00:00
नारायण प्रसाद दाहाल
माननीय मदन कुमारी शाह गरिमा । समय १३ मिनेट ।
00:23
मदन कुमारी शाह (गरिमा)
सम्माननीय अध्यक्षज्यू, सबभन्दा पहिला समयको लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु । राष्ट्रिय सभामा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी के छ भनेर ध्यान ध्यानाकर्षण प्रस्ताव दर्ता भएको थियो र हामीले त्यसमा छलफल गरेका थियौं र त्यो ध्यानाकर्षण प्रस्तावमार्फत सम्भावित हुने विपत् हानी नोक्सानीको बारेमा सरकारलाई सचेत गराउने काम र तत्अनुसारको काम गर्न संसदले निर्देश पनि गरेको थियो ।
01:05
मदन कुमारी शाह (गरिमा)
र सरकारले प्रतिबद्धता पनि जनाएको थियो । कि हाम्रो तयारी पूर्ण छ ।
01:12
मदन कुमारी शाह (गरिमा)
तर हामीले देखिरहेका छौं सुनिरहेका छौं । कि सरकारले भने जस्तो परिणाम हामीले देखेका छैनौं ।
01:23
मदन कुमारी शाह (गरिमा)
त्यति मात्र होइन सम्माननीय अध्यक्षज्यू आज भन्दा २ वर्ष पहिला मलाई लाग्छ । २०८१ असारतिर होला जस्तो लाग्छ ।
01:34
मदन कुमारी शाह (गरिमा)
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले यही सभामा एउटा रिपोर्ट प्रस्तुत गरेको थियो । त्यो समितिले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको स्थलगत अध्ययन अवलोकन अनुगमन गरेर एउटा प्रतिवेदन यो सभामा बुझाएको थियो ।
01:54
मदन कुमारी शाह (गरिमा)
र त्यति बेला त्यो रिपोर्टमा भनिएको छ । केही भूकम्पबाट चिरा चिरा परेको जमिनले आउने दिनहरूमा ठुलो नोक्सानी गर्न सक्छ ।
02:08
मदन कुमारी शाह (गरिमा)
तसर्थ भगौर्विक अध्ययन गरेर त्यस्ता बस्तीहरूलाई चाहिँ छिटोभन्दा छिटो स्थान्तरण गराउनुपर्छ भनेर त्यो रिपोर्ट बुझाएको थियो । र त्यति बेला पनि गृहमन्त्रीले तत्कालीन गृहमन्त्रीले हामी यो काम गरिरहेका छौं भन्नुभएको थियो ।
02:28
मदन कुमारी शाह (गरिमा)
त्यो मलाई अहिले झलझली सम्झन आइरहेको छ । तर हामीले दुःख ढङ्गले सुनेका छौं ।
02:37
मदन कुमारी शाह (गरिमा)
समाचार पढेका छौं । बाजुराको त्रिवेणी नगरपालिका नौ कामसुगाउँमा जुन गाउँमा जम्मा ६० घर परिवार थिए ।
02:48
मदन कुमारी शाह (गरिमा)
त्यसमध्येमा दुइटा परिवार पूर्ण त घरपरिवार नष्ट भएका छन् । ५८ घरपरिवार चाहिँ विस्थापित भएका छन् ।
02:58
मदन कुमारी शाह (गरिमा)
र एक जनाको दुःखद निधन भएको छ । दुई जनाको उपचार भइरहेको अवस्था छ ।
03:06
मदन कुमारी शाह (गरिमा)
त्यसै गरी जाजरकोटमा ग्यार घर परिवार विस्थापित भएको स्थिति छ । रोल्पा, बाग्लुङ, यापतजिल्लाहरूमा चाहिँ बाढी पहिरोबाट जनता आक्रान्त भएको अवस्था छ ।
03:21
मदन कुमारी शाह (गरिमा)
म
03:23
मदन कुमारी शाह (गरिमा)
यो विपदबाट मृत्यु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
03:35
मदन कुमारी शाह (गरिमा)
यति भनिरहँदा एकातिर जनता रोइरहने अक्रान्त भइरहने खोला नाला तर्दा हाम्रा सानो साना भाइबहिनी विद्यार्थीहरूले मृत्यु वरण गर्नुपर्ने अनि राज्यले पीडितहरूको रेस्क्यु गर्नुपर्ने ठाउँमा राज्य कसको रेस्क्यु गर्न लागिरहेको छ त भन्दाखेरि रुगा खोकी र जरो आएका मन्त्रीहरूको रेस्क्यु गरिरहेको छ । त्यो पनि सेनाको स्काई ट्रकबाट यो राज्य कसका लागि सरकार कसका लागि हुन्छ ।
