00:00
रुबी कुमारी
नय गीता कुमारी सेन्दान समेत ५ मिनेट । त्यसपछि माननीय रमेश कुमार मल्ल
00:10
गीता कुमारी सेन्दाङ
सम्माननीय सभामुख महोदय, म आज यस गरिमायम सदनमा हिजो चुनावको बेला ठुला ठुला बाचा गरेर दुई दिएको बहुमतसहित बनेको यो सरकारलाई आज म उसैको बाचापत्रमा टेकेर केही प्रश्नहरू गर्न चाहन्छु । आफ्नै बाचापत्रमा उल्लेख गरिएको जनहित र आर्थिक सुधारका मुख्य प्रतिबद्धताहरू अहिले सिंहदरबारका ढड्डामा थन्क्याएर अलपत्र पारिएको छ र आफ्नै बाचा र प्रतिबद्धता बिर्सिने सरकारलाई प्रश्न गर्न चाहन्छु ।
00:38
गीता कुमारी सेन्दाङ
चुनावको बेला नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको ग्रे लिस्टमा जो जोखिमबाट प्रतिशत बाहिर ल्याउने र वित्तीय सुशासन कायम गर्ने बाचा गरिएको थियो । तर आज नेपाल एफएटीएफको कडा निगरानीमा पर्दा हाम्रो अन्तर्राष्ट्रिय वैदेशिक व्यापार एलसी खोल्ने प्रक्रिया रेमिट्यान्सको लागत र वैदेशिक लगानीमा गम्भीर असर परिरहेको छ ।
01:03
गीता कुमारी सेन्दाङ
म सोध्न चाहन्छु । नेपाल अहिले कुन स्थितिमा छ ।
01:06
गीता कुमारी सेन्दाङ
यसको पछिल्लो वस्तुस्थिति के हो र सरकारले मुलुकलाई कहिले कसरी यो गरे लिस्टको जोखिमबाट बाहिर ल्याउँछ । यसको स्पष्ट टाइमलाइन सदनमा चाहियो ।
01:16
गीता कुमारी सेन्दाङ
दोस्रो प्रश्न यो छ कि बाजा पत्रमा प्रष्ट भनिएको थियो । ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने सहकारी र माइक्रोफाइनान्सलाई नेपाल राष्ट्र बैङ्क हो प्रत्यक्ष कडा र सशक्त नियमन दायराभित्र ल्याइने छ ।
01:33
गीता कुमारी सेन्दाङ
आज सानो बचत कर्ताहरू सडकमा रुँदै छन् । तिनीहरूको उठिबास भएको छ ।
01:37
गीता कुमारी सेन्दाङ
ठुला सहकारीहरू ठगीको थलो बनेको छन् तर राष्ट्र बैङ्कको नियमनमा ल्याउने त्यो प्रतिबद्धता कहाँ हरायो । सर्वसाधारणको ग्यासका जम्मा गरेको बचत संरक्षण गर्न सरकारको यो कदम चाल्न कसको दवाफमा अलटाल गरिरहेको छ ।
01:51
गीता कुमारी सेन्दाङ
सभामुख महोदय, म यो फेरि प्रश्न गर्न चाहन्छु । लगानी र व्यवसायमा बाधा पुर्याउने पुराना झन्जटिला र विरोध बासी कानुनी प्रवाधानहरूलाई खारेज वा संशोधन गरी स्वदेशी तथा विदेशी लगानीकर्ताको लागि सहज वातावरण बनाउने ठुलो वाचा गरिएको थियो ।
02:07
गीता कुमारी सेन्दाङ
तर आज लगानीकर्ताहरू निरान उद्योगभन्दा प्राय ठप्प छन् । पुराना कानुन संशोधन गरेर लगानी आकर्षित गर्न सरकारले कुन कुन विधेयक र कुन समय सीमाभित्र यो सदनमा ल्याउँदै छ ।
02:21
गीता कुमारी सेन्दाङ
फेरि पनि म पुनः चौथो प्रश्न गर्न चाहन्छु । सभामुख महोदय , उर्जा सुधारका ठुला कुरा गर्दै रूप टफ तथा कृषिमा आधारित सौर्य उर्जालाई नेट मिटरिङ र मार्फत राष्ट्रिय गृढमा जोड्ने र बाँझो डाँडा काटामा सोलार फार्म प्रवर्धन गर्ने नीति लागु गर्ने बाचा गरिएको थियो ।
02:40
गीता कुमारी सेन्दाङ
हरित अर्थतन्त्र निर्माण गर्ने यो नीतिलाई सरकारले कार्यान्वयनमा ल्याउन किन प्रथमिकता दिएन । यसै गरेर मेरो अन्तिम प्रश्न छ सरकार ।
02:48
गीता कुमारी सेन्दाङ
सभामुख महोदय, पुँजी बजारका ६० करोडभन्दा बढी साना लगानीकर्ताको हित संरक्षणका लागि धितो बोर्ड, नेप्से सीडीएससीको पुनः संरचना गर्ने निजी क्षेत्रको पारदर्शी सहभागिता बढाउने तथा इन्ट्रा ट्रेडिङ र डेरिभेटिभ बजार सुरु गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । तर आज सेयर बजारको निकायहरूमा कसको स्वार्थ हावी भइरहेको छ ।
03:16
गीता कुमारी सेन्दाङ
ती प्रतिबद्धताहरूको कार्यान्वयन खोज सम्माननीय सभामुख महोदय, चुनावमा बाचापत्रमा जनतालाई देखाएकै सपनाहरू केवल भोट पान्ने नारा मात्र थियो कि सरकारको प्राथमिकता कार्यसूची हुन् । आफ्नै बाचा पत्रमा अडिएर यी मुख्य आर्थिक एजेन्डाहरूमाथि सरकारले के कस्तो प्रगति गरिरहेको छ ।
03:36
गीता कुमारी सेन्दाङ
यस गरिमा मै सदनसमक्ष तत्काल स्पष्ट र ठोस जवाफ दिनुहुन जोडदार माग गर्न चाहन्छु । हस् धन्यवाद ।
03:43
गीता कुमारी सेन्दाङ
जय नेपाल ।