00:00
रुबी कुमारी
माननीय खुस्बु ओली । समय ६ मिनेट ।
00:02
रुबी कुमारी
त्यसपछि माननीय राजन गौतम
00:08
खुस्बु ओली
सभामुख महोदय मेरो समय सुरु हुनुभन्दा अगाडि म नियमापत्ति गर्न चाहन्छु । मेरो समय रोकिदिनुस् भनेर आग्रह गर्न चाहन्छु ।
00:16
खुस्बु ओली
नियमावलीको २१ ग र घ अन्तर्गत म नियमापत्ति गर्न चाहन्छु ।
00:32
खुस्बु ओली
समय रोक दिनु ।
00:37
खुस्बु ओली
सभामुख महोदय, भर्खरै आफ्नो विचार राख्नुभएका माननीयज्यूले
00:44
खुस्बु ओली
बलात्कार जस्तो संगीन विषयमा मन मिल्दा चमत्कार नत्र बलात्कार भन्ने जस्तो शब्द
00:50
खुस्बु ओली
प्रयोग गर्नु गलत हुन्छ ।
00:54
खुस्बु ओली
किनभने एकदमै मन मिलेका श्रीमन्त श्रीमतीको बिच पनि श्रीमतीले सम्बन्ध राख्न चाहेनन् भने नो मिन्स नो भन्ने
01:01
खुस्बु ओली
कुरा हामीले बुझ्न आवश्यक छ । र यो कुरा पुरुषहरूलाई पनि लागो हुन्छ र यो जबरजस्ती गर्दाखेरि कुनै चमत्कार हुँदैन ।
01:10
खुस्बु ओली
सम्बन्ध जति नै समृद्ध सुखी होस् । राम्रो होस् ।
01:14
खुस्बु ओली
तर जब सम्बन्धमा जबरजस्ती आउँछ । त्यो गलत हुन्छ ।
01:18
खुस्बु ओली
त्यसमा कुनै चमत्कार हुँदैन । यस्ता गम्भीर विषयमा यस्ता किसिमको टिप्पणीलाई सदनबाट सदनको रेकर्डबाट हटाउनको लागि म सभामुख महोदयसँग
01:27
खुस्बु ओली
निवेदन गर्न चाहन्छु ।
01:33
खुस्बु ओली
सभामुख महोदय आज सडकमा आमाहरू दिदी बैनीहरू र छोरीहरू न्याय मागिरहेका छन् । त्यसैले आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने होइन ।
01:43
खुस्बु ओली
यस्ता जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्ने हो । नेपालको संविधानले मृत्युदण्डको सजाय दिने गरी कानुन बनाउन निषेध गरेको छ ।
01:53
खुस्बु ओली
हामीलाई बारम्बार आइसीसीपीआरको सेकेन्ड अप्सनल प्रोटोकल देखाइन्छ । तर म सोध्न चाहन्छु ।
01:58
खुस्बु ओली
एउटै नेपाली छोरीको जीवन भन्दा ठुलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन । कहिले निर्मला कहिले निषा आज फेरि गरिमा ।
02:08
खुस्बु ओली
हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो । भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन ।
02:16
खुस्बु ओली
त्यहाँ मृत्युदण्डको व्यवस्था छ । नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन ।
02:22
खुस्बु ओली
यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरवलोकन र कानुनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु । आज फेरि नाबालकको नाममा अधिकार र कर्मीहरू अपराधीको मानव अधिकारको कुरा गर्दै छन् ।
02:40
खुस्बु ओली
तर म आज यो सदनबाट एउटा गम्भीर प्रश्न गर्न चाहन्छु । जसको जीवन नै खोसियो ।
02:45
खुस्बु ओली
