00:02
रुबी कुमारी
माननीय राजवान गौतम समेत ४ मिनेट । त्यसपछि माननीय गिता कुमारी सेन्दान
00:15
राजन गौतम
सम्माननीय सभामुख महोदय, सिमराकी ३ वर्षीय अबोध बालिका गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याको घटनाले म अत्यन्तै मर्माहत एवम् स्तब्ध भएको छु । यस दुःखद् घडीमा स्वर्गीय बालिका गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
00:39
राजन गौतम
सम्माननीय सभामुख महोदय, गत हप्ता घटेका २ ओटा घटनाहरू का पीडितहरूका उमेर एउटै थिए । घटनाको प्रकृति करिब करिब एउटै थियो ।
00:49
राजन गौतम
तर नतिजा फरक थियो । सिमराकी ३ वर्षीय बालिका गरिमा चौधरी बस्तीको बिचबाट हराउँछिन् ।
00:57
राजन गौतम
पछि उनको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा सब भेटिन्छ । अर्कोतर्फ नवलपुरका सिवान तामाङ्ग जङ्गलमा हराउँछन् ।
01:06
राजन गौतम
तीन दिनपछि उनी सकुसल भेटिन्छन् । यी दुई घटनाले हामीलाई एउटा गम्भीर प्रश्न सोच्न बाध्य बनाएको छ ।
01:13
राजन गौतम
के जङ्गलभन्दा मानव बस्ती असुरक्षित हुँदै गएका छन् । के जनावरभन्दा मानिसहरू हिंसा गए हुँदै गएका हुन् ।
01:20
राजन गौतम
होइन भने एउटा अबोध बालिका आफ्नै बस्तीको बिचबाट हराउँछिन् र उनको जीवन समाप्त हुन्छ । जब अर्को बालकको कठिन परिस्थितिका बाबजुद पनि सकुशल उद्धार हुन सक्छ ।
01:30
राजन गौतम
मैले यी दुई घटनाहरूको तुलना गर्न खोजेको होइन । हाम्रो समाज सुरक्षा संयन्त्र राज्यको जिम्मेवारी र बालबालिकाको सुरक्षामाथिको गम्भीर प्रश्न मात्र गर्न खोजेको हो ।
01:42
राजन गौतम
सम्माननीय सभामुख महोदय, आज हामी विकास, समृद्धि र सुशासनका कुरा गरिरहेका छौं । तर कलिला बालबालिकाहरू आफ्नै बस्तीमा सुरक्षित छैनन् ।
01:53
राजन गौतम
सम्माननीय सभामुख महोदय, हाम्रो विकासको अर्थ के रह्यो । राज्यले नागरिकलाई सबैभन्दा पहिला जीवनको सुरक्षा र सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गरिनुपर्छ ।
02:04
राजन गौतम
गरिमा चौधरीको घटनामा दोषी पक्राउ परिसकेको अवस्था छ । अब अनुसन्धान र न्यायिक प्रक्रिया कुनै दवाव प्रभाव र ढिलाइ बिना अगाडि बढाउनुपर्छ ।
02:14
राजन गौतम
दोषीलाई कानुन बमोजिम कडा सजाय सुनिश्चित गरिनुपर्छ । साथै यस्ता घटना दोहोरिन नदिन मौजुदा कानुनको पुनरावलगरी आवश्यक परे संविधान संशोधनमार्फत मृत्युदण्ड सम्मको सजायको व्यवस्था गरिनुपर्छ ।
02:29
राजन गौतम
हामीले घटना भएपछि मात्र प्रतिक्रिया दिने होइन । घटना हुन नदिन सुरक्षा प्रणाली निर्माण गर्नुपर्छ ।
02:36
राजन गौतम
बालबालिकाको सुरक्षा परिवारको मात्र जिम्मेवारी होइन । यो त राज्यको पनि जिम्मेवारी हो ।
02:41
राजन गौतम
अब यो देशमा गरिमा र निर्मलाहरूले आफै न्याय माग्न सक्दैनन् । उनीहरूको आवाज हामी बन्नुपर्छ ।
02:47
राजन गौतम
उनीहरूको न्यायको लागि यो सदन जिम्मेवार बन्नुपर्छ । सम्माननीय सभामुख महोदय, नागरिकको सुरक्षाको कुरा गरिरहँदा म अर्को महत्त्वपूर्ण विषय मार्फत म यस सदनमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।
03:00
राजन गौतम
नेपालमा बाढी, पहिरो, डुबान, नदी कटान भूकम्प, वन, डडेलोलगायतका विपत दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गइरहेका छन् । तर विपतमा जनताको ज्यान जोगाउन घटनास्थलमा सबैभन्दा पहिला पुग्ने सुरक्षा निकायमध्ये एक नेपाल प्रहरीका लागि छुट्टै राष्ट्रियस्तरको विपत् व्यवस्थापन तथा उद्धार तालिम केन्द्र अहिलेसम्म सञ्चालनमा आउन नसक्नु गम्भीर विषय हो ।
03:24
राजन गौतम
अझ महत्त्वपूर्ण कुरा नवलपुरको नवलपुरको जिल्ला सदरमुकाम कावासोतीमा यस तालिम केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अगि बढिसकेको र जग्गा समेत उपलब्ध भइसकेको अवस्थामा आँखी के कति कारणले यसको स्थापना र सञ्चालनमा ढिलाइ भइरहेको छ । म गृह मन्त्रालयसँग यसको स्पष्ट जवाफ माग गर्न चाहन्छु ।
03:42
राजन गौतम
कावासोतीमा पर्याप्त भूगोल छ । दक्षिणमा नारायणी उत्तरमा चुरे क्षेत्र तराई पाँडको भौगोलिक वस्ती नजिक रहेकोले बाढी, डुवान नदी तथा जल उद्धार पहिरो, वन डडेलो लगायतका विपतको व्यवहारिक अभ्यास गर्न का औषधि अत्यन्तै उपयुक्त स्थान हो ।
03:56
राजन गौतम
यसैले का औषधिमा नेपाल प्रहरीको राष्ट्रिय व्यवस्थापन तथा उद्धार तालिम केन्द्र स्थापना र सञ्चालनमा भइरहेको ढिलाइ तत्काल अन्त्य गरी यथा यथाशीघ्र सञ्चालनमा ल्याउन म गृह गृह मन्त्रालयसँग जोडदार माग गर्छु । यो नवलपुरको माग मात्र होइन देशको माग हो ।
04:13
राजन गौतम
धन्यवाद । ।