00:00
रुबी कुमारी
माननीय पद्मा कुमारी अर्याल । समय १२ मिनेट ।
00:03
रुबी कुमारी
त्यसपछि माननीय युवराज दुलाल
00:16
पद्मा कुमारी अर्याल
सम्माननीय सभामुख महोदय भर्खरै बारमा घटेको घटना । अबोध बालिका गरिमा चौधरीको बलात्कारपछि जुन को हत्या भएको छ ।
00:36
पद्मा कुमारी अर्याल
त्यो घटनाको म निन्दा गर्दछु । गरिमाप्रति श्रद्धाञ्जली परिवारमा समवेदना अनुसन्धानका निम्ति सुरक्षा निकय लागेकै छ ।
00:51
पद्मा कुमारी अर्याल
केही मानिसहरू अनुसन्धानका दायरा मन्तिआएकै छन् । छिटो दोषी किटान होस् ।
00:59
पद्मा कुमारी अर्याल
दोषि कडा कारबाही होस् । गरिमाको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था होस् ।
01:07
पद्मा कुमारी अर्याल
म सरकारसित माग गर्दछु । सभामुख महोदय प्रश्न गम्भीर छ ।
01:14
पद्मा कुमारी अर्याल
यौन पिपासु मानव भएर त्यस्तो पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई तोखाको ८ तोखाको सास वा तो खालको निर्भय कहाँबाट प्राप्त भयो । यो गम्भीर प्रश्न हो ।
01:33
पद्मा कुमारी अर्याल
यस्ता खालका घटनामा ठिक ढङ्गले कारबाही गरिएन भने यो प्रवृत्ति मौलाएर जान्छ । हामीले सम्झिरहेका छौं ।
01:42
पद्मा कुमारी अर्याल
निर्मला पन्त मा के भयो । हमेसाको के भयो ।
01:46
पद्मा कुमारी अर्याल
अहिले भर्खर कै फेरि अर्को घटना सरलाको आइरहेको छ । नाबालिकाको ।
01:53
पद्मा कुमारी अर्याल
त्यसै गरी यही सङ्खलन अस्ति भर्खर घटेको घटना छ । दिन प्रतिदिन यो प्रवृत्ति अगाडि बढिरहेको छ ।
02:01
पद्मा कुमारी अर्याल
त्यसैले घटना घटेपछि एउटा घटनामा आधारित भएर छानबिन गर्ने कुरा त छँदै छ । यसलाई सदाको निम्ति निरुपण गर्नको निम्ति निश्तेज गर्नको निम्ति हामीले के गर्नु उपयुक्त होला ।
02:13
पद्मा कुमारी अर्याल
यसले छलफलको बहसको माग गरेको छ । सम्माननीय सभामुख महोदय म राख्न चाहन्छु ।
02:19
पद्मा कुमारी अर्याल
सम्माननीय सभामुख मया यसमार्फत सरकारलाई भन्न चाहन्छु । यस्ता खालका घटना के कारणले गर्छन् ।
02:26
पद्मा कुमारी अर्याल
किन गर्छन् । यसको गम्भीर अध्ययन र विश्लेषण गर्नको निम्ति अनुसन्धान गर्नको निम्ति सरकारले शीघ्र काम अगाडि बढाउनुपर्छ ।
02:36
पद्मा कुमारी अर्याल
गम्भीर अनुसन्धान गर्नुपर्छ । अध्ययन गर्नुपर्छ ।
02:40
पद्मा कुमारी अर्याल
त्यो अध्ययनमा आधारित प्रतिवेदनमा आधारित भएर कार्ययोजना बनाएर यो चितलाई निश्तेज बनाउनको निम्ति लाग्नुपर्छ । म सरकारलाई यो हार्दिक आग्रह गर्न चाहन्छु ।
02:50
पद्मा कुमारी अर्याल
त्यसै गरी सम्माननीय सभामुख महोदय साँधसो कुरा बोलिरहनुपर्छ । मलाई त्यस्तो लाग्छ ।
02:57
पद्मा कुमारी अर्याल
हामी बोलिरहन्छौं । विगतदेखि हामीले केही विषयहरू उठाइरहेका छौं ।
03:03
पद्मा कुमारी अर्याल
त्यो विषय प्रतिपक्षीका विषय मात्रै होइन । ती विषय जनताका विषय हुन् ।
03:08
पद्मा कुमारी अर्याल
