाँ भेटिनुभएको छ ।
03:52
तुल प्रसाद विश्वकर्मा
म सरकारलाई प्रश्न गर्न चाहन्छु । यसरी माननीय
03:59
नारायण प्रसाद दाहाल
सदस्य नारायण दत्त मिश्र ।
04:16
नारायण दत्त मिश्र
सम्माननीय अध्यक्ष महोदय । सुदूरपश्चिमको आफ्नै पीडा छ ।
04:20
नारायण दत्त मिश्र
राजधानीबाट ७० किलोमिटरभन्दा टाला टालाको बस्तीहरूमा जसरी सुर्योदय पनि ढिलो हुन्छ । मनसुन मुनि ढिलो पुग्छ ।
04:28
नारायण दत्त मिश्र
त्यसै गरी सरकारले पनि ढिलो ढिलो विकासको गति पुर्याएको छ । सेती कर्णाली, महाकाली गुणगङ्गाको विद्युत् आयोजनाहरू अलपत्र पारिएका छन् ।
04:36
नारायण दत्त मिश्र
अझ भनौं सुदूरपश्चिममा सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र खानेपानी जस्ता आधारभूत समस्यासँग जुधिरहेका छन् । वर्षात लाग्दा पहिरो र बाढीको त्रास, यौनलाग्यो कि मुग्लान भारतको रोजगारीको लागि खानीमा सम्म जाने हिम्मत नभएका सुदूरपश्चिमका बासिन्दाहरू भारतमा बगैचामा फलफूल टिप्न र समुदाय समुद्रमा माछा मार्न बाध्य छन् ।
04:59
नारायण दत्त मिश्र
धेरै ठुलो काम पाए
05:00
नारायण दत्त मिश्र
भयो भने चौकीदार भएर गुजारा गर्छन् । त्यसै गरी हाम्रो त्यसै त्यसै गरी हाम्रो आवश्यकता भनेको सडकमा कालोपत्र अस्पतालमा उपचार युवालाई रोजगार र किसानलाई मल र सिँचाइ हो ।
05:13
नारायण दत्त मिश्र
यही भन्दछन् हुने हो । धन्यवाद ।
05:16
नारायण प्रसाद दाहाल
माननीय सास भुवन वा सुनार ।
05:26
भुवन बहादुर सुनार
सम्माननीय अध्यक्ष महोदय, २ दिने सरकारी बिदा अव्यवहारिक भयो । शनिवार र आइतवार २ दिन बिदाले गर्दा अस्पतालमा जनताले सेवा लिन सकिरहनन् र यो अस्तव्यस्त रहेको छ ।
05:43
भुवन बहादुर सुनार
त्यस्तै विद्यालयमा पनि त्यस्तै अस्तव्यस्त भएको छ । त्यसैले गर्दा यो २ दिने बिदा तुरुन्त खारेज गर्न माग गर्दछु ।
05:53
भुवन बहादुर सुनार
साथै परपरि दिन दशैको फूलपातीदेखि सम्म ६ दिन बिदा हुन्छ । तर राणाकालदेखि आयो सम्म अदालतमा भने घटस्थापनादेखि गुठीमा सम्म पाउँदिन बिदा हुन्छ ।
06:07
भुवन बहादुर सुनार
त्यसैले गर्दा यो कटौती गरी दिनलाई जोडदार माग लु । धन्यवाद ।
06:13
narayan prasad da
माननीय ससुमदनकुमारू साह गरिमा ।
06:19
मदन कुमारी शाह (गरिमा)
सम्माननीय अध्यक्षज्यू, एउटा शब्द छ बच्काना हिन्दी शब्द हो । यसको अर्थ हुन्छ, व्यावहार, बोली वा निर्णय उमेर र जिम्मेवारीअनुसार परिपक्क नभएको अभिव्यक्ति दिने व्यक्तिहरूलाई चाहिँ के बच्काना हर्कत गरेको बच्काना बोली बोलेको भनिन्छ र यो सरकारको यस्तै बच्काना निर्णयले गर्दा अहिलेसम्म ११ जना होल्डिङ्ग सेन्टरमा बसेका जसलाई जब जस्तै विस्थापित गरिएको थियो ।
06:47
मदन कुमारी शाह (गरिमा)
वहाँहरूको मृत्यु भइसकेको छ । पछिल्लो समयमा ५० वर्षका चम्बर बहादुर नेपाली र ४७ वर्षीय हिरालाल हजार दुसादको मृत्यु भएको छ ।
06:59
मदन कुमारी शाह (गरिमा)
उहाँहरूले आत्महत्या रोज्नुभएको छ । यो आत्महत्या मानिसले किन गर्छन् ।
07:03
मदन कुमारी शाह (गरिमा)
अन्तिम कुनै विकल्प नै भेटिसकेपछि मान्छेले आत्महत्या गर्ने हुन् । म यो सरकारलाई सम्माननीय अध्यक्षज्यूमार्फत सोध्न चाहन्छु ।
07:10
मदन कुमारी शाह (गरिमा)
गरिब मारेर तपाईंले कस्तो विकास खोज्नुभएको छ । म सम्माननीय अध्यक्षज्यूमार्फत होल्डिङसेन्टर रहेकाहरूको स्थायी बसोबासको
07:22
नारायण प्रसाद दाहाल
माननीय सहश्र युवराज शर्मा । ब
