00:00
डोलप्रसाद अर्याल
५ मिनेट । त्यसपछि माननीय सदस्य पदमा कुमारी अर्याल
00:17
सन्तोष सुब्बा
सम्माननीय सभामुख महोदय, नेपालको कृषि क्षेत्र बारे हामीले धेरै वर्षदेखि एउटै कुरा भन्दै आएका छौं । कृषि लगानी बढाउनुपर्छ ।
00:28
सन्तोष सुब्बा
उत्पादन बढाउनुपर्छ । किसानलाई प्रोत्साहन गर्नुपर्छ ।
00:31
सन्तोष सुब्बा
तर प्रश्न उठ्छ । बजेट बढेको छ कि छैन भन्दा पनि त्यसले किसानको जीवन उत्पादन र ग्रामीण अर्थतन्त्रमा कति परिवर्तन ल्यायो ।
00:41
सन्तोष सुब्बा
नेपालको आधाभन्दा बढी आर्थिक रूपमा सक्रिय जनशक्ति कृषि वन तथा मस्क्षेत्रमा संलग्न छ । कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा करिब एक चौथाइ योगदान दिएको छ ।
00:55
सन्तोष सुब्बा
तर राष्ट्रिय बजेटको आकार आकार बढ्दै गएको अवस्थामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट गत ८२८३ को भन्दा अहिलेको ८३ ८४ को बजेट करिब करिब १.४% ले कटौती गरिएको छ । लगानी बढाउनुपर्ने समयमा कटौती हुनु गम्भीर नीतिगत असन्तुलन असन्तुलन हो ।
01:22
सन्तोष सुब्बा
यसले बसाइ सराई बाध्यकारी भएको छ । विशेष गरी हिमाल तथा पहाडी क्षेत्रमा त्यसमाथि विनियोजित बजेटको ठुलो हिस्सा प्रशासनिक संरचना र रासायनिक मलमा खर्च हुँदा उत्पादन उत्पादकत्व भण्डारण, प्रशोधन र बजारसँग प्रत्यक्ष जोडिने दीर्घकालीन लगानी अपेक्षित रूपमा हुन सकेको छैन ।
01:48
सन्तोष सुब्बा
विशेष गरेर अहिलेको परिवर्तनशील सरकार त्यसको नेतृत्वकर्ता त्यसमाथि पनि म विशेष गरेर म अर्थ मन्त्रीज्यूलाई विशेष साझ यस सम्मानित सदनबाट म उहाँलाई आग्रह गर्न चाहन्छु । वहाँले यो सरकारले ल्याएको सरकारको सिद्धान्त र प्राथमिकता एकातिर छ र वहाँले ल्याउनुभएको बजेट एकातिर छ ।
02:15
सन्तोष सुब्बा
अब हामी यहाँ सांसदहरू आएर संसदमा ठुलो माग गर्दै छौं । माग गरिका काम र नागरिकका विषयहरू योजनाहरू माग गर्दै छौं ।
02:29
सन्तोष सुब्बा
र सरकारको सिद्धान्त र प्राथमिकतामा के भनिएको छ भने चक्रिय सहरी अर्थतन्त्र प्रवर्धन भनिएको छ । राम्रो छ ।
02:37
सन्तोष सुब्बा
सुन्दा अत्यन्तै प्रिय लाग्छ । त्यसै गरी चक्रीय ग्रामीण अर्थतन्त्रको कुरा प्रवर्धन गर्ने कुरा कहीँ उल्लेख छैन ।
02:47
सन्तोष सुब्बा
अब यसले हामीलाई कहाँ पुर्याउँदै छ यसले हामीलाई कहाँ पुन्याउँदैछ । त्यसकारणले गर्दाखेरि म विनम्रताका साथ आग्रह गर्न चाहन्छु ।
02:56
सन्तोष सुब्बा
यो सरकारलाई कि यो सरकारले समय हुँदै सचेत भएर यो कुरालाई पुनर्विचार गरेर योजनाका कुराहरूलाई पनि प्लानिङका कुराहरूलाई पनि अगाडि बढाउनको लागि म विशेष गरेर यो सम्मानित सदनको सभामुखमार्फत म आग्रह गर्न चाहन्छु । र अर्को कुरा बसाइ सराइको सवाललाई विभिन्न तर्फबाट क्षेत्रबाट हेर्दाखेरि हाम्रो विषय विज्ञहरू जसले यो मुलुकको बसाइ सराई यो अर्थतन्त्रलाई धान्नका लागि जसले योजना बनाउँदै हुनुहुन्छ कि उहाँहरू फेल भएको हुनुपर्छ कि यसको प्रश्न यसको उत्तर यो सरकारले दिनुपर्छ र यो सम्मानित सदनलाई दिनुपर्छ र हामीलाई पनि जानकारी हुनुपर्छ ।
03:38
सन्तोष सुब्बा
कि हामी हामीले बनाएका योजनाकारहरू असफल हुनुहुन्छ । होइन भने हामीले चक्रिय सहरी अर्थतन्त्र भन्या जस्तै ग्रामीण र ग्रामीण चक्रिय ग्रामीण अर्थतन्त्रलाई प्रवर्धन गर्ने हो भने हामीले शैक्षिक क्षेत्रमा त्यति केही ग्रामीण शैक्षिक क्षेत्रमा त्यतिकै लगानी गर्नुपर्छ ।
04:00
सन्तोष सुब्बा
स्वास्थ्य क्षेत्रमा त्यतिकै लगानी गर्नुपर्छ । मैले त्यो कहीँ कहीँ भेटेको छैन ।
04:04
सन्तोष सुब्बा
त्यसकारणले गर्दाखेरि कृषि क्षेत्रमा भएको बजेट दुइटा कुरामा नै तहसनस भएको छ । एउटा रासायनिक मलमा समाप्त भएको छ ।
04:12
सन्तोष सुब्बा
लगभग लगभग चालु पुँजी ७०% को हाराहारीमा समाप्त गरिएको छ । यो रासायनिक मलको वैकल्पिक रूपमा खोजी गर्ने कुरामा सरकार जोडदार साथ अगाडि लाग्नुपर्छ ।
04:23
सन्तोष सुब्बा
हामीले कृषि समितिमार्फत पनि त्यो कुरालाई अगाडि बढाएका छौं । त्यसकारणले गर्दाखेरि हामीले रासायनिक मललाई प्राथमिकता दिनुभन्दा जैविक प्राङ्गारिक र हरित मललाई प्रत्येक पालिकामा पुर्याउने गरीको हामीले योजना उद्योग स्थापना गरेर अगाडि बढ्नुपर्छ भन्ने म सरकारसँग यो सम्मानित सदनमार्फत म आग्रह र माग गर्न चाहन्छु ।
04:47
सन्तोष सुब्बा
विशेष गरेर हामी सबै जना साँच्चिकै कृषि क्षेत्रको संरचनागत रूपमा मात्रै नभएर विषय विषय र विधा विधाको संरचनागत रूपमा चाहिँ हामी परिवर्तन नै गरौं काम गरौं भनेर आएको कारणले गर्
05:00
सन्तोष सुब्बा
राखेर विगतको सरकार र विगतको निर्णयहरूलाई दोष देखाएर उम्किन हामीलाई हामीलाई यो समयले र यो जिम्मेवारीले छुट दिएको छैन भन्ने कुरा राख्दै म यस सम्मानित सदनबाट सरकारलाई प्रष्ट रूपमा अगाडि बढ्नका लागि आग्रह र अनुरोध गर्दछु । धन्यवाद ।
05:15
सन्तोष सुब्बा
जय नेपाल ।