उसको मानव अधिकार चाहिँ के भयो । बलात्कारपछि हत्या गरिए कि ती तीन वर्ष कि बालिकाको बाँच्न अपाउने अधिकार कहाँ गयो ।
02:53
खुस्बु ओली
उनी संसार चिन्दै थिन् जीवन चिन्न थाल्दै थिइन् । सम्बन्ध चिन्न थाल्दै थिइन् ।
02:58
खुस्बु ओली
आमा भन्न सकेको पनि थिइनन होला तर एउटा अपराधीले उनको जीवनको सम्भावना नै समाप्त गरिदियो । त्यसैले आज हाम्रो बहस अपराधीलाई कति वर्ष जेल हाल्ने भन्नेमा होइन ।
03:09
खुस्बु ओली
हाम्रो बहस यस्ता जर्ने अपराध रोक्न राज्यको दण्ड प्रणाली पर्याप्त छ कि छैन भन्ने विषयमा केन्द्रित हुनुपर्छ । सजाय यति डरलाग्दो हुनुपर्छ कि अपराधले अपराधीले अपराध गर्न पनि डर मानोस् ।
03:23
खुस्बु ओली
बलात्कार जस्तो जघन्य घटनाको व्यक्तिको शरीर गरिमा स्वतन्त्रता र जीवनमाथिको गम्भीर आक्रमण हो । अन्य फौजदारी कसुरमा नैतिक पतनको व्यवस्था छ ।
03:33
खुस्बु ओली
सभामुख महोदय पनि बलात्कारमा किन छैन । दोषीलाई नैतिक पतन हुने फौजदारी कसुरमा स्पष्ट रूपमा राख्ने व्यवस्था तत्काल लागु गर्न सरकारसँग माग गर्दछु ।
03:43
खुस्बु ओली
बलात्कार जस्तो जधन्य अपराधमा दोषी भइसकेपछि पनि उसले फेरि पनि यही कारणले गर्दा यो फौजदारी कर कसुर नलाग्ने कारणले गर्दा उनले सजनि पद धारण गर्न पाउने व्यवस्थाको अन्त्य हुनुपर्छ । त्यस्तै बलात्कार जस्ता गम्भीर अपराधमा न्याय प्राप्त गर्ने बाटोमा हदम्याद नै पीड पीडितको लागि अवरोध नबनोस् भन्ने विषयमा पनि कानुन पुरानो पुनरवलोकन आवश्यक छ ।
04:09
खुस्बु ओली
न्यायको ढोका पीडितले ढक्जट्याउन ढिला भयो भनेर बन्द हुनुहुँदैन । बलात्कारको घटनामा हदम्याद किन र कति राख्ने भन्ने विषयमा सांसद अदालत लगायत सरोकालवालाहरू पुनरवलोकन गर्न पाउनुपर्छ ।
04:22
खुस्बु ओली
अदालतमा पनि पीडितलाई दोस्रो पटक पीडित बनाउने काम बन्द हुनुपर्छ । हामीले अदालतमा कहिले काहीँ सुनेका छौं ।
04:29
खुस्बु ओली
आगो बलेपछि नहुने पग्लिन्छ । यस्ता अभिव्यक्तिहरू शब्द मात्रै होइनन् सभामुख महोदय यी शब्दहरूभित्र हाम्रो समाजको गहिरो पीडित दोषारोपण गर्ने मानसिकता लुकेको छ ।
04:40
खुस्बु ओली
बलात्कारको पीडितलाई नै प्रश्न गर्ने उसको चरित्रमाथि प्रश्न उठाउने उसको व्यवहारमाथि प्रश्न गर्ने वा उसैलाई अपराधको कारण जस्तो देखाउने प्रवृत्तिको अन्त्य हुनुपर्दछ । हाम्रो विगतको दण्डहीनताले भविष्यको अपराधलाई प्रोत्साहित गरिरहेको छैन भन्ने प्रश्न यथावत छ ।
04:57
खुस्बु ओली
यो राज्यले यस प्रकृतिको विगतका घटनाबाट के सिक्न
05:00
Speaker 4
हो । द्वन्द्वकालदेखि आजसम्मका धेरै बलात्कार तथा यौन हिंसाका घटनाहरू अझै न्यायको पर्खाइमा छन् ।
05:05
Speaker 4
निर्मला पन्तको घटनाले हाम्रो राट्रिय संयन्त्रको अनुसन्धान क्षमता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठायो । जव अपराध भयो ।
05:13
Speaker 4
