00:00
ruby
माननीय रमेश कुमार मल्ल । समय ४ मिनेट ।
00:03
ruby
त्यसपछि माननीय रुकेश रञ्जित
00:09
रमेशकुमार मल्ल
सम्माननीय सभामुख महोदय, अबोध छोरी गरिमा चौधरीमाथिको निरस पासविक राता अपराध र हत्याको जति निन्दा गरे पनि कम हुन्छ । यो घटनाले हामी सबैलाई मर्माहत र चैन बनाएको छ ।
00:23
रमेशकुमार मल्ल
गरिमाको न्यायको लागि दन्त र सडकमा व्यक्त विचार र भावना प्रति बद्धछु । गरिमाका बारमा लगायत परिवारजनप्रति संवेदना प्रकट गर्दछु ।
00:32
रमेशकुमार मल्ल
र यस प्रकारका अपराध र अपराधीमाथि सजाय गर्ने विद्यमान कानुन पर्याप्त छैन । सरकार र सदनको ध्यानाकर्षण गर्दछु ।
00:39
रमेशकुमार मल्ल
कठोर कानुन बनाइयोस् र कठोर कारबाही गरियोस् । सभामुख महोदय सल्यानमा भएका दुई ओटा दुर्घटनाको बारेमा म ध्यानाकर्षण गराउँछु ।
00:49
रमेशकुमार मल्ल
केही दिनअघि सल्यान कपुरकोट ३ मुलपानीमा भएको सडक दुर्घटनामा घाइते कपुरकोट निवासी बेदुवारूओलीको उपचारको क्रममा दुःखद निधन भएको छ । हिजो मात्र कपुरकोट गाउँपालिका सल्यान सेवनको कुनाका विकास श्रीषमगर सल्लाको खोटो सङ्कलनको क्रममा खोटो निकालिएको सल्लाकै रोग ढलेर कार्यस्थलमै दुःख निधन भएको छ ।
01:09
रमेशकुमार मल्ल
यी फरक फरक घटनामा निधन हुनुभएका दुवै जनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँका परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्दछु । सडक सुरक्षा वन क्षेत्रको संरक्षण खोटो सङ्कलन जस्ता अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूको बिमा र सामाजिक सुरक्षा सुनिश्चित गरियोस् ।
01:26
रमेशकुमार मल्ल
सम्माननीय सभामुख महोदय , अब म एक प्रदेश एक सरकारी मेडिकल कलेज स्थापना गर्ने नीतिअन्तर्गत अगि बढाइएका बर्दिवास, बुटवल र सुर्खेत मेडिकल कलेजका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । आर्थिक वर्ष २०७३, ७४ को बजेट वक्तव्यमै बर्दिवास बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने राज्यको नीति तथा कार्यक्रम घोषणा गरिएको थियो ।
01:45
रमेशकुमार मल्ल
त्यसपछि यो आयोजना अगाडि बढाउने क्रममा राज्यले वर्षौं लगानी गरिसकेको छ । विशेष गरी बर्दिवासको मेडिकल कलेज आयोजना कार्यालयको रिपोर्ट अनुसार जग्गा पहिचान आयोजना कार्यालय स्थापना राष्ट्रिय योजना आयोगमा राष्ट्रिय प्राथमिकताको आयोजनाको रूपमा सिफारिस गरी आयोजना बैङ्कमा समावेश गर्ने आई तथा डिपीआर स्वीकृत लगायतका महत्त्वपूर्ण काम सम्पन्न भएका छन् ।
02:03
रमेशकुमार मल्ल