ती चिजहरूको सम्बोधन हुन नसकिरहेको सन्दर्भमा हामी फेरि पनि भन्न चाहन्छौं । बोलेको कुरा व्यवहारमा लागु गर्ने ।
03:18
पद्मा कुमारी अर्याल
बोलेको कुरा कामबाट पुष्टि गर्ने कसम खाएर बनेको सरकार अहिले अलिकति खुट्टा तै लुलो बनाइरहेको हामीलाई आवास भइरहेको छ । म स्पष्ट भन्न चाहन्छु ।
03:31
पद्मा कुमारी अर्याल
आज ग्यास उपभोक्ता लामो घण्टासम्म घण्टौघण्टासम्म लाइनमा बसेर ग्यास नपाइसकेपछि फेरि पुरानै दाउराको युगतिर फर्किन पर्ने परिस्थिति छ । अनि त्यसै गरी मलको खोजीमा भौतारिएको एउटा किसान आज पनि विदेशीको जेलमा छ ।
03:54
पद्मा कुमारी अर्याल
सम्माननीय सभामुख महोदय, आज प्रधानमन्त्रीका वरिपरि बस्ने निकटका मान्छेहरू हामीले खे देखिरहेका छौं भने ग्यास प्राप्त नगरेका उपभोक्ताको लाइन देखेर अनि रासायनिक मल प्राप्त नगरेका किसानहरूलाई देखेर त्यसै गरी राजधानीको लाइनमा बसेका नागरिकहरुलाई लक्षित गरेर आज पनि निकटका फेसबुक पेजहरूबाट विरोधको प्रष्ट भइरहन्छु । मैले सोध्न चाहन्छु ।
04:33
पद्मा कुमारी अर्याल
म प्रश्न गर्न चाहन्छु । के सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना मात्रै सञ्चालन गर्ने हो ।
04:43
पद्मा कुमारी अर्याल
यति धेरै जनताको समस्या छन् । ती समस्या समाधानमा ध्यान किन गएको छ ।
04:48
पद्मा कुमारी अर्याल
सरकारले आफ्नो कुशलता प्रदर्शित गर्न किन सकेको छैन । मैले यो गम्भीरतापूर्वक प्रश्न गर्न चाहन्छु ।
04:55
पद्मा कुमारी अर्याल
सभामुख महोदय म फेरी गरी भन्न चाहन्छु । आज अ
05:00
पद्मा कुमारी अर्याल
प्रविधिको निकै चर्चा भइरहेको छ । र म मानिस प्रवृत्तिको मालिको कि दास आज यो गम्भीर प्रश्न खडा भएको छ ।
05:11
पद्मा कुमारी अर्याल
मैले बोल्दै गरेको मायक प्रविधि हो । हामीले प्रयोग गर्ने फोन ल्याप्टप चढेर आउने गाडी खाना पकाउने ग्यास यी सबै प्रविधि हो ।
05:23
पद्मा कुमारी अर्याल
त्यसैले हाम्रो प्रश्न प्रविधिप्रति छैन । हाम्रो प्रश्न प्रविधिलाई जुन विकृत ढङ्गले प्रयोग गरिएको छ ।
05:32
पद्मा कुमारी अर्याल
त्यसप्रतिको आज हाम्रो प्रश्न छ । हामीले गम्भीर हुनुपर्ने ठाउँमा त्यही ढङ्गले छलफल गर्ने ठाउँमा पुगेका छौं ।
05:40
पद्मा कुमारी अर्याल
आज प्रविधिका माध्यमबाट सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भएको छ । समाज धेरै अराजक बनेको छ ।
05:50
पद्मा कुमारी अर्याल
एउटै परिवारमा आमा बाउसित छोरा छोरी सँगै बसेर टिकटक हेर्ने स्थिति छैन । फेसबुक हेर्ने स्थिति छैन ।
06:00
पद्मा कुमारी अर्याल
यस्तो खालको अवस्था बनिरहेको छ र यति धेरै परिवारहरू खण्डित भएको छ । श्रीमतीको श्रीमानको झगडा हेरेर हामी रोमाञ्चित भए जस्तो गरिरहेका छन ।
06:12
पद्मा कुमारी अर्याल
आज धेरै श्रीमान श्रीमतीको सम्बन्ध बिच्छेद भएको छ । परिवार खण्डित भएको छ ।
06:17
पद्मा कुमारी अर्याल
समाजभिथोलिएको छ । छोरा छोरी न्यान छन् ।
06:22
पद्मा कुमारी अर्याल