04:16
मदन कुमारी शाह (गरिमा)
जो गरिब छ, जो निमुखा छ । जसका लागि गर्दिने कोही छैन ।
04:22
मदन कुमारी शाह (गरिमा)
त्यसका लागि होइन र युवा कस्तो युवा म पनि ती युवा अवस्थाबाटै गुज्रेर आएको रात गरी नसुतिकन दिनभरि जिन्दाबाद र मुर्दाबादका नारा लगाईकन जुलुस लगाईकन ताउको दुख्दा जरो आउँदा त्यसको प्रभाव नगरीकन गणतन्त्रका लागि लडेको सम्झिन्छु र अहिलेको जान्ने युवाहरूलाई पनि देख्छु । जो आफ्नै माटोमा हिड्दा त्यो माटोले दिएको त्यो वातावरणले
05:00
मदन कुमारी शाह (गरिमा)
दिएको सानो उपहारलाई सहन नसकेर सरकारको स्रोत साधनको चरम दूरुपयोग गरेको पनि हामी देखिरहेका छौं । जनताले मूल्याङ्कन गरिरहेका छन् ।
05:15
मदन कुमारी शाह (गरिमा)
त्यसकारणले यहाँ पूर्व माननीयज्यूहरूले पनि भन्नुभएको छ । अरूलाई देखाउनुभन्दा आफैतिर हेर्दा उचित हुन्छ होला अभूतपूर्व समर्थन जनताले गरेको सरकार अभूतपूर्व अवसर पनि छ ।
05:30
मदन कुमारी शाह (गरिमा)
त्यसकारणले गर्दा विगतको ३५ वर्षलाई विगतका पुराना पार्टीहरूलाई मात्रै देखाउने भन्दा यो अवसरलाई जनताको सेवामा समर्पण गर्नको लागि सम्माननीय अध्यक्षज्यूमार्फत म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सामान्य रुगाखोकी मा सरकारको स्रोत साधनको चरण दुर्वोध गर्नु कुन सुशासनभित्र पर्छ मलाई चाहिँ थाहा छैन ।
06:01
मदन कुमारी शाह (गरिमा)
सुशासनको नारा दिएर नथाक्ने सरकारले सुशासनको धज्जी उडाएको छ भन्ने मेरो निष्कर्ष रहेको कुरा पनि म अनुरोध गर्न चाहन्छु । म सम्माननीय अध्यक्षज्यूमार्फत के अनुरोध गर्दछु भने के हाम्रो जस्तो भूबनोट भएको देश अलि कमजोर खालको पहाड भएको भूगर्भ भएको हाम्रो जस्तो देशमा भविष्यमा फेरि पनि ठुला ठुला प्राकृतिक विपत्तिहरू आउन सक्छन् ।
06:39
मदन कुमारी शाह (गरिमा)
तिनीहरूको पूर्वतयारीका लागि सरकारले भौर्गर्भिक अध्ययन गरोस् । जोखिममा रहेका बस्तीहरूलाई तुरुन्त सुरक्षित स्थानमा स्थान्तरण गरियोस् ।
06:53
मदन कुमारी शाह (गरिमा)
बाढी पहिरोबाट पीडितहरूको उद्धार राहत र पुनर्स्थापनामा ध्यान दिओस् भन्ने कुरा अनुरोध गर्न चाहन्छु । हामीले म सुदूरपश्चिमको बझाङमा अहिले सेती लोकमार्ग भासिएको छ ।
07:11
मदन कुमारी शाह (गरिमा)
चैनपुर ताक्लाकोट सडक खण्ड पहिरो गरेर भाँसिएको छ त्यो । र मलाई खुसी लागेको थियो कि भौतिक पूर्वाधार मन्त्री अनुगमनमा जानुभएको छ ।
07:23
मदन कुमारी शाह (गरिमा)
अब यो शति लोकमार्ग धेरै राम्रो बन्ने छ भन्ने लागेको थियो । र मलाई के लागेको थियो भन्दाखेरि असाध्यै छिटो छिटो हिन्ने हाम्रा मन्त्रीहरू यो बाढी पहिरोबाट पीडितहरूको उद्धार पनि छिटो छिटै गर्छन् भन्ने लाग्या थियो ।
07:40
मदन कुमारी शाह (गरिमा)