वातावरणीय विषयमा सर्वोच्च अदालतमा रिट परेपछि आयोजना लामो समय प्रभावित भयो । तर जेठ २९, २०८० मा सर्वोच्च दाताबाट रिट खारेज भई निर्देशनात्मक आदेश आएपछि वृक्षारोपण वन क्षेत्रको सट्टाभर्ना तथा वन विकास कोषमा जम्मा रकम जम्मा गर्ने प्रक्रियासमेत अगि बढिसकेको छ ।
02:21
रमेशकुमार मल्ल
यो आर्थिक वर्ष २०८३“८४ को बजेट वक्तव्यमा नेपाल सरकारले बर्दिवास बुटवल मेडिकल कलेजका लागि २५ २५ करोड सहित सुर्खेत मेडिकल कलेजका लागि पनि बजेट विनियोजन गरिसकेको छ । तर आशाआश्र्यजनक यो छ कि एकातिर बजेट विनियोजन गर्ने अर्कोतिर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तीनओटै मेडिकल कलेज पूर्वाधार विकास आयोजनाका कार्यलाई बन्द गर्ने सम्पत्ति, दायित्व र मेसिन औजार व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाउन अत्यन्तै गम्भीर र आपत्तिजनक छ ।
02:47
रमेशकुमार मल्ल
सभामुख महोदय, बजेटमा आयोजना राख्ने करोडौं रुपैयाँ खर्च गर्ने वर्षौंसम्म पूर्वाधार निर्माण गर्ने तर आयोजना कार्यालय नै बन्द गर्ने यो कस्तो नीति हो । म सरकारलाई स्पष्ट भन्न चाहन्छु ।
02:58
रमेशकुमार मल्ल
कार्यालयको संरचना पुनर्गठन होला । व्यवस्थापनको ढाँचा परिवर्तन होला तर मेडिकल कलेज स्थापना गर्ने राज्यको नीति र राष्ट्रिय प्रतिबद्धता खारेज गर्न मिल्दैन ।
03:06
रमेशकुमार मल्ल
पूर्वपश्चिम राजमार्ग र वित्तीय राजमार्गको महत्त्वपूर्ण विन्दुमा रहेको प्रदिस मधेश र बारलाई जोड्ने रणनीतिक स्थानमा छ । त्यसै गरी बुटवल र पश्चिम नेपालको एउटा प्रमुख आर्थिक व्यवसायिक एवम् जनस्वास्थ्यको केन्द्र हो भने सुर्खेत कर्णाली प्रदेशको प्रादेशिक मुकाम तथा यो क्षेत्रको विशेषज्ञ स्वास्थ्य केन्द्रको केन्द्र हो ।
03:23
रमेशकुमार मल्ल
त्यसैले यी तीनवटै आयोजना कुनै दल, व्यक्ति वा सरकार विशेषका आयोजना होइन यी राज्यका आयोजना हुन् । मेरो सरकारसँग जोडदार माग छ ।
03:30
रमेशकुमार मल्ल
बर्दिवास भुटोल र सुर्खेत तीनओटै मेडिकल कलेजका आयोजना कार्यलाई बन्द गर्ने प्रक्रिया तत्काल रोकियोस् । निर्णय पुनरावलोकन गरियोस् ।
03:37
रमेशकुमार मल्ल
बजेटमा विनियोजन रकम थप गरी कार्यान्वयन गरियोस् र निर्माणको काम तत्काल लगाय अगाडि बढाइयोस् । सरकार फेरिदै मा राष्ट्रिय प्राथमिकता फेरिनुहुँदैन करोडौं रुपैयाँ खर्च गरेर वर्षौं लगाएर कानुनी प्रक्रिया पार गरेर तयार गरिएका आयोजनालाई फेरि शुन्यमा फर्काउनु जनताको अपमानता हुँदै होस् ।
03:52
रमेशकुमार मल्ल
राज्यको स्रोत र समय दुवैको अपमान हो नियमितता हो र बेथिति हो । त्यसैले मेरो हार्दिक आग्रह छ ।
03:57
रमेशकुमार मल्ल
तीनवटै मेडिकल कलेज निर्माणको राष्ट्रिय प्रतिबद्धता कायम गरियोस् र कार्यालय बन्द गर्ने होइन । निर्माण सुरु गरियोस् ।
04:04
रमेशकुमार मल्ल
धन्यवाद । न