केही थाहा छैन । कहिले कोशी त जोडेका फोटा कहिले पसि त जोडेका फोटा अभिभावकसँग बस्दाखेरि हेर्दा सहन नसकेर सुसाइट गर्ने ठाउँमा पुगेर सुसाइट भएका धेरै घटना छ ।
06:34
पद्मा कुमारी अर्याल
त्यसैले यस्ता घटनाहरू प्रति हामी गम्भीर हुन जरुरी छ । आज बालबच्चाको कुरा गर्ने हो भने बालबच्चाको मौलिकता राखेको छ ।
06:43
पद्मा कुमारी अर्याल
सिर्जना हराएको छ । काम गर्ने जाँगर मरेको छ ।
06:47
पद्मा कुमारी अर्याल
कोठाभित्र बस्ने बानी परेको छ । साँच्चै भविष्य के हुन्छ ।
06:52
पद्मा कुमारी अर्याल
भविष्यमाथि प्रश्न उठिरहेको छ । यतिसम्म कि कतिपय बच्चाहरूको त मानसिक समस्या समेत देखिएको छ ।
07:00
पद्मा कुमारी अर्याल
यस्तै चिजहरूलाई ख्याल गर्दै अरू विकसित मुलुकहरू अस्ट्रेलियाका कुरा गर्नुहुन्छ भने बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगको निम्ति अष्ट्रेलिया र उमेरको हद लगायो । अरू कैयौं मुलुकहरूले पनि छुट्टै खालको मापदण्ड बनाएर अगाडि बढिरहेका छन् ।
07:19
पद्मा कुमारी अर्याल
सीमा तोकेका छन् । अब हामीलाई पनि ढिला भएको छ ।
07:23
पद्मा कुमारी अर्याल
सरकार यसमा के योजनामा छ । सरकार के गरिरहेको छ ।
07:28
पद्मा कुमारी अर्याल
हामीले जति विलम्ब गर्छौं । त्यति हाम्रा भविष्यका बच्चाहरूको भविष्य नै खाडलमा पुग्ने छ ।
07:36
पद्मा कुमारी अर्याल
धेरै बिग्रिँदै छ । गम्भीर बनौं ।
07:39
पद्मा कुमारी अर्याल
तसर्थ सामाजिक सञ्जाल प्रयोगमा बाल बच्चाको निम्ति मापदण्ड र वर्गीकरण निर्धारण गरौं । म सरकारलाई यो कुरा आग्रह गर्न चाहन्छु ।
07:48
पद्मा कुमारी अर्याल
सम्माननीय सभामुख महोदयमार्फत । त्यसै गरी अरुचिलाई नियन्त्रण गर्नको निम्ति ।
07:55
पद्मा कुमारी अर्याल
एउटा म साथीहरूलाई साथीहरूलाई भन्न चाहन्छु । हामी कोही सत्ता पक्ष छौं ।
07:58
पद्मा कुमारी अर्याल
कोही प्रतिपक्ष छौं । को सत्ता पक्ष, कोही प्रतिपक्ष गलत चितलाई विकृतिलाई नियन्त्रण गर्नको निम्ति हामी संयुक्त ढङ्गले अगाडि बढौं ।
08:09
पद्मा कुमारी अर्याल
एउटा हामीले साइबर ब्युरोसित जोडिएको साइबर क्राइमसित जोडिएको एउटा सङ्कल्प प्रस्ताव पारित गरौं । आज महिलाहरू धेरै पीडित भए ।
08:21
पद्मा कुमारी अर्याल
महिला मात्रै होइन । पुरुषहरू पनि पीडित भए छ ।
08:24
पद्मा कुमारी अर्याल
कहिले सत्तापक्षले प्रतिपक्षलाई लक्षित गर्ने कहिले प्रतिपक्षले सत्ता पक्षलाई लक्षित गर्ने । यी दुवै चिज भएका छ ।
08:31
पद्मा कुमारी अर्याल
त्यसैले हामी सबै पीडित छ । यो पीडाको अन्त्य गर्नको निम्ति एउटा साझा सङ्कल्प पारित गरौं ।
08:37
पद्मा कुमारी अर्याल
म यो पनि आग्रह गर्न छचाहन्छु । त्यसै गरी म अर्को कुरा राख्न चाहन्छु ।
08:43
पद्मा कुमारी अर्याल
सभामुख महोदय , अहिले नेपालमा धेरै इभी गाडी खरिदकर्ताहरूको सङ्ख्या बढिराछ । यो सुखद कुरा हो ।
08:52
पद्मा कुमारी अर्याल