07:40
युवराज शर्मा
सम्माननीय अध्यक्षज्यू, आज रोग, ज्यानलाइटिस र सर्तको बर्त ग्राफले नेपाली चिन्तित छन् । उता जाजरकोटको पहिरोपीडित नागरिकको शिविरमा रुगाखोकी र जोडलेगम्भीर समस्था थपेको छ ।
07:53
युवराज शर्मा
यतातिर ध्यान दिनुको साटो कुनै माननीय मन्त्री मतदातालाई आफ्नो भोट फर्काइ लैजाउ भनि घुर्काएको देखिन्छन् । कुनै सत्तारोण जलका सांसद सम्माननीय सभा सम्मानित सभामुखको रुलिङलाई अटेर गरी बैठकबाट फन्ड फर्नर हिँडेका देखिन्छन् ।
08:07
युवराज शर्मा
सम्माननीय अध्यक्षज्यू, आज बजारमा महँगी र अभावको सिर्जना हुनुको एउटा प्रमुख कारण सरकारको फितलो अनुगमन र वितरण प्रणालीमा ध्यान पुग्नुपर्ने हो । त्यस्तै विद्युत् व्यापारमा बढ्दो घाटा पनि सरकारको असक्षम नीतिको प्रणाम सम्माननीय अध्यक्षज्यूमार्फत सरकारको ध्यान यी सम्पूर्ण समस्याको समाधानतर्फ उन्मुख गराउन चाहन्छु ।
08:26
युवराज शर्मा
धन्यवाद ।
08:29
नारायण प्रसाद दाहाल
माननीय सचिव राजेन्द्र लान्थिमीदैरे ।
08:39
राजेन्द्र प्रसाद लिङ्देन
सम्माननीय अध्यक्षज्यू, २०८३“५“३ गते आएको अविरल वर्षाको कारणले रामपुर नगरपालिका वाड नम्बर १० हस्ती गाउँको १९ घर क्षति पुर्याएको छ । र यो अझै मनसुन डेढ महिना रहन्छ भन्ने सुनिएको छ ।
08:57
राजेन्द्र प्रसाद लिङ्देन
सरकार होला सरकारको सबैको त्यसमा ध्यान जाओस् भन्न चाहन्छु । र सुकुम्बासी बस्तीका ११ जना मानिसहरूको मृत्यु भएको कुरा सुन दुःख लागेको छ ।
09:10
राजेन्द्र प्रसाद लिङ्देन
सरकारले सुरक्षित ठाउँमा लगेर बागमतीले बगाउँछ भनेर सुरक्षित गरेको ठाउँमा मान्छे किन मर्छ । मार्न लगेको अगि बचाउन लगेको जवाफ चाहियो सरकार ।
09:19
राजेन्द्र प्रसाद लिङ्देन
धन्यवाद ।
09:22
नारायण प्रसाद दाहाल
माननीय ससे सुरेश कुमार आले मगर ।
09:29
सुरेश कुमार आलेमगर
सम्माननीय अध्यक्ष महोदय, धर्म
09:31
सुरेश कुमार आलेमगर
र राज्य यी धेरै महत्त्वपूर्ण र गम्भीर विषयहरू हुन् । त्यसले १ मिनेटको समयमा केही भ्याइएला र तर यति बेला धर्म सापेक्ष राष्ट्रको हावा चलेको हुनाले केही कुरा छोटा भन्न चाहन्छु ।
09:41
सुरेश कुमार आलेमगर
धर्मा भन्ने कोर नितान्त व्यक्तिगत व्यक्तिगत कुरा हो । कुनै संस्थाको निकायको देशको धर्ममा हुँदैन ।
09:47
सुरेश कुमार आलेमगर
हुनुपर्ने हुन्न । यो हाम्रो राष्ट्रिय सभा यसको के दरमा यसको धर्म छैन ।
09:52
सुरेश कुमार आलेमगर
हुनुपनि हुँदैन । राष्ट्रिय सभाको अध्यक्षको हामी सदस्यको कर्मचारीहरूको धर्मा होला त्यस्तै नेपालको पनि धर्मा
10:00
सुरेश कुमार आलेमगर
हुँदैन । नेपालका नागरिकहरूको धर्म हुन्छ ।
10:02
सुरेश कुमार आलेमगर
हो । निश्चित रूपमा धर्म सापेक्ष राष्ट्र निरङ्कुश व्यवस्था भएको ठाउँमा त्यो देशमा हुन्छ ।
10:08
सुरेश कुमार आलेमगर
तानाशाही पञ्चायती व्यवस्थामा धर्मसापेक्ष राष्ट्र थियो । तर लोकतान्त्रिक देशमा लोकतान्त्रिक व्यवस्थामा यस्तो धर्म सापेक्ष राष्ट्र भनिँदैन ।
10:18
सुरेश कुमार आलेमगर
हुँदैन । त्यसैले यो विषयतर्फ सबै िसबैको ध्यानाकर्षण गर्न चाहन्छु ।
10:23
सुरेश कुमार आलेमगर
व्यक्तिगत स्वतन्त्रता धार्मिक स्वत्त व्यक्तिगत मामिला हो । राज्यको मामिला होइन ।
10:28
सुरेश कुमार आलेमगर
देशको मामिला होइन । धन्यवाद ।
10:33
नारायण प्रसाद दाहाल
माननीय सदस्यहरू शून्य समयमा बोल्ने क्रम यही समाप्त हुन्छ ।