अपराध दिनले सजाय पाएन । यसले एउटा खतरनाक सन्देश दिएको छ ।
05:17
Speaker 4
अपराध गरे पनि उम्किन सकिन्छ भन्ने सन्देश त्यसैले विगतका अन्रिसल्फ केसिजको पनि पुनरवलोकन हुनुपर्छ । दण्डहीनताको अन्त्य नगरी हामी भविष्यको अपराध नियन्त्रण गर्न सक्दैनौं ।
05:29
Speaker 4
पास्ट इन्युनिटी क्रेज फ्युचर इन सिक्योरिटी सभामुख महोदय अभिव्यक्ति अभियुक्तले दिएको बयान र त्यसको सामाजिक सञ्जालमा भएको प्रचार गैरजिम्मेवारीको पराकाष्टा भएको छ । यसले न्याय प्रणालीलाई फितलो बनाउँछ ।
05:44
Speaker 4
जसरी अवक्अभियुक्तले प्रहरीका सामु हासीहासी बयान दिएका छन् । यसले त्यस्तै अपराधिक उत्सुकता भएकालाई मानसिकता भएकालाई कस्तो सङ्केत देला कस्तो सन्देश देला ।
05:55
Speaker 4
प्रश्न उठ्छ । यस्तो संवेदनशील बयान सामाजिक सञ्जालमा कसरी पुग्यो कसरी चुहायो ।
06:00
Speaker 4
राज्यले यसको तत्काल छानबिन गरी अर्को कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ । मेरो सुट जवाफ छ ।
06:06
Speaker 4
पीडित राज्य कहा पुग्ने होइन राज्य पीडितका पुग्नुपर्छ । विगतमा हाम्रो राज्य संयन्त्रको एउटा गम्भीर समस्या यही थियो ।
06:13
Speaker 4
अपराधको सूचना पाएपछि पीडित वा परिवारले प्रहरी कार्यालय धाउनुपर्ने बयान दिनुपर्ने प्रमाण खोज्नुपर्ने र राज्यका विभिन्न निकायको ढोका ढाक्टरकाउनुपर्ने अवस्था हुनुहुँदैन बलात्कारको सूचना प्राप्त हुनेबित्तिकै राज्य पीडित कहाँ पुग्नुपर्छ । एफायारदेखि अनुसन्धान चिकित्सकीय परीक्षण मनोसामाजिक सहयोग कानुनी सहायता र न्यायिक प्रक्रियासम्म राज्यले पीडित केन्द्रित प्रणाली निर्माण गर्नुपर्छ ।
06:36
Speaker 4
पीडितले राज्य खोज्ने होइन । राज्यले पीडित खोज्नुपर्छ ।
06:39
Speaker 4
यो नै बिकिक्टिम सेन्ट्रिक जस्टिस हुन्छ । सभामुख महोदय राज्यको जिम्मेवारी कहाँबाट सुरु हुन्छ ।
06:45
Speaker 4
राज्यको जिम्मेवारी अपराध भएपछि मात्र सुरु हुँदैन । राज्यको जिम्मेवारी सुरक्षाबाट सुरु हुन्छ ।
06:51
Speaker 4
एफायार दर्तादेखि अनुसन्धानसम्म अनुसन्धानदेखि अवियोजनसम्म अवियोजनदेखि फैसला र फैसलादेखि कार्यान्वयनसम्म हरेक चरणमा राज्यले आफ्नो जिम्मेवारी लिनुपर्छ । हाम्रा छोरीहरू हाम्रा सरीहरू हाम्रा बालबालिका सुरक्षित छैनन् भने हामीले राज्यको कुनै पनि सफलताको दाबी गर्न सक्दैनौं ।
07:08
Speaker 4
बालबालिका र महिला सुरक्षित नभएको राज्य शक्तिशाली राज्य हुन सक्दैन । त्यसैले म निवेदन गर्न चाहन्छु ।
07:14
Speaker 4
सरकारसमक्ष आज हामीले विचार गर्नुपर्ने अर्को पनि विषय के छ भने एउटा बालक जसले यो घटना घटायो । उसको दिमागमा यस किसिमको क्रुरता अमानवीयता यस्तो राक्षसी पन कसरी आयो भन्ने विषयमा पनि सरकार गम्भीर हुन आवश्यक छ जस्तो लाग्छ ।