00:00
रुबी कुमारी
माननीय शिव शङ्कर यादव । समय ४ मिनेट ।
00:03
रुबी कुमारी
त्यसपछि माननीय पुकार बम
00:08
शिवशंकर यादव
सम्माननीय सभामुख महोदय,
00:11
शिवशंकर यादव
हाम्रो आँगनमा भदौ महिनाको आगमन भएको छ । यो त्यही ऐतिहासिक महिना हो ।
00:17
शिवशंकर यादव
जुन भदौ२ र २४ गते जनताले सडकबाट भ्रष्ट सरकारलाई लखेटेको थियो ।
00:24
शिवशंकर यादव
यो त्यही
00:26
शिवशंकर यादव
भदौ महिना हो । जुन यो देशको कुशासन विरुद्ध सडकबाट जनताले सरकारलाई लखेटेका थिए ।
00:38
शिवशंकर यादव
यो त्यही
00:40
शिवशंकर यादव
भदौ महिना हो । मलाई सम्झना छ ।
00:44
शिवशंकर यादव
यो देशको निरङ्कुसरकारलाई जनताले सडकबाट लखेटेका थिए । सम्माननीय सभामुख महोदय २०७ सालको आन्दोलन २०४६ सालको आन्दोलन २०४६ सालको आन्दोलन र २०६२६३ को आन्दोलन ती सबै आन्दोलनको उपलब्धिलाई म सम्मान गर्न चाहन्छु
01:10
शिवशंकर यादव
र त्यस्तै
01:11
शिवशंकर यादव
यी आन्दोलन जस्तै भदौ र २४ गते एउटा जनआन्दोलन सडकबाट भएको थियो र ती सडकबाट हामीले सरकारलाई प्रश्न गरिराखेका थियौं । ।
01:26
शिवशंकर यादव
यो देशमा देशमा सुशासन सुशासन कायम कायम हुनुपर्छ । यो देशमा भ्रष्ट सत्ताको अन्त्य हुनुपर्छ ।
01:33
शिवशंकर यादव
यो देशमा विधिको शासन स्थापना हुनुपर्छ । हामीले यो प्रश्न लिएर भदौ २३ र २४ गते सडकमा उभिएका थियौं ।
01:43
शिवशंकर यादव
तर यो प्रश्नको जवाफ सरकारले संवादबाट होइन । सरकारले आफ्नो तातो तातो बन्दुकको
01:53
शिवशंकर यादव
गोलीबाट दिएको थियो
01:55
शिवशंकर यादव
। सरकारले ती प्रश्नको जवाफ हाम्रो जेन्जी युवाहरूको छाती र टाउकोमा
02:02
शिवशंकर यादव
गोली ठोकेर दिएको थियो ।
02:08
शिवशंकर यादव
यो देशमा विधिको शासन कायम हुनुपर्छ भनेर सडकमा जुन २३
02:15
शिवशंकर यादव
र २४ गते
02:17
शिवशंकर यादव
जुन योद्धाहरू लड्नुभयो । जुन योद्धाहरू परिवर्तनको एउटा सम्वाहक बन्नुभयो ।
02:25
शिवशंकर यादव
जुन योद्धाहरू सुशासनको सम्बाहक भन्नुभयो । त्यो धेरै साथीहरू आज हाम्रो जेलको थुनामा बसिरहेको छ ।
02:34
शिवशंकर यादव
म यो सम्मानित सदनबाट सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । हाम्रो आन्दोलन कुनै एउटा सत्ता प्राप्तिको लागि मात्र भएको थिएन ।
02:44
शिवशंकर यादव
हाम्रो आन्दोलन कुनै एउटा पार्टीलाई बनाउनको लागि मात्र भएको थिएन । हाम्रो आन्दोलन विधिको शासन स्थापना गर्नको लागि हाम्रो आन्दोलन परिवर्तनको लागि भएको थियो ।
02:58
शिवशंकर यादव
यो चेन्जी आन्दोलनको अपनत्व हाम्रो सरकारले लिनुपर्छ र जुन हाम्रो सरकारसँग चेन्जी युवाहरूको सम्झौता भएको छ । ती सम्झौता बुँदा बुँदा सरकारले कार्यान्वयन गर्नुपर्छ ।
03:15
शिवशंकर यादव
हाम्रो आन्दोलन भएको आज १ वर्ष पुग्न लागेको छ । तर यो आन्दोलनको सम्झौता अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।
03:23
शिवशंकर यादव
यदि यो सरकारले हाम्रो आन्दोलनको सम्झौताहरूलाई व्यवस्था गरेर हिडियो भने फेरि पनि हाम्रो जिन्जी साथीहरूको बाटो भनेको सदन होइन । हाम्रो बाटो भनेको सडक नै हुने छ भन्ने म सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
03:39
शिवशंकर यादव
हाम्रो योद्धाहरू आधा जसले परिवर्तनको सपना देखियो । त्यो आज जेलको थुनाहरूमा परिरहेको अवस्था छ ।
03:46
शिवशंकर यादव
मुद्दाहरू झेलिरहेको अवस्था छ । त्यही बेला म सरकारको गम्भीर ध्यानाकर्षण गर्नन चाहन्छु ।
03:52
शिवशंकर यादव
ती यो युवाहरूको कुनै पनि दोष थिएन । यो देशमा परिवर्तन होस् यो देशको विकास होस् उन्नति होस् प्रगति होस् भनेर एउटा सपना थियो ।
04:01
शिवशंकर यादव
ती युवाहरूलाई थुना मुक्त गर्नको लागि र चेन्ज आन्दोलनको दस बुँदे सम्झौता कार्यान्वयन गर्नको लागि म नेपाल सरकारसँग हार्दिक अनुरोध गर्न चाहन्छु ।