मलाई चाहिँ एकातिर बाढीपहिरोबाट आक्रान्त जनताहरू अर्कोतिर हाम्रा गृह मन्त्री जसले रेस्क्यु गर्नुपर्ने हो, गृह जिल्ला जानुहुन्छ र गृह गृह जिल्लावासीहरूले चाहिँ बाचा पुरा खै भनेर सोध्दाखेरि आफ्ना मतहरू फिर्ता लैजाउ भनेर ओठे जवाफ दिनुहुन्छ । यो पाँच वर्षको लागि दिएको अभूतपूर्व समर्थन जिम्मा उत्तरदायित्व ४ महिनामै यति गरुङ्गो भयो मलाई तहसम्म लागिरहेको छ ।
08:13
मदन कुमारी शाह (गरिमा)
महङ्गी सुरसाको मुख चाहिँ बढिरहेको छ । उपभोक्त वस्तुको अभाव जता तति देखिएको छ ।
08:20
मदन कुमारी शाह (गरिमा)
त्यवहारहरूनजिक आइरहँदा चिनीको अभाव भयो भन्ने कुरा चाहिँ हिजो देखिनै हामीले सुनिरहेका छौं । जता ततै लाइन, पासपोर्टको लाइन, ग्याँसको लाइन एयरपोर्टमा लाइन असार महिनामा मात्रै ७०४ ४१ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले भन्छ ।
08:39
मदन कुमारी शाह (गरिमा)
म सरकारलाई सम्माननीय अव्यक्षज्यूमार्फत प्रश्न गर्न चाहन्छु । कहाँ छ अनुगमन कहाँ छ निगरानी कहाँ छ सुशासन यस्तै हुन्छ ।
08:46
मदन कुमारी शाह (गरिमा)
सुशासन जान्ने सरकारले बचकाना निर्णय गरिरहेको छ भन्ने मलाई लाग्छ । म सरकारलाई प्रशंसा गर्न चाहन्छु ।
08:59
मदन कुमारी शाह (गरिमा)
विरोध गर्न चाहन्न । म सम्झिन्छु ।
09:04
मदन कुमारी शाह (गरिमा)
जतिबेला नीति र कार्यक्रम बजेट पास भइरहेको त्यो हामीले शिक्षा र स्वास्थ्यमा कर लगाउनुहुँदैन भनेर निक्कै भन्यौं । अनुरोध गर्यौं ।
09:13
मदन कुमारी शाह (गरिमा)
सरकारको आलोचना पनि गर्यौं । तर सरकारले त्यसलाई पारित गराएर छाड्यो र पछि बाध्य भएर फिर्ता लियो ।
09:20
मदन कुमारी शाह (गरिमा)
यस्तालाई भन्छन् बच्काना निर्णय । अब अहिले पनि कस्तो नीति छ ।
09:25
मदन कुमारी शाह (गरिमा)
नेपाल सरकारको भन्दाखेरि नेपालमा विद्युतको उत्पादन गरेको छ । त्यसको खपत बढाउनुपर्छ ।
09:31
मदन कुमारी शाह (गरिमा)
तर विद्युतमा कर लगाउँछ । यस्तोलाई भनिन्छ बचकाना निर्णय अर्थतन्त्र नाजो बन्दै गएको अवस्थामा व्यापार घाटा बढेको बढै छ ।
09:42
मदन कुमारी शाह (गरिमा)
सरकारले आफैले गरेका प्रतिबद्धताहरूको खिल्ली उडाउने काम गरेको छ भन्ने मलाई लागिरहेको छ । अहिले हामीले देखिरहेका छौं ।
09:50
मदन कुमारी शाह (गरिमा)
सम्माननीय अध्यक्षज्यू, गो राजनैतिक दण्ड बढ्दै गएको अवस्था छ छ । यही यही सरकारले बढाउने काम गरेको छ ।
09:57
मदन कुमारी शाह (गरिमा)
विवादित दलाई आमाको जनमदिन बनाउनेका ।
10:00
मदन कुमारी शाह (गरिमा)
काम गरेको छ । कहिले त संविधान गर्ने कहिले रोक्ने निर्णय गर्छ ।
10:05
मदन कुमारी शाह (गरिमा)
अनि विकास साझेदारहरू यस्ता सरकारका यस्ता गतिविधिहरूबाट जडिएको अवस्था छ र हाम्रा प्रधानमन्त्री कूटनीतिक रूपले पनि आफू तल पर्ने गरी संसदमा बोल्नुहुन्छ । नेपालले पनि भारतको भूमि मिचेको छ ।
10:21
मदन कुमारी शाह (गरिमा)
म सम्माननीय अध्यक्षज्यूमार्फत पुनः सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । माग गर्दछु कि प्रधानमन्त्रीले आफ्नो यो बोलीलाई फिर्ता लिनुपर्छ र म प्रतिनिधि सभाका सम्माननीय अध्यक्ष सम्माननीय सभापति सम्माननीय सभामुखज्यूलाई पनि सम्माननीय अध्यक्षज्यूमार्फत अनुरोध गर्न चाहन्छु ।