हामीले डिजेलमा पेट्रोलमा गर्ने जुन खालको खर्च हो । त खर्च बचत भएको छ ।
08:57
पद्मा कुमारी अर्याल
हाम्रो निर्यात बन्द भएर नेपालमै पैसा रहने स्थिति यो सुखद कुरा । त्यसैले हाम्रा सिटीहरुमा विभिन्न खालका सहरहरूमा यसलाई अझै व्यवस्थित गर्ने यसको प्रभाव विस्तार गर्ने उपभोक्ता बढाउने दिशातिर जान सरकारले केही सहुलियतको कार्यक्रम ल्याउनुपर्छ ।
09:16
पद्मा कुमारी अर्याल
अनि गर्दै गर्दा ठुलठुला यात्रुवाहक बसहरू मा पनि बी गाडी सञ्चालन गर्ने गरी हामी अगाडि बढ्नुपर्छ । त्यसो गर्दा २ वटा फाइदा ।
09:25
पद्मा कुमारी अर्याल
एउटा कुरा हाम्रो वातावरणीय प्रदूषणको हिसाबले नियन्त्रण हुन्छ । सुस्त हन्छ ।
09:31
पद्मा कुमारी अर्याल
दोस्रो कुरा हाम्रो निर्यात हुने पुँजी नेपालमै रहन्छ । तसर्थ यसको फाइदालाई चुम्दै सरकारले सहुलियतको कार्यक्रमसहित यसलाई देशका सहरहरूमा विस्तार गर्ने योजना बनाओस् ।
09:45
पद्मा कुमारी अर्याल
म आग्रह गर्दछु । त्यससित सँगसँगै सकारात्मक कुरासित नकारात्मक कुरा पनि सँगै आउँछ ।
09:52
पद्मा कुमारी अर्याल
सभामुख महोदय म भन्न चाहन्छु । एउटा च्यालेन्जको रूपमा बनेछ ।
09:56
पद्मा कुमारी अर्याल
त्यसको ब्याट्रीको निश्चित अवधि छ । य
10:00
पद्मा कुमारी अर्याल
त्यसको निश्चित अवधिभित्र त्यो ड्यामेज हुन्छ । ड्यामेज भइसकेपछि त्यसमा हुने खत्तरनाक रासायनिक र धातु हामीले खोला किनारमा फाल्यौं भने हामीले खुल्ला डम्पिङ साइडमा फाल्यौं भने आजको सुन्दरता भोलि विपत्तिमा परिणत हुन सक्छ ।
10:17
पद्मा कुमारी अर्याल
त्यसैले यसको बेलैमै व्यवस्थापन कसरी गर्छौं । त्यसको विस्फोटन कसरी गर्छौं ।
10:23
पद्मा कुमारी अर्याल
पुनर्फोरेक गर्ने हो भने कसरी गर्छौं । ।
10:25
पद्मा कुमारी अर्याल
यो यो सन्दर्भमा सन्दर्भमा पनि पनि सरकारले कानुन नियम बेलैमा बनाउन जरुरी छ छ । भोलि घटना घटेपछि पछुताएर हुँदैन ।
10:33
पद्मा कुमारी अर्याल
मैले यो विषयमा पनि ध्यानाकर्षित गर्न चाहन्छु । त्यसै गरी म अन्तिममा भन्न चाहन्छु ।
10:39
पद्मा कुमारी अर्याल
सरकार प्रचण्ड बहुमतमा छ । युवाहरू मन्त्रीमा हुनुहुन्छ ।
10:45
पद्मा कुमारी अर्याल
युवाहरूको मन्त्रीमा को जवाफ छ । त्यसै गरी यो संसदमा प्रतिपक्षको विरोध छैन ।
10:53
पद्मा कुमारी अर्याल
तर सरकारलाई फट्टाफट सरासर काम गर्न केले थ्याकिरहेको छ । हामी सरकार सफलहोस् भन्न चाहन्छु ।
11:00
पद्मा कुमारी अर्याल
देश सफल भएको देख्न चाहन्छौं । देश समृद्ध नेपाली जनता सुखी भएको देख्न चाहन्छ ।
11:07
पद्मा कुमारी अर्याल
त्यसैले यो अभिभारा आजको सरकारको काँधमा छ । यो अभिभारा पूरा गर्ने गरी यो दायित्व पूरा गर्ने गरी सरकारले आफ्नो योजनामा सही ढङ्गले अगाडि बढोस् ।
11:17
पद्मा कुमारी अर्याल
सधै सधै एउटै कुरा जनताका उठाइरहन नपरोस् । जनताका माग शीघ्र पूरा गरोस् ।
11:23
पद्मा कुमारी अर्याल
यिनै कुरा सही बिदा हुन्छु । धन्यवाद ।