10:42
मदन कुमारी शाह (गरिमा)
कि प्रतिनिधि सभाको रेकर्डबाट प्रधानमन्त्रीको त्यो अभिव्यक्ति हटाइयोस् भन्ने कुरा अनुरोध गर्न चाहन्छु । यहाँ धर्म वाडमा आफ्नो रोक्नसक्ने काम भइरहेको छ सुनसरी सिराहामा जुन घटना क्रमहरू घटे हिजोका दिनमा त्यो त्यसैको उत्पादन हो भन्ने चाहिँ मलाई लाग्छ ।
11:00
मदन कुमारी शाह (गरिमा)
त्यसैकारणले मैले सुनेको छु । सत्ता पक्षकै माननीयहरूले पनि चिन्ता व्यक्त गर्नुभएको छ ।
11:06
मदन कुमारी शाह (गरिमा)
आगो बुझेको छ । तर दाउरा निभेको छैन ।
11:11
मदन कुमारी शाह (गरिमा)
यदि सरकारले सही ढङ्गले यस्ता विषयहरूलाई सम्बोधन गर्न सकेन भने सामाजिक सदभाव खलबलिने त्यतिकै खतरा रहेको कुरा पनि म अनुरोध गर्न चाहन्छु । अहिले मिटर ब्याजीहरू आन्दोलनमा छन् ।
11:25
मदन कुमारी शाह (गरिमा)
लघुवित्त पीडितहरू, आन्दोलनमा छन् । सहकारी पीडितहरू आन्दोलनमा छन् ।
11:29
मदन कुमारी शाह (गरिमा)
महिलाहरू हिंसा बोलिरहेका छन् । आज मात्रै मैले पढे ।
11:33
मदन कुमारी शाह (गरिमा)
बाराको एक जना ४ वर्षको गरिमा चौधरी जसको आँखा पनि निकालिएको छ । जिरो पनि काटिएको छ ।
11:39
मदन कुमारी शाह (गरिमा)
यस्तो अवस्थामा चाहिँ महिला हिंसाहरू बढिरहेको छ । कञ्चनपुरको पशुपति कुमारी बमलाई घरकै मान्छेहरूले चाहिँ हिंसा गरेर चाहिँ मार्यो भन्ने छ तर उनी मरिएको भेटिएको हुन्छन् ।
11:51
मदन कुमारी शाह (गरिमा)
डोटीमा बाबुबाटै छोरी बलात्कृत हुन्छन् । किशोरीहरू सुरक्षित अवस्थामा छैन ।
11:57
मदन कुमारी शाह (गरिमा)
जता कतै सुरक्षाको समस्या छ । विकासको समस्या छ ।
12:00
मदन कुमारी शाह (गरिमा)
न्यायको अभाव छ । यस्तै कामका लागि जनताले जान्नेलाई छानेका हुन्छ भन्ने कुरा म राख्न चाहन्छु ।
12:08
मदन कुमारी शाह (गरिमा)
म्युडियामाथि प्रतिशोध लिने काम भइरहेको छ । आतङ्कित बनाउने काम भइरहेको छ ।
12:14
मदन कुमारी शाह (गरिमा)
नियन्त्रण गर्ने काम भइरहेको छ । त्यसको प्रत्यक्ष उदाहरण मिडिया हाउसका अगाडि गाडी तेर्स्याउने धरपकट गर्ने यस्ता कामहरू भएका छन् ।
12:23
मदन कुमारी शाह (गरिमा)
पछिल्लो किशोर श्रेष्ठलाई चाहिँ समात्ने अनि त्यसपछि गएर चाहिँ छोड्न चाहिँ बाध्य हुने यस्ता खालका कामले देखाउँछ । सरकार बच्काना छ ।
12:33
मदन कुमारी शाह (गरिमा)
सरकारले सिरेसली भएर उत्तरदायी भएर काम गरिरहेको छैन भन्ने कुरा म राख्न चाहन्छु । म सम्माननीय अध्यक्षज्युमार्फत सरकारलाई भन्न चाहन्छु धरपकट गरेर विरोध गरेर पुराना दलहरूका कमजोरी गराएर मात्र यो सत्तामा टिकिरहन सकिँदैन ।
12:53
मदन कुमारी शाह (गरिमा)
जनताको सेवा गर्न गर्न सकिँदैन । ।
12:56
मदन कुमारी शाह (गरिमा)
राष्ट्रियताको सुरक्षा सुरक्षा रक्षा गर्नको लागि यहाँहरू असाध्यै चिन्तित हुनुपर्ने, संवेदनशील हुनुपर्ने र सबै राजनीतिक दलहरूलाई साथमा लिएर नेपाली जनतालाई साथमा लिएर भविष्यको पीडितलाई एउटा स्वतन्त्र र स्वाधीन राष्ट्र हस्तान्तरण गर्न अग्रसर हुनुहोस् भन्ने माग अनुरोध गर्दै बिदा हुन चाहन्छु । धन्यवाद ।